All about Sunuwar

कोइँच मातृभाषाको पठनपाठनको लागि वहस पैरवी शुरु हुने

सुनुवार डट ओआरजि समाचारदाता ।
३ चैत्र, यालाखोम । प्रत्येक कोइँच गाउँमा कोइँच (सुनुवार) मातृभाषाको पठनपाठन गराउन सुनुवार सेवा समाज केन्द्रीय समितिले सबै गाउँ, जिल्ला समितिलाई निर्देशन गरेको छ । कोइँच भाषामा पाँच कक्षासम्म विद्यालय पाठ्यपुस्तक निर्माण गरेको सात वर्ष कटे पनि अहिलेसम्ममा पठनपाठन हुन सकेको छैन । तर कोइँच पाठ्यपुस्तक पढाउनका लागि रामेछाप, ओखलढुङ्गा, इलामा, पाँचथरमा शिक्षक प्रशिक्षण भने सम्पन्न भइसकेको छ । यसर्थ सरकारले आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने अधिकर सुनिस्चित गरे पनि कोइँचहरु आँपै+m कोइँच भाषामा पठनपाठन गर्न हच्किएको हुँदा गाउँ गाउँबाट मातृभाषामा शिक्षाको लागि जागरण ल्याउन सुनुवार सेवा समाजले मातहतको स्थानिय समितिलाई निर्देशन गरेको छ ।
मातृभाषा पठनपाठन गर्नको लागि विद्यालय व्यवस्थापन समितिले शैक्षिक सत्रको अन्तिममा आगामि वर्षो लागि बजेट तयार गरी जिल्ला शिक्षा कार्यालयमा पेश गर्ने बैठकमा निर्णय गर्नु पर्ने हुन्छ । अहिले प्रत्येक विद्यालयमा अन्तिम विद्यालय व्यवस्थापन समितिको बजेट पारित वैठक बसीरहेको हुँदा कोइँच मातृभाषा पठनपाठनको लागि वहस पैरबी गर्न समाजले निर्देशन दिएको समाजका उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।

2 Comments to कोइँच मातृभाषाको पठनपाठनको लागि वहस पैरवी शुरु हुने

  1. कोरे बजिया says:

    सांच्चै प्रत्येक कोइंच् गाउं गाउंको विद्द्यालयहरुमा कोइंच् पाठ्यक्रम अध्यनको वातावरण बनाउन निर्देशन मात्र होइन, म त हस्तक्षेप नै जरुरि देख्छु । १० वटा कोइंच् ग्रन्थ संग्रह गर्नु भन्दा १० हजार कोइंच् लालाबाला लाइ बिद्यालयमै भाषा सिकाए कोइंच् भाषा संरक्षणमा ठुलो टेवा पुग्छ भन्ने यो कोरे बजियाको ठम्याइ छ । त्यसैले सरकारको विद्यालय भर्ना अभियान नीति झैं, सुसेस ले कोइंच् गाउं गाउंमा कोइंच् पाठ्यक्रम लागु अभियान संचालन गर्नु पर्छ । रेडियोमा फुकेर पुग्दैन, तेसरि हुने भए फेसबुकको “सुनुवार समाज” ग्रुपले यति बेला के के गरिसक्थ्यो भनि साध्य छैन । अभियान गाउं गाउंमा पुगेर व्यक्ति व्यक्ति भेटेर संचालन गर्नु पर्छ । यो कोरे बजियाको आफ्नै बिचार हो… कोइंचलाइ सल्लाह मन पर्दैन ।

  2. कोरे बजिया says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *