All about Sunuwar

म कोइँच -सुनुवार) को शिर झुकाउने काम गर्ने छुइन ः सभासद यज्ञराजको वचनवद्धता

swsसुनुवार डट ओआरजि समाचारदाता
२४ फागुन, बज्र बाराही । सुनुवार सेवा समाजको २५ औं वर्षगाँठ, रजत वर्षो उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम बज्रबाराही मन्दिर परिसर, ललितपुरमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो ।
काठमाडौं उपत्यकामा रहेका नेपालभरिका कोइँच सम्मेलित वनभोज कार्यक्रममा वल्लो किरात भूमि रामेछाप र ओखलढुंगाबाट निर्वाचित सभासद् यज्ञराज सुनुवार र आङ टावा शर्ेपालाई वधाई ज्ञापन गर्दै आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित हुने गरी संविधान लेख्न सक्नुस् भनि कलम र डाइरी हस्तान्तरण गर्दै र्सवमान्य संविधान लेखनको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले शुभ-कामना अर्पण गर्नु भएको थियो ।
कार्यक्रममा सभासद आङ टावा शेर्पाले कोइँच र शेर्पामा कुनै अन्तर नभएको वताउँदै आदिवासी जनजाति कोइँचले सडकमा उठाएको कुरा सभासद् यज्ञराज सुनुवारसँग मिलेर संविधान सभामा उठाउने प्रतिवद्धता जाहेर गर्नुभयो । सभासद यज्ञराज सुनुवारले भने यो देश खसबाहुन एकल जातिको पेवा भएको जिकीर गर्दै बहुपहिचानसहितको संघीयता आवश्यभएको बताउनु भयो । उहाँले आदिवासी जनजातिले घर बसेर गाली गर्ने चलनलाई त्याग्नु पर्ने बताउँदै आम आदिवासी जनजाति कोइँच र सुनुवार सेवा समाजले उठाएको कुरालाई अक्षरस संविधानसभामा उठाउने प्रतिवद्धता जाहेर गर्दै भन्नुभयो, – म आदिवासी जनजाति कोइँचको शिर ढल्ने खालको काम गर्ने छैन । मेरो राजनीतिको कखरा मेरो आमाबुबा घर परिवार मात्र नभएर सबै कोइँचको योगदान रहेको हुँदा पनि मैले त्यो पुरानो ऋण तिर्नु छ । सुनुवार सेवा समाजले संविधानसभामा उठाउनु पर्ने कुरालाई निर्ण्र्ाागरेर दिओस् । त्यो मुद्दालाई संविधान सभामा यज्ञराज सुनुवार एक्लो कोइँच भए पनि आदिवासी जनजाति कोइँच मानव अधिकार सुनिस्चितताको लागि लडीरहने छ भन्ने विश्वास दिलाउन चहन्छु ।
काठमाठौं, भक्तपुर र ललितपुरबाट तीन वस कोइँचहरुको वनभोजस्थलमा पुगेका थिए भने धेरै कोइँचहरु व्यक्तिगतरुपमा निजी यातायातबाट कार्यक्रमस्थल पुगेका थिए । आदिवासी जनजाति कोइँचको ऐतिहासिक थलो सोलु, दोलखा, ओखलढुंगा, सिन्धुली, उदयपुरलाई वल्लो किरात स्वायत्त प्रदेश घोषणा गर्दै २०६३ सालदेखि सुनुवार सेवा समाजले सदन र सडकमा निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

2 Comments to म कोइँच -सुनुवार) को शिर झुकाउने काम गर्ने छुइन ः सभासद यज्ञराजको वचनवद्धता

  1. padam kumar sunuwar kirati (belayet) says:

    सभासद यज्ञाराज जी लाई बधाई छ/सुनुवार को बिशाये मा बोल्नु पर्यो अनि बोल्नु भन्दा पहिला सुनुवार को इतिहास लाई राम्ररी बुझनु पर्यो/हामी को हौ अनि पहिला के थियिउ अनि कहाँ-कहाँ राज्य चलाएर बसेका थियिउ अहिलेका काठमाडौँ लाई पहिला हाम्रा बजे का पाला मा के भंथिये अनि अनि अहिले हाम्रो सुनुवार भाषा बाट देश को नाम कसरि राखिएको छ/संखामुल,गोकारना,हाडीगाउँ,गोदावरी कोबारा बर्से देउता,किरातेस्वोर माहा देब,बुडानिलकण्ठ,हनुमान ढोका,बनेपा भीमसेन हरु जस्ताका तस्तै छन्/बुझनु सक्नुपर्यो यी हुन सुनुवार को इतिहासिक चिनो/ बुझनु पर्यो अहिले सिन्धुपाल्चोक परिका मानिश अनि लुम्बिनी का मानिश हरु ले अहिलेका काठमाडौँ लाई उनीहरु को भनेर दाबी गर्दै छन्/संबिधान मा यो हुनु सक्दैन/हामी सुनुवार हामी किराती का सन्तान थियिउ अनि अझै छौ/योकुरा लाई हामी सबै ले खयाल राखौ अनि हामी सुनुवार जति लाई तपाईं जस्ता बोल्ने व्यक्ति को खाचो थियो जे होस् छाती फुलाएर सुनुवार को लागि बोले केहि फरक नपर्ला यो मेरो संदेश हजुर लाई/

  2. padam kumar sunuwar kirati (belayet) says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *