All about Sunuwar

आउँदो शैक्षिक सत्रबाट कोइँच भाषाको पढाइ हुने

चुप-लु दाम-लोच

असार, रामेछाप । अबको शैक्षिक सत्र ०७१ देखि कोइँच भूमिमा कोइँच भाषामा पढाइ शुरु हुने भएको छ । नेपाल सरकारले कोइँच -सुनुवार) भाषाको नमूना पाठ्यपुस्तक बनाएको आधा दशक नाघेपछि कोइँच गाउँमा चहलपहल बढेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रले कोइँच भूमिका २२ जना कोइँच शिक्षकहरुको कोइँच मातृभाषाको पाठ्यपुस्तक कसरी विद्यालयमा पढाउने भन्ने १० दिने शिक्षक प्रशिक्षण दिएपछि कोइँच शिक्षकहरु कोइँच पाठ्यपुस्तक विद्यालयमा लागु गर्न अभ्रि्रेरित भएका हुन् ।

सुनुवार सेवा समाज जिल्ला समिति रामेछापका अध्यक्ष रमेशकुमार सुनुवारले भने सबै कोइँच गाउँका शिक्षकहरु उत्सुकताका साथ शिक्षक प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागी मात्र भएनन् । कोइँच भूमिमा यो ऐतिहासिक कार्यक्रम भएको हुँदा अबको शैक्षिक सत्रबाट पढाइ शुरु गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

सुनुवार सेवा समाज रामेछापको पहलमा यो शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विगतमा पनि रामेछाप जिल्लामा कोइँचहरुमा आइपरेको विभिन्न समस्याहरु बारे जनवाकलता गर्दै आएको समाजले अब चाँडै नयाँ कार्ययोजना सहित संविधान सभाको विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आदिवासी जनजाति कोइँचको हक अधिकार सम्बन्धि गाउँ गाउँबाट जागरण अभियान शुरु गर्ने सुनुवार सेवा समाजको कार्य योजना अनुसार रामेछाप जिल्लाले यस्तो कार्यक्रम गर्ने भएको छ ।

विगतमा केन्द्रमा मात्र सीमित सुनुवार सेवा समाजले विगत दर्ुइ तीन वर्षेखि स्थानीय तहमा आफ्नो गतिविधि अगाडि बढाएको छ । यसक्रममा स्थानीय सञ्चार माध्यममा कोइँच भाषामा पत्रकारिता सम्बन्धि प्रशिक्षणको योजना पनि रहेको जिल्ला समितिका अध्यक्ष रमेश सुनुवार ले बताउनु भयो ।

शिक्षक प्रशिक्षण सुदिप सुनुवार र नारायण सुवेदीले दिएकेा थिए भने कोइँच भाषाको महत्व र भविश्यको वारे संस्कृति तथा अनुसन्धान विभागीय प्रमुख अमृतबहादुर सुनुवारले बताउनुभएको थियो ।

कोइँच मातृभाषामा पाठ्यपुस्तक पहिल्यै बने पनि तत्कालीन अवस्थामा विद्यालय तहमा पढाइको लागि सुनुवार सेवा समाज केन्द्रीय तहबाट स्थानीय तहका समितिहरुलाई कुनै नीति निर्देशन र स्रोतको खोजी नगरीदिँदा प्रभावकारी हुन नसकेको यथार्थलाई स्वीकार गर्दै कोइँच मातृभाषा पाठ्यपुस्तकका सहलेखक तथा केन्द्रिय कोषाध्यक्ष उत्तमकुमार सुनुवारले अगाडि भन्नु भयो, ‘सुनुवार सेवा समाजलाई आदिवासी जनजाति कोइँचको आस्थाको केन्द्र बनाउन जनचेतनाको आवश्यक छ । र, यस्तो जनचेतना आफ्नै मातृभाषाको प्रयोगबाट सम्भव छ । अरुको भाषामा दिइएको प्रशिक्षण वा जनचेतनाले अरुकै आस्था, विचार र दर्शन मात्र बाँड्ने भएकोले केन्द्रीय तहबाट स्थानीय तहलाई सबल र सक्रिय बनाउन स्थानीय तहका सुनुवार सेवा समाजलाई अख्तियार प्रदान गरिएको छ । केन्द्रले नीति तथा कार्यक्रम बनाउने र आर्थिक स्रोतको खोजी गरी दिने काम गर्दै आएको छ । यही रणनीतिको निरन्तरता हो रामेछापको शिक्षक प्रशिक्षण, र्सलाहीको मातृभाषा साक्षरता कार्यक्रम, काठमाडौं जिल्लाको श्रव्य सामाग्री उत्पादन कार्यक्रम, अनलाइन कोइँच भाषा प्रशिक्षण कार्यक्रम ।’

शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यपुस्तक विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्रसँग केन्द्रीय तहमा सहजीकरणको कार्य सुनुवार सेेवा समाज केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *