All about Sunuwar

किरातीहरुको महान चाड उभौली कतारमा भव्यताका साथ सम्पन्न ।

doha–भानु सुनुवार

७ जून, दोहा, कतार
किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नामको उपलक्ष्यमा उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नाम समारोह– येले सम्वत् ५०७३ संयुक्त कार्यक्रम– २०७०” कतारमा हिजो सम्पन्न भएको छ । किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज दोहा, कतार तथा किरात याक्थुम चुम्लुङ दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम ७ जून शुक्रवारका दिन कतारको दोहा शहर स्थित ब्रुस्ली होटलमा भव्यताका साथ सम्पन्न भयो ।

बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै किरात धर्म मान्ने किरातीहरुमा एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले ग¥यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात राई यायोक्खा शाखा कतारका— अध्यक्ष धिरज चाम्लिङ्ग राई र प्रमुख आतिथ्य नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहा कतारका— उपाध्यक्ष प्रकाश आले मगरले गरेका थिए भने बिशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदका— सचिव टि. बि. कार्की, गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्व— गल्फ संयोजक नरेन्द्र भाट, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका—अध्यक्ष अमृत गरुङ, नेपाल प्रवासी मुस्लीम समाज कतारका— महासचिव अजिज अलि, किरात याक्थुम चुम्लुङ दोहा, कतारका— प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका— सल्लाहकार रकम ध्वज राई, गायक नविन राई तथा सुनुवार सेवा समाज दोहा, कतारका— सल्लाहकार भानु सुनुवार रहेका थिए । अतिथिहरुमा तमु समाज कतारका— अध्यक्ष बिमल गुरुङ्ग, नेपाल प्रवासी मगर संघ दोहा कतारका— अध्यक्ष भीम तरामु मगर, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका— का. वा. अध्यक्ष सियाराम चौधरी, नेपाल प्रवासी तामाङ्ग सेवा समाज दोहा कतार कतारका— महासचिव दिल दोर्जे तमाङ्ग, नेपाल प्रवासी मुस्लीम सेवा समाज कतारका— अध्यक्ष मक्सुद आलम व्यवशायी, समाजसेवी तथा बुद्धिजिबीहरु बद्रि प्रसाद पाण्डे, कमल मणि गुरागाई, बिल गुरुङ्ग, रामहरि गैरे तथा राजेश दर्शन अर्याल रहेका थिए ।
अन्य अतिथिहरुमा क्षेत्री सेवा समाज कतार, प्रवासी नेपाली मुस्लिम समाज कतार, नेपाली जनप्रगतिशील मंञ्च, कतार, नेपाली जनसम्पर्क समिति कतार, नेपाल लोकतान्त्रिक मंञ्च कतार, संघिय समाजजादी मञ्च कतार, संघिय लिम्बुवान परिषद कतार, नेपाली महिला समाज कतार, नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार, संध्या ग्रुप अलखोर कतार, नवोदित साहित्यिक वाचनालय कतार, खोटाङ्ग सेवा समाज दोहा कतार, मोरङ्ग सुनसरी प्रवासी सेवा समाज दोहा कतार, उदयपुर प्रवासी सेवा समाज दोहा कतार, पाथिभारा युवा सेवा ताप्लेजुङ्ग समाज कतार, पाँचथर सेवा समाज कतार, मोरङ्ग सुनसरी सेवा समाज कतार, सुनसरी सृजनशील परिवार कतार, तनहुँ सेवा समाज कतार, गुल्मी सेवा समाज कतार, कास्की सेवा समाज दोहा कतार तथा दाङ्ग देउखुरी सेवा समाज कतारका प्रतितिधीहरु रहेका थिए ।
ब्यानर लोकार्पण तथा दिप प्रज्वलन गर्दै कार्यक्रको शुभारम्भ गरेको उक्त कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाए पश्चात एक मिनेट शहितहरु प्रति मौनधारण गरेका थिए । आयोजकका तर्फबाट कियाचु दोहाका अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्वुले स्वागत मन्तव्य राखे भने नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहा कतार तथा किराया दोहा कतारका— महासचिव देव कुमार राईल किरात चाड उभौली÷उधौली पर्वः बारे प्रचलित मिथकहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आर्कषण उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नामको आ–आफ्नै परम्परा अनुुसार गर्ने तय भए अनुसार किराया दोहाको साकेला नाच (झाँकी) र किराया दोहाका सल्लाहाकार गणेश राईले खस भाषामा उक्त नाच बारे प्रकाश पारेका थिए । यसै कार्यक्रममा किराया दोहाले स्थापना काल देखिनै सक्रिय रुपमा सहयोग गर्दै आउनु भएका राईहरुको (बिजुवा) नछुङ÷टोकायाले ओमकर्ण राई तथा चेली पुनम राईलाई फेटा तथा पटुका गुथाई सम्मान गरेका थिए । कियाचु दोहाको धान नाच (झाँकी) र कियाचु दोहाका सदस्य श्याम सुहाङ्ग हुक्पा चोङ्गवाङ्गले खस भाषामा उक्त नाच बारे प्रकाश पारेका थिए । कोइँच सुनुवारहरुको तर्फबाट नासो भक्त सुनुवारले पिदार गर्दै गर्दा पिदारबारे खस भाषामा सुसेस दोहाका प्रथम उपाध्यक्ष केशर बहादुर सुनुवारले प्रकाश पारेका थिए । किराती कलाकारहरुले आ–आफ्नो परम्परा अनुसार सलाक गाउँदै ढोल झ्याम्टाको तालमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्र्यक्रममा रेगिस्तानी कवि तिर्थ संगम राई र युगयोगी राईले कविता, भानु सुनुवार र राजु सुनुवारले आ–आफ्नो गजल वाचन गरे भने कार्यक्रममा आमन्त्रित विभिन्न जातिय संस्था, जिल्लावासी संस्था र वैचारीक भातृ संस्थाका प्रतिनिधीहरुले पनि शुभकामना मन्तय राखेका थिए । कार्यक्रमका प्रमुख अथितिले कार्यक्रमलाई सम्बोधन गरेका थिए । विविध कार्यक्रमलाई समेटेर तयार पारिएको यस कार्यक्रको संयोजक किरात राई यायोक्खाका अध्यक्ष धिरज चाम्लिङ्ग राई र उप संयोजकमा क्रमश सुनुवार सेवा समाज कतारका अध्यक्ष राम बहादुर सुनुवार र किरात याक्थुम चुम्लुङ दोहाका अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्वुले रहेका थिए । कार्यक्रमलाई सुसेसका महासचिव निर सुनुवार तथा किराया शाखा कतारका महासचिव देव कुमार राईले संञ्चालन गरेका थिए ।
उपस्थित सबैलाई मनोरञ्जन दिने अभिप्रायले विविध साँस्कृतिक कोसेलीहरु समेटिएको थियो । मनोरञ्जनात्मक कार्यक्रममा गायन तर्फ रविन राई, मङ्गल केरुङ्ग लिम्बु, कर्ण राईले आ–आफ्नो गीत प्रतुत गरेका थिए । साँस्कृतिक नृत्य तर्फ ‘पश्चिम कोही पूर्व घर’ बोलको गीतमा भुमिका राई, जनक मगर, रेणुका बस्नेत, अजित गुरुङ, सरस्वती तमाङ्ग र तीर्थ यम्फु राई तथा ‘मट्टिको कसम शीरोपर तीन चुल्हो तीर्थ धाम’ बोलको गीतमा भुमिका राई, जनक मगर, रेणुका बस्नेत, अजित गुरुङले प्रविन राई ‘जेरी’ को निर्देशन रहेको नृत्य प्रस्तृत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए । आमन्त्रित विभिन्न जातिय संस्था, जिल्लावासी संस्था र वैचारीक भातृ संस्थाका प्रतिनिधीहरुको शुभकामना मन्तय संचालनसँगै किराती चेलीहरुद्धारा तयार पारिएको सेल रोटि मासु, तरकारी र अचार पनि बाँडिएको थियो भने कार्यक्रम हलमा पिउने पानी प्रायोजन व्यवशायी तथा किरात राई यायोक्खाका सदस्य दिपक राईले गरेका थिए । यसै कार्यक्रमको शुरुवातमा गायक नविन राईको लोकाधुनिक गीति एल्वम “समय” को लोकार्पण कार्यक्रमका सभापति, प्रमुख अतिथि र विशेष अतिथिको वाहुलीबाट गरिएको थियो ।
खाडिको प्रचण्ड गर्मीमा २५० भन्दा धेरै किरातीहरु र गैरकिरातीहरुको उपस्थीतमा भएको यसकार्यक्रम अत्यन्त सफल र एकताको प्रतिक भएको सम्पुर्ण पत्रकारहरु, बुद्धिजिवीहरु, अतिथिहरु लगायत सहभागिहरुको कथन थियो । बिहानको ११.३० बजेबाट संचालन भएको यस समारोहमा साँझ ७ बजेसम्म सबै सहभागिहरु अत्यन्त शालिन र सभ्य भएर बसेका थिए । अन्त्यमा उपथित सबै किराती र गैरकिरातीहरुले सामुहिक साकेला÷धान नाच र शिलमुली नाच नाचेर कार्यक्रमको बिट मारे पछि कार्यक्रमका सभापति किरात राई यायोक्खा शाखा कतारका— अध्यक्ष धिरज चाम्लिङ्ग राईले कार्यक्रममा सहभागि प्रमुख अतिथि, बिशेष अतिथि, अथितिहरु, सहभागि किराती तथा गैर किरातीहरु साथै यो कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्नु भएका तीनवटै संस्थाका क्रियाशील साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *