All about Sunuwar

हामीलाई मातृभाषा नजान्नुको पीडाबोध भएको छ

चुप्लु दाम्लोच
३१ चैत्र, अनारमनी झापा । लामो समय अंग्रेजी शिक्षकको रुपमा कार्यरत जनचेतना कार्यक्रमका प्रमुख अतिथि इन्द्रबहादुर मुखियाले अंग्रेजी भाषाको विकल्प नभएको हुँदा कोइँच भाषा जान्नु नै पर्छ भन्ने छैन तर कोइँच सबैले अंग्रेजी जन्नु अति आवश्यक रहेको बताए पनि सुनुवार सेवा समाजद्वारा आयोजित एक दिवासीय कार्यक्रममा कोइँच मातृभाषा नजान्दाको पीडाबोध भने पूर्वी नेपालमा रहेका सबै कोइँचले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि मुखियाले पहिचानको मुद्दा अहिले जोडतोडले उठे पनि पहिचान आपै+mले निर्माण गर्ने कुरा भएको हुँदा राज्यलार्इ दोष दिन नमिल्ने तर्क अगाडि सार्दै कुनै पनि देशले राज्य दिँदैन, राज्य माग्नु भनेका फाल्तु कुरा हुन्, राष्ट्रको लागि सेवा गरेको मान्छे राष्ट्रिय कुरा गर्न मात्र आउने र लामो समयसम्म त्यही राष्ट्रियताको कुरा पढाएर विताएको र आफुलाई सबैले त्यसरी नै चिन्ने हुँदा शिक्षातिर सबै कोइँचले जोड दिनु पर्ने बताउँदै अहिलेसम्म सुनुवार सेवा समाजको कार्यक्रममा सहभागी नभए पनि अब सेवानिवृत भएको हुँदा समाजलाई समय दिने बताउनु भयो ।
इलाम, मोरङ र झापाका कोइँचहरु एकै ठाउँमा जम्मा भइ आयोजित सो कार्यक्रममा आइएलओ १६९, युएनडि्रप र सुनुवार सेवा समाजले कोइँचको हक अधिकारको वारेमा गर्नु पर्ने जनवाकलता सम्बन्धि अन्तरक्रिया भएको थियो । अधिकांश शिक्षकहरुको उपस्थिति रहेको सो कार्यक्रममा संघीय लोकतान्त्रिक गण्तन्त्रमा कोइँचको प्रतिनिधित्व र कोइँचको पहिचानसहितको स्वायत्तताको बारेमा पनि बहस भयो ।
सुनुवार सेवा समाजले वल्लो किरात स्वायत्त प्रदेशको कुरा अगाडि सारे पनि पुर्ख्यौली भूमिलाई मात्र लक्षित गरेर कार्यक्रम अगाडि सार्दा मूल बस्तीबाट बाहिर रहेका कोइँचहरुमा के गर्ने श्र कसो गर्ने भन्ने अन्यौलता भएको पाइयो । मोराङबाट प्रतिनिधित्व गर्ने मानबहादुर कालाङले कोइँच पहिचानसहितको स्वायत्तता सम्बन्धि सुनुवार सेवा समाज केन्द्रिय समितिले गाउँ गाउँ र जिल्लासम्म आवाज पुराउन नसकेले पूर्वको कोइँचले कस्तो पहिचान र स्वायत्तताको वारेमा अन्य आदिवासी जनजाति र समुदायसँग समन्वय गरेर बढ्ने भन्ने कुरामा अन्यौल रहेको बताउँदै आफुले मातृभाषा गुमाएकोमा साह्रै दुःख लागेको बताउँनु भयो ।
आर्थिक रुपमा पूर्वेली कोइँचहरु सबल देखिन्छन् । वैचारिकरुपमा अगाडि छन् र शिक्षाको दृष्टिकोणमा पनि । अनारमनी महेन्द्रउच्चा मा.वि.मा आयोजित सो कार्यक्रममा इलाम जिल्लाका प्रतिनिधि किराण मुखियाले पूर्वका कोइँचले राज्यको विभेदित नीतिका कारण मातृभाषा गुमाएका छन् । मातृभाषा नै कोइँचको पहिचान हो । यस सम्बन्धि केन्द्रले मातृभाषालाई पुनःजीवन दिने नीति ल्याउनु पर्‍यो । हामीलाई आर्थिक सहयोग चाहिएको होइन अर्थ हामीहरुले नै जुटाउँछौं तर कोइँच मातृभाषा हामीलाई चाहिएको छ । यो हाम्रो सामुहिक र पहिचानको अधिकार हो । हामी सचेत छौं तै पनि पहिचान गुमाउनु परेकोमा ठूलो पीडाबोध भएको छ भन्नु भयो ।
विभिन्न पेशामा आवद्ध पूर्ख्यौली भूमिबाट विभिन्न कारणले बसाइँसराइ गरेर पूर्वी नेपालमा स्थायी बसोबास गरिरहेका कोइँचहरुमा आदिवासी जनजातिको सामुहिक तथा पहिचानको अधिकार वारे चेतनाको विकासस्तर उच्चतम भए पनि व्यवहारिकरुपमा उनीहरुलाई पहिचानका स्रोत सन्दर्भका अभाले छट्पटिनु परेको देखियो । सुनुवार सेवा समाज झापा जिल्ला समितिका सचिव रुपनारायण रुपाचले पहिचानका ठूला ठूला कुरा गरेर जति उप|mे पनि सानो सानो कुराले बाधा ल्याउने अनुभति पस्किँदै आफुलाई एक स्थानीय एफ. एम. ले अन्तर्वार्तामा तपाइँलाई मातृभाषा बोल्न आउँछ भनेर सोध्दा आउँदैन भन्नु पर्दाको पीडा कहिल्यै विर्सन नसक्ने बताउँनु भएको थियो ।
अबिरबहादुर सुनुवार, अध्यक्ष, सुनुवार सेवा समाज झापा जिल्ला समितिको अध्यक्षतामा सञ्चालित जनचेतना कार्यक्रममा रणवीर सुनुवार, प्रथम उपाध्यक्ष सुनुवार सेवा समाज र कोषाध्यक्ष उत्तमकुमार सुनुवारले सहजीकरणको भूमिका निर्वाह गर्नु भएको थियो । मातृभाषा नै कोइँचको पहिचान हो भन्दै मातृभाषा तथा बहुभाषी शिक्षाको विषयमा प्राध्यपक योन्देन सुनुवारले जानकारी गराउनु भएका एक दिवसीय जनचेतनामूलक कार्यक्रम पर्ूव द्वितीय उपाध्यक्ष सुनुवार सेवा समाज केन्द्रीय समितिका शान्तकुमारी सुनुवारको विशेष पहलकदमी र सक्रियतामा झापा जिल्लामा पहिलो पटक भएको हो । यस्तो कार्यक्रम पटक पटक गरिनु पर्ने र समय प्रर्याप्त हुनु पर्ने सहभागीहरुको धारणा रहृयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *