All about Sunuwar

परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न

ओआरजी सम्वाददाता
काठमाडौं । सुनुवार सेवा समाज, सामाजिक परोपकार तथा सशक्तिकरण विभागद्वारा सञ्चालित दुई दिने परियोजना प्रस्ताव लेखन तथा शीप विकास तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका विभिन्न मातहातका ४७ सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले परियोजना प्रस्तावपत्र लेखन तालिमले दक्ष जनशक्ति विकासका लागि सहयोग पु¥याउने कुरा बताउनुभयो । सो कार्यक्रमका संयोजक अमर दिप सुनुवारले प्रस्ताव लेखन तथा शीप विकास कार्यक्रम विभागको तर्फबाट पहिलो भएको बताउँदै अब दिनमा सामाजिक परोपकार कोषको व्यवस्था गर्ने कुरा पनि बताउनुभयो । उक्त कोषका लागि सम्पूर्ण सुनुवारहरुलाई आह्वानसमेत गर्नुभयो ।
तालिम सम्पन्नपश्चात् सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको समापन सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *