All about Sunuwar

चालीस हजार सुनुवार घटे तर एघार हजार सुनुवार भाषी बढे

चुप्लु दामलोच । १२ मङ्सीर, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०६८ को अन्तिम परिणाम हिजो सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा नेपालको कुल जनसंख्या २६४९४५०४ देखाएको छ भने जनसंख्या वृद्धिदर १.३५ प्रति वर्ष देखाएको छ ।

जातीय आधारमा सुनुवारहरुको जनसंख्या ५५७१२ देखाएको छ । जसमा २६७५८ पुरुष, २८९५४ महिला तथा मातृभाषा बोल्नेको संख्या ३७८९८ देखाएको छ । उक्त तथ्यांकमा शहरमा बसोबास गर्ने ७०३५, ग्रामीण क्षेत्रमा बसोबास गर्ने ४८६७७ छ भने हिमाली क्षेत्रमा ३७१७, पहाडी क्षेत्रमा ३७६६७ र तराई क्षेत्रमा १४३२८ देखाइएको छ । यसैगरी क्षेत्रगत आधारमा पूर्वाञ्चलमा २४५१४, माध्यमाञ्चल २९१५५, पश्चिमाञ्चल ः १६६९, मध्यपश्चिमाञ्चल २२९, सुदूर पश्चिम १४५ देखाएको छ । स्मरण रहोस् २०५८ को जनगणनामा सुनुवारहरुको जनसंख्या ९५२५४ देखाएको थियो ।
यसैगरी तथ्यांकले मातृभाषा बोल्नेको संख्यामा वृद्धि भएको देखाएको छ । जसमा मातृभाषाको संख्या १ सय २३ देखाएको छ । विगतको जनगणनामा उक्त संख्या ९२ वटा मात्र देखाएको छ । मातृभाषाको सङ्ख्या १ सय २३ देखिएका छन् । विगतको जनगणनामा ९२ वटा मात्रै मातृभाषा थिए । ०५८ को जनगणनामा ४८ दशमलव ६ प्रतिशत व्यक्तिहरूको मातृभाषा नेपाली रहेकोमा हाल मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने जनसङ्ख्या ४४ दशमलव ६ प्रतिशत देखिएको छ । नेपालीपछि मातृभाषाको रुपमा बढी वोलिने भाषाहरूमा मैथिली (११ दशमलव ७ प्रतिशत०, भोजपुरी ९६ प्रतिशत०, थारु ९५ दशमलव ८ प्रतिशत०, तामाङ ९५ दशमलव १ प्रतिशत० र नेवार ९३ दशमलव २ प्रतिशत० छन् ।
जनगणनाले देशभित्र विभिन्न १० वटा धर्म मान्ने मानिसहरू रहेको देखाएको छ । यसअनुसार विगत ०५८ सालको जनगणनामा ८० दशमलव ८ प्रतिशत रहेका हिन्दुहरूको जनसङ्ख्या यस जनगणनामा आइपुग्दा ८१ दशमलव ३ प्रतिशत पुगेको छ । वौद्ध धर्मावलम्वीहरू कुल जनसङ्ख्याको ९ प्रतिशत रहेका छन् । इस्लाम, किरात, क्रिश्चियन र प्रकृति धर्म मान्नेहरूको जनसङ्ख्या क्रमशः ४ दशमलव ४, ३ प्रतिशत, १ दशमलव ४ र ० दशमलव ४ प्रतिशत रहेको देखिन्छ ।
जनगणना–२०६८ ले साक्षरता दर, शैक्षिकस्तर, स्वास्थ्यसम्बन्धी जनचेतना, आधारभूत आवश्यकतामा व्यापक सुधार आएको देखाएको हो । जनगणनासम्बन्धी तथ्यांकअनुसार २०५८ सालको जनगणनामा साक्षरता दर ५४ दशमलव १ रहेकोमा २०६८ मा बढेर ६५ दशमलव ९ प्रतिशत पुगेको छ ।
यसैगरी, कुल जनसंख्याको ३९ प्रतिशतले प्राथमिक तह, २० दशमलव ३ प्रतिशतले निम्न माध्यमिक र १० दशमलव २ प्रतिशतले एसएलसीसरह उत्तीर्ण गरेको नयाँ जनगणनाको नतिजाले देखाएको छ । एसएलसीभन्दा माथि १० दशमलव २ प्रतिशतले उत्तीर्ण गरेको र ४ दशमलव २ प्रतिशतले अनौपचारिक शिक्षा हासिल गरेको पनि पछिल्लो नतिजाले देखाएको छ ।

2 Comments to चालीस हजार सुनुवार घटे तर एघार हजार सुनुवार भाषी बढे

  1. प्रत्येक १० वर्ष मा हुने राष्ट्रिय जनगणना मा संख्या घट्ने भन्दा केहि मात्रा मा भए पनि संख्या बढ्ने हुन्छ, हामी सुनुवारहरुको जनसंख्या बिगत को भन्दा कम संख्या हुनु भनेको दुख को कुरा हो i एक दुइ हजार मात्रा नभएर चालिस हजार जनसंख्या घट्नु भने को आश्चर्य नै हो i हामी सुनुवार हरुको जनसंख्या घट्नु मा कति त हामी नै दोषी छौ भने राज्य बाट पनि सहि तरिका बाट गणना नभएको आशंका गर्न सकिन्छ ..

  2. प्रत्येक १० वर्ष मा हुने राष्ट्रिय जनगणना मा संख्या घट्ने भन्दा केहि मात्रा मा भए पनि संख्या बढ्ने हुन्छ, हामी सुनुवारहरुको जनसंख्या बिगत को भन्दा कम संख्या हुनु भनेको दुख को कुरा हो i एक दुइ हजार मात्रा नभएर चालिस हजार जनसंख्या घट्नु भने को आश्चर्य नै हो i हामी सुनुवार हरुको जनसंख्या घट्नु मा कति त हामी नै दोषी छौ भने राज्य बाट पनि सहि तरिका बाट गणना नभएको आशंका गर्न सकिन्छ ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *