All about Sunuwar

आर्थिक सबलतातिर कोइँच जुर्मुराए

सुनुवार डट ओआरजि समाचारदाता । वर्षौंदेखि कोइँच (सुनुवार) हरु आर्थिकरुपले पिछाएका छन् । जसको कारण आफ्नो पुख्र्यौली भूमि वेचेर गर्जो टार्दै गर्दा अन्तमा घरवारविहिन भएर सुकुम्वासी भएको पनि सबै सामु छर्लङ्ग छ । यसरी पूख्र्यौली सम्पत्ती हुँदा हुँदै पनि आर्थिकरुपले विचलनमा पर्दै आएका कोइँचहरु अहिले आर्थिक उन्नतिको लागि एक जुट भएका छन् ।
भर्खरै सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. नामक वचत तथा ऋण सहकारी संस्था स्थापना गरेका छन् । जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंमा दर्ता भएका संस्थाको कार्यक्षेत्र आम सुनुवारहरु दाजुभाई–दिदीवहिनीहरु बसोबास भएको स्थानहरु हुन् । हाल यस संस्थाको कार्यालय कोटेश्वरमा रहेको छ ।
च्याउसरी उम्रिएका सहकारी संस्थाहरु वीचमा अर्को एक सहकारी संस्था आउनु कुनै नौलो कुरा भने होइन तर पनि कोइँचहरुलाई मात्र लक्षित गरेर स्थापित वचत तथा ऋण सहकारी संस्था भएको हुँदा यसको महत्व विशेष खलको छ भन्छन् सहकारीका अध्यक्ष विश्वकिरण सुनुवार । कोइँचको पहिचानको लागि व्यवसाय गर्ने जुनसुकै कोइँचलाई ऋण दिन सकिने व्यवस्था रहेको वताउँदै यस संस्थाले अगामि दिनमा कोइँचलाई आर्थिक सवलता बनाउने ध्येय रहेको अध्यक्ष सुनुवारको भनाइ रहेको छ ।
उहाँ अगाडि थप्नुहुन्छ, ‘हामी कोइँचहरु गरिव होइनौं तर चाहिएको वेला ल त भनेर भने जति धन पनि निकाल्न सक्दैनौं । न हामी गरिब भन्न लायक छौं न त धनी । हामी मध्यम वर्गीय समुदाय भएको हुँनाले नै हाम्रो उन्नति हुन सकिरहेको छैनौं । ठूलो योजना बनाउँछौं ठूलो पुँजी हुँदैन । सानोतिनो काम गर्न मनै लाग्दैन । अहिलेको जमना भनेको व्यापार व्यवसायको हो । सधैं जागिर खाएर र पुख्र्यौली सम्पत्तिको तुजुकले जीवन निर्वाह गर्न सकिने अवस्था छैन । यसैले सबै कोइँचसँग छरिएर रहेको पैसालाई एकत्रित गरी ठूलो लगानी गर्नका लागि पनि यो सहकारीको जन्म भएको हो । सँगसँगै कोइँच युवायुवतीहरुको लागि स्वरोजगार तथा नयाँ जागिरको निर्माण गर्नु पनि हाम्रो लक्ष्य रहेको छ ।’

2 Comments to आर्थिक सबलतातिर कोइँच जुर्मुराए

  1. olak kumar says:

    अब चाही सुनुवार हरुको निद्रा खुले६ भन्ने मलाई लगरु है साथ दिनु नै पर्छ | अब हुने वल्लो किर्त राज्य मा सुनुव्र नै अगाडी आउने तयारी को पहिलो लक्षण हो भन्ने मलाई लागि राखेको छ |

  2. olak kumar says:

    अब चाही सुनुवार हरुको निद्रा खुले६ भन्ने मलाई लगरु है साथ दिनु नै पर्छ | अब हुने वल्लो किर्त राज्य मा सुनुव्र नै अगाडी आउने तयारी को पहिलो लक्षण हो भन्ने मलाई लागि राखेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *