All about Sunuwar

सुनुवार सेवा समाजको ओखलढुङ्गा जिल्ला सम्मेलन : पहिचानको राजनीतिमा ध्यानकेन्द्रित

चुप्लु दाम्लोच

२१ साउन, खिँचि । सुनुवार सेवा समाज जिल्ला कार्य समिति, खिँचि, ओखलढुङ्गाले भव्य साँस्कृतिक झाँकी प्रदर्शनीसहित जिल्ला सदरमुकाममा यही २४ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वल्लो किरात स्वायत प्रदेशको आवाज उराल्दै अगाडि बढेको सुनुवार सेवा समाजले ओखलढुङ्गा जिल्ला तदर्थ समिति गठन गर्ने उद्देश्य रहेकोसाथै विस्तारै सदरमुकामबाट बहिस्करणमा पारिएको कोइँच (सुनुवार) ले सदरमुकाममा आफ्नो आन्दोलनलाई केन्द्रित गरेको जिल्ला समितिका अध्यक्ष बुद्धिराज सुनुवारले बताउनु भयो ।

जिल्ला सदरमुकामबाट एक दिन हिडेर पुगिने कोइँचहरुले १८ औं आदिवासी दिवसको अवसर पारेर आफ्नो शक्ति पर््रदर्शनी गर्न लागेको हो । हुन त ओखलढुङ्गमा जिल्ला स्तरिय राजनीतिमा चार दशक लामो उपस्थिति रहे पनि आदिवासी जनजातिको कोइँचको लागि कुनै पनि उल्लेखनीय काम गर्न सकेको देखिँदैन । बरु कोइँचको भूमि र प्राकृतिक स्रोत साधनलाई सरकारीकरण गर्न उद्धत रहेको देखिन्छ । खिँजी ग्रामीण हवाइ मैदान, लिखु ४ जलविद्युत परियोजना जस्ता ठूलो आयोजनामा कोइँचको अधिकार सुनिस्चित गर्नु भन्दा उनीहरुको अधिकार खोस्न कोइँच नेताहरु लागि परेको देखिन्छ ।

अझै पनि आदिवासी जनजातिको हक अधिकार सुनिस्चित गर्ने कानुन आइ सक्दासमेत जिल्ला स्थित न एमालेका यज्ञराज सुनुवार, न नेपाली काङ्ग्रेसका प्रदीप सुनुवार, न माओवादीका विनोद सुनुवारले कुनै पहल गरेको छन् । उनीहरु अहिलेसम्म कोइँचको पहिचानसहितको राजनीतिमा हातमा हात काँधमा काँध मिलाउन सकिरहेका छैनन् । यस सम्मेलनमा यी अनुहार र थरले कोइँच भनी चिनीएका नेताहरुले वास्ताविकरुपमा कोइँचको सामुहिक अधिकारको संरक्षणको लागि केही प्रतिवद्धता गर्छन् वा जातिय पहिचानसहितको संघीयता आवश्यक छैन । हाम्रो पार्टीले नबोल्नु भनेको हुँदा एमाले, काङ्ग्रेस, माओवादीमा लाग्नुहोस् कोइँचको मुक्ति त्यसमा नै छन् भन्ने हुन् हर्ेन बाँकी नै छ भनेर गाउँ गाउँबाट कोइँचहरु सदरमुकाम प्रस्थान गर्न लागेका छन् ।

हुन त यज्ञराज सुनुवार, नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका पूर्वमहासचिव भए पनि जातीय पहिचान आवश्यक छैन भनेर दुवाकोट ओली निवासमा बोले । सञ्चारमाध्यमबाट र्सार्वजनिक भएको कुरा हो । प्रदिप सुनुवार अल्पसङ्ख्याकको आरक्षण कोटाबाट सभापति बन्न पुगेका हुन् । तर ती दुवै सुनुवारले कोइँचलाई अगाडि सारेर राजनीति गरे पनि कोइँचका अधिकार सुनिस्चितताको लागि कुनै पनि र्सार्वजानिक स्थानमा बोलेको सुनिएको छैन भन्छन् ओखलढुङ्गका कोइँच । यता कोइँच भुमिको तर्ीथस्थल ककनीको महोत्सवमा संयोजक बनेका माओवादीका विनोद सुनुवारले ककनी तर्ीथस्थललाई सतीदेवीको अङ्ग खसेको गलत प्रचार गरेर कोइँचको भूमिलाई खसीकरण र साँस्कृतिक अतिक्रमण गरेको यथार्थ कसैबाट लुकाउन सकिने कुरा होइन । हेरौं, ओखलढुङ्गाका कोइँचहरुलाई दुवै राजनीति पार्टी (एमाले र काङ्ग्रेस) का जिल्ला शीष्ा नेता कोइँच भए पनि कोइँचको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मत भएको अवस्थामा आगमी निर्वाचनको लागि केही अस्वाशन बाँड्छन् कि ! आम जिल्लावासीको अनेक अनुमान र अँकलन साम्मे हुन २४ गते पर्खिनु नै पर्ने भएको छ ।

2 Comments to सुनुवार सेवा समाजको ओखलढुङ्गा जिल्ला सम्मेलन : पहिचानको राजनीतिमा ध्यानकेन्द्रित

  1. Hamso Koits says:

    निस्पक्षे किसिमको समाचार पस्केकोमा चुप्लु दम्लोच लाई धन्यवाद /
    यी कोइच को नाममा राजनीति गर्छु भन्ने नेता भनौदा झोलेहरुले आदिबासी जनजाती कोइच हरुकै भावनामा चोट पुग्ने खालको भनाइ किन राख्छन ? चुनाब को बेला आफ्नै नि. क्षे. बाट लखेटिन ??
    खासमा यी यज्ञराज हरुले बुझ्नु पर्ने कुरा के हो भने एमाले वा कांग्रेस बनेको कारणले भन्दा कोइच अथवा जनजाती भएको कारणले गर्दा भोट पाएको हो वा पाइन्छ भन्ने कुरा बुझ्नु जरुरि छ अहिले को परिप्रेक्षमा / उनीहरुले यो कुरा नबुझे सम्म सयौंपल्ट हारी रहनेछन् / आजका भोटर्सलाई बेबकुफ सम्झिनु उनि हरुलाई नै प्रत्युत्पादक हो /
    जहाँ सम्म बिकाशको नाम मा बिनास जो भै रहेको छ त्यो चाँही आफ्नो अधिकारका लागि सबै कोइच एक हुन नसक्नु र ठुटे/झोले नेताहरु बढ्नु, तों ठुलो कि म ठुलो तेरोपाटि भन्दा मेरोपाटी राम्रो/ठुलो आदि जस्ता कुरा ले गर्दा नै हो जस्तो लाग्छ /

  2. Hamso Koits says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *