All about Sunuwar

सुनुवार सेवा समाज तथा वल्लो किरातका अध्यक्षबाट धन्यवाद ज्ञापन : आदिवासी जनजातिको देशभरि जनशक्ति प्रदर्शन तर उपस्थिति शून्य

चुप्लु दामलोच
६ जेठ, यालाखोम । आज देशभरि आदिवासी जनजातिले विभिन्न नाचगान गरी प्लेकार्ड तथा झाँकी प्रदर्शन गरे । आदिवासी जनजातिको यो शक्ति प्रदर्शनले कसैलाई वाधा पुराएन तर उपस्थिति भने न्यून देखिन्थ्यो । यसै क्रममा कोटेश्वर तीनकुनेमा सुनुवार सेवा समाज लगायत वल्लो किरात संघीय राज्य परिषदले पनि ढोल झेम्टा बजाएर आफ्नो झाँकी प्रस्तुत गरेको थियो । आफ्नै पहिरनमा सजिएका कोइँच, जिरेल, थामि, जेरो, बाहिङहरु सो झाँकीमा आवद्ध थिए । ठूला ठूला गफ हाँक्ने कोइँच बन्न नसकेका सुनुवारहरुको भने कतै उपस्थिति देखिएन । शायद आफ्नो उनीहरुलाई सुपारी निम्तो दिनु पर्ने होला, एक सहभागीले गुनासो गर्दै भुत्भुताइरहेका थिए- खसबाहुनका धोती स्याहर्दै फुर्सद भएन क्यार । तर भोलि पर्सी ठूला ठूला गफ पिट्ने त तिनीहरु नै हुन्छन् है ।
हुन पनि २०-२५ लाख जनसंख्या भएका धेरै जनसंख्या भएका आदिवासी जनजाति र थोरै जनसंख्या भएका जातिका उपस्थिति उस्ता उस्तै देखिन्थ्यो ।
मौसमले साथ नदिँदा नदिँदै पनि जनशक्ति प्रदर्शनमा उपस्थित आम कोइँच सामिबु लगायत जिरेल, जेरो, बाहिङ, थामि मित्रहरुलाई सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । अधिकार घरमा बसेर गफ दिँदैमा पाइने कुरा होइन । अरुको कुरा काट्न जति सजिलो छ त्यसलाई कार्यान्वयनमा ल्याउन पनि तत्परता हुनुपर्छ । जे जति साथीहरु वल्लो किरात स्वायत्त प्रदेशको लागि मैदानमा उत्रनु भएको छ, जो जसले जे जसरी यस अभियानमा साथ सहयोग पुराउनु भएको छ सबै वल्लो किरात वासी दाजुभाई दिदीवहिनीहरुलाई पुनः संघर्षको लागि सडकमा उत्रन पनि हार्दिक अनुरोध गर्छु – धन्यवादको क्रममा सम्पूर्ण वल्लो किरातवासीहरुलाई हार्दिक अपिल पनि गर्नु भएको छ ।
आफ्नै भूमिमा परदेशी बनेर बाँचेका आदिवासी जनजातिहरुलाई परदेशी भन्ने वित्तिकै नेपाल छाडेर वाहिरीएकाहरुलाई मात्र सङ्केत गरेको भनिठान्छन् । तर आजको जनशक्ति प्रदर्शनले हामी आफ्नै देशमा प्रवासी बनेको प्रष्ट पारेको छ । हामी खाडी भनौं या त युरोप, या मलेसिया, कोरिया, हङकङ, जापान त्यो मात्र हाम्रो परदेश होइन । त्यहाँको स्थिति र नेपालमा भोगेको स्थिति आदिवासी जनजातिको लागि एकै हो भन्ने विज्ञहरुको तर्क छ । हामी आफ्नै देशमा परदेशी बनेका छा्रं । हिजोअस्ती आदिवासी जनजातिको प्रतिकारमा उत्रेका खस-बाहुनहरुले गरेको संघर्षका आन्दोलन र वन्द अनि शोषित उत्पिडीत आदिवासी जनजातिको आन्दोलनलाई दाँज्दा यो स्थिति छर्लङ्ग हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *