All about Sunuwar

अग्नि पीडित शोभादेवी सुनुवारलाई सहयोग

चुप्लु दामलोच
१६ चैत्र, यालाखोम । इजरायलमा रहनु भएकी, सुनुवार सेवा समाजका पूर्व सदस्य, सुनुवार महिला समाजका संस्थापक कोषाध्यक्ष तथा उपाध्यक्ष कविता सुनुवारले रु. दश हजार नगद रामेछाप हिमागंगा गा.वि.स.की अग्निपीडित शोभादेवी सुनुवारलाई सहयोग गर्नु भएको छ । सो सहयोग रकम आज सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई आमा भक्तमाला सुनुवारले हस्तान्तरण गर्नु भएको छ । ‘आदिवासी कोइँच (सुनुवार) ले कतै पनि सहयोगको भीख मागेर भौतरिनु नपरोस् । अरुको मुख ताक्नु नपरोस् । जसको लागि सबै कोइँच मिलेर सुनुवार सेवा समाज मातहतमा वा एक स्वतन्त्र परोपकार अक्षय कोष स्थापना गर्ने र सोही संस्था मार्पmत सबै दैवी वा प्राकृतिक प्रकोपमा भैपरी आउने दुर्घटनामा सहयोग गर्न सकियोस् भन्ने आफ्नो चाहना रहेको छ । यसको लागि सबैमा ऐक्यता जनाउन पनि आव्हान गर्छु ।’ सहयोग गर्ने क्रममा उहाँले बताउनुभयो ।
अहिलेसम्म सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले नगद रु. नौ हजार, जिल्ला प्रसाशनले नगद रु. पाँच हजार, जिल्ला रेडक्रस समितिले लत्ताकपडा तथा खाने सरसमान र गाउँलेहरुले अन्ना तथा बास व्यवस्था गोठ बनाइ दिएका छन् । साथै श्रीमानको वर्षान्त पनि गाउँले मिली सम्पन्न गरेका छन् ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सो रकमलाई तत्काल पीडितको हातमा पु¥याउन रामेछाप जिल्ला समितिलाई निर्देशन गर्ने बताउनु भयो । एक वर्ष अगाडि क्यान्सरको कारण मृत्यु भएका शोभाका श्रीमानको उपचार गर्दा लागेको तीन लाख ऋण तिर्न सापटी लिएको रु. ७५ हजार पनि आगोमा जलेर नष्ट भएको थियो । अहिले उनको सन्तान पनि सानै छन् । उनलाई लागेको ऋण तिर्न ता परै जाओस् घरपरिवार धान्न समेत गाह्रो परेको हिमागंगा सुनुवार सेवा समाजका अध्यक्षले बताउँदै यस्तो अवस्थामा मानवीयताको नाताले पनि सम्पूर्ण सुनुवार तथा अन्य दाजुभाईहरु सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *