Recent Comments

एकदशकीय एकै शैलीको कोइँच लोः कविता वाचन क्रम भंग

दिश दारश-शो आँ प्लेतति !
– प्रेम सुनुवार (थाङराअच आसोक)
हायुः आइदि पुँमि लिकु शोलोलो
आइत-था पियामि लापचानेआ थुमकि
आ हा दिश दारश-शो आँ प्लेतति !
इँःके कुचुमि थेअÞचा माथेअÞचा नेललिमि थेअÞताम ने
नेःशो नुङ गो आँमान आमके मुर देँशा बाअÞने ने ।
इः तारिमि हुइश-शि गाइश-शि पामतेमे ने
नेःना नेःन नुङ गो बÞालाइ पाँ बाअÞने ने एच-चि
मारे नोफा मानेःबा दुमे शाँ आँ प्लेतति –

आइत-था कोःशोनु तो-शिल फुः लालाः पाँ
हामतिम कोःशोनु गामनाङ नु लेःति
आ हा दिश-शि दारश-शो शाँ आँ प्लेतति !

इः तारिलेन सि-खुर पानापान रिलुखुलु क्युपताङा
नाःदो ङाममि ताःता मिनु प्याप मुपताना
मुल एँ नाअÞति मार पाइनेङा हिमाक्योम पाँ
प्लेअÞकु मातोको ग्लुल ग्लुल पाँ
इः नाम लाअÞति मिनु प्लेतति
आ हा दिश-शि दारशो शाँ आँ प्लेतति !
-प्लेतति, रारादेल, लेङलेङ
कोही गरेर देखाउँछन् : कोही कुरा काटेर दिन बिताउँछन् । बोल्न र अरुको कुरा काटेर दिन बिताउने उहिले पनि थिए । अहिले पनि छन् । भोलि पनि हुने छन् । इतिहास निर्माण गर्ने यो क्रममा कोइँचले कुन कुरालाई अँगाल्ने हो – जिम्मा कोइँचहरुकै हो । कसको पछि लाग्ने – सोच्ने कोइँचहरुले नै हो । आरिसे मरी जा, देखासेखी गरी खा । मर्ने हो कि गरी खाने हो कोइँचहरुले नै बुझनु पर्ने छ । जो जसले जसरी बुझछन् बुझाइ आफ्नो आफ्नो हो । किनकि तहीकृत उद्विकासीय अवधारणाबाट फुत्किने कि कायी लागेको विचारलाई कन्चन पानी ठानेर भ्रम पालेर बाँच्ने – सोचाइ आ-आफ्नो हो । जे होस् हामी काम गरेर देखाउँछौं भन्ने आँट कसेका थियौं । गरीरहेका छौं । गर्न धेरै बाँकी छ । गरीरहने छौं । हामी- कवि शिरोमणी लेखनाथको कविता जस्तो ‘मैं खाउँ मैं लाउँ सुखशयल मैं गरुँ …’ भन्दैनौं । भनेका पनि छैनौं । भन्ने पनि गर्दैनौं । एकै सवाँरोमा सबै काम गर्न सकिने कुरा पनि भएन । सिर्जना कर्ममा लाग्नु भनेको सबैलाई सुपारी निम्तो पस्किने कुरा पनि होइन । सिर्जना मञ्च सुख्खा खोकी खोक्न थालो पनि होइन । नगरेको कुरा गरेँ र गरेको कुरालाई गरिन भन्न पनि सकिँदैन । यही विचारको संगोपंगोमा यस महिनाको ११ गते शनिवार ‘चुपलुमि शारिरेँशो कोइँच कवि जमघट’ गर्‍यौं । सो कार्यक्रममा लयात्मक मीठासपर्ूण्ा वाचनको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले प्रोत्साहन स्वरुप रु. ५०० नगद पुरस्कार प्रदान गर्नु भएको थियो कोइँच लोः को यहाँ पोस्ट गरिएको कवित ‘दिश-शि दारशो शाँ आँ प्लेतति’ लाई । हुन पनि कोइँच कविताको एक दशकीय समयमा एकै शैलीको वाचन अगाडि बडीरहेको थियो । आक्रमक हुन्थे । जोसिला हुन्थे । तेजिला हुन्थे । गमकपर्ूण्ा ओजले हल थर्किन्थ्यो । आदिवासी मातृभाषाको कविता गोष्ठीहरुमा कोइँच लोःको कविताहरुले राम्रै स्रोता पाउँथे । तर ‘दिश दारश-शो आँ प्लेतति’ को कोइँच कविता वाचन शैलीले एक किसिमको वाचन मान्यतालाई भंग गरेको छ, एकदशकीय एकै शैलीको कोइँच लोः कविता वाचन क्रमलाई । सरल र शान्त तौरतरिकाले पनि आफुभित्रको आक्रोश र कुण्ठ पोखाउन सकिने रहेछ भन्ने मान्यतालाई ‘दिश दारश-शो आँ प्लेतति’ कविताले मार्गदर्शन गरेको छ ।

-Chuplu Society (Koits Chuplu), KTM

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives