All about Sunuwar

सैपूमा वृहद सुनुवार भाषागोष्ठी एवं तीन महिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम संचालन हुने

नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको आर्थिक सहयोग एवं सुनुवार सेवा समाज, गाउँ कमिटि सैपू, रामेछाप को आयोजनामा यही मिति २०६८ चैत १८ गतेका दिन रामेछाप जिल्लाको सैपू गा.वि.स.मा वृहत सुनुवार भाषा गोष्ठी एवं सुनुवार भाषा प्रशिक्षण कार्यक्रमको भव्यरुपमा उदघाटन हुनगइरहेको जानकारी कमिटिका सह–सचिव श्री प्रकाश सुनुवार ले गराउनु भएको छ । उक्त कार्यक्रममा सैपूबाट काठमाडौआई विभिन्न पेशा व्यावसायमा संलग्न रहेका सैपूले सुनुवारहरुको सघनरुपमा उपस्थिति रहने समेत उहाँले वताउनु भयो । कार्यक्रममा सुनुवार भाषा प्रशिक्षकका रुपमा सुनुवार सेवा समाजका भुपू सल्लाहकार, सुनुवार संस्कृति एवं भाषाविद श्री लोकप्रिय सुनुवारलाई निमन्त्रणा गरिसकिएको र कार्यक्रमका प्रमुख अतिथिका रुपमा सुनुवार सेवा समाज, केन्द्रीय समितिका भुपू सल्लाहकार श्री गुञ्जबहादुर सुनुवार, भुपू अध्यक्ष श्री टंकराम सुनुवार लगाएतको उपस्थित रहनेछ ।

एकदिवसिय भाषागोष्ठी कार्यक्रममा सैपू गा.वि.स.का संपूर्ण सुनुवारहरु, भाषाविद, संस्कृतिविद, नासो, झाक्रि एवं विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको समेत सहभागिता रहनेछ । भाषा गोष्ठिका दिन सुनुवार भाषाको महत्व, यसको संरक्षण, विकास र वोलिचालिमा नियमितता गराउने वारेमा व्यापक छलफल हुने र सोही अनुसारको योजना तर्जुमा गरी अगाडि वढने कार्यक्रमको उद्देश्य रहेको जानकारी सुसेस केन्द्रीय समितिका निवर्तमान अध्यक्ष श्री टंकराम सुनुवारले गराउनु भयो । भाषा एवं संस्कृतिविद श्री लोकप्रिय सुनुवारका अनुसार प्रशिक्षण कार्यक्रम सुनुवार भाषालाई जिवनता दिने र भोलिका दिनमा समेत व्यावहारिक प्रयोगहुने किसिमले प्रशिक्षणका विषय र सामाग्रीहरुको तयार गरिएको जानकारी आयोजकलाई गराउनु भएको छ । सह–सचिव प्रकाश सुनुवारका अनुसार भाषा प्रशिक्षणको उद्घाटन कार्यक्रम पश्चात तीन महिना सम्म सैपू गा.वि.स.का सुनुवारहरुले आफूहरुका वीचमा अनिवार्यरुपमा सुनुवार भाषामात्र प्रयोग गर्ने आमसहमति गरिने समेत जानकारी गराउनु भएकोेछ । साथै प्रशिक्षकरुले सुनुवारहरुको घरपरिवारमा सुनुवार भाषा प्रयोग भएनभएको समेत अनुगमन गर्नेछन् र आफ्नै भाषाको प्रयोगका लागि उत्साहित गर्नेछन् ।

साथै भाषा प्रशिक्षण समापन कार्यक्रममा प्रशिक्षार्थिहरुका वीच सुनुवार भाषामा शव्द उचारण प्रतियोगिता कार्यक्रमको समेत आयोजना गरिने र विजयी समूह र सुनुवार भाषा नियमित बोलिचालि गर्ने सुनुवारहरुका लागि हौसला स्वरुप संस्थाले पुरस्कारको समेत व्यवस्था गरेको जानकारि प्रकाश सुनुवारले गराउनु भयो ।

तीन महिना सम्म चल्ने भाषा प्रशिक्षणबाट सैपू गा.वि.स.मा आफ्नो मातृभाषा वोलचाल गर्नेहरुको संख्या वढने, ठेट सुनुवार शब्दावलीहरुको जगेर्नाहुने र भावीपुस्तालाई सुनुवार भाषाको वोलिचालि हस्तान्तरण हुदै जाने समेत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *