All about Sunuwar

कतारबाट राजु सुनुवारले पठाउनु भएको गजल

कोइँच पहिचानको लागि साहित्य र सञ्चार नारा सहित चुप्लुमि शारिरेँसो कार्यक्रमको लागि कतारबाट राजु सुनुवारले पठाउनु भएको यो गजल ।

जिबन् अति मिठो तर, निर्दयी छ काल यहाँ,
जिउने रहर् हुँदा हुँदै, मृत्यु को नै जाल यहाँ l

जिबनको भकारी यो, भर्छु भन्दा भन्दै पनि,
चुहिंन्दै छ प्वाल हुँदै, छैन टाल्ने पाल यहाँ l

मनाए छु जन्मदिन,बिर्सी तितो साँचो सत्य,
आयु छोटो हुँदै जाने, हरेक् एउँटा साल यहाँ l

मिल्ने भए छेकी दिन्थे, हत्केला ले बार हाली,
मृत्यु रोक्ने यस्तो कुनै, बन्या छैन ढाल यहाँ l

सृष्टि कर्ता तिम्रो नियम्,पालना त गर्नै पर्यो,
ढल्ने बेला दैव तिम्लाई, दिने छैन गाल यहाँ l

राजु सुनुवार
दोहा,कतार

2 Comments to कतारबाट राजु सुनुवारले पठाउनु भएको गजल

  1. नाईलू क्याबचा says:

    ग्रेट वान ..

  2. नाईलू क्याबचा says:

    ग्रेट वान ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *