All about Sunuwar

मृगतृष्णा

समयको कुनै विन्दुमा

उष्णताले छोपिएको

सपनाको महलभित्र

सुन्दर भविश्य खोज्न

जिवन संघर्षका पटाङ्गिहरुमा

रहरका बिस्कुन सुकाउँदै

बाँचिरहेको एउटा यायावर

.

अक्करको भिरमा

गुराँस फूलेका बसन्त

झरनाको निर्झरतामा

इन्द्रेणी झुलेको बिहानी

यस्तै/यस्तै गहिरो

दिवा स्वप्ना लिएर

हिँडेथे कुनै प्रहर

जंगल/पहाड/बगर छिचोल्दै

जिन्दगीका आधा बाटाहरु

.

तर

समयले नेटो काट्दा पनि

मेरो सपना गर्भिणी हुन नसक्नु–ले

मन शिथिल भएर उभिएकोछ

हुनुमा पछुतो भएकोछ

पनि

बाटो माटोमा

यलम्बर पाईला नियाल्दै

जिवन संघर्षका पटाङ्गिहरुमा

रहरका बिस्कुन सुकाउँदै

बाँचिरहेको एउटा यायावर ।।

 

Bhanu Sunuwar

2 Comments to मृगतृष्णा

  1. नाईलू क्याबचा says:

    यसरि पथाउना मिल्ने भए मणि पठाउने थिए नि हजुर …

  2. नाईलू क्याबचा says:

    यसरि पथाउना मिल्ने भए मणि पठाउने थिए नि हजुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *