All about Sunuwar

पीडित तिलकलाई क्षतिपूर्ति तर प्रहरी प्रशासन उम्क्यो

कोइँचबु काःतिच/समीर मुखिया सुनुवार
३० फागुन, यालाखोम । आफ्नै घरको आँगनमा प्रहरीले पानी छेपेर मरासन्न हुने गरे पीटिएका पीडित तिलकबहादुर सुनुवारले सत्ताइस हजार नगद क्षतिपूर्ति पाउने भएका छन् । छिमेकी अर्जुन बस्नेतसँग जग्गा साँधको विषयमा भएको भनाभनको आधार लिएर तिलकबहादुरको घर पुगेका प्रहरीले लघारीलघारी उनलाई पिटेका थिए । प्रहरीको पिर्टाईले गम्भीर घाइँते भएका तिलकबहादुर सुनुवार, ललितपुर गोर्को स्थित बी एण्ड बी अस्पतालमा भर्ना भई उपचार गरेर गाउँ पुगेपछि पीडित पक्ष र प्रहरी वीच फागनु २७ गते लिखितरुपमा निर्ण्रय गरी उक्त क्षतिपूर्ति दिर्ने सहमति भएको हो । प्रहरीले पीडित तिलकबहादुर सुनुवार आपै+m लडेर खुट्टा मर्काएको, सामान्य वल मात्र प्रयोग गरेकोले क्षतिपूर्ति दिने र माफी माग्न नसकिने अडान लिएपछि २७ गते साँझ छ बजे वार्ता भंग भएको थियो । पुनः कोइँचहरुले प्रहरी चौकी नचाहिने, प्रहरीले प्लेततिमा कोइँचसँग दुस्मनी साँधेर काम गर्ने हो भने प्रहरी विरुद्ध कोइँचहरुले प्लेततिमा मात्र होइन सबै कोइँच गाउँमा प्रहरी लगायत सरकारी कर्मचारीको काम तथा अन्य संघसंस्थाको कार्यमा अवरोध पुर्‍याउने घोषण गरे पछि प्रहरीहरुले नै निकासको उपाय निकालेर राति ९ बजे सहमति भएको थियो । अर्जुन बस्नेतका हुल उठेर विना छनविन तिलकबहादुर सुनुवार, ६३, लाई प्रहरीले कुटपिट गरेको विषयलाई लिएर सुनुवार सेवा समाज प्लेततिले जिल्ला केन्द्र, र राजनीतिक पार्टीसंग सामन्वय गरी सो क्षतिपूर्ति दिन वाध्य पारेको हो ।
फागुन १९ गते घटेको उक्त घटनालाई प्रहरीले दबाउन प्लेतति जिँगामाइलिका समुदायका दलित सार्कीहरुलाई जम्मा पारी जाँड खाएर खुकुरी लिई प्रहरी माथि आक्रमण गर्न खोजेको भन्ने किर्ते मुचुल्का तयार गरिएको थियो । उक्त मुचुल्का वारे सोध्दा पीडित सुनुवारले उनको उपस्थितिमा कुनै पनि मुचुल्का तयार नगरेको बताएका थिए । २१ गते बसेको त्रिपक्षीय वार्तामा सुनुवार सेवा समाज प्लेततिको पहलमा उक्त किर्ते मुचुल्का प्रहरी चौकीबाट खुकुरीसहित थुतेर लिएको थियो । मौखिक रुपमा प्रहरीले गल्ती स्वीकार गरे पनि लिखित सहमति गर्ने कुरा गरेपछि वार्ता २७ गते बस्ने गरी टुंगिएको थियो । तत् पश्चात जिल्ला प्रहरी कार्यालयबाट डिएसपि सञ्जीव शर्माले फोन मार्फत सुनुवार सेवा समाज जिल्ला कार्यसमिति रामेछापका अध्यक्षद रमेशकुमार सुनुवारलाई धम्की दिएका थिए ।
सुनुावार सेवा समाज तथा कोइँच सम्बन्धि सञ्चारहरुको दबाबका कारण प्रहरी प्रशासनसहित अर्जुन बस्नेतले पीडित सुनुवारलाई क्षतिपूर्ति दिन वाध्य भए पनि अहिले प्रहरी प्रशासन भने घटनाबाट चोखिएको छ । मौखिक रुपमा गल्ती स्वीकार गरे पनि प्रहरीले लिखित रुपमा गल्ती भएको स्वीकार गर्न नमिल्ने बताएकाले अर्जुन बस्नेतले मात्र गल्ती गरेको जिम्म लिँदै सहमतिको निर्ण्रय हस्ताक्षर गरेका छन् । अझै पनि प्रहरी प्रशासनप्रति सुरक्षाको बदला कतै मलाई दुःख दिने पो हो कि भन्ने शंका उपशंका कोइँच जनताबाट हट्न सकेको छैन । यो प्रहरी प्रशासनको लागि चुनौतिको विषय हो । प्लेततिको सर्न्दर्भमा दलित सार्की महिलालाई दिन दहडै उनीहरुको परिवारको अगाडि प्रहरीले बलत्कार गरेको थियो । उक्त मुद्दालाई विभागीय कारवाही गर्ने भनेर प्रहरीलाई मन्थली सरुवा गरिएको थियो तर प्रहरी चौकी इन्चार्जलाई कुनै कारवाही भएन । तिलकबहादुरको मुद्दामा पनि प्रहरीले काठमाडौंसम्मको एम्बुलेन्स खर्च मात्र व्यहोरेको छ । र, आन्तरिकरुपमा अर्जुन बस्नेतले तिर्ने भनेको २७ हजार क्षतिपूर्तिको आधा व्यहोर्ने सहमति भएको बुझिना आएको छ । तर मानवअधिकार उलंघन गर्ने प्रहरी जवान र हवाल्दरको बारेमा मिलापत्रको निर्ण्रय केही बोलिएको देखिएको छैन ।
प्रहरी कहाँ कोबाट परिचालित थिए छन् भन्ने कोइँच समुदाय प्रष्ट भएका छन् । अब मौखिक सहमति र लिखित सहमतिको शक्ति के रहेछ भन्ने कुरा पनि आम कोइँचले बुझनु जरुरी छ । प्रहरी चौकी प्लेततिका इन्चार्ज प्रहरी नायव निरिक्षक तथा सहायक निरीक्षकले केटाहरुले गल्ती गरिहालेछन् हजुर त्यसैले हामी आपै+mले एम्बुलेन्स खोजेर उपाचार गरेका हौं । यस घटनालाई ठूलो नबनाउँ । हामी मिल्नु पर्छ । केन्द्रबाट कुरा मिलाउन निर्देशन दिनु पर्‍यो भनेर उनीहरुले नै फोन गरेर घटनाको बारेमा जानकारी गराएको सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवारले बताउनु भएको छ । यसैले पनि गल्ती प्रहरीको हो भन्ने प्रमाणित भइ सकेको छ । अस्पतालको मेडिकल रिपोर्टले पनि शरीर भरि चोटपटक लागेको देखिएको छ ।
‘कोइँचहरुले सधैं अरुले गरेको निर्ण्रयमा सहीछाप गर्ने एक जमना थियो त्यो गयो । हाम्रो विषयमा के कस्तो निर्ण्रय गर्नुपर्छ । त्यसको लागि हामी आपै+m सक्षम छौं । हामी अब आदिवासी जनजाति कोइँचको मानव अधिकार स्थापनाको लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने छौं । विगतमा तिलकबहादुरलाई जस्तै राज्य तथा अन्य समुदायबाट गम्भीर मानव अधिकार उलंघन भएको थियो । हाम्रो आफ्नै सूचनाप्रवाह गर्ने संस्था नभएको र विगतमा सुनुवार सेवा समाजले अहिलेको जस्तो कोइँचको हक अधिकार सम्बन्धि खुलेर संस्थागत रुपमा बोली नदिनाले त्यस्ता घटनाहरु सामान्य घटना, भवितव्यको रुपमा स्वीकारिन्थे र गुपचुपमा हराएर जान्थे । अहिले पर्याप्त नभए पनि कोइँच भाषाबाट समाचार सम्प्रेषणले हाम्रो वारेमा कहाँ के हुँदै छ र के कस्तो घटना कहाँ घट्यो भन्ने कुरा तत्काल थाहा पाउने भएका छौं र सबै कोइँच जनता जागेको अबस्था छ । हामी हाम्रो भूमि, र हाम्रो मानव अधिकार रक्षाको लागि सचेत भएका छौं । तिलकबहादुरको काण्ड पनि गुपचुपमा दबाउन लागिएको थियो । सुनुवार सेवा समाजले त्यसलाई सबै कोइँच माझ ल्यायौं र आंशिक रुपमा राहात पनि दिलायौं ।’ प्लेतति सुनुवार सेवा समाजको कोषाध्यक्ष, शाँदार व्यवास्थापन समितिका अध्यक्ष तथा समाजसेवी हेमराज सुनुवारले बताए ।
‘हामी बोल्दैन थियौं । बोल्न सक्दैन थियौं । बोल्न प्रतिवन्द थियो । किन भने हामीले बोल्ने हाम्रो मातृभाषा कोइँच थियो । खस भाषामा बोल्न सक्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै थियो । सरकार तथा उत्पीडक जातिले जस्तो सुकै ज्यादती गरे पनि मुकदर्शक बनेर हेर्नुको विकल्प थिएन । हामीले अर्काको कुरामा बोल्दा बोलीको भाका पुग्दैन थियो । सही साँचो कुरा भन्न खोज्दा पनि अर्थ बंगिन्थ्यो । र, उल्टै आपै+mले सजाय भोग्नु परेको घटना त्यति पुरानो भएको छैन । तर अहिले हामी त्यो अबस्थामा छैनौं । हाम्रै कोइँच भाषामा सरकारी कामकाजका कुरा गर्न सक्ने अधिकार पाएका छौं । अहिलेका कोइँचले कोइँच भाषा बिर्सिँदै छन् तर खस भाषामा राम्ररी कुरा गर्न सक्छौं । हुन त अझै पनि राजनीतिक पार्टी जालसाँझ गरेर कोइँचमा फूट ल्याउने काम त गरेको नै छ । तै पनि हामीले विगतका अनुभवलाई व्यवहारमा ल्याउन सक्ने भएको हुँदा एमाले, माओवादी, कांग्रेस, राप्रपालाई किन कोइँचले भोट दिने भन्ने कुरामा चिन्तन मनन् गर्न सक्ने भएका छौं । यसैले प्लेततिको यस घटनामा चार राजनीतिक दललाई कजाएर घटना प्रति बोल्न र साँक्षी किनारामा बस्न बाध्ये पर्‍यौं । प्रहरीलाई पनि आफ्नो हैसियत बुझेर जनताको सुरक्षा गर्नुपर्छ भन्ने महशूस गरायौं । तर यो पूण भने होइन । हाम्रो लक्ष्य भनेको कोइँच वस्तीमा बसेर काम गर्ने कुनै पनि सरकारी कर्मचारी, संघसंस्था र राजनीतिक पार्टी कोइँचको परम्परागत संस्था कोइँच चुप्लु र प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाज मार्फत वृहत् छलफल, परामर्श गरी एफपिआइसि लिएर मात्र काम गर्नुपर्छ भन्ने हो । यो आन्दोलनको शुरुआत हो अन्त्य होइन । अब बुजको घटनालाई पनि चर्काउनु पर्दछ र पीडितलाई क्षतिपूर्ति र दोषी कर्मचारीलाई कारबाही गर्नु पर्छ भन्ने हामी प्लेततिका कोइँच र सुनुवार सेवा समाजको धारणा छ ।’ सुनुवार सेवा समाज प्लेततिका अध्यक्ष सञ्जीव सुनुवारले घटना बारे प्रष्ट पार्नु भयो ।
सुनुवार सेवा समाजले उठाएको मुद्दा राज्यबाट भएको ज्यादती विरुद्ध देखिन्छ । अर्जुन वस्नेत र तिलकबहादुर वीचको वादविवादसँग चासो लिएको देखिँदैन । ता पनि पूख्र्यौली थलो भएको हुँदा अन्य जातिले कोइँचसँग भूमिको मुद्दा मामिला गर्नु भन्दा पनि सहमतिमा विवादलाई अन्त्य गर्नु पर्दछ ।
सुनुवार सेवा समाज बुज गाउँ समितिले पनि भरत महतोको लापरवाहीबाट मृत्यवरण गर्न पुगेकी रुसिना सुनुवारको वारेमा बोल्ने छ । त्यसको लागि बुजका सुनुवारहरु एकावद्ध हुने छन् भन्ने आशा गर्न सकिन्छ । आशा गर्न सकिन्छ, प्लेततिको यस घटनाबाट आम कोइँच गाउँका कोइँचहरुले आफ्नो जन्मसिद्ध अधिकार सहित कोइँचको मानवअधिकार रक्षा गर्न लागि पर्ने छन् । तर, सरकारी कर्मचारीलाई सहमतिको नाममा सधैं प्लेततिकै जस्तो छुट दिनतिर चाहिँ अन्य गाउँका कोइँचहरु नताम्सिँदा राम्रो होला कि !
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार भन्छन्, ‘अब कोइँचको पूख्यौली थलोमा जुनसुकै जाति, संघसंस्था, राजनीतिक पार्टी था सरकारी निकायले कुनै पनि परियोजना वा कार्यक्रम सञ्चालन गर्दा कोइँचहरुसँग सहकार्य, साझेदारी गर्नु आवश्यक छ । हामीले स्थानीयस्तरमा कोइँचको मानवअधिकार सम्बन्धि सचेतना कार्यक्रमलाई तीव्र परेका छौं । परिणम देखा पर्दै छ । यो हाम्रो जन्मसिद्ध मौलिक अधिकार पनि हो । जसको लागि एक विशेषज्ञ टोली नै गठन गरेका छौं । त्यस टोलीले चाँडै गाउँ गाउँमा आदिवासी कोइँचलाई सबल, सक्षम, शक्तिशाली बनाउने छ ।’

2 Comments to पीडित तिलकलाई क्षतिपूर्ति तर प्रहरी प्रशासन उम्क्यो

  1. thari kayaba says:

    नमसेवल,
    कानुन बिनाकेा राज यस्तै हेा भने जस्तै भएछ, यहाँ पनि केाइच साथिहरू केहि विषयमा चुक्नु भए जस्तेा लागेउ । हामीलार्इ सम्मान जनक जिवन जिउनु छ भने छतिपुर्ति मात्र हैन हैा ,हाम्रै करबाट उठेकेा राजस्वले रासन खाएर हामीलार्इ नै धरकड गर्ने प्रहरीलार्इ कानुनकेा कठघरा उभ्याउनु अनिवार्य हुन्छ हैन र ? त्यसतै प्रहरीबाट गलत ढंगले फाइदा लिन खेाजने र गाउंकेा भाइचारा बिगार्न खेाजने अर्जुन वस्नेतलार्इ त्यतिकै छेाडन मुनासिफ हुजन्छर ? तै पनि यस घटनामा जजसले जसरी जाहाँ जाहाँबाट पहल कदमि गर्नु भएकेा छ सबै धन्यबादका पात्र हुनु हुन्छ । धन्यबाद , केाःइच एकता जिन्दाबाद…सुसेस जिन्दाबाद…

  2. thari kayaba says:

    नमसेवल,
    कानुन बिनाकेा राज यस्तै हेा भने जस्तै भएछ, यहाँ पनि केाइच साथिहरू केहि विषयमा चुक्नु भए जस्तेा लागेउ । हामीलार्इ सम्मान जनक जिवन जिउनु छ भने छतिपुर्ति मात्र हैन हैा ,हाम्रै करबाट उठेकेा राजस्वले रासन खाएर हामीलार्इ नै धरकड गर्ने प्रहरीलार्इ कानुनकेा कठघरा उभ्याउनु अनिवार्य हुन्छ हैन र ? त्यसतै प्रहरीबाट गलत ढंगले फाइदा लिन खेाजने र गाउंकेा भाइचारा बिगार्न खेाजने अर्जुन वस्नेतलार्इ त्यतिकै छेाडन मुनासिफ हुजन्छर ? तै पनि यस घटनामा जजसले जसरी जाहाँ जाहाँबाट पहल कदमि गर्नु भएकेा छ सबै धन्यबादका पात्र हुनु हुन्छ । धन्यबाद , केाःइच एकता जिन्दाबाद…सुसेस जिन्दाबाद…

Leave a Reply

Your email address will not be published. Required fields are marked *