All about Sunuwar

सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने ।

काठमाडौं, पुस, २५, २०६८
संविधानसभाको संवैधानिक समितिका अध्यक्ष निलम्वर आचार्यले संविधानसभाको राज्यपुर्नसंरचन समितिले प्रस्ताव गरेको सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने वताएका छन् ।
वल्लो किरात संघिय राज्य परिषदले संविधान सभाको राज्यपुर्नसंरचना समितिले प्रस्ताव गरेको १४ वटा संघिय राज्यहरुमध्येको सुनकोशी राज्यलाई वल्लो किरात राज्य घोषणा गर्न माग गर्दै आज सोमवार संवैधानिक समितिमा वुझाएको ज्ञापनपत्र बुझ्दै सभापति आचार्यले सो कुरा बताएका हुन ।
उनले भने, संघियराज्य बनाउने विषयमा राज्यपुर्नसंरचन उच्चस्तरिय सुझाव आयोगले काम गरिरहेको छ । त्यो अन्ततः प्रक्रिया अनुसार संविधानसभामा गएर संवैधानिक समितिमा आउँछ । संविधानसभाको राज्यपुर्नसंरचना समितिले सुझाएको सुनकोशी राज्यलाई वल्लो किरात घोषणा गर्नेमाग विचारयोग्य छ । यो विषयमा वृहत छलफल गरी जुनकुरामा सहमतीहुन्छ त्यो नै अन्तत टुङ्गो लाग्नेछ ।
संघियताको विषय हामीले स्वीकार गरेको विषय हो नेपाल संघिय लोकतान्त्रीक गणतन्त्र हुने कुरा संविधानसभाको पहिलो वैठकबाट नै भएको कुरा हो । त्यसैले संघियताको विषयमा दुविधा छैन । तर सवैको चित्त वुझ्ने, सवैको समाथ्र्य पुग्ने, समृद्धि र पहिचानलाई मद्धत पुग्ने र देशभित्र अमनचैन र शान्ति कायम कसरी हुन्छ भन्ने विषय भने महत्वपुर्ण छ, आचार्यले थपे ।
ज्ञपानपत्र वुझाउदै वल्लो किरात संघिय राज्य परिषद तथा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले समितिका सभापति आचार्यलाई ज्ञापनपत्र वुझाउदै भने, ईतिहासकारहरुका अनुसनर नौहजार भन्दा बढी किरातीहरुले वसोवास गर्दै आएको ऐतिहासिक भूमि लाई वेवस्ता गर्दै त्यही भूमिलाई सुनकोशी राज्य प्रस्ताव गरिएको त्यस्को भत्सर्ना गर्दै सुनकोशी राज्यलाई वल्लो किरात राज्य घोषणा गर्न माग गर्दछ ।
संविधान सभा को राज्य पुर्नसंरचना समितिले प्रस्ताव गरेको सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा वदल्न सुनुवार, थामी, जिरेल, वाहिङ, जेरो, सुरेल, हायु, कुलुङ, थुलुङ, याम्वुले र खालिङ किरात जातीका सामुहिक पहिचान र गैर किरातवासीको पनि समर्थन रहेकोले वल्लो किरात राज्य सुनिश्चित गरिनुपर्छ भन्ने परिषदको माग हो ।
त्यस्को साथै पुख्र्यौैली थलो र ऐतिहासिक थाँतथलोको आधारमा पनि वल्लो किरातवासीहरु यस किरात अवादीकर्ता भएको विभिन्न ईतिहासले स्पष्ट छ । मल्लकालदेखि किरात राज्यहरु ऐतिहासिककाल ईसापुर्व विगत एकहजार वर्ष अघिदेखि काठमाडौ उपत्यका लगाय पुर्वका विभिन्न जिल्लाहरुमा किराती गौढ, थुम, कोट थुमराखी राज्य गरिरहेको, मल्लकालदेखि यहि किरात राज्यलाई वल्लो किरात, माझ किरात र पल्लो किरातमा विभाजन गरिएको, र शाहाकालमा पनि वल्लो किरात अस्तीत्वमा रहेको ईतिहासमा प्रष्ट गरेको छ । त्यसैले सुनकोशी राज्यलाई नै वल्लो किरात राज्य घोषणा गरिनु राज्यको लागि उचित हुनेछ । परिषदले गत हप्तापनि राज्यपुर्नसंरचन उच्चस्तरिय सुझाव आयोगमा पनि उही माग राखि ज्ञापनपत्र बुझाएको थियो ।

3 Comments to सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने ।

  1. thari kayaba says:

    हुनु पर्ने येा चाहिं हेा क्या मन पर्येा मलाइ

  2. thari kayaba says:

    यसका लागि बधाइ र शुभकामना दुबै गहाँहरूलाइ

  3. Hom sunuwar(dasuch) says:

    हाम्रा धेरै कोइंचहरु बुद्दिजिबी हुनु भनेको राम्रै कुरा हो इतिहाँस को पानालाई मेटाएर उहाँ हरु ककस्ले कता हो कोइंचवान को प्रस्ताब या के हो कता कता सपनामा सुने जस्तो लाग्छ आखिर यो कुरा सम्भब पनि छैन त्यसै ले त्यो कुरा लाई वास्ता नगरी वल्लो किराँत को पहल गरेमा हाम्रो (किराँत सुनुवार कोइंच ) को इतिहाँस र पहिचान को मुना फेरि पल्हाउने सुनौलो मौका अब्बस्य मिल्थ्यो कि ? सायेद म गल्ति पनि हुन सक्छु / जे होस् यस बिषय मा पहल गर्नु हुने कोइंच बन्धु हरु लाई स्याबास र मुरी मुरी बधाई धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *