Recent Comments

फेसन बन्दै गएको स्थानीय महोत्सव र राजनीतिक अभिष्ट

–कोइँचबु काःतिच
थाहै नपाई महोत्सवहरु हुन्छन् । किन महोत्सव गरियो कसैलाई थाहा छैन । कि राजनीतिक स्वार्थ पुरा गर्न कि त कसैको व्यक्तिगत फाइदाको लागि । हाल भई रहेका महोत्सवहरु चन्दा उठाएर व्यक्ति मोटाउने बाहना मात्र भएको छ । सिमित स्वार्थले महोत्सवहरु भएको छन् र यसले स्थानीयस्तरमा आम्दानी भन्दा महंगी वृद्धि गरिरहेको छ । महोत्सव भनेको जुवा तास खेल्ने जात्रा मात्र बनेको छ र नेताहरुले ठूला–ठूला गफ हाँक्ने खुलामञ्च साथै आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट ।
अहिलेसम्म लाखौं खर्च गरेर भएका महोत्सवहरुले कही कतै स्थानीय आकर्षणको प्याकेज बेचेको वा स्थानीय महोत्सव भएको स्थानमा होटल, रेष्टुरेण्ट, रिसोर्ट आदि बनेको छैन । विदेशी पर्यटक आएर लुइँ लुइँ आफ्नो बाटो लागेर हिमाल हेर्न जानु वा अन्तको कुनै पदयात्राको बाटोमा जोडिनु स्थानीय महोत्सवहरुको उद्देश्य होइन र हुनु पनि हुँदैन । कुनै पनि दुरगामी सोँच नबोकेको महोत्सव बर्षे भेल बाहेक अर्को केही पनि होइन ।

१. महोत्सवकोे प्रचार सामाग्री कसरी उत्पादन गर्ने ?
राज्यको नारा समावेशी, समानुपातिक, विभेदरहित समन्यायिक समाज रहे पनि व्यवहारमा एकल जातीवादी मानसिकताले ग्रस्त महोत्सवहरु भईरहेका छन् । कतै पनि समन्यायिक महोत्सवहरु भएका छैनन् । यसैले महोत्सवहरुको प्रचारप्रसार स्थानीयता झल्कने सबै जातजाति, क्षेत्र, व्यवसाय र भौगोलिक बनोटलाई समेट्ने भएका छैनन् । जुन वृहत् छलफलबाट मात्र सम्भव हुन्छ । जस्तै ः यस वर्ष आयोजना भएको ककनी महोत्सवमा लेखिएको छ, ‘परापूर्वकालमा यसै स्थानमा महादेवकी पत्नी सतीदेवीको अङ्ग पतन भएको र त्यसै बेलादेखि यस ठाउँमा पूजाआजा गर्न थालिएको धार्मिक विश्वास रहेको छ ।’ कोइँच (सुनुवार) को पूख्र्यौली थलो विलन्दु र कातुनजे गाविसमा अवस्थित यो धार्मिकस्थलको प्रचारप्रसार यसरी गर्नुले आयोजक तथा त्यससँग संलग्न व्यक्तिहरुको नियतमाथि शंका गर्नु वाध्ये हुनु परेको छ । यस भूमिको पहिलो बासिन्दा वा आदिवासी जनजाति कोइँच (सुनुवार) हुन् । राज्यले समेत स्वीकार गरेर मान्यता दिएको ध्रुवसत्य कुरा हो । सतीदेवीको अङ्ग खसेको अफवाह पिट्ने पुस्तक भनेको स्वस्थानी व्रतकथा हो । र, यस पुस्तकमा ओखलढुङ्गा कटुञ्जे र विलन्दुको वीचमा पर्ने ककनीमा सतीदेवीको कुन अङ्ग खसेको हो कतै उल्लेख गरेको पाइँदैन । यसरी कपोल्कल्पित कथनलाई महोत्सवको प्रचारप्रसार सामाग्रीहरुमा समेट्नु पूर्वाग्राही काम बाहेक अरु हुन सक्दैन । तर, यस महोत्सवका अध्यक्ष विनोद सुनुवारका बुब आपैंm विलन्दु, गारागुरी, फुलवारीका क्षेत्रीबाहुन सबैले कोइँच (सुनुवार) का देउता मान्छन् भनीरहँदा उनी आपैंm भने प्रचार सामाग्रीहरुमा त्यती शुद्धी गर्न नसक्नु अचम्म र दुःख लाग्दो कुरा हो । यति कथनले गर्दा महोत्सव समन्यायिक हुन सकेन । त्यहाँको कोइँच (सुनुवार), तामाङ, गुरुङ, शेर्पा, भूजेल, मगरहरुको अस्तित्वलाई लत मारिएको देखिन्छ । यो त सानो उदाहरण हो । पोकली महोत्सवमा पनि पद्मवतीबाट पोकली नाम रहेको प्रचार सामाग्री बनाइएको थियो । त्यस महोत्स समितिमा पनि सुनुवारको सहभागीता थियो । तर पछि उक्त कथन प्रकाशनको बेला सम्पादित भयो । ककनीको भने सम्पादन नगरी सुनुवारहरुसँग सहमति र परामर्शै नगरी उक्त प्रचारप्रसार सामाग्री उत्पादन गरियो । यसैले महोत्सवको नाम र प्रचारप्रचार सामाग्रीहरु बनाउँदा सबै जनसमुदाय सचेत हुनु परेको छ र त्यस्ता सामाग्रीहरु उत्पादन गर्दा गम्भीर ध्यान जानु पर्दछ ।

२. महोत्सव भनेको के हो ?
महोत्सव शब्द मह र उत्सव दुई शब्द मिलेर बनेको छ । यसको अर्थ ठूलो उत्सव वा चाड वा मनोरञ्जनात्मक कार्यक्रम भन्ने अर्थ लाग्छ । तर शब्दले दिएको अर्थ जस्तै यस महोत्सवको अर्थ त्यति सानो दायरामा बसेर परिभाषिता तथा व्याख्या गर्नु भनेको महोत्सवको गुढ अर्थलाई बशिस्करणमा पार्नु हो । यसर्थ महोत्सवको अर्थ बृहत्तररुपबाट गर्न जरुरी छ किनकि यसको पछाडि अनेकन स्वार्थ लुकेका हुन्छन् । महोत्सव विभिन्न थरीका हुन्छन् । जुनसुकैखाले महोत्सव भए पनि नयाँ ठाउँ, वस्तु, सिर्जना, संस्कृतिको प्रवद्र्धन गर्नु यसको धर्म हो । महोत्सव राष्ट्रिय स्वार्थसँग गाँसिएको हुन्छ । यसको लागि राजनीतिक कित्ताबाट बहस र पहल हुनु स्वागतयोग्य कुरा हो । तर अर्थै नबुझि गरिएका महोत्सवले आर्थिक भार थप्नुको साथै राजनीतिक विसंगति जन्माउँदै लगेको प्रष्ट देखिन्छ । यसैले सबैभन्दा पहिले महोत्सव के हो र किन ? भन्ने कुरा स्थानीय राजनीतिक नेता, जनता तथा व्यापारीवर्गले बुझ्नु जरुरी छ । यसरी सबैको बुझाइ र स्वार्थ एक भयो भने मात्र महोत्सवको मुल लक्ष्य पुरा हुनेछ र आम जनताहरु लाभन्वित हुनेछन् ।

३. महोत्सवमा के के कुरा समेटिनु पर्दछ ?
महोत्सवमा के के कुरा समेटिनु पर्दछ भन्दा पनि के के कुराहरु समेटिनुबाट छुट्लान पहिलो चिन्ताको विषय हुनु पर्दछ । तै पनि कतिपय सन्दर्भमा महोत्सव आयोजकहरुको उद्देश्यमा भर पर्दछ । महोत्सव गर्नेहरुको स्वार्थ के–के हुन् ? ले महोत्सवमा समेट्ने कुराको निर्धारण गर्दछ । नेपाल तराई, पहाड, हिमाल जस्ता भौगोलिक बनोटका कारण आपैंmमा विविधता बोकेको मुलुक हो ता पनि क्षेत्रियस्तरमा यसका केही भिन्नताहरु पनि छन् । धार्मिक हिसावले हिन्दू, बौद्ध, क्रिश्चियन जुनसुकै धर्मको पुजा गराई र उद्देश्यमा कुनै फरक छैन । डाँडाकाँडा, समथर र हिमाल उस्तै छन् । तर साँस्कृतिक, भाषिक, जैविक विविधता तथा प्राकृतिक बनोटको संरचना एकापसमा अवश्य फरक छन् । मानिसको चालचलन, लवाईखवाइ, बोलाई तथा विश्वासमा आनको तान फरक छन् । यसर्थ यस्ता फरकपनलाई भने महोत्सवले बहिस्करणमा पर्नु हुँदैन ।

४. महोत्सवको तयारी कसरी गर्न सकिन्छ ?
महोत्सव भन्ने वित्तिकै एकदुई जना मानिस जम्मा भएर गरिने कुरा होइन । हुन त एक जना राजनीतिक नेता देखाउन, उसको कुरा सुनाउन, राजनीतिक पार्टीले कार्यकर्ता प्रशिक्षण गरे जस्तै दुई–तीन दिने महोत्सव हुँदै आएका छन् नेपालभरि । यसरी राजनीतिक नेता देखाउन गरिएका महोत्सवहरुले राजनीतिक विचारको प्रवद्र्धन गर्ने गराउने बाहेक स्थानीयस्तरमा कुनै पनि फाइदा गराउँदैन वा जनतालाई कुनै उपलब्धि हुँदैन, भएको पनि छैन । हरेक स्थान वा जिल्ला वा क्षेत्रको महोत्सव राजनीतिक सहमतिबाट मात्र सम्भव छ भन्ने धारणा अहिलेका च्याउ उम्रेसरि भएका महोत्सवले दिएको सन्देश हो । मुख्यतः महोत्सवले कुन कुरालाई र कस्ता खालका मानिसहरुलाई प्रवद्र्धन गर्न खोजिएका हुन् भन्ने सन्दर्भबाट महोत्सवको तयारी जर्न जरुरी देखिन्छ । यसका लागि हरेक महोत्सवको तयारी जे जसरी गरिए ता पनि सुगम बाटोघाटो (महोत्सव स्थलसम्म पुग्न फराकिलो बाटो तथा बाटोमा खानेबस्ने राम्रो व्यवस्था अति आवश्यक मानिन्छ ।) सुरक्षा, खानपान, बास व्यवस्था, शौचालय, खानेपानी, बत्ती, यातायात तथा महोत्सवमा सहभागीलाई अडीराख्नु मनोरञ्जनात्मक तथा अस्चार्यलाग्दा कुराहरुको प्रदर्शनी सूचीको राम्रो तयारी गर्नु सिद्धान्त नभए पनि आवश्यकता हुन् । यी आधारभूत व्यवस्था नभएसम्म जतिसुकै महोत्सव गरेर कुर्लिए पनि कुनै उपलब्धि हुँदैन । हो, यस्ता आधारभूत कुरालाई विकास गर्न वा सुनिश्चितता गर्न भने राजनीतिक पार्टीहरुको सहमति हुनुपर्दछ ।

५. महोत्सव आयोजक को बनेमा प्रभावकारी हुन्छ ?
महोत्सव के का लागि भन्ने बुझेको, सबैलाई समन्वय तथा व्यवस्थापन गर्न सक्ने क्रियाशील संस्था नै महोत्सवको मूल आयोजक बन्नु पर्दछ । महोत्सव कुनै पनि जाति, पार्टी वा क्षेत्रको गुणगाण गाउने किसिमको हुनुहुँदैन । यसर्थ स्थानीय मुद्धालाई राम्ररी सम्बोधन गर्न सक्ने स्थानीय आकार्षणलाई राम्ररी बुझेका व्यक्ति तथा विद्वानहरुको सहभागीता अतिआवश्यक छ । सबै जाति, धर्म, पार्टीहरुलाई एक थलोमा ल्याउन सक्ने व्यक्तिहरुको संलग्नतामा महोत्सव भए अधिकतम फाइदा हुनेछ ।

६. महोत्सव गर्नु किन आवश्यकता छ ?
महोत्सवको औचित्य वा महत्व के हो प्रष्ट हुनु पर्दछ । स्थानीय आकर्षणहरु के–के हुन्छन् स्थानीय आँखाले खोजी गर्ने गर्नु पर्दछ वा आदिवासीत्व र चौथो विश्वको चस्माले हेर्नु पर्दछ । अहिलेको विकासवादी र एकात्मवादी सोँचले स्थानीय आकर्षणलाई देख्न सकिँदैन । सबैभन्दा चलनचल्तीमा देखिएका सस्तो र सरल उपभोक्तवादी सञ्सारलाई मात्र हेर्ने मुल्याङ्कन गर्ने र अन्य फरकधार बोकेर विश्व बजारमा फस्टाएको नयाँपन र सोँच वा उपभोक्तालाई नचिन्नहरुले महसुस गरेको महोत्सवहरु सतही राजनीतिक प्रचारप्रसार र व्यक्ति केन्द्रीत वा कुनै एक विचारको विज्ञापन केन्द्र मात्र हुने छ । सबैले महसुस गरेर देखे वा चिनेको आवश्यकता मानिदैन ।
७.  महोत्सवको उद्देश्य के के हुन् ?
महोत्सव भन्ने कुरा वा कार्यक्रम वा योजना महत्वकाँक्षी र महँगी कार्यक्रम हो । अरुको देखासेखीले गरेको महोत्सवको औचित्य शून्य हुन्छ । यसले समाजमा सही सन्देश दिनु र स्थानीय उत्पादन, आकर्षण, सौन्दर्य बेच्ने र आर्थिक उपर्जन गर्नु भन्दा बाहिरीय सोँचको दास मात्र बनाउँदा छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुभन्दा निरुत्साहित गर्दछ । स्थानीय प्राकृतिक सौन्दर्यको प्रवद्र्धन नगरी विकृती मात्र भित्राउने छ । र, अन्ततः महोत्सव ठूला व्यापारी वा वैदेशिक सर–सामानको प्रवद्र्धक मात्र बन्ने छ । यसर्थ महोत्सवले के हासिल गर्न खोजेको हो वा के उपलब्धि लिन खोजेको हो प्रष्ट हुनु जरुरी छ ।

८. महोत्सव सफल पार्न के के गर्न सकिन्छ ?
महोत्सवलाई सबैको केन्द्रविन्दु बनाउन कसैलाई वहिस्करणमा नपारी स्थानीय अद्वितीय वस्तु, उत्पादन, स्थान, संस्कार–संस्कृति, जाति, जैविक विविधता तथा प्राकृतिक रमणियतालाई ठीक र सुहाउँदिलो ढंगाले विना तडकभडक प्रचारप्रसार गर्न सक्नु पर्दछ । यसको लागि सकैको सहमति प्राप्त गर्न सक्नु पर्दछ । साथै स्थानीय विशिष्टतालाई चिनेर केन्द्रविन्दु मन्ने क्षमता आयोजकहरुमा हुनु अतिआवश्यक देखिन्छ । नत्र गाविसको जनताको विकास तथा क्षमता अभिवृद्धि र सामाजिक सुधारको पैसाले एक–दुई दिन फुटबल, भलिबल खेलाएर मोज गरे जस्तै हुने छ ।

९. महोत्सवका लागि अर्थ कसरी जुटाउन सकिन्छ ?
महोत्सवका लागि भनेर चन्दा असुलेर महोत्सव दिगो बन्दैन भन्ने कुरा मुख्यतः महोत्सव गर्ने सोँच बोकेका मानिसहरुलाई थाहा हुनुपर्दछ । महोत्सव राज्यको पहिलो जिम्मेवारी हो । यस प्रति राज्य सकारात्मक र सहयोगात्मक हुनु जरुरी छ । यसको लागि राज्यले स्थानीय जनसमुदाय, व्यापारी, कर्मचारी तथा निजी क्षेत्रका प्रवद्र्धकहरुलाई प्रोत्साहन गर्ने योजना राष्ट्रियरुपमा उल्लेख हुनु पर्दछ । यसको लागि जनताहरु सचेत हुनु पर्दछ । महोत्सवले सम्पूर्ण क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको हुँदा सम्पूर्ण क्षेत्रबाट महोत्सव आर्थिक कोष छुटाइनु पर्दछ । र, यसको लागि महोत्सव आयोजकले पनि ती सम्भावित अर्थदाताहरुलाई प्याकेज कार्यक्रम बेच्न सक्नु पर्दछ । तर हाल यस क्षेत्रमा नीति निर्माण गर्ने तथा प्रणालीगत व्यवस्था कार्यन्वयन गराउने राजनीतिक पार्टीहरु नै सक्रिय भएको हुँदा महोत्सव राजनीतिक प्रभाव जमाउने वा धाक धक्कु लगाउने वा राजनीतिक विचार प्रवद्र्धन गर्ने थलो वा साधन मात्र भएको देखिन्छ । जसले गर्दा महोत्सव प्रति स्थानीय जनमानसमा नकारात्मक सन्देश गइरहेको देखिन्छ ।

अन्तमा
महोत्सव मुख्यता आन्तरिक पर्यटक लोभाउने कार्यक्रम पनि हो । हुन त नेपालको कानुनले नेपालीलाई पर्यटक मान्दैन । तै पनि यस्ता महोत्सवले विदेशीहरु नआउने मौसममा पर्यटन व्यवसायीहरुलाई राहात पुराउँदछ । यस्ता महोत्सवहरुले सकेसम्म स्थानीय आकर्षणलाई बेच्न सक्नु पर्दछ । यसका लागि विभिन्न घुमघाम कार्यक्रम बेच्न सक्नु पर्दछ । काठमाडौं वा नेपालका शहरी क्षेत्र वरीपरिका गाउँघरहरुले त्यस्तो काम गर्न सकेका भए पनि अन्य महोत्सव मात्र फेसन बनेको छ । आन्तरिक वा वाह्य कुनै पर्यटक तान्न सकेको देखिँदैन । यसको लागि उचित प्रचारप्रसार र महोत्सवका अर्थ आम जनमानसमा बुझाउन विशेष कार्यक्रम तय नगरे महोत्सव नामको फेसन वाहेक महोत्सवको औचित्य पुरा भएको मानिने छैन ।

5 Responses to “फेसन बन्दै गएको स्थानीय महोत्सव र राजनीतिक अभिष्ट”

  • chandesh kormocha:

    Uttam g Saappan Rimshhyeo lo blaetiinee baata Bunjipchaanngaa ……

  • नमसेवल ,कोइँचबु काःतिच ज्यू जेव झलक हेर्दा तपाइकेा लेखमा कुनै समुदाय माथि पूर्बग्रहि लागे पनि यथार्त चाहि यहि हेा । खै केहि अघि भएकेा पेाकलि महत्सबले कति पर्यछक भित्रायेा केन्नी ? केहि नेता र व्यक्ति भने अवस्य पेासिएकेा सबैलाइ थाहा भएकै हेा ।काःतिच ज्यूले भने जस्तै (हाल भई रहेका महोत्सवहरु चन्दा उठाएर व्यक्ति मोटाउने बाहना मात्र भएको छ । सिमित स्वार्थले महोत्सवहरु भएको छन् र यसले स्थानीयस्तरमा आम्दानी भन्दा महंगी वृद्धि गरिरहेको छ । महोत्सव भनेको जुवा तास खेल्ने जात्रा मात्र बनेको छ र नेताहरुले ठूला–ठूला गफ हाँक्ने खुलामञ्च साथै आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट ।) यस्तै भैरहेकै छ ।

  • लल पषा जने पषा ।।।।।।।काःतिच …

  • नमसेवल ,कोइँचबु काःतिच ज्यू , जेव तपाइकेा लेखले केहि व्यक्ति विषेसलाइ चेाट लागे पनि यथार्त यहि हेा । पेकलि महत्सबले कति पर्यटक पु्रायेा पेाकलि अब येा महत्सबले कति पर्यटक पु्राउने हेा ? तपाइले भने झैँ कहि व्यक्ति विशेषलाइ भने लाभ दिएकै हुनु पर्छ यसरी(…हाल भई रहेका महोत्सवहरु चन्दा उठाएर व्यक्ति मोटाउने बाहना मात्र भएको छ । सिमित स्वार्थले महोत्सवहरु भएको छन् र यसले स्थानीयस्तरमा आम्दानी भन्दा महंगी वृद्धि गरिरहेको छ । महोत्सव भनेको जुवा तास खेल्ने जात्रा मात्र बनेको छ र नेताहरुले ठूला–ठूला गफ हाँक्ने खुलामञ्च साथै आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट …)

  • Tanka:

    खुसि लाग्यो बाजेको अन्तरबार्ता सुनेर, मलाई नि भाषा सिक्ने मन क्ष तर कसले पो सिकाउने खोइ

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives