All about Sunuwar

सहयोगको अपिल : मुत्युसँग जुद्धै नवराज वीर अस्पतालमा

अर्को अर्थ नलगाइए वा अपवादलाई नलिने हो भने प्राणी जगत्को विश्वासिलो पात्र आमा नै हुन् । तर आमा नै नभएपछि जीवन जीउनुको संघर्ष महाखतरनाक हुन्छ । हो, त्यस्तै एक जना कोइँच (सुनुवार) युवा यस्तै जीवन जीउनुको महासंघर्षमा अनेकान खतरासँग जुद्धाजुद्धै मृत्युको सँघारमा पुग्नु परेको छ । अमले गा.वि.स, सिन्धुलीका नवराज क्याःब सुनुवार वीर अस्पतालको सघन उपचार कक्षा (आइसीयू) मा मृत्युसँग कुस्ती खेलीरहेका छन् । सानै उमेरमा बुबा वितेपछि आमाले पनि आत्महत्या गरिन । तत्पस्चात उनी टुहुरो जीवन वाँच्न बाध्ये भए । यताउता आफन्तहरुको आछापिछामा भर्खर युवा उमेरमा प्रवेश गरेका उनी काठमाडौंमा घर बनाउने डान्डीफर्मको काम गर्दै आएका थिए । पाटनकै एक भर्खर बनाउँदै गरेको घरमा बसेका उनी सोही घरको दुई तलामाथिबाट अचानक कार्तिक ८ गते खसेपछि अभैm अचेत अवस्थामा छन् । हालसम्म आफन्त र सिन्धुली अमलेबाटै उठाएर पठाएको सहयोगले केही भरथेग भए पनि औषधि किन्न नसकिएको हुँदा उनलाई बचाउन उनका दाई तथा नाताले दाई पर्ने अर्का भिमबहादुर सुनुवारले आम नेपाली दाजुभाई दिदीबहिनीहरुसँग सहयोगको अपिल गरेका छन् । हजुर, एक दिनको खाजा खर्च वा एक विहानको दुधचिया खर्च वा एक पटक साइवर पसेर इमेल, इन्टरनेट हेर्ने खर्च बचाएर मस्तिष्कमा गम्भीर चोट पुगेका वेसहरा नवराज सुनुवारलाई सहयोग जुटाइदिन आम नेपाली दाजुभाई दिदीवहिनीहरुमा हामी (चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम) पनि सहयोग गर्न अनुरोध गर्छौं ।
विरामीको नाम ः नवराज सुनुवार, वेड नं. २७३, सघन उपचार कक्ष, वीर अस्पताल, काठमाडौं ।
सम्पर्क व्यक्ति ः इन्द्रबहादुर सुनुवार, ९८१३७२६५९२, भीमबहादुर सुनुवार, ९८४९२९२३४६ काठमाडौं ।

10 Comments to सहयोगको अपिल : मुत्युसँग जुद्धै नवराज वीर अस्पतालमा

  1. Sumo says:

    बरा सिग्र स्वस्ते को लागि कामना गर्द छु !मेरो पेशा संग मिल्दो रहे छ ! भेट्नु जानु पर्ला !

  2. thari cayaba says:

    नवराज सुनुवार कलि शिक उशतल जेम्लाबरि थुँ , थाँशि थायिँशेा सुकाअा नेम शेाशचाम मै ? ख पमचा नाइल । थायिँजा दुमन ।

  3. Hom sunuwar(dasucha) says:

    नाम्सेवल , बिचार नवराज आ स्वास्थ्य रिम्श्यो दुम्ल ब्रोइंल/ गो आम रागी मि छुइन आ दाग्यु आस्काली फोन मि वाश्या बाँकि लो सी पाई नुंग/

    होम सुनुवार

  4. Hom sunuwar(dasucha) says:

    सिघ्र सु स्वस्थ को कामना नवराज लाई मेरो अनि sumo जी ले flight तुरुन्तै मिलाउनु भए जस्तो छ कोरिया बाट यहाँलाई पनि स्याबास र धन्यबाद छ मेरो

  5. yata bamna says:

    org लाई के भन्छु भने नबराज जस्ता भैपरी आउने घटना लाई नै लछित गरेर एउटा राहत कोष खोलौ जस्ता निश्चित मप गण्ड राखी एस org बटै केहि भए पनि सहयोग लिने र दिने गरउ र एस ogr मा सुनुवार को आर्थिक संन्धि समाचार पनि सम्प्रेसन गरउ जुन कि बिदेस बसी कमाए को पैसा कुन छेत्र मा लगानी गरे सुनुवार हरु को बढी हित हुने काम हुन्छ एस समन्धी केहि अर्थ समन्धी परेको सुनुवार संग छलफल गरि कसरी कर्येनोएँ गर्न सक्किन्छ तेस समन्धी जानकारी लिइ कार्यनएँ गर्नु गराउनु पर्छकी जस्तो लाग्छ नेपाल मा बसी उधारनिये कृषि पेसा उधोग धन्दा जस्तो उदार्निये काम गरि रहेको सुनुवार को जिबनी पेस गर्दा अह्ज राम्रो हुने थियो कि र एस org मा IP इमेल र googal ortha बाट पोइट हेर्न सकिने बनाउदा अति बेस्ट हुन्त्यो कि हिजो मैले गरे को समाबेस भए नछ कहाँ कमजोरी भयो जानकारी हुन्थो कि !

  6. Hom sunuwar(dasucha) says:

    नाम्सेवल/ नवराज को स्वस्थ मा सुधार आएको समाचार उहाँको दाइ इन्द्र बाट फोनमा कुरा भयो सारै खुशी लाग्यो चांडै पूर्ण स्वस्थको कामना

    होम सुनुवार

  7. Hom sunuwar(dasucha) says:

    नमसेवल कोइंचं नेल्लेकलि , केंगिरलो रे देंश्यो खोदेप पाँ ब्रश्यो मी ला मथेर्चा काप्चा चिश्यो बूल्शी यो थूचा मल्ब/ मेको विचरा नवराज आ इस्थिती दो दूम्श्यो बामे आ दाग्यु इन्द्रमी इच्ची सम्म रिम्श्या बाश्योत ओंथ एर ले वार्चबू दूम्श्यो खोदेप मलान्ग़/ आम आम चाप्श्यो मदत गेने जाम् हन बोब थियो मे आ थूं मि दिश आशिस गेब थियो / बिचरा ब्रोइंल देंश्या गो बेलायेत रे फोन पाँ वाती/ आँके मिश मे बिर अस्पताल मि लाश्या बिरामी ग्रुम्श्या इचीची सहयोग आ दाग्यु इन्द्र कलि प्रोंईश्या होदा बात गो बूजिप्ती/आँ देंचा मरै छैन

    चेरे दाइल

    होम

  8. Hom sunuwar(dasucha) says:

    सुमो जी कता ? अहिले नेपालमा ? कृपया नहुने सान्त्वना चांहि नदिनु होला

    चेरे दुमेन

    होम

  9. Sumo says:

    होम जी तपाई को जस्तो स- परिवार U . K . होइन !र भिसा लगाई राख्नु पर्दैन जम्मा ६ घण्टा मा लग भक पुगिन्छ , तपाई को जस्तो धेरै समय लाग्दैन तेसैले मेरो घर को मान्छे बुज्न पठाउदा आइरख्नु पर्दैन भन्ने सल्ला दिनु भो तेसैले स्तगित गरे केहि समय को लागि चासो दिनु भाको मा धन्नेबात छ 1

  10. Hom sunuwar(dasucha) says:

    सुमो जी नमसेवल ग्युईश्य्रा बोश्यो द होइन होला कोइंच लो पीब होला इन्कली गो आँ मतलब मार हन मदुम्तेक लो पचा मदुम्ब नवराज आ दाग्यु इन्द्र रिम्तेकेमी गिच्चा न बातेमे मोथ करण येसो कोथ लाइनुंग बिचरा पेशा यो मिलेबात देंतिके गो द थमा दाप्ती न सुमो जी आम रागी लश्यो जादिश्यो कोँ दें श्या /

    अनि सुमो जी कमेंट्स मैल को लागि मुरी २ धन्यबाद तर तपाई को भनाइ भने अलि बुज्न सकिन सायद निकै स्तरीय भएर हो कि ? तर पनि मानिस ले मानिस लाई नाम ,काम ब्यबहार र उस्का केहि शब्द वाट सहजै अनुमान लगाउन सकिन्छ /
    सुमो जी मलाई त लाग्छ कोइंच को वेब मा तपाई त्यो नाम मा भिजिट गरेको मात्र हो नत्र भने सहि नाम र जात लेख्नु र कोइंच भित्र परिचय आदन प्रदान गर्नु त राम्रै कुरो हो जस्तो लाग्छ
    अर्को कुरा नेपाली लाई नेपाल फर्कन भिसा चाहिन्छ भनेर कहाँ र कस्ले तपाई लाई भनेको ? यदी कुनै नेपाली ले कुनै मुलुक को नागरिक लिय पछि उसले नेपाल आउन भिसा लिने भनेको आफ्नो ठाउंमा होला, तर सुन्नुस सोध्नुस र बुझ्नुस म तेस्तो परिन अनि म र मेरो परिवार को लागि न बेलायत जान भिसा चाहिन्छ न नेपाल फर्कन यस्ता नेपाली थुप्रै छौं यहाँ अनि सधैं बेलायत मै बस्ने पनि होइनौ

    बिमारी नवराज लाई भेट्न जान तपाई लाई ६ घण्टा मात्र लाग्ने रहेछ ठिकै छ म मेरो परिवार संग बेलायत मा रहे पनि अहिले मेरो श्रीमति नेपाल भयको करण उनि अस्पताल गयर नवराज लाई पनि भेटिन र उसको दाई इन्द्र लाई केहि सहयोग रकम पनि हात लगाई दिईन साथै टयाक्सी मा घर फर्कंदा आफ्नो मोबाइल फोन पनि ड्राईभर लाई चढाई छिन् जेहोस धन्यबाद कै पत्र बनिन

    हवस् त सुमो जी समय समय मा मेल मा भेट गरौंला
    चेरे दुमेने

    होम सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *