All about Sunuwar

बुख्याचा

बारीको डिलमा

कहिले बाली-नालिको

रक्ष गर्दै

कहिले चिसो बतासको

सर्कोमा फरफरिन्दै

यदा कदा बारीमा

चाहार्न आउने

घरबेटिको  रमिता बन्दै,

घाम, पानी र

असिनाको वास्ता नगरि

केवल ढुकुर, हलेसो

बटै, कालिज अनि

कल्चुडा तर्साएर

बेँडको रक्षक बन्दै

अटल अनि निरन्तर

चोयाको दुई हात-खुट्टामा ठडिएर

अदम्य साहास

लिए जस्तो गरी

बिहान-सांझको

सिरेटोलाई वास्ता नगरि

टक्क उभिनै रहने

अनि

बन्दो बस्त  काममा

खटिए जस्तो गरेर

पाले पहरा दियी रहने

पाकेको फलको

रक्षा गरी रहने

अनि घरबेटी बा उफ

मालिकको मन सदा

खुस बनाइ रहने

हाँसोको पात्र जस्तो बनेर

घारिको डिलमा

टक्क उभिएर र गस्ती गरी रहने

बुख्याचा रुपी म अनि

मेरो खोक्रो जिन्दगी ।।

 

 

नाइलु क्याबचा

३० सेप २०११

संयुक्त राज्य बेलायत

2 Comments to बुख्याचा

  1. kormoch says:

    …..रक्षक बन्दै
    अटल अनि निरन्तर….
    हाँसोको पात्र जस्तो बनेर
    घारिको डिलमा
    टक्क उभिएर र गस्ती गरी रहने
    बुख्याचा रुपी म अनि
    मेरो खोक्रो जिन्दगी ।।

    यथार्थ अभिव्यक्ति … तर जीवन रचनात्मक पनि त्यतिकै छ नि नाइलु जी ! मिठो र मार्मिक रचनाको लागि धन्यवाद !

  2. Nailu Kyabacga says:

    धेरै धेरै धन्यवाद हजुरलाई ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *