Recent Comments

पहिचानको खोजीमा भौतरिएको कोइँच साहित्य

-कोइँचबु काःतिच (उत्तम)
‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने वित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महशुस हुन्छ- हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य’ आस्चार्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको कुरा गर्दा त कुनै अर्को ग्रहबाट आएको प्राणी जस्तै गरी हर्ेछन् । सबै आचम्भित ।
यसो हुनुमा दर्ुइ कारण मुख्य रहेको कोइँचहरुले महसुश गरेका पाइन्छ : १) राज्यको राष्ट्रिय मुलप्रवाहमा मिसाउने एकल जाति, एकल भाषा र एकल हिन्दू मूल्या-मान्यतामा आधारित शिक्षा नीति : जसको कारण दश वर्षम्म कलिला नानीहरुलाई ‘सुनुवार’ भनेको सुनका काम गर्ने जाति हुन भनेर पढाइए, देशको प्राज्ञ बस्ने भनिएको प्रज्ञा प्रतिष्ठानले निकालेको वृहद नेपाली शब्दकोशमा ‘सुनुवार’ को अर्थ पानी नचल्ने शुद्र जाति भनेर पहिचान गराइयो, १४ वर्षमिहिनेत गरेर बनाएको नेपाली शब्दसागरमा ‘सुनुवार र सुनार’ शब्दको अर्थ एउटै लगाइयो र्।र् इ. १८२५ मा धान खेत किपट थाँती राखेर हिन्दु धर्म अँगाल्दै मनुस्मृतिमा आधारितर् इ. १८५४ मा जारी जङ्गबहादुरको मुलुकी ऐनमा नमासिने मतुवाली जातिमा सुचीकृत बनेको ‘सुनुवार’ को पहिचान हिन्दु मुल्य-मान्यतामा सधैं अछुत नै रहेको देखिन्छ । किपट र पहिचान दुवै स्वाहाः । २) कोइँचहरुमा पुनर्जागरणको चेत नजाग्नु : अझै पनि हिन्दुकरण तथा संस्कृतकारणमा सुनुवारहरु रुमल्लीरहेका छन् । उनीहरुको मनमस्तिष्कबाट वाहुनवादी सोँच हट्न सकेको देखिँदैन । बरु तीव्ररुपमा इसाइकरणमा हाम फाली रहेकाछन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को अनुसूची १ मा उल्लेखित आदिवासी जनजाति सुनुवारहरु आपै+mले आफुलाई सम्बोधन गर्ने नाम वा चिनाउने जातीय नाम चाहिँे ‘कोइँच’ हो । ‘गो नेललि कोइँच नाइ शाँ (हामी सबै कोइँच हौं नि) भन्छन्ं । र, सोध्छन्, ‘खिँ तेःमे ? तेको चुपलुङा ? तेको जेँङा ? मार मुइलि (मुल) मे ? मार मुइग्यो सुइँसिबा मिनु तेको फिते ? (त्रि्रो घर कहाँ हो ? कुन कुलको- कुन थारको? कुन वंश-परम्पराको ? कुन देवीदेवता मान्ने अनि कुन उपथर-पाछाको ?)’ कोइँच हो कि होइन भनेर उसको असली चिनारी खोज्दा सोधिने प्रश्न यही हुन् । कहिल्यै म सुनुवार हुँ भनेर आफ्नो मातृभाषामा परिचय दिएको पाइँदैन । ‘सुनुवार’ जातीय नाम के कसरी दिइयो भन्ने कुनै पनि अधिकारीक दसी प्रमाण अहिलेसम्म भेटिएको छैन । सुनकोशीको वरीपारी बस्ने जाति भएको हुँदा ‘सुनुवार’ भनिएको भन्ने जर्ज भेन्सर्ीर्टटको संक्षिप्त भनाईलाई नै अहिलेसम्म सबैले सापटी लिएको पाइन्छ । अन्य छिमेकी जाति खस-बाहुनले सुनुवार, सुनवार, सुन्वार, सुँदार कहिले कहीँ झुक्किएर वा हेपेर नियतवश सुनार पनि भनि दिन्छन् । तामाङले बोङजा, शर्ेपाले डाङबु, थुलुङले सारसेसी, बाहिङले खिन्ची भन्ने गरेको पाइन्छ । कतिपय कोइँचले भने जातीय विभेदबाट बाँच्न ‘मारपचे र्राई, मुखिया, शिकारी, दुवालबन्दी शिकारी, किरण, भुजवार, पृथवार’ जातीय नामले पनि आफुलाई चिनाउँदै आएका पाइन्छन् । सुनुवारलाई शुद्र अछुत सुनार लेखेको, बोलेको, भनेको विषयलाई लिएर अनेक संर्घष्ा गरिए ता पनि अझै ‘सुनुवार’ जातीय नामले कोइँचको खाँटी पहिचान दिन सकेको भने छैन । हिजोको स्थिति जे थियो जे भोगिएको थियो अझै त्यही हालत छ । यिनै जातीय विभेदमा बाँच्नु नै परेको पीडाको उपजका रुपमा कोइँच साहित्यको विकास भएको पाइन्छ । खस भाषामा लेखिएको साहित्यले कोइँचमा कुनै पनि जागरण ल्याउन नसकेको र सचेतता प्रदान नगरेको परिणम कोइँच साहित्यले आफ्नो कित्तालाई अँगालेको देखिन्छ ।
कोइँच साहित्यको विकासक्रम
भनिन्छ, लेखकर्/र्सजक समाज परिवर्तनका संवाहक हुन् । तर समाज परिवर्तन सर्न्दर्भमा कस्तो परिवर्तनलाई र्सार्थक परिवर्तन ठान्ने भन्ने पनि छुट्टै वहसको विषय हुनसक्छ । राजनीतिक सङ्र्घष्ाबाट भाग्ने बानी वर्तमान कोइँच -हुन त कोइँचमा साहित्यकार नै पो कति छन् र !)  तथा कतिपय मै हुँ भन्ने आदिवासी जनजाति श्रष्टाहरुको सात्विक मान्यता रहँदै आएको छ । साहित्यलाई जाति, भाषा, देशको सिमाभित्र बाँधिनु हुँदैन, भन्छन् । यस्तो विचारको मुख्य कारक तत्व हिजोआज उत्तरआधुनिकतावादी वा अति उत्तरआधुनिकतावादी वर्ुर्जुवा सौर्न्दर्यशास्त्रमा आधारित विश्वव्यापीकरण नामको मान्यता मन-मस्तिष्कमा पाल्नु हो भन्न सकिन्छ । विश्वव्यापीकरणकै नाममा संसारमा साम्यवादी, समाजवादी, पुँजीवादी, साम्राज्यवादी लगायत अन्य अनेकन वादहरुले प्रयोग गर्ने भाषा मात्र ठीक, उनीहरुले रचेको साहित्य मात्र सही, उनीहरुको कला-संस्कृति मात्र महान् भन्ने मान्यताले चौथो विश्वको आन्दोलनलाई पुनः गुमराहमा पार्ने र उनीहरुको मुल्या-मान्यतालाई दबाउने वा मार्ने अभियान ठान्दै, हिजोसम्म आफुलाई हिन्दू सौर्न्दर्यशास्त्रको साँचोमा ढालेका र अहिले तीव्ररुपमार् इशामसिहको सौर्न्दर्यशास्त्रमा आफुलाई खुब सिँगारपटार गर्ने कोइँच वा कोइँचइतर साहित्यकारहरुको विपरीत कित्तामा बसेर कोइँच साहित्यको विकास भएको देखिन्छ । कोइँच भाषा, धर्म, कला-संस्कृति, इतिहास, जीवन जीउने शैली, परम्परागत साहित्य, सामाजिक चालचलन र न्यायिक प्रणाली नबुझेका कोइँच वा कोइँचइतर श्रष्टा तथा कोइँचइतर भाषामा लेखिएका साहित्यले मूलभूतरुपमा कोइँचको पहिचान प्रष्टाउँदैन र उनीहरुको स्वभिमान निर्माण गर्न सक्दैन वा चौथो विश्वले उठाएको विषयलाई समेट्दैन भन्ने आधारमा वर्तमान कोइँच साहित्यको जग बसेको पाइन्छ ।
कोइँच -सुनुवार) भाषामा साहित्यिक लेख्य परम्पराको विकासको कुरा गर्दा सन् १९०८ मा जर्ज गियरसनले लिङ्गुस्टिक र्सर्भे अफ इण्डिया पुस्तकको लागि दर्ुइ वटा बाइबलका कथा अनुवाद कार्यबाट शुरु भएको मान्लान कतिपय अनुसन्धाताहरुले । तर कोइँच समुदायले यसलाई कोइँच साहित्यको अंग मानेका छैनन् । किनभने राज्यद्वारा आर्थिक, साँस्कृतिक, राजनैतिक, ऐतिहासिक रुपमा सीमान्तकृत भएका र राज्यविहीन हुनुको अवस्था भोगीरहेका, आफ्नो जल जमीन जङ्गलसँगको सम्बन्ध गुमाउनु पुगेका विश्वका आदिवासीहरुले हाँक्ने पहिचानमुखी, हक अधिकारमुखी, आर्थिक, साँस्कृतिक, राजनीतिक कुनै पनि आन्दोलनको वैचारिक आधारलाई बाइबाल वा अन्य कुनै पनि धर्मको धर्मग्रन्थ वा आदिवासी जनजातिकोको मर्म, मुल्य-मान्यता विपरीतका कुनै पनि साहित्यलाई कोइँच भाषामा अनुवाद गर्नुलाई कोइँच साहित्य मान्न नसकिने उनीहरुको तर्क छ । र्
र्सवप्रथम प्लेततिका लुँखिच रामबहादुर सुनुवार (२०१३) ले किरात सुनुवार जातिको वंशवली भनी लेखेको पुस्तकमा थोरै भए पनि कोइँच मुक्दुमको सालाकलाई संकलन गरेर छापेका छन् । तर त्यो पुस्तक कोइँच -सुनुवार) वंशवली भने थिएन र होइन । शिखरनाथ सुवेदीको सिको गर्दै २००४ सालमा ओखलढुंगा खिँजीका सरदार विक्रमबहादुर सुनुवार र २०१० मा ओखलढुंगाकै रगनी साल्बुका टीकाराम क्युइँतिच सुनवारद्वारा लिखित तथा प्रकाशित सुनुवार वंशावलीमा महाभारतका एकलव्यको कथालाई ग्राफ्टिङ गरेर लेखिएको हिन्दू धर्मको प्रचारप्रसार सामाग्री मात्र भएको पाइन्छ । तत् पस्चात क्या. तिलकबहादुर सुुनुवारले २०३४ सालमा आन्तरिक कल्पना नामक लोकभाकाको गीति सँगालोमा तीनवाट गीत प्रकाशन गरेको पाइन्छ भने २०४२ मा पारुहाङ मासिक टि. पारगाचले आफ्नो लोक कविता छापेका छन् भने २०४४ सालमा कोइँच (सुनुवार) हरुको हक अधिकार र पहिचानको लागि संगठितरुपमा संर्घष्ा गर्न कोइँच -सुनुवार)को प्रतिनिधिमूलक संस्थाको रुपमा सुनुवार सेवा समाज स्थापित भएपछि भने उक्त संस्थाले प्रकाशित गरेको मुखपत्र ‘कोइँचबु’ मार्फत केही साहित्यिक गतिविधिमा जनचासो बढेको पाइन्छ । राज्यमा राजनीतिक परिवर्तन भएपछि मातृभाषामा साहित्यिक कार्यक्रम गर्ने चलनको विकाससँगै सुनुवार भाषामा केही गीत कविता सिर्जना गर्ने क्रम उकालो लाग्दै जाँदा २०६२ साल पछि मात्र कोइँच भाषामा पुस्तक प्रकाशन गर्ने खेवाँरो भएको भेटिन्छ । यसपछि भने वाषिर्करुपमा कोइँच -सुनुवार भाषा) मा निम्नानुसार साहित्यिक कृतिहरु प्रकाशित भएका पाइन्छन् ः १. देन ए सेरेम फु -कविता सङ्ग्रह), २. दुमशोदाइशो थामा लोः -समकालीन निबन्ध सङग्रह), ३. कोङकोरोरो फोलफोल -उपन्यास), ४. कालेम दुमता -गीति सङ्ग्रह), ५. थेतेल नाअÞसो -हाँस्यव्याङ्ग्य सङ्ग्रह), ६. खोमिग्युरग्युर -कविता सङ्ग्रह), ७. चाइँदा -कविता सङ्ग्रह), ८. गो काः आँ गिचचा -गजल संग्रह), ९. शाला नु बÞाकि पोइँबो (कोइँच मिथक सङ्ग्रह), १०. आँस इँगि साया -कविता सङ्ग्रह), ११. ते लावे इ गोति -कविता सङ्ग्रह), १२. मातातिक फुके कुमसोपुकि -कविता संग्रह) ।
यसरी साहित्यिक कृतिहरु प्रकाशन हुनुमा श्रव्य तथा दृश्य गीति संग्रह निस्किनु, लघु चलचित्र तथा वृत्तचित्र निर्माण हुनु, पत्रपत्रिका प्रकाशित हुँदै जानु र रेडियो प्रसारण हुनुले पनि कोइँच साहित्य विकासमा बल पुराएको पाइन्छ ।

अन्तमा
हाल अनैपाचारिक शिक्षाको पाठ्यपुस्तक इइँ लाँ र औपचारिक शिक्षा तर्फ कक्षा ५ सम्मको पाठ्यपुस्तक लेखन तथा प्रकाशन, किङलो चुप्लु कोइँच भाषाकोे रेडियो कार्यक्रम काठमाडौं र रामेछापबाट साप्ताहिकरुपमा प्रसारण, सुनुवार डट ओआरजि, किरात सुनुवार डट ओआरजि डट एनपि र एसडब्लुएस डट ओआरजि डट युके सञ्चालनले पनि कोइँच साहित्य विकासको लागि केही टेवा पुराएका देखिन्छ ।
अहिले कोइँच साहित्यले विस्तारै जर्ुर्मुराएको पाइएको छ । आधुनिक परिभाषा अनुसारका कविता, गजल, निवन्ध, उपन्यास, गीतका कृतिहरु निस्के पनि कोइँचको आफ्नै फरक विधा थेअÞनि, पिदार, सालाक, खालो का पुस्तक भने अझै निस्केका देखिँदैनन् । जे होस कोइँच भाषामा पनि आधुनिक साहित्यको वीजारोपण भने भएको देखिन्छ । कोइँच साहित्य सम्बन्धि अनेकन वहसको खाँचो त छँदै छ । के चाहिँ भन्न सकिने देखिन्छ भने जुनसुकै ‘वाद र विचार’ किन नहोस् ! खाँटी कोइँच साहित्य हुनाको लागि ‘कोइँच चिनारीका सर्न्दर्भ’ लाई केन्द्रमा राखेर सबै खाले उत्पीडनबाट मुक्त राख्न सहयोग गर्ने वा नयाँ अभियान वा आन्दोलन वा क्रान्तिको उद्घोष गरिएको सिर्जना हुनर्ुपर्दछ । न खस-बाहुन/भारतीयहरुको हिन्दू सौर्न्दर्यशास्त्र वा युरोपियन इर्साई गोराहरुको क्रिश्चियन सौर्न्दर्यशास्त्रमा बसेर कोइँच भाषामा लेखिएको सिर्जन नै कोइँच साहित्य हो न त कोइँचका भूमि, भाषा, धर्म, कला-संस्कृति, परम्परागत साहित्य र सामाजिक-न्यायिक जनजीवनलाई अध्ययन नै नगरी खस-अंग्रेजी वा अन्य भाषामा लेखिएको सतही सिर्जना ।
यर्सथ कोइँच साहित्यले खोजेको पहिचानको आधार विद्वान मोरान्टजको यी भनाईले प्रष्ट पार्न सक्ला कि ! ‘अरुको अगाडि स्पष्ट रुपमा फरक देखिइनु र त्यसरी चिनिइनु मात्र आदिवासीहरुको कुनै समस्या होइन तर आत्मनिर्ण्र्ााो अधिकारसहितको आदिवासी हुनुको पहिचानको स्थापना गर्नु चाँहि मुल मुद्धा हो ।’
-काःत – ६, चुप्लु (ओखलढुंगा)

साभार :’लिब्जुभुम्जु’ वाम्बुले -र्राई) साहित्य प्रकाशन, काठमाडौं बाट निरन्तर प्रकाशित वाम्बुले, नेपाली, अंग्रेजी त्रै-भाषिक पहिचानमुखी पत्रिका हो । गणेश र्राईद्वारा सम्पादित सोही पत्रिका वर्ष१९, अंक ३, पूर्ण्ााङ्क ४७, २०६८ कार्तिक-पुस, किरात येेले सम्वत् ५०९१ सन् २०११,  को पृष्ठ ३१ देखि ३४ सम्ममा छापिएको यो सानो लेख, भर्पुर गाली गर्न सक्नु हुने छ ।

15 Responses to “पहिचानको खोजीमा भौतरिएको कोइँच साहित्य”

  • namrata:

    यो मान्छेले लेखेको लेख्ता अन्धन धुन्दको देखिन्छ /

  • अससेक यिन देदेङ देापा लेतनिमि केाँइच पुकिमि ? यिन पशेा एकेा खुरिनदाँकिन कलि अँ थुँ गारेन सेवगव नमसेवल , जेाब तुइब केाँइच नेललिम यिन खेायि पिया पेागेम ङाना … चेरेदुम -कोइँचबु काःतिच (उत्तम) । सेकसेक सेलेलेलेलेलेल…
    रागिङा केाँइचबु चामसेन फेलेले ,
    केाँइच

  • अससेक केाँइच पुकिमि इन देदेङ देापा लेतनिमि ? गेाला जेानिकि तसइनिकि देब केाँइच नेललमि यिन खेायि खुसरिन दाँकिन पमङना … चेरेदुम केाँइच बु काअतिच । सेकसेक सेलेलेलेलेले

    रागिङा केाँइचबु चामसिने फेलेले ,
    केाँइच तमि ,चैमि सादिने फेलेले ,
    शेापिने शाँबु राँकुमि देलेले ,
    गिल , कास पा सिलपै सेकसेक सेलेलेलेलेले ।।१।।

    अगुन सगुन सादय दामदामपा ,
    मजाममल कदे यिँ मुलकेमा ,
    खुपतै दुमेा दुले गुदुलमा फेलेले ,
    गिकेा लेाअशा तामनना सिलपै सेकसेक सेलेलेलेलेले ।।२।।

    गयामचशेा ससि मुकदुम रूपतै खुपतय ,
    चायला गेनागेन मुयदयचुँयदय ,
    अमरपद , बिमरपद पदा , बेँजि थपेा कयालय रेलेले ,
    गारशा चेँगु मि कयाता सिल पै सेकसेक सेलेलेलेलेले ।।३।।

    थरि कायाबा
    रियाद , साउदि अरेबिया

  • prakash Sunuwar "jiziach":

    खोजमुलक , समसामयिक , चिन्तन -मनन योग्य ,राम्रा र धेरै कुराहरु सहमत योग्य छन् / यस खाले सत्प्रयास्लाई सेउ/सलाम फरक नपर्ला / So keep continuing . छलफलमा ल्याएकोमा धन्यबाद / निकै खुदिल निदिल गर्नु भएछ ठिक छ / आउदा दिनमा अझै सत्य तथ्य र निस्पक्षी बनिदिनालाई सुभकामना :-स्वो धर्म / हिजो र आज परिबर्तित समय को कालखण्ड सगै पूर्वज र हामीले गरिरहेका सबै काम ठिक थिए / छन् भन्नु गलत हो भन्नेमा हामी सबै सहमत नै छौं होला / चाहे सर्बे धर्मे ले गराएको हुकुमी ताम्र पत्र होस् चाहे सुर्य किरण बाट जन्मेकाको सन्तान हौँ भनि लेखाउने होस् वा बंसावली को कुरा नै आजका पुस्त सहमत हुने कुरा भएन नै मनासिब हो / तर यसो भनि रहदा तत्कालिन सामन्ती सामाजिक परिवेसमा बाद : र करन मा लादिएको अवस्थालाई चिर्दै गरिएका राम्रा पक्षे वा सत्प्रयास्लाई चाँही उजागर गर्दै लानु उचित होला / coz “निप्शी कारचा “गर्ने र गरि माग्ने हरु हिजो थिए आज पनि छन् / उदहारण को लागि गोरुसिंगे याँ वा पेट्फारे स लाई लिन सकिएला त्यो सुनुवार भाषा अथवा ब्याकरण बोल्ने/बनाउने को हुनसक्ला एउटा बाहुन ? वा आफै एउटा सुनुवार प्रस्न अनुत्तरित छ / तर आजका शिक्षित पुस्ताका बुज्रुक हरु समेत अन्न धुन्न पछि दौडेको देख्दा कस्तो होला / अनि लेखक भाइले के यो “दे:द्यांग” वा “अ:फा:अर” को लागि गर्नु भा हो र ? यही त् छ ….व्यवस्था ले प्रशिक्षित दिमाग .कब सुद…../

  • prakash Sunuwar "jiziach":

    त्यसोत कोइच साहित्यको कुरा गर्दा हालसम्म बामे सरेको अवस्था मा नै छ भन्नु अति सयोक्ति नहोला / समस्या भनेको चाँही न १ मा लेख्या लिपि नहुनु नै हो / संस्कृत मुलको नेपाली लेख्या लिपि र तिब्बतो बर्मन मुलको कोइच भाषा लेखना जत्ति प्रयास गरेपनि पटक्कै मिल्दैन म पनि एक भुक्ता भोगी नै हुँ तर अचेलचाँही लेखना बोल्न आउदैना (ब्रतमा छु ) / जस्तो हाल लेखिने गरेको कोइच भाषा को “ओल ,अवा,मुने ,ममे ” आदि जस्ता शब्द हरु कोइच टोन मा स्पेल हुनै सक्दैनन / खस नेपाली अक्षेरमा लेख्नै मिल्दैन / स्रस्टा को भाव र पाठकको बुझाई फरक हुन सक्छ अनि कुरा आउँछ भाषानै बुझिएन अन्न धुन्न भयो आदि / हो यसै समस्याले गर्दा खस नेपाली को सहारा लिनै पर्ने हुन्छ / भाव : अर्थ राख्ने पर्यो / अनि दीर्घ , अती दीर्घ , आदिको कुरा छन् / तर लिपि पनि आइ सकेका छन् तर यहाँ आफ्नु मात्र इतिहास बनाउने वा आफ्नु कुरा मात्र Super impose गरौना खोज्ने प्रबित्ति र केहि विवाद र एकता आदिको अभावले अड्केक छ / अन्तत कोइच साहित्य को विकास हुन सकेन सुनुवार पछाडी पारयो / आस गरौँ अब तेस्ता जिद्दी कोइच हरुले छाडी दिने नै छन् , कोइच मा चेतना भया …….. /
    र जादा जादै घर्ति को ….. /
    १) सच्चा धर्म आफ्नो / २) स्रस्टा ले व्यापार गर्दैन तपाई लाई भनि राख्न त् न पर्ने तै पनि / ३) आफ्नु विचार सिंगो समाज मा इम्पोज प्रयास नगर्नु बेस / ४) स्रस्टा ले पाउने ताली र गाली मद्दे ताली बढी पाउनु चेरे …/ ५) हामी जस्ता सर्ब साधारण innocent सुनुवारहरु माझ बिगत देखी दिनु भएको फेरी सेवल अनि चेरे …../

  • bimtara sunuwar Ilam:

    हैन हौँ आज झूकियेरा यो site click गर्न पुगी छु यसले समय खेर फाल्ने कममात्र गर्छा भनेर पनि बुझेकी छु कस्तो हौ ? अन्न धुन्न र प्रसंसा स्तुति ठिक लागेन / यी थरि क्याब प्रकास र कोइच बु कतिच बाबु छोरा हुन् कि जस्तै छ / हिजो का ति सुनुवार डुबाउने सर्बे धर्मे , टीके रामे हरु ले गर्दा हिन्दु को सुद्र बनाएर खाएर पचाउनु न वोकल्नु भा छ किन सम्झिनु पर्यो ? आज , सुनुवार भन्ने नै नराम्रो पारेका छन् अनि के को दिस्कर्स ? अझै हिन्दु नै मानेका छन् रे किपट र काठमाडौँ मा …यो वेब सिटे हेर्नु नै बेकार छ /

  • chhadmabhesi बिम्तारा झुक्किएर भए पनि वेब त् हेर्नु हुँदो रहेछा नि ! क्या बाट एउटा आँखा दायाँ एउटा आँखा बअयन . गफाडी maaila

  • Hom sunuwar(dasucha):

    नाम्सेवल bimtara इनकलि / इन्के श्येर किक् दोथ ले मेको रागी जादिश्यो नमी ? कोइंच आन थांत होइंती दोथ दोथ नमी ? कआले मेको रागी मि हिर्थ लने इचीचि निब्स च्होबा कों ? सरिंगीले कालेम् इलाम मि दोश्यो द अबस्य ममे होला / सायेद bimtara जी कोइंच का येस्ता अनेकौ झन्जट् देखि टाढीन र टाढीएर निकै टाढा पूर्व जापान त होइन इलाम सम्म् पुग्नु भएछ हुनत पुर्खाले पुराए कि आफै पुग्नु भो तर म भन्छु बिचरा एसको अर्थ लगाएर मात्र कुरा गर्दा बेस हुन्छ नत्र भने वेब साइट् मा एस्ता बिभिन्न अन्तरक्रिया खण्डन बिभिंन्न विचार बाट नै सुधार र निचोड निस्कने हो जस्तो मलाई लाग्छ नत्र हो भने आफु एक्लै जे मन पर्छ गर्दा भो किन समाज ,संस्किर्ति, इतिहांस,भाषा र पहिचान ? के यी माथिका सबै व्येकतीहरु Bimtara जी का सत्रुहरु हुन् त ? कृपया हुन्छ भने यस्ता बिध्यावान मान्छेले त राम्रो सुझाब दिंदा कसो होला ?

    चेरे दुमिने Bimtara जी

  • garshi yata:

    हैन, यहाँ एकछिन त म पनि अलमल परें, तर वास्तविकता यहि हो ! लेख खोजमुलक र प्रेरणादायी छ ! धन्यवाद का:तिच जी ! अव पसिना वगाएर अनुसन्धान गरेर लेखेको लेख-रचनालाई “अन्ध-धुन्द” भन्छन भने तिनीहरुको मानसिकतालाइ के भन्ने ? चेतनाको स्तर कति रहेछ भन्ने थाहा भैहाल्यो ! दलाल गरेर डलर कमाउने सपना देख्ने हरुले जे सुकै भनुन…तर लेख्दै जानुस…आवाज वुलन्द पार्दै जानुस…हामी छौ भरथेग गर्ने, उर्जा प्रदान गर्न सहयोग गर्ने ! साँचो र राम्रो कुरालाई नकारात्मक व्याख्या गर्नेहरु कोइंच सुनुवार हुदै होइनन र तिनीहरुको २ कौडीको प्रतिक्रियाले केहि फरक पर्दैन…वरु उर्जा थपिन्छ !

  • garshi yata:

    होइन यो कहाँको जंगली हरु हुन् हो कोइंच सुनुवारको महत्व नबुझी नानाथरि प्रतिक्रिया दिने ? एडमिन ज्यु, यो कार्य छाडा प्रवृत्ति हो जस्तो लाग्छ, ध्यान दिनु पर्यो !

  • kormoch:

    जानकारी मुलक लेखको लागि धन्यवाद उत्तम जी, म तपाइको मेहनतको कदर गर्छु / तर दुखको कुरो, केहि अग्रज हुन् या साथीहरु हुन…उनीहरुको प्रतिक्रिया पढ्दा सार्है मर्माहत भएँ /

  • bujich maila:

    उत्तम जीले लेख्नु भएको सबै कुरा ठिक होला भन्न पनिता सकिदैन र कमेन्ट भन्ने कुर्ता सबैले गर्न सक्छन I राम्रो मात्र कमेन्टको प्रसंसा गर्नु राम्रो होइन I प्रजातन्त्र भन्ने कुरा हुनु पर्छ, माफ गर्नु होला तर मोलैपनि येश लेखले खासै प्रभाब भने पारेन !

  • garshi yata:

    सबै ठिक हो पनि त भनिएको छैन नि बुजिच मैला (माइला ?) ! तर यो राम्रो सुरुवात हो, कहाँ कहाँ के के ठिक छैन भनेर स्पष्ट होस्, मन्थन होस…अनि सहि र साँचो निचोड निस्किओस् भनेर नै यो राखिएको होला नि ! अव कहाँ कहाँ चित्त बुझेन तपाइले सहि प्रतिक्रिया दिनु भो भने अवश्य अन्य पाठक ले पनि यहि वाटो समातलान जुन एकदमै राम्रो पक्ष्य हो !

    तर प्रजातन्त्र भन्दैमा ना-ना भाँती प्रतिक्रिया लेख्नु राम्रो होइन र यो ‘एडमिन’ ले तेस्ता प्रतिक्रियाहरु ‘भेरिफाइ’ गरेर महँगो ‘स्पेस’ दुरुपयोग गर्नु पनि गलत हो ! सकारात्मक रुपमा आलोचना गर्दै गल्तिहरु वारे स्पष्ट प्रतिक्रिया राखे लेखक को मनोवल वढछ भन्ने तपाइलाई थाहा भाकै कुरो हो !

  • bujich maila:

    @शिवजी, कसैले आलोचना गरेको बित्तिकै मेरो आत्मा मनोबल घटेव भन्ने मान्छेलेत केहिपनि गर्न सक्दैनान्नी तपाइको बिचारमा सकारत्मक मात्रै हुनु पर्ने?.

  • garshi yata:

    माफ गर्नुस माइलो, म शिवजी होइन !
    ल यी तलका हरफहरु पढ्नुस:-

    namrata: यो मान्छेले लेखेको लेख्ता अन्धन धुन्दको देखिन्छ /

    bimtara sunuwar Ilam: हैन हौँ आज झूकियेरा यो site click गर्न पुगी छु यसले समय खेर फाल्ने कममात्र गर्छा भनेर पनि बुझेकी छु कस्तो हौ ? अन्न धुन्न र प्रसंसा स्तुति ठिक लागेन / यी थरि क्याब प्रकास र कोइच बु कतिच बाबु छोरा हुन् कि जस्तै छ /

    अव भन्नुस, यी माथिका हरफहरु कसरि प्रतिक्रिया भए ? केहि भन्नु छैन, वुझ्नेले आफै मनन गर्छन !

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives