All about Sunuwar

नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघद्वारा सम्मान कार्यक्रम

-सुनुवार डट ओ आर जी सम्वादाता
भदौ ३१, ०६८
काठमाडौँ

नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ केन्द्रीय समितिले एक कार्यक्रमको आयोजना गरि ०६७ सालको एस एल सी परिक्षामा उत्तीर्ण सुनुवार विद्यार्थीहरु तथा “समिट टु सी” नामक यात्रामा सफल यात्री साहसी श्री सानो बाबु सुनुवार लाई सम्मान गर्नुका साथै विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गर्यो ।

भुतपुर्ब मन्त्रि पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै यज्ञ राज सुनुवारले आजका एस एल सी उत्तीर्ण गरेका विद्यार्थी भनेको भविष्यका कर्णधार हुन भन्ने स्पष्ट पर्नु भयो।   सवै नीति, तह र तप्काको प्रमुख नीति भनेकै राजनीति हुनाले राजनीतिमा सुनुवारहरुको वलियो पहुच नभएसम्म कुनै पनि तहमा पहुच पुग्न नसक्ने र तेसकै निम्ति आम सुनुवारहरुले राजनीतिमा पहुच बढाउनु अनिवार्य भएको बताउनुभयो ।

कार्यक्रममा वोल्दै सल्लाहकार लोकप्रिय सुनुवारले किराँत सुनुवारहरुले “दशैं” भन्दा पनि “सिदा पुजा” को रुपमा मनाउन असल हुने वताउनु भयो ।

कार्यक्रममा विभिन्न जिल्लावाट आएका सुनुवार विद्यार्थीहरु र सानो बाबु सुनुवारलाई विशेष सम्मान गरिएको थियो ।

16 Comments to नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघद्वारा सम्मान कार्यक्रम

  1. garshi yata says:

    यो दशैं भन्ने चाड लादिएको हो भन्दा भन्दै पनि लोकतान्त्रिक वन्धुहरुले कसरि शुभकामना आदान प्रदान गरे होलान? भातृत्वको नाताले कोहि हिन्दु हरुसमेत को कार्यक्रम मा भए ठिकै हुनेथियो अर्थात हिन्दुहरुको यस्ता कार्यक्रम मा गएर भातृत्व देखाउनु स्वाभाविकै हुनेथियो तर आफुलाइ खाँटी सुनुवार हु भन्नेहरुले येसरी खिल्ली उडाउनु ले यो थाहा हुन्छा कि यी वन्धुहरु अझै पनि बाहुनको खुट्टा ढोग्न कति आतुर छन् भन्ने … येस्ताहरुले त के के पो गर्छन है होस गर कोइंच हो …. बुढोहरुले दुख गरेर स्थापना गरेको सुनुवारहरुको समाज त डुबाउन लागे अब संस्कृति पनि बाहुनको खुट्टामा जाकट राख्ने भए …..

  2. guro says:

    नाम मात्रा नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ काम त अलोकतान्त्रिक हो नि ।यी सुनुवार नाभएर खाँटी बाहुन हुन नि सुनुवार नाममा कलक ! याअता जि, अवसरवादि एमाले बाहुन सुनुवार दशैं मान्ने ! कोइंच डिग्निटी बेचेकासंग के कुरा गर्नु ?

  3. garshi yata says:

    गुरो सर, वास्तवमा लोकतान्त्रिक वन्धुहरु वाहुनवाद वाट प्रशिक्षित र वाहुनवादी मनस्थिति र सोचेको लाहाछाप लागेको, संस्कृतिलाई आज धराप मा राख्नेहरु भोलि बेचेर हामि त हिन्दु हौ भन्न लाज नमान्ने हरु रहेछन जस्तो लाग्यो . भोलि हामि आदिवासी नै होइनौ भन्न पनि वेर छैन. ‘डिग्निटी’ को अर्थ नै थाहा नाभायेपछी वेच्ने त भैहाले नि …. अझै सुध्रिने मौका छ.

  4. aavis says:

    garshi र guro जी को कुरा मा बुर्जित कलका बहिक केहि हुन सक्दैन !येथा इस्थिती मानस पतलको परा कस्ट बहिक केहि हुन् सक्दैन ! हामीले भित्ता लाई कुइनाले धकेल्छु भन्ने जस्तै मुर्ख्याई हो ! रस्ठियेता भनेको थाहा छ? रस्तिये राजनीति कहाँ बाट कहाँ छाल्लंगा मार्न लागि सक्यो !सुनुवार हरु लाई कहाँ के कहाँ के भनि अलझई राखने र आफ्नु मात्रै ठिक मैले गरेको कम राम्रो भन्ने प्रबिती ले गर्दा अहिले सम्म एती माथि आको होला हगी ?डिग्निक रस्तियेता संग जोडेको हुदो रहेन छ कि कसो? यी जी हरु सुनुवार त भन्न नसकने उरणठेउले ठेट्ना ले के को कुकुर भुकाई गर्नु ! यी ङ्गर्बा ले के चहाही गर्नु खोजदै छ होस् गर्नु है सुनुवार दाजु भाई दिदि बहिनि हरु !

  5. –पेरो says:

    सुनुवार कर्णधारहरुलाई सम्मान गर्दै उनीहरुको उत्साहमा उर्जाथप्ने पात्र नेपाल लोकतान्त्रिक किरात सुनुवार संघलाई धन्यवाद् छ ।

    मथिका टिपणीहरुका वारेमा मेरो पनि निम्न टिपणी रहेकोछः
    कुवाबाट समुन्द्र जतिकै पानीको आशा गर्नु जति मुर्खता हुन्छ, त्यस्तै संकुचित विचार, विखण्डनबाद र यथास्थितिमा विश्वास गर्नेहरुबाट सदभाव, मेलमिलाप र फराकिलो सोँचको अपेक्षा गर्नु झनमुर्खता हुन्छ । नेपालको विविधतालाई आत्मासाथ गर्न नसक्नेहरु आफनै सकिर्णतामा रमाउछन् । अधिकार र पहिचानको अर्थ अरुजाति र धर्मको विरोध गर्नुनभई सवै जाति र धर्मालम्वीहरु प्रति समान व्यावहार, समान अधिकार र समान अवसर हो भन्ने कुरा वुझनु जरुरी देखिन्छ । गुहय्कुरा वुझन के जरुरी छ भने, नीति निर्माण तहमा पुग्नका सट्टा संकिर्णता साँधेर हाम्रो जातिलाई यो दिनु पर्यो त्यो दिनु पर्यो भनेर मगन्तेमात्र वनीरहने हो भने आहा तपाई खाँटि सुनुवार त्यसमा पनि खाटि कोइच भएकोले सभासद र राज्यको कार्यकारिणी पदमा वसीदिनुस भनेर कसैले पनि र कुनै पनि राजनीतिक दलहरुले दुइहात जोडनेवाला छैनन । ज्ञातरहोस, नेपालको अन्तरिम संविधानमा वहुदलिय व्यवस्था उल्लेख गरिएको छ र अव वन्ने नयाँ संविधानमा पनि वहुदलिय व्यवस्था कायमै रहने निश्चित छ । त्यसका लागि पनि प्रगतीशिल र वैज्ञानिक विचारधार राख्ने सुनुवार वन्धुहरुको नेतृत्व विकास र राजनीतिक पहुँच बढाउनका लागि नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको गठन भएको देखिन्छ, जसलाई संपूर्ण न्यायप्रेमी, प्रगतिशिल, लोकतन्त्रमा विश्वास राख्ने सुनुवारहरुको साथ र सहयोगको जरुरी देखिन्छ । सामन्तवादि चिन्तन राख्नेहरु जात, भात, धर्म र उच्चो निच्चका खुद्रा मसिना कुरामा अलमलिन्छन तर परिवर्तनका लागि लडनेहरु वर्गिय चेतना र वैज्ञानिक विचारकाआधारमा समानता र न्यायका लागि अगाडि वढिरहन्छन् ।

    नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ र सुनुवार सेवा समाजका वीच भेद छुट्याउन नसक्नेहरु अहिले यी दुई संस्थाका वारेमा आत्मा केन्द्रीत तथ्यहिन समाचार संप्रेषण गरी सिगो समाजलाई दिग्भ्रमित पार्ने कुचेष्टा गरिरहेका छन् तर सचेत सुनुवारहरु यी दुई संस्थाका वारेमा स्पष्ट देखिन्छन् । सुनुवार सेवा समाज, नितान्त सामाजिक एवं मानविय भावनाले ओतप्रोत भई सुुनुवार जाति, भाषा, संस्कृति र पहिचानका लागि स्थापित एक सामाजिक संस्थाको हो भने नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ खास राजनैतिक विचार सहित राष्ट्रियता, लोकतन्त्र, समानता, परिवर्तन र विधीको शासनका लागि संघर्षरत संस्थाको रुपमा स्थापना भएको देखिन्छ । यसको अर्थ सामाजिक एवं मानविय कार्यमा रुचिराख्ने सुनुवारहरु सुसेसमा आवद्ध हुनसक्दछन् भने नीति निर्माणमा सरिकहुन चाहने न्यायप्रमी सुनुवारहरु नेलोकिसुस मा आवद्धभई राष्ट्र निर्माणमा अगाडि वढन सक्दछन् । मूख्यत यी दुवै संस्थाका आफ्नै विधान र उद्देश्यहरुछन भन्नेकुरा वुझ्न सकेमा वेतुकमा सुसेसमा एमालेकरण हुन खोज्यो भनेर स्यालहुइया गर्नेहरुका पछाडि आफनो कान नछामी कागका पछाडि दौडिने प्रवृतिको अन्त्य हुने छ ।

    अवरह्यो वुढाहरुले दुख गरेर स्थापना गरेको सुसेस डुवाउन लागे भन्ने वारेमा…. पदको लोभ गर्ने तर एउटा सिन्को पनि भाचेर दुईवटा वनाउन नसक्ने अहिलेका पदाधिकारीहरुनै जवाफदेहि देखिन्छन् । साथै सुनुवारका वीचमामात्र वोलचालमा प्रयोग गरिने कोइच शव्दलेख्ने सवालमा कुनैवेला कोइच लेख्दा इ को ठाउँमा गोरुसिगे ञ नै हुनुपर्दछ भनेर जिद्धिगर्नेहरु अहिले एकजना गैह्र सुनुवारको आधादिने भाषागोष्ठिमा भागलिए पश्चात आफुलाई कहिले कवि, कहिले साहित्यकार र कहिले भाषाविद भन्दै (अरुले भनुन नभनुन) राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सुनुवार भनेर चिनिने शव्दलाई विस्थापित गर्न न्वारन देखिको वल निकाल्दै सुनुवार जातिको थर लेख्दा कोइच (सुनुवार) लेख्ने लेखाउने कार्यमा योजनावद्धले अगाडि वढेका देखिन्छन् । उनीहरुका अनुसार मानबहादुर सुनुवार का ठाउमा अव मानाबहादुर कोइच (सुनुवार) लेख्नु पर्दछ भन्ने कुतर्क रहेको देखिन्छ । उनीहरुको आशय अहिले सुनुवार शव्दलाई कोष्ठमा राख्ने र पछि विस्तारै सुनुवार शव्द हटाउने नियोजित षडयन्त्र उनीहरुको रहेको देखिन्छ । सुसेस डुवाउनेमा यी कपोलकल्पित सुनुवार कवि, साहित्यकार भाषाविद मानिनेहरु पनि भागिदार छन् । तर यीनका षडयन्त्रमा विश्वमै सुनुवार भनेर चिनिएका स्वाभिमान सुनुवारहरु सुनुवार शव्द लोप गर्ने गराउने पक्षमा छैनन् । यसकारण खाँटी सुनुवार हुँ भनेर दावा गर्नेहरुले यस्ता विकृति एवं विसंगतीहरु र स्वघोषित ठूटे सुनुवार कवि एवं भाषाविदहरुका कुकृत्यकावारे वेलैमा सचेतभइ तिनका कुकृत्य एवं ढोगी अनुहारलाई सुनुवार वन्धुहरुका वीचमा पुरयाइ नागेझार पार्ने कार्यमा सरिकभएमा जातिय पहिचान कायम राख्ने कार्यमा सहयोग पुग्ने देखिन्छ । बाँकी क्रमश …….

  6. guro says:

    बिचार, बाहुनबादी गिदिले के पच्थ्यो राम्रो कुरा ? शयेद भोलि पर्सि मो त बाहुनको बच्चा भन्ने होला . जर्ल्ड विद चलेको फोर्थ वोर्ल्ड मुव्मेंताबता विचार कच्चा नै रहेछा अरुलाई ठेट्ना र कुकुर भान्छा, जो यथास्थितिको कुरा गर्छा उसकै ठुलो शोर. चोरको खोत्ता कट भन्दा तर्सेर खुट्टा झिकेको भनेको येहो हो. यो भन्दा बढी के भनौं. परिवर्तन नचाहने निरुन्कुस्बदी बहुन्हारू हिजो पंचायेत्कलमा पनि यसै भन्थे र जनयुद्दकालमा पनि यसै भन्थे.

  7. Nailu kyabacha says:

    माफी चाहन्छु, मैले यहाहरु बिचको कुरामा अलिकति पनि सत्त्यता र अग्रगामी निकास दिने खालका केहि सब्दहरु भेटौना सकिन , कारण तपाईहरु दुवै पक्छेले एक अर्कालाइ होचाएर बाहुन बाद्लाई अझ बढुवा दिन खोज्नु भएको जस्तो भान मलाई मात्र हैन सायद यो तपाईहरुको झुहरी पढ्न सौभाग्ग्य पाउनु हुने सम्पूर्ण कोइच सुनुवारहरुले महसुस गरेको हुनु पर्छ /
    येसरी हामी बीच बिचमा कुरा मिल्दैन र विचारको आदान प्रदान हुने बाटोमा खाडल खानीदै जाने हो भने तपाई हामी आज जुन स्त्तिती मा छौ, भाबिस्स्यमा त्यो भन्दा तल, सायद कसैले पनि देख्न र पढ्न नसक्ने गरि ,हाम्रो परिचय र इतिहास छोपिने छ , बिलाएर हराउने छ जुन कुरा पिता पुर्खाको पालामा भएको थियो/
    त्येसैले मेरा आदरणीय परम मित्रहरु येसरी हामी एक अर्कालाई खण्डन को पत्र बनाउनु पूर्व धेरै पटक सोचौ अनि आफ्नो विचार बिमर्सलाई येसरी बिबादको रुपमा हैन एउटा हाम्रो प्रतिष्ठा निर्माण गर्ने बाटोमा गैती बेल्चाको रुपमा प्रयोग गरौ … जहाँ सम्म तपाईहरु बिचको विवाद छनी एसले मलाई सारै दुखि बनायो .. तपाई हामीलाई थाहा भएको कुरा हो फलाम काट्न फलाम चाहिन्छ तेही भएर लोकत्रान्त्रिक को साथीहरु तेही बाटो अपनाएको हुनु पर्छा भन्ने मलाई लागेको छ एदी उहाहरु साचिकै बाहुन बादी भएको हो भने पनि र यता सुनुवार बन्नु पर्छा भन्ने साथीहरुले पनि कतै लोकतान्त्रिक साथीहरुले बाटो बिरौना लागेका त हैनन भन्ने भान पाएर सजक बनाउन खोजेका हुनु पर्छा तेही भएर मित्र हो हामी अहिले आपसी विवाद मा फस्ने बेला हैन हामीले हाम्रो कमजोरीलाइ तागतमा परिणत गरेर आफ्नो हक र अधिकारको लागि अघि बढ्ने बेला भएको छ/ त्यसैले अब देखि विचार बिमर्सालाइ अघि सार्दा यी सबै कुरामा ध्यान दिनु पर्छ कि जस्तो लाग्छा र सम्मानित सबैलै बधाई जुन सबैलाई मान्य कुरा हो /

  8. bimtara sunuwar says:

    सुनुवार अन्धु हरुको तर्क बितर्क पडन पाइयो खुसि पनि लाग्यो आच्म्ब पनि हुन त म लगायत केहि बुझ अबुझ सुनुवार हरु पनि थिए पूर्व संसद , संसद उमेद्वार हरु मपाई इत्त्वो प्रदर्सन गरिरहेका थिए भने सुनुवार भाषा र जाति संस्कार संस्कृति लाई धरासायी बनाउन सड्यन्त्र पुर्बक तत्पर रहेका नाम लोकप्रिय अलोकप्रिय काम, भासन गर्ने हरु चाँही दसैं बाहुनको होइन हाम्रो हो सुगुर काटेर सिदा पूजा गर्छौं भन्दै थिए हामी निरिह दर्सक , छक परेर सुनेर बाटो लग्नु मात्र थियो / र स्वो घोसित भासबिद कबि सहित्येकर भनौदा आफु लाई पत्रकार एफ एम संचालक भनौदा हरुले सुनुवार सब्द नै समाप्त गर्ने गरि लागि पर्ने हरु को नाम यहाँ मा चिनौना पनि चंछु / १. लाल रपाचा : जसलाई भाषा नै औदैना /
    २ .उत्तम कतिच जो अनुहार ले भन्छ उ सुनार हो त्यसैले बिगार्न लागि परेको /
    ३ अतित मुखिया ; जसलाई खाँटी सुनुवार भाषा संस्कृति केहि आउदैना कानी कुथी चोर चार कविता लेख्छ /
    ४ रन बिर सुनुवार ; बाहुन ले एक दिन सिकौन्दैमा त्यहि ठिक भन्छ /
    ५ बिभिन्न विद हुन् भनि स्वो घोसित तर अरुले हाँसो उडाएकोमा मख्ख पर्ने / भाषा बिगार्ने न १ /

  9. b . t sunuwar ramechhap says:

    क्याबाचा जी कुरा त ठिकै हो तर हाम्रा सुनुवार हरु अरुले भनोस नभनोस आफै मपाईं विभिन्न विद ,विज्ञ,कबि ,कलाकार भानौना रुचाउने हरु बग्रेल्ती छन् , अनि अरु त अरु “सुनुवार आदि कबि” भनाउन समेत चाहेको देख्दा अचम्ब लाग्छ / त्येस्तै गोरुसिंगे याँ को कुरा , आधा दिने गोस्टी मा बाहुनले सिकाएको सुनुवार भाषा (लो) को कुरा को पछाडी आँखा चिम्लेर दौडिने आदि कुरा छन् नि तसर्थ यस्ता विसंगति बिरुद्द लेख्ने लाई राम्रो त भन्नै पर्यो नि ../

  10. aavis says:

    guro जी अगाडी पा भए को जी रहेछ !पेरो सर को टिप्पणी पढदा पनि गिदी मा नाधुसने तेह अरु केहि छ जस्तो छ बेलै मा जहच गराउनु होला ! हुन त् मेरो कुरा के पचथे ङ्गब्रा कुन ठाउँ बाट परि चालित भए को परजीवी हो कोन्नी ! सुनुवार को नाम मा कालो ठुटा सबै सुनुवार को विचार के छ भन्ने बुझंना नसकने संग के कुरा गर्नु खुर्पा को बिड संग सुनुवार को नाम मा कलंक सिबये केहि हुन सक्दैन ङ्गब्रा !

  11. garshi yata says:

    विमतारा र पेरो को प्रतिक्रिया हेर्दा एस्तो लाग्छा, संकुचित मनस्थितिका र विश्वपरिवेशाको यथार्तावादी धरातल वाट चिप्लिएर गंदानालिमा दुविसकेका. जो आफुलाई सुनुवार भन्दापनि शक्ति र सत्तामा जो छ उसैको सोझो गरेर भिख माग्ने लाचार र हिनतावोधले ग्रषित तर अवसरवादी जस्तो लाग्छ . आधार विनाको आदर्श, चेतना विनाको चिन्तन, स्वपहिचान विनाको दिवा सपना वोक्ने, वहुनावादको धंग घंगी ले लट्ठ परेको यस्ता ‘फ्युजन’ भित्रका ‘कन्फ्युजन’ हरु वाट के नै आशा राखन सकिन्छ .

  12. bimtara sunuwar thulo patal 3 dolakha says:

    गर्शी यता जस्ता उपबुज्रुक हरुले आफ्नु छाया आफै देख्नु स्वाभाविक हो / यस्ता मपाई भएर नाक फुलाउने हरु बाट सुनुवार को लागि गिर्शी पनि झार्लान जस्तो लाग्दैन , के भन्नु छ र आत्मा रति मा रमाउने हरु लाई …

  13. garshi yata says:

    बिम्स ज्यु, कुरो र कुलो जता लग्यो तेतै जान्छ भन्दैमा धेरै वटारी राख्नु भनेको मुर्खता हो ! तपाइहरुले एकपटक मनन गरनै पर्ने कुरो के हो भने “आफ्नो पादले आफै तर्सेर टाढा भाग्नु हुन्न” ! देख्नु भाकै कुरो हो- कतिले तेही सु से स को छातीमा टेकेर के के गरे, तेही सु से स कै हातको औंला समातेर कुन कुन स्तर सम्म पुगे…अलिकति पनि मानवता र सामाजिक मूल्य को कदर गर्नु हुन्छ भने अझै समय छ ! जातीय संस्थालाई राजनीति गर्ने थलो नबनाउनुस (यसको मतलव यो होइन कि सुनुवार कोइंच ले राजनीति नै गर्नु हुन्न, राजनीति गर्नुपर्छ तर तपाईलाई थाहा छ, जातीय संस्था भित्रको राजनीति ले आम कोइंच विच फूट ल्याउँछ) ! चिरा पार्ने होइन, चिरिएको चिरामा मल्हम लगाएर जोड्ने प्रयाश गर्नुस ! खाली अरुलाई किन “उपबुज्रुक” भनेर आफै चाही “बुज्रुक” हु भन्ने देखौना खोज्नु हुन्छ- सबैले तपाइलाई को हो भनेर चिनेकै छन् ! यदि तपाई बुज्रुक नै हो भन्ने प्रमाणित गर्नु हुन्छ भने ल आउनुस – भातृत्व को भावना निर्माण गर्नुस, सु से स भित्र राजनीतिक विचार लाइ त्यागेर आजको चौथो विश्वको आन्दोलन र आदिवासीवाद को आन्दोलन मा समाहित हुनुहोस – तपाइलाई स्वागत छ !

  14. prakash Sunuwar okhaldhunga says:

    यस्तै हो याता जी, सत्ता पाए फ्युजन नपाए कफुजन / सिद्दान्त बाट स्खलित भै सत्ता स्वार्थमा लिप्त भए पछी घरि यथास्थितिबादी तर्फ घरि अग्रगमन तर्फ , यसै गरि बर्गबाद र जातिबाद ,मौलिक्बाद र सम्सोधन्बाद , परम्परा वा संस्क्रितिबाद र रुढिबाद कन्फुजई कन्फुज छ/ प्रस्ट बाद खोइ ? यिनी जिउ मात्र सुनुवार गिदी र दिमाग बाहुन बनेर बुद्दी भुटेका सुनुवार भानौन्दा हरुको /
    दशैं के कसको भन्ने बारेमा घाम जस्तै छर्लंग भै सक्दा पनि स्वार्थ प्रेरित भै मालिकको इसारामा बकम्फुस प्रोपोगान्डा छरेर झोले हरुले ख्वामितको इसारामा सुनुवार जनता लाई दिग्भ्रमित पार्ने प्रयास गरेता पनि सबै सुनुवार जनता कान बाट दुध पिउने भने छैनन् / आफ्नु स्वार्थ सिद्द होला भरेंग चढेर माथि पुगिएला भन्ने चाहिं दिवा स्वोपना मात्र हुने निश्चित छ /

  15. garshi yata says:

    प्रकाश जी, यो ख्वामितको सेवा गर्ने मनस्थितिको विकाश गराउनेहरु को हुन् भन्ने छर्लंग छ ! तथापि हाम्रा जनजाति राजनीति र अधिकार को लागि लडाई गर्दै छु भन्ने आफसे आप मपाइत्वका महा सेनानीहरु अझै उनीहरुकै पछी लागीरहेछन….येस्ताहरुले यो चौथो विश्व र जनजातीवाद को आन्दोलन लाई अझै २० वर्ष पछाडी नधकेल्लान भन्न सकिन्न !

  16. हामी सुनुवार हरु पनि अबो धेरै ठुलो मान्छे भए छौ. ठुला ठुला कुरा गर्ने भए छौ. म एउटा सुनुवार हो तर म हिन्दु धर्म मान्छु. अबो के म सुनुवार होइन. अनि म एउटा येसु को धर्म मान्छु अबो म एउटा सुनुवार होइन. एडिटर ले कसरि एस्तो कमेन्ट हरु पुब्लिश गर्नु सक्यो, मलाई थाहा छैन. अबो पत्रिका को अर्थ आरु हरुलाई येस्तई कुरा हरु मात्र गर्नु को लागि हो??? पत्रकार हुनु को लागि केहि गुण हरु पनि चाहिन्छ. एस्त कुरा हरु गरियो भनी हावा हुन्छ सुनुवार.ओर्ग haha

Leave a Reply

Your email address will not be published. Required fields are marked *