All about Sunuwar

चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।

सुनुवार डट ओआरजि समाचारदाता
२४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो  जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Boliviaका आदिवासीहरुको डकुमेन्ट्री building dignity प्रदर्शन गरियो । बृत्तचित्रको बारेमा किरात विज्ञान सँस्थानका डा. लाल श्याँकारेलु रापचाले समिक्षा गर्दै नेपाल र विश्वमा किराँती–कोँइच स्वाभिमान निर्माणका आधार र उपायाहरु बताउनुका साथै कोँइच कविता “गसुम सुम्ती” सुनाउनु भयो । कर्यक्रममा श्री अतित मुखिया ज्यूले डकुमेन्ट्री माथी थप टिप्पणी गर्नुका साथै केहि कोँइच हिस्ट्री पनि सुनाउनु भयो । कर्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारद्वारा कर्यक्रममको बारे प्रस्तुत  गर्नुको सथै  “आदर स्याम्दार ” कविता सुनाउनु भएको थियो भने प्रथम उपाध्यक्ष रणवीर सुनुवारद्वारा धन्यवाद ज्ञापनका साथ “सुनकोशी” कविता सुनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *