All about Sunuwar

मलाई खाम चाहियो…

सुखको नाममा
अर्काको दास्वत्तो बोकेको हैन
दु:खै भए पनि मलाई
स्वाभिमानी काम चहियो,
परिवर्तनको नाममा
टुक्रा टुक्रा परेको हैन
मज्बुद बिसाल मलाई
सिङो नेपाल नाम चहियो ।

राडी र पाखिमा कती आनन्द छ
सपना सिरक तन्नाको हैन
दुई टुक्रा आङ छोप्ने मलाई
कपडा किन्ने दाम चाहियो,
सितल निवासमा पाक्ने
महँगो चौरासि ब्यन्जन हैन
बिहान बेलुका टार्ने मलाई
ढिदो गुन्द्रुक माम चाहियो ।

एक टुक्रा जगामा बनेको
चिदीया खानाको पिँजडा हैन
खुल्ला आकाश झै मलाई
डुल्ने टेक्ने थाम चाहियो,
सुख सयलले काट्ने
सुन्दर शहर  नभए के भोर
हिँशा आतंक रहित मलाई
आफ्नो प्यारो गाम चाहियो ।

गर्नेछौ र गरिने छ
छेपारे तिम्रो बोली हैन
देश र जनताले पाउने मलाई
तिम्रो हरेक काम चाहियो,
अधिकार र स्वोतन्त्रताको नाममा
देश र जनतलाई फुटाउने हैन
सबैलाई स्विकार्य हुने मलाई
संबिधान लेखिएको खाम चाहियो ।

नाइलु क्याबचा
संयुक्त राज्य बेलायत
२५ अगस्त २०११

6 Comments to मलाई खाम चाहियो…

  1. kormoch says:

    सारा नेपालीको मनमा रहेको सशक्त अभिव्यक्ति !!!

  2. Nailu says:

    धन्याबाद तपाईलाइ सर … अनि तपाइको खबर क छ त ?

  3. admin says:

    स्वागत छ सर ! हामि तेही “खाम” पर्खिरहेछौ …

  4. सुखको नाममा
    अर्काको दास्वत्तो बोकेको हैन
    दु:खै भए पनि मलाई
    स्वाभिमानी काम चहियो,…..ल है मलना मलना पौवो गो यो इ वार्ची पाथी जाचा दुमती /

  5. Nailu kyabacha says:

    इन्के गुइ मबथु एको नेल ते चम्सिबा ,, ??? गो इनेकली साप्पा रिम्स्या बस्यो ति ब्लालाम ….चेरेलिल आँ ड्यु इन्कली ..

  6. Hom sunuwar(dasucha) says:

    नाम्सेवल नाइलु बुक्लु गो मेको कविता कोता शुरूप केन्गिर आन ब्रेश्यो हाना रागी नेलले सप्श्या अरु अरु दिशना लो रे छापेने थुमनिम थियो / तर मरै फिक्कर मपचा मूल नोलेरे दुमना दुम्न लाइब गो आँ तर्फले धेरै धेरै बधाई ब्रेस पचा मप्रोइंचा/
    म पनि काम को खोजीमा विदेसिन पुगें
    गाउँ परिवार देखि धेरै टाढा नै पो पुगें
    कामको सुरमा मन भने गाउँ देशमै हुन्छ
    सम्झनाको तरंगले मनको गहिराईमा छुन्छ
    नेता देश को चाला देख्दा झस्कि मात्र रहन्छु
    काम बाट फर्की सुत्न खोज्दा ऐठन मात्र पर्छु
    नाइलु क्याबचा ले भने जस्तै मलाई पनि चाहियो
    देश र जनताले मागेको खोजेको अधिकार तुरून्त चाहियो
    यो गुनासो देशलाई होइन सारा नेतालाई
    नरुवाउनु नेताले हामी सबको मातापितालाई
    हामी सबै रोयुं रोयुं नारुवाउनु मात्रिभुमिलाई
    आखिरीमा बिन्ति मेरो सारा प्यारा नेताहरुलाई

    नेल्ले कोइंच नु एको वेब कोब अन्काली नाम्सेवल चेरे दुमिने

    होम दसुच बेलायेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *