All about Sunuwar

चुपलुमि शारिरेँशोच (चुलाचौकामा कवि जमघट) सम्पन्न ।

सुनुवार डट ओआरजि समाचारदाता ।
१०, भदौ । चुप्लु समाज, सुनुवार डट ओरआरजी तथा दुर्दा डट कमद्वारा आज सुनुवार सेवा समाजको भवनमा चुपलु (चुलाचौका)मा साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विभिन्न कोँइच साहित्यकारहरुले आआफ्ना श्रृजना वाचन गर्नु भएको थियो । साथै कार्यक्रममा वाचन गरिएका श्रृजनाहरुको कवि अधिवक्ता श्री अतित मुखिया ज्युले समिक्षा तथा समालोचना गर्नु भयो । उक्त कार्यक्रममा कोँइच (सुनुवार) नेपाली तथा खस नेपाली भाषामा लेखिएका श्रृजनाहरु प्रस्तुत गएिका थिए । साथै उक्त अवसरमा कोँइच नेपाली भाषाका अगुवा अभियानकर्ता श्री कोँइचबु कातिचले कस्ता साहित्यलाई कोँइच साहित्य भन्ने ? भन्ने विषयमा सहभागीहरु माझ छलफल तथा अन्तर्किृया गर्दै उक्त विषयमा प्रष्ट्याउनु भयो । साथै कार्यक्रममा मौलिक कोँइच साहित्य थेअÞनिको बारेमा पनि चर्चा गरियो । कार्यक्रममा उत्तरपुर्वी भारतका नागाल्याण्डका नागा जातिको बारेमा निर्मित बृत्तचित्र द नागा स्टोरी पनि प्रदर्शन गरियो । बृत्तचित्रको बारेमा किरात विज्ञान अध्ययन सँस्थानका डा. लाल श्याँकारेलु रापाचाले समिक्षा गर्दै कोँइच समुदायले यस बृत्तचित्रबाट सिक्नु पर्ने पाठ सिकेर समुदायको हित र उन्नतीको लागि सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रम एसोसियट्सहरु किरात विज्ञान अध्ययन संस्थान, क्युँइतबु कल्याण कोष, सुनुवार सेवा समाज, चुप्लु फाउण्डेशन, सिर्जना सुनुवार स्मृति प्रतिष्ठान, कुलदीप सुनुवार स्मृति प्रष्ठिान र सुनुवार कलाकार तथा चलचित्र समाजसमेतको संलग्न रहेको थियो ।
कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारद्वारा कार्यक्रमको बारे प्रस्तुत गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष रणवीर सुनुवारद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।

One Comment to चुपलुमि शारिरेँशोच (चुलाचौकामा कवि जमघट) सम्पन्न ।

  1. Nailu kyabacha says:

    यसरी नै प्रगति हुन जरुरि छ हाम्रो समुदायमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *