All about Sunuwar

गुलाबका फुलहरु

आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु

पस्किंदै थिए सुगन्ध

अनि सुगन्धित हुँदै थिए

पृथक अस्तित्वका लागि

कोलम्बो तिर ठडिएका नदिहरु

र, गुलाबका फुलका सुगन्धित शक्तीले

प्रज्वलित हुंदै

कनाकरायन नदिसंगै थुप्रै नदिहरु

राजपक्षका जल्लाहदहरुको सामनामा

उर्लिसकेका थिए सयौं पटक ।

 

भरौटे बन्दुकहरुको सहारामा

चिथोर्न सकेनन्

कांडाको रक्षाकवज बेरेका

गुलाबी फुलहरुलाई

बरु, शक्तिले उन्मात्तिएका जल्लाहदी

झरिलो रातो कोइलाहरुलाई

लगातार अनि निरन्तर चपाउँदै थिए

गुलाबका फुलहरुले ।

 

बिभेद गरिएका फुलहरुलाई

कोपर्न नसकि

कोइलाहरुले

आकाशबाट अम्ल बर्षाए

दमनका फोहोरी पानी स्खलित गरे

रकेटका थोपाहरु झारे

हेभी आर्टिलरीले बमको बर्षात गराए

तर तिनीहरुलाई

फुलहरुले सहज रुपमा

नरम अनि तरल पानी सम्झेर निलीदिए

रातम्मे हुँदै बगिदिए धर्तीमा

कयौँ पटक बेहोसीबाट होसमा ल्याइंदै

अनगिन्ती बलात्कृत भए

रुझिदिए किलिनोच्ची पनि निथ्रुक्कै

रक्तरञ्जीत भए

नो फायर जोनहरु ।

 

आज

ती पानीको दाराले टोकिएका फुलहरु

छियाछिया च्यात्तिएको देखिएता पनि

सिञ्चित भए अरु कोपिलाहरु,

जल्लाहदहरुको अबैधानिक कृडालाई

बिश्व सामु कोलम्बोमा समाधिस्थ गर्न

गुलाबका कोपिलाहरु

अवश्य फेरि फक्रीने छन्

किलिनोच्चीमा ।

 

——> by Prakash Sunuwar Zizich

5 Comments to गुलाबका फुलहरु

  1. prakashsunuwar says:

    (१४ जुन २०१० मंगलबार सांझ च्यानल 4 मा प्रसारित The Dispatches: Sri Lankas killig fields हेरेपछि त्यहाँ शहादत प्राप्त गर्नु भएका सम्पुर्ण LTTE का सदस्यहरुमा समर्पित)
    हेर्नुहोस :- http://www.channel4.com/programmes/sri-lankas-killing-fields/4od#3200170

  2. ingi bukulu says:

    बाेयब फु हेमब, मुनु कका िसबबा
    िसममे नुला वाअबा,िमनु ला बाेइबा ।थाँका नु खुलुमेन वाला काेइच रािग मेरला ममे कुलथु रािग नेलला सापशा बाेयल ।

  3. gulaphkaa phulharu. Sundar Bimba Afno bachau afulai garna nasakneharuko lagi. Un parubhasama littelai marnu ta Jati hatya hundai ho. Jatiko culture ra bhasa marnu pani Hatya nai ho.
    Yesaile yo Kabitale merai samudaye hatya bhayeko dukhad chitrapani dekhai chhu. Mahasus gardai chhu. Muri muri thanks Prakash g, Sabailai chetana bhaya.

  4. kormoch says:

    गुलाफका कोपिलाहरु फूल भएर फेरि पनि अवश्य फकृने छन …………..

  5. benami says:

    यो मान्छेले त पक्कै ट्रिपमा बसेर लेखे जस्तो छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *