All about Sunuwar

जिजिविषा

समयको चक्रले
कहिले किचिएर
कहिले थिचिएर
जाँतोको मानी झैं
खिइँदै गएको आयुको ह्राससँगै
कतै पानि झरीले ओसिएर
खरीजुका झैं ढाडिदै गएको
कतै धामको रापले पिल्सिएर
मरिचको दाना झैं चाउरिदै आएको
यो अुहारको अस्तित्व खोज्न
पीरैपीरको खकन भिरेर
भीरैभीरको अप्ठ्यारो छिचोल्दै
आरोह अबरोहहरुमा थकित मनलाई
रक्सीको चौतारीमा विसाएर
जिन्दगीलाई गिलासको गहिराइमा नाप्छु ।
अनि
निस्पट्ट अँध्यारो रातमा बाफिएर
रातको निस्पट्ट अँध्यारोमा बाफिएर
अँध्यारो रातको निस्पट्टमा बाफिएर
पाकेको मःमः जस्तै
बिक्री हन्छन मेरा सपनाहरु
सितन भएर
रित्तिन्छन मेरा कल्पनाहरु
बोतल भएर
अनि ह्याङ ओभरबाट झसँग ब्युँझदा
निस्लट्ठ निद्रामा स्वप्नदोष भएर
खेर गइरहेको वीर्य जस्तै यो जिन्दगी ।

 

—- >चेरेहामसो क्याबा
खिँची निभारे, ओखल्ढुंगा

3 Comments to जिजिविषा

  1. Nailu Kyabacha says:

    ड्यु साप्पा रिम्श्यो लाती … मिनु सिनात मुलात ते जाम्नी ?????????????????

  2. kormoch says:

    साँच्चै पीरैपीरको खकन भिरेर भीरै भीरको अप्ठ्यारो छिचोल्दा…..पाकेको मःमः जस्तै बिक्री भैरहेछन सपनाहरु, सितन भएर रित्तिरहेछन कल्पनाहरु …. सन्तुलित वाक्यविनास, यथार्थपरक रचना ।

  3. धन्यवाद समालोचनाको लागि..

Leave a Reply

Your email address will not be published. Required fields are marked *