All about Sunuwar

मुक्तिसंग्राम

कपिलबस्तुमा
बुद्ध जन्मिएकै कारणले मात्र
शान्तीप्रेमी हुन सक्दिन अब म
बिश्वयुद्धहरुमा अरुको निमित्त
ज्यान समर्पन गरेकै आधारमा मात्र
बहादुर कहलिनु हुँदैन अब म ।

 

तर पनि
शान्तीप्रेमी र बहादुरहरुले
फेरि अर्को
मुक्तिसंग्राम बिश्वयुद्ध आयोजना गरिरहेका छन् ।

बारुदको धुवाँले चकमन्न,
शत्रुहरुले चारैतिरबाट घेरिएको
त्यो युद्धभूमिमा
आफू जोखिममा परेर
कसैलाई काँधमा बोकेर
बचाउन सक्दिन म
किनकी
अब म
शान्तीप्रेमी पनि होइन
बहादुर पनि होइन
शान्तीको खोजीमा जंगल पनि पस्दिन ।

 

तर,
भत्भती पोलिंदै गरेको बुद्धहरुको छातीमा
सितलता नओइलाओस भन्नाका खातीर
हो –
युद्धमा नै सहभागी नभई भाकै छैन
अब नहोम्मीई भाकै छैन ।

(फार्नबोरो – ३ जुन २०११, साँझ)

——> by Prakash Sunuwar Zizich

5 Comments to मुक्तिसंग्राम

  1. नाईलू क्याबचा says:

    पक्का मन पर्यो कविता हजुर ….
    यस्तै कृति हरुको जरुरत हामीलाई छ हाम्रो समुदाय लै छ ….

  2. kormoch says:

    कविता त खुब् जमेको छ । यस्तो शृजना अझै थपिदै जाओस । अब युद्व वन्दुकले होइन, कलमले लड्नु पर्छ, प्रकाश् दाइ !

  3. ingi bukulu says:

    खेखेखेमखेम दाेम दारशाे इन बेलेस ।

  4. यो एक dui कविता लेखेर कहिलेसम्म basne ? mul दा संग्रह नै gluincha मल्तौ हौ प्रकाश वार्चाई. khas बहुन्मी सप्प हेपेम्तेमे syan. फुटकर कविता संग्रह गेन gluba ? बहुन्मी अतेपतेपा लै ग्लुइखु पैनिमी ओस्यो दर्स्यो कबित्काली गो छिन् kitabmi कोचा सप्प हतार दुमती हौ.

  5. Sameer Mukhiya Sunuwar says:

    ल है मूल चाही धेर रिम्चा मदुम… ग्लुइचन मल्तौ… प्रकाश ब्रो …. चेरेदुम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *