All about Sunuwar

तोरावोरा देखि अबोतावादसम्म

ओसामा

तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ

तिम्रो हत्यालाई न्याय हो भनिंदैछ ।

गोप्य र अनौठो खाले एक प्रकारको

शान्ती पर्सिएको छ

र न्याय पस्किएको छ

ग्राउण्ड जीरोमा ह्वाइटहाउसले ।

यो भन्दा पनि अझ बढि

शान्ती र न्यायको लागि

तिमी फेरि फेरि किन नजन्मीने त

तिमीलाई मारेर फेरि फेरि अपराध किन नगर्ने त

शान्ती र न्यायको खातिर

तिमी बास्तबमै मर्‍यौ

अझै कति मर्दैछौ

कि त मरुभुमिको तेललाई थाहा छ

कि त ह्वाइटहाउसलाई थाहा छ

बिन लादेन

तिमीलाई अन्तिम श्रद्धान्जली

भर्जिनिया वाटरमा फूलेको

एक थुँगा लालिगुरांसको ।

(२ मे २०११, सोमवार)

– Prakash Sunuwar

3 Comments to तोरावोरा देखि अबोतावादसम्म

  1. Atit Mukhiya says:

    आगो कविता
    आगोको मृत्युमा
    तोरावोरा देखि अबोतावादसम्म ।
    मर्दैन आगो कहिल्यै
    नासिदैन प्रकाश कवै
    एकैक्षण मत्रको हो साँझ
    रात पुन: विहानी जन्माउन बाध्य हुन्छ
    किनकी
    आगोको रगत नै प्रकाश हो
    यसैले प्रकाशको उज्यालोमा
    आत्महत्या गर्न बाध्य हुनेछ
    ह्वाइटहाउस एकदिन ।

  2. Kaatich Koitsbu says:

    मुरि मुरि धन्यवाद प्रकाश तिमीलाई

    ेप्रकाश अनन्त छ
    प्रकाश, प्रकाश नै हो
    प्रकाश निश्छल हुन्छ
    र त, सेतो हुन्छ
    सेतो मनको सेतो मान्छे
    तिमीले जे देख्यो त्यही लेख्यो
    जसको शक्ति उसैको भक्ति गाउनेहरुको माझ
    तिमीले खोइ कुन्नी कसरी लेख्यो ?
    उनीहरुको काखमा लुतपुटिएर लेख्यो
    सत्य सधैं गोराका पाउ मोलेरै बस्छ भने
    मेरो कुनै गुनासो भएन ।
    तर तिमीले
    प्रेत भएको भक्त गोर्खाहरुको संगतबाट बिच्केर
    खोइ, मुटुको कुन कुनाबाट
    तिमीले लाली गुराँसको
    श्रद्धाञ्जली चढायौ मलाई
    मुरी मुरी धन्यवाद प्रकाश तिमीलाई ।

    -काःतिच, काःत, चुप्लु

  3. prakashsunuwar says:

    Kaatich bro,
    ha ha ha ha
    mero bhanda atit dai ra tapaiharuko po khaassako laagyo,,,
    tapaiharu jasto hastiharule mero lekhma comment garidindaa
    NAAKHA FULLERA KAAN-KAAN samma pugyo ha ha ha ha
    aba arko tapaiharuko pani padne chance paam la

Leave a Reply

Your email address will not be published. Required fields are marked *