All about Sunuwar

भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)

नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
रमिला कोरमोच सुनुवार, खिंजी चण्डेश्वरी, ओखलढुंगाकी, समाज सेवामा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती हुन् । उच्चा शिक्षा हासिल गर्नको लागि काठमाडौं खाडलमा भासिएकी उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । भाषा, धर्म, कला, संस्कृति संरक्षणको लागि विभिन्न कोणबाट लिइएका उनका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत : सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज/सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com

5 Comments to भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)

  1. astha laspalee says:

    … रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । …

    माथिको वाक्यमा “धर्म” भन्ने शब्द छुटेको छ नी,

    सुनुवारको(‘ले’ मान्ने होइन)धर्म के हो ?
    कि धर्मको पहिचान भएको छैन, छैनभने सुनुवार जातको धर्म कृश्थानी पनि राख्न सकिन्छ नी – हिन्दु त राखीनै सके, बुद्दिस्ट पनि हुँ भन्दै हिँडे, किरात धर्मका अनुयायी पनि हुँ भने

    खासमा के हो हाम्रो धर्म

  2. Hom Dasuch says:

    Namsewal Astha ju,
    pratikriya padeshya go aan boojeepti eenke denshyo lo rimshyo laati, maar hanayo koinch eein baarem joshyo tuishyo khodeb laati bresh kongunu, dharma chanhi sotantra chha mulnga jawanamee, tara koincha aan baaremi mishnga etihans tuishya yo booj pacheshyo chanhi rimshyo malang.hointinga aam dharma,ritiriwaj,lo,waa-shee,raagee taishya henthe dharma brashya gaashyo hana koinch madenthuiyo dumba,tara iechinga naya pindinga aal puki rimshyo bresh pashyo pukim lo rupnim koi koimi lo rupshyayo marupshyo khodep paainim, astha ji aasha hoiya sayed nellem rupmela rimshyo dumla, nellekali shubhakaamana.

    Hom dasuch

  3. Kaatich Koitsbu says:

    धन्यवाद आस्था लास्पाली -लास्पाच) जी, तपाई्रँको मत प्रति मेरो सयमा सय प्रतिशत सहमति छ । अवश्य पनि यहाँ धर्म भन्ने शब्द छुटेकै हो । हामी सचाउने नै छौं । हाम्रो रेडियो -कोइँच -सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम किङलो चुपलु, जुन काठमाडौको रेडियो उपत्यका एफएम ८७.६ मेगाहर्जमा प्रत्येक बुधवार विहान ८.३० मा र रामेछापको हजुरको रेडियो एफ एम १०२.३ मेगाहर्जमा प्रत्येक शनिवार ९.३० मा प्रसारण हुन्छ ।) र प्रत्येक महिनाको ९ र २३ गते पाक्षिकरुपमा प्रकाशित हुने कोइँच -सुनुवार) भाषाको समाचार गोरखापत्रको समावेशी पृष्ठ नयाँ नेपाल मार्फत यस वर्षको जनगणनामा आप\mनो नाम सँगसँगै कोइँचको आ-आप\mनो थर र धर्ममा किरात, जातिमा कोइँच, मातृभाषामा कोइँच र दोस्रो भाषामा बाहिङ वा नजीकको कुनै पनि आदिवासी भाषा लेखाउनुस् र लेखेको कुरा आपै+mले राम्ररी चेक गर्नुहोस् भनेर अनुरोध नै गरेका छौं । वर्तमान अवस्थामा कोइँच -सुनुवार पछिबाट खसीकरण नाम) हरुले सम्भावतः लिच्छवी, मल्ल र गोर्खा शासकको राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक उपनिवेशमा बाँच्नु वा जीवन निर्वाह गर्नु परेको साथै हिन्दू -विशेषगरी भारतबाट भित्रिएको बि्रटिश साम्राज्यको एकल शासकीय शिक्षा नीतिको प्रतिलिपि) दर्शनमा आधारित नेपाली शिक्षा नीतिको कारण आप\mनो धर्म, भाषा, कला-संस्कृति बिर्सीएका वा छोड्नु परेको वा छाड्न लगाइएकोले अवश्य पनि कोइँच समाजमा धार्मिक, साँस्कृतिक, भाषिक विचलन आएको छ । यो तीव्रतररुपमा वृद्धि भएको छ । यि यस्ता विचलनले अवश्य पनि कोइँचको पहिचान दिँदैन । अनि नि लास्पाली जी, तपाईँ जस्तै सचेत कोइँचको खाँचो छ समाजमा । यो नै हाम्रो जीवनमा पहिलो पटक स्व-पहिचानको कुरा उठाउने युवा जमातको पहिलो प्रतिनिधि तपाईँ नै हुनुहुन्छ । हामीले त यस्ता क्रियाकलापलाई जातिवादी लेपन लगाउन उत्प्रेरित युवा मात्रै बढी पाएका छौं । अन्त त अन्त नै भयो यही कोइँचको स्व-पहिचानको लागि सञ्चालित वेवसाइडका भित्तोमा पनि खोजी पस्नु भयो भने तपाईँ हामीले प्रशस्तै प्रतिक्रिया पाउँछौं । यस भित्तोमा प्रतिक्रिया मात्रै होइन र पहिलो पटक तपाईँको कबिता पनि पढ्ना पायौं यत्तिले मात्र पुगेन अब हामीलाई त तपाईँको कोइँच स्व-पहिचान झल्काउने, तार्किक र खोजमूलक लेखहरु पनि पो चाहियो, निरन्तर पढ्न पाउँ यस्ता रचनात्मक प्रतिक्रिया र कविता साथै लेखहरु भन्ने आशा छ । दे दोतथामे ? कोइँच सामिमि थाम कोइँच पा माहिँथु रामशिकिमशि पाशोनु जिशो ताशा गेरशो । बारशिला दुमला ।

  4. amrit lokuch says:

    sarba pratham ta yaha haru sabai lai namsewal ! hami hamro pahichan ko lagi afno bhasa besh bhusa parampara bujna ati jaruri bhayako cha kina bhane aaja hamro saskar saskriti haru lopanmuk aabastha ma raheko painacha rajya le pani yahi chai raheko jasto lagcha aja hamro bhasa bolne manche kam mai mtra ma paincha parampara saskriti birsera aru ko saskar maramai raheko aabastha dekhincha yadi yesai ho bhane babisya ka pidi haru sunuwar koinch jati kasari bujchan hola ek choti hami teta pani dhan dinu parne huncha tesai le aaja hami hamrop pahicha dilauna sunuwar besh busha lai ko promod redio progam documentri visiol ka madyam haru bata agadi badne payatna garairaheka chau yaha haru ko satha sahayog ko lagi danyabat.

  5. नाईलू क्याबचा says:

    Yesarui nai pratikriyatmak bahas haruleni thaupau dai gayo bhane balla hamro koitch sunuwar harru ma jagarupata palauthyo bhanne lageko cha malai …
    yesari aa aafno thau bata janeko ra bujheko thau bata khi na khi sunuwar ko lagi bhanera boldina wa gardine ho bhane hamro AMRIT ji bhannu bhaye jastai hamro vasa dharma ra culture ma ruchi nabhayeka koitchharule pani afno dhyan akarsan garauna sakchhan jasto malai lagcha ,,,
    tesai le yeha haru charai janalai yo upayogi bahas jari rakhna anurod gardai ……… namsewal…

Leave a Reply

Your email address will not be published. Required fields are marked *