sunuwar.org
Recent Comments

Archive for June, 2010

इम्चिलि थुँ

इम्चिलि थुँ
काइयोन मगेर्से
ताँ:आस्सेक दोत्थ फार्सेफार्से
मारम कार्सेकार्से
गेथछ्योल ना लुचछ्योल दुम्ति
चिरिनाबौरी वकग्योलग्योल दुम्ति ।

—अतीत मुखिया

  • Share/Bookmark

आदिवासी चलचित्र महोत्सव सकियो

यासपटकको नेपाल अन्तर्राष्ट्रिय आदिबासी फिल्म महोत्सवमा मेक्सिकन डकुमेन्ट्रीले बाजी मार्‍यो र  स्पेसल मेन्सन अवर्डकालगि चार नेपाली मातृभाषी कथानक फिल्महरु सालेज्यु (मगर), खोजीमा धिमाल (धिमाल),पोंग (तामाङ), सै (गुरुङ)लाई चुन्यो। दर्शक छनोट आधार रहेको पब्लिक च्वाइस अवार्ड भने लिम्बूभाषी फिल्म ‘फुङ्वामा’ ले पायो।

  • Share/Bookmark

लिखु ४ जलविद्युत परियोजना आदिवासी कोइँच (सुनुवार) को अधिकार अध्ययन प्रतिवेदन–२०१०

Click here to read लिखु ४ जलविद्युत परियोजना आदिवासी कोइँच (सुनुवार) को अधिकार अध्ययन प्रतिवेदन–२०१०

  • Share/Bookmark

आदिवासी साहित्य सौन्दर्य कोइँच थेःनि

—अतीत मुखिया
कोइँच साहित्यको खोज अनुसन्धान गर्ने आवश्यकता महसुस गरेर सुरुमा कोइँच साहित्यमा लागिपरेका हामी केही सर्जकहरुको आपसी राय अनुसार पहिला कोइँच बस्तिहरुमा प्रचलित जनजिब्रोमा रहेभएका बिधाहरुको संकलन गर्ने निधो गरियो । संकलन गर्ने क्रममा कोइँच साहित्य सर्जक भाई उत्तम (जो आफुलाई कोइँचबु काअ्तिच भन्ने कलमी नामबाट परिचय दिन रुचाउनु हुन्छ) र मैले आआफ्नो क्षेत्रका प्रचलित ल्काइँदास थेःनि संकलन गर्न थाल्यौ । यसरी संकलित थेःनि कुनै यथास्थितिमै र कुनै केही परिमार्जन गरेर गोरखापत्र लगायत अन्य पत्रपत्रिकामा प्रकाशित ग¥यौ । लगभग दुई वर्षसम्म संकलन गरिएका थेःनिहरुको गहन अध्ययन पश्चात मैले कोइँच साहित्य थेःनिमा पाइने मौलिक स्वदका बारे आदिवासी साहित्य सौन्दर्य थेःनि शिर्सकमा जनसाहित्यिक जमर्को बर्ष १ अंक ६, (२०६६) मा एउटा खोजलेख प्रकाशित गरेको छु जुन लेख मैले २०६५ फाल्गुन मै तैयार पारेको थिए । यसपछि पनि मैले पुन थेःनि संकलन गर्ने कागताली सौभाग्य पाए र यही कागतालीको वर्णनन् गर्ने प्रयास हुनेछ यो लेखाईको । यसलाई पाठकहरुले यात्रासंस्मरण मान्नपनि सक्नुहुनेछ । Read the rest of this entry »

  • Share/Bookmark

सुरेल भाषाको वर्ण निर्धारण कार्यक्रम

२०६७ अषाढ ७, ८ र ९ गते आदिबसी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान किन्द्रीय कार्यालय, जावलाखेल, ललितपुरले  लोपोन्मुख आदिबसी जनजाति सुरेल भाषाको वर्ण निर्धारण कार्यक्रम संचालन गरेको थियो।

  • Share/Bookmark

आदिवासी चलचित्र महोत्सव

आदिवासी चलचित्र महोत्सव असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा प्रदर्शन हुने छ।  हेर्ननभुल्नुहोला ।

महोत्सवमा देखाइने फिल्म

विदेशी
१। नागा स्टोरी : द अदर साइड अफ साइलेन्स
२। प्रेअर्स फर न्यु गड्स
३। एन्ड द रिभर फ्लो अन
४। आइज अन ह्वाट्स इनसाइड
५। लेस नोमादेस् दु सर्कल पोलेअर
६। कन्ट्याक्ट Read the rest of this entry »

  • Share/Bookmark

कोइँच संस्कृतिमा खुकुरी

अतीत मुखिया कोटेश्वर

कोइँच (सुनुवार) भाषामा खुकुरीलाई चुःब भनिन्छ । चु को अर्थ काँढा र ब को अर्थ भएको भन्ने हुन्छ । चुःब शव्द चलनचल्तिको भाषा हो । मुग्दुमि भाषामा चुःबलाई दाबे वा खारे भनिएको पाइन्छ । दाबे भन्नाले फलाम बाहेकका कुनैपनि धातुहरुबाट निर्मित कर्दभन्दा केही ठूलो खुकुरी हुन्छ भने खारे भन्नाले फलामबाट निर्मित खुकुरी जस्लाई चलनचल्तिको भाषामा चुःब भनिन्छ । कोइँच मुग्दुममा हसिया र खुकुरी बिषेशत सुन, चाँदी, तामा, पित्तल र काँसबाट बनाइने कुराको उजागर गरिएको पाइन्छ । ससि मुग्दुममा उल्लेख भएका सलाकमा इँगि खुर्मि र दुमा खुर्मि को उल्लेख पाइन्छ । इँगि खुर्मि भन्नाले सर्वव्यापी परमात्मा इँगिले चलाउने हसिया हो जो सुन र चाँदिको हुन्छ । सुनको हसियालाई सुनाखुर्मि र चाँदि तथा पितलको हसियालाई रुपाखुर्मि, ह्रोँपाखुर्मि भनिएको पाइन्छ । दुमा खुर्मि भन्नाले पुर्खाहरुले चलाउने हसिया जो तामा, पितल, फलाम जस्ता धातुहरुबाट बनेका हुन्छन जस्लाई आमखुर्मि, वामखुर्मि आदि नामका हुन्छन् । यसरीनै खुकुरीको उल्लेख पनि मुग्दुममा भएको पाइन्छ । मेग्यो मुग्दुमको खलो र मुइलि मुग्दुमको पिदारहरुमा उल्लेख भएअनुसार तोष्यखारे, मामाखारे, दामाखारे, फुल्पिङखारे, दावेखारे , सुनाखारे, रुपाखार,े ह्रोँपाखारे भनेर बिभिन्न प्रकारका खुकुरीहरुको उल्लेख गरिएको पाइन्छ । कोइँच मुग्दुमि ब्यक्तिहरुले आजसम्मै पनि मुग्दुमि कार्यगर्दा पितल र तामाका हसिया एवं कर्दहरु खेलाउने गरेको पाइन्छ । यसरी खेलाइने कर्द कोइँच मुग्दुम अनुसार कुनैपनि नाअ्सो (मुग्दुम जान्ने मुग्दुमि व्यक्ति)को मृत्यु भएमा मृत नाअ्सोले खेलाउने खारे (स्यानो खुकुरी वा कर्द) नयाँ बन्ने उत्तराधिकारी नाअ्सोलाई विधिपूर्वक नबुझाएसम्म मृतकको लास सतगतका लागि उठाउन मिल्दैन । यो परम्परा आदिमकाल देखिकै प्रथाकारुपमा कोइँच समुदायमा चलिआएको पाइन्छ । Read the rest of this entry »

  • Share/Bookmark