Archive for May, 2010
किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा तेश्रो ष्याँदर २०६७
सुनुवारहरुको माहन चाडँ षाँदर सारा विश्व भरि छरिएर बसेका सुनुवारहरुले आ-आफ्नै किसिमले उल्लास पुर्वक मनाए । यसै पावन अवसरमा किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा युकेमा बसोवास गर्ने कोइंच किरांतहरुले पनि आ-आफ्नै किसिमले मनाए। जुन तपाईहरुले याहँ हेर्नसक्नुहुन्छ ।Click here for photos
किराँतहरुको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै टुडिखेलमा ..
२९ मे २०१०: किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित टुडिखेलमा हर्ष उल्लस सगँ मनाइयो ।Click here for more photos
उपत्यकामा पहिलो पल्ट घर-घरमा “शुरो चो:तेक” कार्यक्रम को थालनि
२७ मे २०१०, ललितपुर, नेपाल; यसै उभौलि ष्याँदर पर्व देखि सु. से. स., जि. स. ललितपुर ले ष्याँदर पर्वलाइ गाउँ घरकै जस्तो पुर्णता प्रदान गर्दै लाने योजना अनुरूप “बुल्फे थुल्तेक” र “शुरो चो:तेक” कार्यक्रम को थालनि गरेको छ । पहिला हतिवन, टुडिंखेल र कोइंच भवन म सिमित ष्याँदर सिल अब “बुल्फे थुल्तेक” देखि शुभारम्भ भएर “शुरो चो:तेक” सम्म पुगेको छ । “शुरो चो:तेक” कार्यक्रम अन्तर्गत आज ललितपुरमा बसोवास गर्ने कोइँच वन्धुहरुको घर-घरमा शुरो अर्थात लक्षिण (सह) पुर्याउने काम गरियो । Click here for more photos
किराँत सामुदायको महान चाड उभौली
२७ मे २०१०, ललितपुर, नेपाल; किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित हातिवन मन्दिरमा उल्लासमय ढङ्गले मनाइयो । विभिन्न किराँत पुजारी ( नाँसो, नाक्सो आदि ) हरुले आफ्नो इष्ट देवी देवताहरुको पुजा-आजा गरि सम्पुर्ण मानव जातिको सुख र सम्वृद्दिको लागि वरदान मागे । विहान सबेरै देखि आफ्ना देवी देवताको दर्शन गर्न किराँत समुदायका भक्तजनहरुको घुइँचो लागेको थियो । किराँतहरु प्रकृति पुजक हुन, उभौलि पर्वको दिन बर्षा भएमा त्यो सालभरिको लागी शुभ साइत हो भन्ने जनविश्वास किराँतहरु माझ अझै छ । Click here for more photos
२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …..
२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा,सम्पूर्ण किरात दाजुभाइ तथा दिदिबहिनी ले सारा विश्व भरि उल्लास पुर्वक मनाइ रहेका छन् । यसै पावन अवसर मा काठमान्डु उपत्यका मा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन को षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिर मा उपस्थित भै शुभकामना आदान-प्रदान गर्नका साथै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गारिरहेका छन । कोइंच किरांत को ष्यांदर सिली तस्विर हरु यहां हेर्न सक्नु हुन्छ : Click here for more photos
बुल्फे थुल्तेक कार्यक्रमको चलदृश्य (भिडियो)
कोइन्चहरुको माहान चाड ष्याँदर पर्वको पुर्वसन्ध्यामा मनाइने बुल्फे थुल्तेक कार्यक्रमको चलदृश्य (भिडियो)













