sunuwar.org
Recent Comments

‘News’

के गर्दै छन् पहिलो कोइँच लोःका गीतकार ?

उनी लेख्छन् : तर कोइँचहरु पढ्दैनन् ।
उनी दिन्छन् : तर कोइँचहरु लिँदैनन् ।
एक कोइँच श्रष्टाको सिर्जना जिजिविषा (उनको भाषामा इरादा) कोइँचले नै मारिदिए ।
तीसको दशकमा जुन जोस र जाँगार बोकेर आफ्नै गोजीको खर्चले वनारस पुगेर पुस्तक छपाई गाउँ गाउँमा निःशूल्क बाँढे । तर कोइँचले उनको पुस्तकलाई महत्वहीन वस्तु ठाने । कसैले पढी दिएनन् । उनले सोचेँ, जनइच्छा विपरीत कुनै काम गर्नुृ मूर्खता हो । र, लेख्नै छाडे । उनले कोइँच भाषाको ठाडो भाकामा तीनवटा गीत लेखेको पनि पैतीस वर्ष नाघेउ । हो, अहिले पनि कोइँच भाषामा साहित्य सिर्जना र कोइँचको जनचासो त्यस्तै छ । कोइँच बन्न नसकेका सुनुवारहरु अभैm पनि कोइँच भाषामा बोल्ने, लेख्नेलाई पाखेको संज्ञा दिन्छन् र आफु शहरिया विकासित समाजको भेडो सम्झिन्छन् । खोइ कुन्नी कुन मुहुर्तमा उनले यस कामको थालनी गरे । पहिलो गाँसमै ढुंगा परेछ । उनले अर्को कृति लेख्ने जोशजाँगर नै चलाएनन् वा कोइँचहरुले चलाइदिएनन् । बेपत्तासित हराइ दिए – साहित्यिक फाँटबाटै । यसो भेट्नेहरुलाई पनि थाहा छैन उनी कोइँच भाषामा गीत लेख्ने पहिलो व्यक्ति हुन् । के गर्दै छन् त ती कोइँच श्रष्टा हिजोआज ? सबैलाई चासो जाग्नु स्वभाविक हो । आउँदो श्रष्टा स्तम्भमा उनीसँग तपाईको भेटघाट गराउने छौं । सुनुवार डट ओआरजि log on गर्दै रहनुहोस् …

  • Share/Bookmark

क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा–२०६७ : कोइँचखिँमा सञ्चालन भयो

भाषा, साहित्य, कला–संस्कृति हाम्रो पहिचान : जातिय स्वायत्त राज्यले मात्र गर्छ संरक्षण ।
यालाखोम, १९ भदौ । आज क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा समापन भयो। प्रमुख अतिथिमा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार अतिथिहरुमा टिकाराम मुलिचा, मनप्रसाद सुनुवार, वाइ वि सुनुवार, चम्पक सुनुवार, गोपाल सुनुवार, गुञ्जबहादुर सुनुवार, ले. मानबहादुर सुनुवारहरु हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता रणवीर सुनुवारले गर्नुभएको थियो र उत्कृष्ट सुनुवार विद्यार्थी प्रोत्सहन पुरस्कार–२०६७ खिँजी काती गाविस वडा नं ४ का भुवान सुनुवारको छोरा विक्की सुनुवारले ८८.८ प्रतिशत अंक प्राप्त गरी यस वर्षको उत्कृष्ट विद्यार्थी पुरस्कार प्राप्त गर्नु भयो ।

  • Share/Bookmark

NEPALI FETE IN LONDON RICHMOND 2010‏

Dear all
Namsewal

I would like to express big thank you on behalf of KSWS UK to all members who participated in Nepali mela in Richmond on 28th of August 2010 despite their heavy work commitment. Just other members let know who may not have aware of reason of organizing this Nepali mela. Main aim of this Napali mela was to allow opportunity to all Nepalese community ethnic groups to perform their Jhanki wearing own traditional attire,introduce identity of own community and show cultural dance.

Big pat on back specially to Purna sunwar (treasurer) who looked after to all members make sure they are fed well and  provided drinks to all members carrying from home. Hom sunwar who played cymbal enthusiastically to draw spectators attention toward sunuwar group while performing Jhanki and Badri sunuwar who arranged Dhol and carried Bow and Arrow around shoulders. Lokpriya Sunuwar former Chairman KSWS kathmandu Nepal and present advisor who played great role organising dhol group then he led Dhol group making sure dhol rhythm playing in right way until march pass was completed. Pushpa who introduced sunuwar history and culture in english while sunuwar Jhanki was performing WELDONE Pushpa.  Avishek  sunuwar and Jenny sunuwar who performed excellent dance wearing sunuwari attire. You can view their dance in you tube as well as other event.

Once again thank you very much for your all your hard work and we are proud of you. As a result of this we have been highlighted and we are praised by other communities. Many thanks..

Kind regards

Janga Sunuwar

vice chairman

KSWS UK

  • Share/Bookmark

A Kiranti-Kõits Ethnography

A Kiranti-Kõits Ethnography

Kiranti-Kõits (Sunuwar, Sunwar, Bhujuwar, Pirthwar, Mukhiya, Mukhia, Surel) Ethnography, Mongoloid-stock, history, identity, language, script and culture-Sikkim-India, Nepal, UK, USA, Canada, Austr… by Dr Lal-Shyãkarelu Rapacha in Humanities … READ MORE >>..

  • Share/Bookmark

कलंकीमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै ६ वर्षको यसोदा सुनुवारको मृत्यु

चुप्लु समाचारदाता
यालाखोम, ६ भदौ । रामेछाप जिल्ला फारपु गाउँबाट उपचारको लागि एक हप्ता अगाडि काठमाडौं भित्रीएका यज्ञबहादुर सुनुवारको परिवारले अप्रिय दुर्घटनाको सामना गर्नु परेउ । यही शनिवार विहान चर्चमा प्रार्थना गर्न जाने क्रममा बा १ क ५७०९ नं. को ट्रकले कलंकीमा ठक्कर दिँदा घटनास्थलमै ६ वर्षको छोरी यसोदा सुनुवारको मृत्यु भयो भने आमा पदमकुमारी सुनुवार गम्भीर घाइते हुनपुगिन्् । यसोदा सुनुवारको लास अहिले टिचिङ अस्पतालमा छ भने भोलि दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ । आमा भने सातदोवटो घरमै वेहोस अवस्थामा छिन । सम्बन्धित स्रोत व्यक्तिका अनुसार टाराक कालीमाटी वडा प्रहरी कार्यालयले आप्mनो नियन्त्रणमा लिएपछि आज अप।ान्ह ४.०० वजे क्षतिपूर्तिको लागि छ लाख पच्चीस हजार पिडीत व्यक्तिलाई उपलब्ध गराइएको छ ।

  • Share/Bookmark

फर्पु निवासी एक सुनुवार आमाछोरीलाई ट्रकले किचियो

आज बिहान बल्खु चर्चमा प्रार्थना गर्न जाने क्रममा रामेछाप फर्पु निवासी एक सुनुवार आमाछोरीलाई ट्रकले किचेको समाचार प्राप्त भएको छ । छोराको घटनास्थलमै मृत्यु भएको छ भने आमा वेहोस अवस्थामै छिन् । उनलाई प्रहरीले उद्धर गरेर अस्पतालमा लगिएको छ । विस्तृत जानकारीको लागि हाम्रो वेव हेर्दै रहनु होला

  • Share/Bookmark

आदिवासी जनजातिको आन्दोलन : राजनीतिक दलको चलखेल

कोइँचबु काःतिच
आदिवासी जनजातिको देशव्यापी चक्काजामले आंशिक सफलता प्राप्त गरेउ । काठमाडौं उपत्याका लगायत देशभरि चक्काजाम गर्ने प्रचारप्रसार एक महिना अगाडि नै तय गरेको थियो नेपाल आदिवासी जनजाति महासंघले । तर उसले सोचे जस्तो चक्काजाम सफल हुन सकेन । भाडाका गाडीले हुटभरि यात्रु बोकेर काठमाडौंको रिंरोडमा गुडीरहेका थिए । मोटरसाइकाल सामान्यरुपमै चलीरहेको थियो । टेक्सी सडकहरुमा चर्को भाडा असुलेर मानिसको ओसारपसार गरीरहेका थिए । सडकमा आन्दोलनकर्मीहरु कोही पनि देखिँदैन थिए । तै पनि ठूला यातायात व्यवसायीहरुले आदिवासी जनजातिको अनुरोधलाई मानीदिएको पाइयो । लामो दुरीको कुनै पनि गाडी सडकमा गुडेनन् ।
आदिवासी जनजातिका नेताहरु भने कोही पनि सडकमा देखिएनन् । सडक नेतृत्वविहीन थियो । दुई तीन वर्ष अगाडि लुंदर टाँगेर सां पोलेर सडक नै मगमग बासना आउने बनाएको पत्रपत्रिकामा चर्चा पाएको शेर्पा समुदायहरु पनि यो चक्काजाममा चावहिलमा देखिएनन् । यसो भनौं कतै पनि महासंघको उपस्थिति देखिएन । Read the rest of this entry »

  • Share/Bookmark