Recent Comments

‘Notice Board’

चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना

यस सुनुवार सानज बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७३/०८/१२ गते बसेको संचालक समितिको बैठक बाट निर्णय भए बमोजिम निम्न मिति, स्थना र समयमा संस्थाको चौथो बार्षिक साधारण सभा बस्ने भएको हुदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

सभा हुने स्थान र समय
मिति २०७३/०८/२५ गते
स्थान : सुनुवार सेवा समाज भवन ३५, काठमाडौं
समय : दिनको १२ः ३० बजे

Share

नाम–सि फु (पिरतीका फु)

Namsi fuबल्ला फक्रियो पिरतीको पूmल नाम–सि फु । एक वर्ष नै लाग्यो पिरतीको मुना फुल बन्न । अब चलचित्र सुटिङको तयारीमा । ७ वटा गीतको सँगालो नाम–सि फुमा शिव, शिशिर, महेश, काःतिच, पाम, लेखबहादुर, कोर्मोच अरुण, बबिता, सर्मिला, रमिला सुनुवारको स्वर समेटिएको छ । सलाक, ठाडो भाका (रामदले), टुङ्ना, बास्सैबाजा र पूर्वेली मारुनीको जुवारी लगायत शिर्ष गीत लोक आधुनिकमा गाइएको छ ।
अब बजारमा चाँडै आउँदै छ ।

Share

हार्दिक समावेदना : ३.बजेबाट आर्यघाटमा दहासंस्कार

हाम्रा परममित्र वृहस्पति सुनुवार, खिँजी चण्डेश्वरी, माझगाउँ ओखलढुङ्गाका पुजनीय मुमा कमला सुनुवार ७० वर्षको उमेरमा ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरमा उपचार गराउँदा गराउँदै असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई पार–मोसिरि इँगिले धैर्यधारणा गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समावेदना प्रकट गर्दछौं ।
उत्तमकुमार सुनुवार, समीर मुखिया सुनुवार, रणवीर सुनुवार, पाम सुनुवार सुरज, मनप्रसाद सुनुवार तथा सुनुवार डट ओआरजि र चुप्लुसमाज परिवार ।
अहिले ३.बजेबाट पशुपति आर्यघाटमा दहासंस्कार हुँदै छ ।

Share

के यो संविधान संसारकै सर्वोत्कृष्ट छ ?

साथीहरु आजदेखि हाम्रो फेसबुक लगायत सबै सामाजिक सञ्जालको trend‪#‎ForPeacefulNepal‬ हुनेछ ।
——————————–

कुरा के हो भने जाडोमा माझमा सुत्ने साथीले छेउमा सुत्न मान्दैन । उसलाई छेउमा सुताउन संघर्ष नै गर्नु पर्छ । यो माझमा सुतेका शासक साथीहरु उसै त कोखामा दाह्र भएको भनिन्छ, त्यति सजिलै छेउको बासमा सुत्न राजी हुने कुरै भएन । हामी छेउ लागेकाको कुरा माझमा सुत्न पाम पाम भनेर अनुनय विनय गर्ने बानी परेको हुँदा बच्चा जस्तै डाइला गरिरहेको छाम् ।
जाउँ हिँड पोखरा र कब्बडी कब्बडी एकै दिन रिलीज भो । जाउँ हिँड पोखराका निर्देशकले यति गुणगाण गाए कि कब्बडी कब्बडी काबाडी नै हो । सन्सारको उत्कृष्ट फिल्म जाउँ हिँड पोखरा नै हो । र, जाउँ हिँड पोखरा भनेको फिल्मविज्ञहरुले बनाएको हो । आफ्नो २५ औं फिल्म निर्देशनको अनुभवले जोडदार, उत्कृष्ट प्रस्तुति भन्न भ्याए । आफ्नो फिल्मको त प्रशंसा र व्याख्या प्रचार प्रसार गरे नै कब्बडी कब्बडीलाई नौटंकी गर्नेहरुको फिल्म, त्यसमा नाटक खेल्ने कलाकारलाई लिएर बनाएको फिल्म भन्न पछि परेनन् । हो, यस्तै नेपाली फिल्मी क्षेत्रको खोकी र सस्तो लोकप्रियताको प्रचारशैलीमा प्रधानमन्त्री ओली र तिनका मतियार प्रचण्ड “नेपालको संविधान” लाई संसारकै सर्वोत्कृष्ट भनीरहेका मात्र छैनन्, आफ्ना कार्यकर्ताहरुलाई पढ्न नजानेर राम्रो छैन भनेका हुन् पढ्न सिकाउनुहोस् भन्दै विज्ञापन गर्दै हिडेका छन् । अबका नेपाली जनता उल्लु छैनन् र त्यत्तिको मुर्ख पनि होइनन् कि पार्टीका कुनै कार्यकर्ताले भन्दैमा विश्वास गरिहाल्ने ।
२०४७ सालको संविधानलाई पनि संसारको सर्वोत्कृष्ट संविधान भनेकै हो । अहिलेको तीन बाहुनको सम्झौतामा बनेको संविधानालाई पनि उत्कृष्ट भन्दै आफ्नै पार्टी च्यानालबाट स्थानीयस्तरसम्म ह्विप जारी गरी जबर्जस्ती मान्छे थुपारेर खोक्ने प्रयास गरिएको छ । संसारको सर्वोत्कृष्ट भनेको २०४७ सालको संविधानले पाँच बर्षमा जनयुद्ध निम्तायो । अहिले त संविधान जारी नहुँदै अघोषित युद्धको जग हालेको छ । खसबाहुनले गरेको आन्दोलन मात्र आन्दोलन, आदिवासी जनजाति, मधेसीहरुले गरेको आन्दोलन नदेख्ने काठमाडौंले दश वर्षे जनयुद्धभन्दा खतरा दिनलाई निम्तो दिएको हो कि भन्ने आभाष मिल्छ । यसैले सचेत नेपाली नागरिकहरु सबै सचेत हौं । जागौं । त्यस्तो अवस्था आउन नदिना शासकवर्गलाई आ–आफ्नो क्षेत्रबाट शान्तिपूर्ण दबाब दिऔं ।

Share

हार्दिक समावेदना ।

केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइश्शि लाँ लाचा ।

atiramजसलाई यो समाजको लागि धेरै आशा थियो, उसैले यो सन्सार छाडेर गएपछि सपनाहरु अधुरै विचल्लीमा परेका छन् । बढो दुःखद घटनालाई मनले नमानी नमानी पनि स्वीकार गर्नु पर्ने अनुभूती शुन्य यो पीडा । किन, हामी जुन व्यक्ति प्रति धेरै अपेक्षा गरीरहेका छौं उही व्यक्ति हामीसँग टाढा हुन्छ ? शायद … शायद …
सुनुवार सेवा समाज, केन्द्रीय समितिका सदस्य शोभा सुनुवारका दाजु, जुझारु, संस्कृतिप्रेमी, समाजसेवी साथै शिक्षक हाम्रा अनन्य, सहहृदयी मित्र रामेछाप भूजी वडा नं. ३ ठिन्केप पिपलडाँडाका नवराज सुनुवार (अतिराम) को हिजो काठमाडौं आउनेक्रममा काभ्रेमा मोटरसाइकल दुर्घटनामा परी असमायिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामनासहित इँगिबुलबुल सायबुलबुल आत्मले बुइश्शि लाँ समातेर इँगिसोरी आनिलासिरि पार्मेसोरीमा समाहित होस् भनि आदारनाम्दार टक्राउँदै यस दुःखद घडीमा शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समावेदना (उइत्थिखाइलि) प्रकट गर्दछौं ।

मनप्रसाद सुनुवार, रणवीर सुनुवार, समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार लगायत

सुनुवार सेवा समाज केन्द्रीय समिति, चुप्लु समाज, सुनुवार डट ओआरजि सम्पूर्ण परिवार ।

Share

कोइँच दृष्टिकोणमा नेपालको संविधान र हतास कोइँच युवाप्रति

DSCN8979–कोइँच बु काःतिच
१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेदेखि नेपालमा लिखित कानुनको शुरुआत भएको पाइए ता पनि इष्ट इन्डिया कम्पनी त्र्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको अवस्थामा हुकुमी शासन नटिक्ने ठानी पद्म सम्सेरले नेपालको बैधानिक कानुन २००४ नामक पहिलो लिखित संविधान बनाउन लगाए तर यो आंशिकरुपमा मात्र लागु भयो । जसमा शक्ति बाँडफाँडको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संवैधानिक व्यवस्था गरिए पनि राणा शासनलाई लामो समय टिकाइ राख्न श्री ३ महाराज राणा प्रधानमन्त्रीको अधिकारलाई कुनै कन्जुस्याई नगरि पूर्णरुपमा अधिकारसम्पन्न बनाइएको थियो । तर नागरिकको मौलिक हक, स्थानीय निकायको व्यवस्था, महालेखा परिक्षक, लोकसेवा आयोग, निशूल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था भने विना कञ्जुस्याईँ संविधानमा गरिएको थियो । यतिसम्म कि मुलुकको शासन सञ्चालन गर्न निर्वाचित तथा मनोनित प्रतिनिधिले मात्र सक्ने कुरा संविधानमै उल्लेख गरिएको थियो । त्यस्तै त्यस्तै नक्कल संविधान सभाले २०७२ सालमा बनाएको छ ।
उही खस बाहुनलाई माथिल्लो दर्जाको संवैधानिक जाति र हामीलाई चाहिँ तेस्रो दर्जाको नागरिक । यसमा होमा हो का साथ लाहाछाप लाउने आदिवासी जनजाति भनौदा पाजीहरुको के कुरा गर्नु तर चिन्नु जरुरी छ जनताको शक्ति हामीसँगै छ । दिन आउँछ । नथाक्नुहोस् आदिवासी जनजाति नेता र नथाक्नुहोस् आदिवासी जनजातिको अधिकार वहस पैरवी गर्ने सामाजिक कार्यकर्ताहरु । हाम्रो पहिचानको लडाईँ निरन्तर जारी छ ।
सुनुवार र मुखिया जडौरी पहिचानबाट मुक्त भै खाँटी कोइँच पहिचानको लागि अहोरात्र खट्नुहुने सबै कोइँच सामिबुमा आफ्नो पहिचानको युद्धमा कहिल्यै हतास नहुन अनुरोध छ । यो युद्धमा हिड्ने युवा साथीहरुमा हिजै मात्र पनि आत्मग्लानि र दिक्दारीको रुवावासी चल्यो । तर यि आँशुले एक दिन सार्थकता पाउने छ । हाम्रा शत्रु खस बाहुन हुन् भनेर रट्नु भन्दा पनि कोइँचको नाममा राजनीति गरेर ढाँडमा टेकेर घाँटीमा हान्ने सुनुवारहरु नै हाम्रो पहिलो शत्रु हुन् भन्ने कुरालाई पनि अब बिर्सनु हुन्न । सर्पसँग थोरै भए पनि बिख हुन्छ, खोइ कुन्नी अब कोइँचमा इख छ कि छैन समयले देखाउने छ । जाग युवा सधैं यही अवस्था रहँदैन, हाम्रो पनि पालो आउँछ । जालझेल र हेपुवाचेपुवा प्रवृति सधैं रहँदैन । छेउको सियो वीच र कुनामा पनि पुग्छ । कोइँच पहिचानको लागि लागी पर्ने एक जना जुझारु कोइँच युवाले सुनुवार सेवा समाजको भवनमा झारेका नुनिला आँशुले तमाम कोइँचको मन पोल्छ पोल्दैन कितनसाथ भन्न नसके पनि पहिचानवादी हामी कोइँचहरुलाई सदादिन पिरोली रहनेछ । हेरौं अभैंm बाहुनवादी कोइँच बन्न नसकेका सुनुवारको बाँकी दिनहरु कति नुनचुक दल्नमा उत्प्रेरित हुनेछन् । तर मन अमिलो बनेको छ, भाई … हतास नहुनु, हरेस नखानु, हिजोभन्दा भोलिको दिन सुनौलो छ अवश्य । अरु सधैं अरुकै लागि लडीरहेको बेला तिमी आफ्नै पहिचानको लागि लडेका छौं यो लडाइमा हाम्रा खाँटी कोइँचहरुले सम्झीरहनेछन् ।

Share

हार्दिक श्रद्धाञ्जली

baju adहार्दिक श्रद्धाञ्जली

Share
Subscribe
Archives
Facebook