Recent Comments

‘Interview’

यथासम्भव चाँडो राहत दिलाउनुपर्छ

shree prasad limbu-अध्यक्ष
श्रीप्रसाद लिम्बू
नेपाल आदिबासी जनजाति महासंघ बेलायत

गोर्खाआर्मीका डब्लु ओं टु बाबा धनबहादुर लिम्बू र आमा बिष्णुकुमारी लिम्बूकोकोखबाट मलेसियामा ५० बर्ष अगाडि जन्मेका श्रीप्रसाद लिम्बूको पुर्खौली घरताप्लेजुङ्ग खेवानमा हो । २५ बर्ष ब्रिटिश आर्मीमा सेवा गरेपछि सन् २००४ मालेफ्टिनन्ट पदमा अवकास लिएका उनी सगरमाथा गोर्खा नेपाली समाज फोक्सटनयुकेका संस्थापक अध्यक्ष हुन् । किराँत याक्थुंग चुमलुंग बेलायतको अध्यक्षपदमा ४ बर्ष जम्मा दुई कार्यकाल नेत्तृत्व प्रदान गरिसकेका लिम्बू सन्२०१२ देखि नेपाल आदिबासी जनजाति महासंघ बेलायतको अध्यक्ष पदमा नेतृत्व हाँकिरहेका छन् । यसै गरी एन आर एन बेलायत,संघीय समाजबाद बेलायत आदि जस्ताअन्य सामाजिक तथा राजनीतिक संघ संस्थाहरुमा सल्लाहकार समेत रहेका छन् ।नयाँ बर्ष२०७२ बैशाख १२ गते मंगलबार मातृ भूमिमा गएको महाविनाशकारी भुकम्पपीडितहरुलाई राहत वितरण गरेर लिम्बू हाल बेलायत फर्केका छन् । प्रस्तुत छनेपाल आदिबासी जनजाति माहासंघका अध्यक्ष श्रीप्रसाद लिम्बूसँग राहत वितरणसम्बन्धी गरेको छोटो कुराकानी ।

प्रश्न – भुकम्प पीडितहरुलाई राहत कहिले वितरण गर्नुभयो ?
उत्तर – बैशाख १२ गते महा प्रलयकारी भुकम्प आउनु अगाडि म आफ्जोमातृभुमिमा पारिवार तथा आफन्तहरुसँग भेटघाट गर्ने क्रममा पुगेको थिएँ।भुकम्प आउने दिन म भेडेटारमा थिएँ । सिङ्गो देश रोदनमा थियो । मर्महात हुँदैम राजधानी हानिएँ। मे दुई तारीखको दिन साँखुमा मैले रु।पाँच लाख राहत रकमआदिबासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरकोनेतृत्वलाई हस्तान्तरण गरे । Read the rest of this entry »

Share

फेसन बन्दै गएको स्थानीय महोत्सव र राजनीतिक अभिष्ट

–कोइँचबु काःतिच
थाहै नपाई महोत्सवहरु हुन्छन् । किन महोत्सव गरियो कसैलाई थाहा छैन । कि राजनीतिक स्वार्थ पुरा गर्न कि त कसैको व्यक्तिगत फाइदाको लागि । हाल भई रहेका महोत्सवहरु चन्दा उठाएर व्यक्ति मोटाउने बाहना मात्र भएको छ । सिमित स्वार्थले महोत्सवहरु भएको छन् र यसले स्थानीयस्तरमा आम्दानी भन्दा महंगी वृद्धि गरिरहेको छ । महोत्सव भनेको जुवा तास खेल्ने जात्रा मात्र बनेको छ र नेताहरुले ठूला–ठूला गफ हाँक्ने खुलामञ्च साथै आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट ।
अहिलेसम्म लाखौं खर्च गरेर भएका महोत्सवहरुले कही कतै स्थानीय आकर्षणको प्याकेज बेचेको वा स्थानीय महोत्सव भएको स्थानमा होटल, रेष्टुरेण्ट, रिसोर्ट आदि बनेको छैन । विदेशी पर्यटक आएर लुइँ लुइँ आफ्नो बाटो लागेर हिमाल हेर्न जानु वा अन्तको कुनै पदयात्राको बाटोमा जोडिनु स्थानीय महोत्सवहरुको उद्देश्य होइन र हुनु पनि हुँदैन । कुनै पनि दुरगामी सोँच नबोकेको महोत्सव बर्षे भेल बाहेक अर्को केही पनि होइन । Read the rest of this entry »

Share

Koinch writer Tilak Bahadur Sunuwar (video Interview)

http://www.sunuwar.org/video/interview/Tilak_Bahadur.flv

Tilak Bahadur Sunuwar ( video interview )

Share

जीवन संघर्षमा पैसाको लागि कला सिर्जना गर्दै जाँदा…

‘पैसाको लागि काम गर्दा गर्दै यस स्थितिमा आइपुगियो । अहिले मात्र थाहा भयो मेरो पूर्खाको कलालाई व्यवसायिक बनाउने काम गरेको रहेछु ।’ बुबाआमा र प्रेमिकाले माया गरेर बोलाउने नाम नारान हो । साथीहरुले कसैले नारायण र कसैले भुन्टे भन्छन् । उनलाई गाउँलेहरुले जेठा भन्छन् । नागरिकतामा भएको नाम नारायण सुनुवार (आप्mनै मातृभाषामा सुरोहामसो बगाले सोङना नाम राख्दा पनि हुने उनको मन छ उल्था गरेर तर उनलाई गुनासो छ आप्mनो मातृभाषा नै जान्दैनन् ।), पेशाले एन्टिक सोभिनियर व्यवसायी हुन् । तर उनको लगाव कोइँच (सुनुवार) को कला संस्कृति संरक्षणतिर छ । आपैंmले राँबो र बसिलाले कुँदेका काठका खेलौना सामानहरु काठमाडौं खाल्डाको झोँछे, ठमेलमा बेच्दा बेच्दै एन्टिक आर्ट कलेक्टर हुँदै बिट्सका होलसेल व्यवसायी भएका उनी अहिले कोइँच (सुनुवार) को हरेक कार्यक्रममा भेटिन्छन् । दुमादुले (ढोल) बजाएर शाँदारमा कम्मर मर्काइ मर्काइ नाच्छन् । उनको पुख्र्यौली गाउँ चुप्लु (ओखलढुङ्गा) जिल्लाको पश्चिम दक्षिणी सुनकोशीको तीर चुप्लु पला पुँमा पर्छ । तर पछिल्लो समय सिन्धुली सिर्थौलीतिर बसाइसराइ गरेका छन् । अहिले उनी ठमेलको आप्mनै क्युरियो पसलमा भेटिन्छन् ।
कोइँचहरुले व्यापार गर्ने कुरा मुश्किलैले कल्पना गर्न सकिन्छ । कोइँचमा जन्मिनु अगाडि नै लाहुरे सपना वीजारोपण भएको हुन्छ भन्दा अत्युक्ति नहोला । तर नारायण सुनुवारको मन मस्तिष्कमा कहिल्यै विदेश भासिने सपना पलाएन । र त, उनी क्युरिओ साहु जी भएका छन् । अहिले उनी बिट्स (माला) उत्पादक तथा अधिकृत विक्रेता हुन् । उनीको उत्पादन चीन, ताइवान, भारत र जर्मनमा बढी जान्छन् । Read the rest of this entry »

Share

… अधिकारको उपयोग गर्न नपाउने ?

कोइँच (सुनुवार) सेवा समाजले २०६३ सालदेखि आधिकारीक रुपमा वल्लो किरात स्वायत्त प्रदेशको प्रस्ताव अगाडि सार्दै आएको भए त पनि इतिहासले वल्लो किरातको अस्तित्व प्रष्ट रुपमा उल्लेख गरेको छ । सुनुवार सेवा समाजको काठमाडौं घोषणा पत्र सार्वजानिक भए पछि वल्लो किरातको रुपमा विभिन्न समयमा स्थानीय संघसंस्थाका मुखपत्र, पत्रिका र कोइँच मातृभाषाका सञ्चार माध्यममा वल्लो किरातको आवाज उठी नै रह्यो । त्र राज्यको एकात्मक भाषिक विभेदका कारण यो आवाजलाई देशव्यापी गर्न नसकिएको कसैबाट लुकाउनु पर्ने कुरा भएन । तै पनि कोइँच (सुनुवार) समाज चुपचाप लागेर बसेन । केन्द्रीयस्तरको जातीय नेताहरुले बाध्ये भएर २०६६ मा वल्लो किरात मस्यौदा समिति गठन ग¥यो । जसको संयोजन सुनुवार सेवा समाजका उपाध्यक्ष मनप्रसाद सुनुवारले गर्नु भएको थियो । उहाँको संयोजनमा वल्लो किरातका किराती (जेरो, बाहिङ, सुरेल, हायु, थामी, जिरेल, कोइँच÷सुनुवार) हरु आफ्नो ऐतिहासिक पहिचानको लागि एकजुट भए र अहिले वल्लो किरात स्वायत्त प्रदेशको साझा अवधारण पत्र सार्वजानिक गर्दै सशक्त संघर्ष गर्न वल्लो किरात संघीय राज्य परिषद गठन भएको छ । उक्त परिषदको अध्यक्ष मनप्रसाद सुनवारसँग वल्लो किरात स्वायत्त प्रदेश सम्बन्धि कुराकानीको केही अंश: Read the rest of this entry »

Share

राज्य यथास्थितिवादी सोँचबाट मुक्त हुन सकिरहेको छैन

नविन सुब्बा, इन्डिजिनिअस फिल्म अर्काइभ (आइफा) का अध्यक्ष, नेपाली चलचित्रवृतमा फरक सोंच बोकेका एक योद्ध हुन् जसका विचारले धेरै आदिवासी चलचित्रकर्मीलाई पहिचानको लडाइमा डोराएको छ, भनीरहँदा तागेरा निङमाफुमाको अगाडि सृष्टिको बखान गरे जस्तै हुने छ । मुक्दुमका सलाक (ऋचा) हरु नाअ्सोलाई जस्तै गरी उनलाई नआउन सक्छ । तर रामायाण, महाभारत, बाइबाल, कुरान, त्रिपिटक भन्दा बढी उनी मुक्दुमलाई नै सुम्सुमाउन सक्छन् । हो, यही अनुभूतिले उनलाई सधैं नयाँ काम गर्ने जाँगर दिँदो हो । र त, सधै जोस जाँगर छ उनमा, ‘केही परम्परावादी सोंचले ग्रस्त चलचित्रकर्मीहरुलाई मेरो सम्बन्धमा राजनीतिकर्म बढी र चलचित्रकर्म कम लाग्ला । हिजोकै जस्तो एक भाषा, संस्कृतिलाई प्रवद्र्धन हुने किसिमको चलचित्रहरु बनिनु हुँदैन । चलचित्रकर्मी पनि सामाजिक, राजनीतिक रुपले सचेत हुनुपर्छ । चलचित्रले पनि बहुभाषी, बहुजाति, बहुसंस्कृति भएको नेपाली समतामूलक समाजको चित्रण गर्नु पर्छ भन्नु अस्वभाविक हुन्छ जस्तो लाग्दैन । यस अभियानलाई कसै न कसैले त जिम्मेवारी लिनु नै पर्ने हुन्छ । त्यही जिम्मेवारी मात्र वहन गरेको हुँ । ’ Read the rest of this entry »

Share

उपनिवेशवादीहरु कहिल्यै आदिवासी हुन सक्दैनन् ।

दिनेश घले पेशाले अधिवक्ता हुन् । उनको पूर्खको पूख्र्यौली भूमि बार्पाक गोरखा भए पनि हालको बसाइ र जन्मको आधारमा खिकामाछा (भोजपुर), किरात प्रदेशका नागरिक हुन् । हाल पहिचानको खोजीमा संघर्षरत घले लिल फङ (घले समाज) का अध्यक्ष, आदिवासी जनजातिका मानवाधिकारको लागि वकिल समुहका उपाध्यक्ष तथा आदिवासी जनजाति बृहत् मोर्चा नेपाल संघर्ष समितिका पनि सदस्य हुन् । उहाँसँग आदिवासीको मानवाधिकारको बारेका उहाँकै कार्यालय लाहुर्निपमा रणवीर सुनुवार र उत्तम सुनुवारले durdaa.comSunuwar.orgलागि लिइएको कुराकानी :

मानवाधिकार भन्नले कसरी बुज्नु पर्दछ अर्थात् मानवाधिकारको सिद्धान्त के हो ? के आदिवासी जनजातिको अधिकार पनि मानवाधिकारभित्र नै पर्छ ? वा समुदायको अधिकारलाई पनि मानवाधिकार भनिन्छ ? आदिवासीको हकमा कानुनीरुपमा मानवाधिकारको व्याख्या वा परिभाषा कसरी हुनु पर्छ ? Read the rest of this entry »

Share
Subscribe
Archives
Facebook