All about Sunuwar

Articles

now browsing by category

Articles

 

मामाकाे कान डढाएकाे सम्झिँदा अझै मन चिउँ हु‍न्छ

-शाहकृष्णसुनुवार

बुबा आमाकाे भनाई अनुसार म छ महिनाकेा हुँदा देखिकाे दायाँ बायाँ दुवै पाखुराकाे भित्रिपट्टिकाे भाग र दुवै घुँडादेखि मुनिकाे अघिल्लाे पाटाेकाे भागमा सँधै एक किसिमकाे मज्जाले चिलाउने र पानी सरा जस्ताे भरिए पछि पीप भरिदै घाउ हुने पालाे पालाे कुनै न कुनै ठाउँमा निस्कि राख्ने कहिले निकाे नहुने राेगले सताइ राख्ने थियाे ।बुबा आमाले गाउँ घरमा मन्साउने फुकाउने तन्त्र मन्त्र जानेबुझे सम्म सबै गराउँदा पनि केहि सीप नलागे पछि थाकेर बस्नु भएकाे थियाे,त्याे बेला गाउँघरमा स्वास्थ्य चाैकी हेल्थपाेष्ट केहि पनि थिएन।त्याे घाउ आखिर मैले एस एल सी दिने बेलासम्म पनि जाति भएन।त्यहि घाउकाे कारण मेराे उपनाम घाउरे बनेकाे थियाे र मेरा वरपर छेउछाउ बस्न धेरै मानिस घिनाउथे र एक किसिमले म छिछि दूर्दूर भएकाे महशुस गर्थेँ ।कुनै कुनै बेला रीस उठ्दा वा चित्त नबुझ्दा ए साले घाउरे भनि हाल्थे।तर एउटै मानिस जसले मलाई तीन बर्षसम्म कहिल्यै आफ्नाे समिप कक्षाकाे एउटै बेन्चमा बस्न बसाउन घिनाएनन् र सेन्टअप परीक्षा नहुन्जेल सम्म प्रत्येक दिन एउटै बेन्चमा बसियाे,वहाँ मेरा अति श्रद्धायाेग्य अबिस्मरणीय घरपति लगायत कक्षा मित्र स्वामी श्री प्रकाश भाैकाजी हुनु हुन्छ।वहाँ ओशाे दर्शनका प्रखर प्रबचन र ब्याख्याकर्ताका साथै एउटा अत्यन्त सफल कलाकारकाे रुपमा पनि परिचित हुनु हुन्छ,वहाँलाई म कहिल्यै भुल्न सक्दिन।

बि.सं.२०२७ सालतिर लेकटार धारापानीकाे कान्छा मामाले याे भान्जालाई म जिरी अस्पतालमा लगेर देखाउँछु भनेर जिरी अस्पताल लानु भयाे।म दश बर्षकाे फुच्चे थिएँ,दिनभरि भदाै महिनाकाे झरि बादल र जुकासँग पाैठे जाेरि खेल्दै हिँड्दा बेला माैका मामाले साेधेका उत्तर बाहेक दाेहाेराे झ्याम्मिएर बाेल्न धक लाग्थ्याे,बल्ल तल्ल साँझ मामाघर पुगियाे।उसकाे भाेलि पल्ट शुक्रबार म हिडन नसक्ने अवस्था र शनिबार जिरी हाट लाग्ने भएकाेले हाटसमेत भेट्ने गरि पर्सिपल्ट मामाले जिरीतिर लानु भयाे।पहिलाे दिन झैँ दिन भरि हिडन पर्ने र उतै कतै बस्नु पर्ने मनकाे त्रासले ठूलाे गुँड लाउँदै थियाे।बिहानै खाना खाएर हिडेकाे लगभग दिउँसाे ११/१२ बजेतिर जिरी पुगियाे।मामाले एकैछिन हाटतिर किनमेल सके पछि मलाई हाटडाँडा मुनि तिर आफ्नाे मितेरी साइनाे जिरेलकाे घरमा लगेर मलाई लगायत उनिहरुलाई संझाइ बुझाइ जिम्मा लाएर छाडि हिडनु भयाे।

भाेलिपल्ट बिहान खाना खाए पछि घरकाे एक जना साथी लगाएर अस्पताल पठाउनु भयाे।त्यहाँ पुग्दा नितान्त बेग्लै नाैलाे गन्धले मलाई पहिलाे ध्यान खिच्याे।त्यसपछि सायद हे.अ.वा डा.ले जाँचेर दुइ हप्तासम्म लगातार दैनिक सुइ लाउने र गाढा बैजनि झाेल दबाइले घाउ सफा गर्ने प्रिस्क्रिप्शन लेखे अनुसार दैनिक सुइ भनेपछि मेराे मनमा डर पैदा भयाे।पछाडि तिघ्रामा सुइ राेप्दा हाेस् हवास उडला झैँ हुन्थ्याे।२/३ दिन पछि बाटाे चिन्याे भनेर एक्लै पठाउन थाले,म बीच बाटाे जंगलतिर पुगे पछि बिछट्टै भयावह स्थिति पैदा हुन्थ्याे र एकै चाेटि सुर्ता,भय,त्रासले गाँज्दथ्याे र दैनिक त्यहि जंगलकेा आस पासमै राेकिएर धाेकाे पुगुन्जेल खूब रुन्थेँ;मुख्य कारणहरु एक;घरकाे आहार बिहारसँग त्यहाँकाे पूर्ण रुपेन मिल्दैन थ्याे,दाेश्रा;नयाँ गाउँठाउँ मानिस रहन सहन वातावरण बाेलि चाली आदि मिल्दैनथ्याे,तेश्राे; काेहि नचिनेकाे मानिसकाे हातबाट दैनिक सुइ त्यै पनि चाकमा!मेराे लागी त्याे बडाे शरम र कष्टकर थियाे।हतपत त्याे बाटाे काेहि मानिस नहिड्ने हुनाले अरुले देख्लान् भन्ने भय त्यति रहन्न थ्याे।कथं कदाचित् काेहि आइ हालेमा हत्त न पत्त सम्हालिएर बस्थेँ वा हिडि हाल्थेँ।

दैनिक लगभग मेराे त्यहि कृया-कलापहरु दाेहाेरिन्थ्याे।एक दिन फर्केर घर नजिकै खुला चाैरमा आउँदै थिएँ,एक जना दाइ चाैरमा घाेप्टाे सुतेर केहि किताब पढदै थियाे।दुवै जनाकाे एकापसमा हेराहेर भए पछि उसले मलाई साेध्याे र बृतान्त बेलि बिस्तार सुनाएँ।उसले मेराे नजरमा राम्ररी देखेछ कि आँखा अलि राताे सुनिए झैँ भएकाे,त्याे पनि बताइ दिएँ।पछि उ आफैले आफ्नाे परिचय बतायाे,उ पनि प्रिती रातापानीकाे तिलक सुनुवार दशाैँ कक्षामा पढ्ने दाइ रहेछन् र उसले मलाई आफ्नै भाषामा बिभिन्न ढाडस दिए पछि अलि साहस जुट्याे।पछि त्याे दाइसँग २/३ पटक भेटघाट भयाे र साेधपुछ गरि राख्नु हुन्थ्याे।म चार कक्षामा पढ्ने कुरा बताइ सकेकाेले वहाँले पढाई सम्बन्धि केहि कुराहरु साेद्धा म फटाफट जवाफ दिँदा छक्क पर्नु हुन्थ्याे(बिशेष अँग्रेजीका मिनिङ्गहरु)अनि भन्नु हुन्थ्याे,भाइ तिमि जसरि नि पढ है दिमाग राम्राे छ।धेरै पछि मैले एस एल सी गरेपछि त्याे दाइकाे बारे साेध खाेज गर्दा हाडनातामा बिग्रेर बिदेश भासिएकाेले छैनन् र आउन नमिल्ने भन्ने थाह पाएँ,धेरै दु:ख लाग्याे!
काेहि बेला त्यहि घरकाे उमेर ९० बर्ष बताउने बाजेले निदि-खुदी बिभिन्न कुरा साेधपूछ गर्नु हुन्थ्याे म बताइ दिन्थेँ र हाम्राे मित्रता बढेकाेले एकदिन खै त तिम्राे हात हेरि दिन्छु भनेर हस्तरेखा हेरि दिनु भयाे र त्याे केहि कुरा मिल्दै गएकाे पाएकाे छु र ति बाजेकाे अनुहार बस्दाकाे आकृती अझै संझन्छु।
पछि काेर्श पूरा गरेर फर्किने बेला भयाे,त्याे दाइ सँग भेट भएन।ति बाजेसँग चरणमा शीर राखि बिदा मागैँ,आशिषका साथ राम्ररी जाउ ल भन्नु भयाे।कुनै दिन मकै बाेक्न साथ लागेर घट्टमा लैजाने र दैनिक मलाइ बिशेष खान पानमा ख्याल गर्ने छेमाकाे त झनै आत्मियता थियाे नै,सबैसँग राम्ररि बिदा लिएँ।

मामा लिन आउनुभयाे, मामाघरमा त्याे सालकाे दशैँमा जानेकाे र सकेकाे ठाउँमा राताे माटाे पाेत्ने, कमेराे छ्याप्ने र मामाकेा मालश्री श्र्लाेक सुन्ने, बढाइका लागि बारुद बनाउने कला सिक्ने माैका, बारुद सुकाएकाे ठाउँमा गाउँले आएर बसेकाे र सुर्ति सल्काउन आगाे मागेकाेले आगाे लगि दिदा झिल्काे बारुदमा परेर एकैचाेटि तर्सिने आवाजमा आगाे र धूवाँकाे मुस्लाे आकाशतिर कुइरि मण्डल लाग्दा धन्न घर माथीकाे खुला ठाउँमा थियाे र केहि भबितब्य भएन तर मामाकाे टाउकाे कानतिर हलुका भेटेकाे थियाे। मामाले आगाे माग्ने मानिससँग रिसाएर यस्ताे आगाे हुनुभएकाे थियाे कि त्याे भर्खरैकाे मुस्लाे सरह त्याे मानिस माथि खनिनुभएकाे थियाे र त्याे मानिस सुर्ति नै नसल्काइ हिडनु परेकाे थियाे। त्याे सबै दृश्य मेराे दिमागमा आज पर्यन्त ताजै छ।
दशैपछि आफ्नाे घर लेकखर्क फर्किने ठुलाे मामाकाे छाेरी दिदीसँग म घर फर्किदा बाटाे हराउँदै निकै साँझ पर्दा लेकखर्क आएर दिदीकाे मै बास बसेँ। उसकाे भाेलिपल्ट म घर पुग्न यति हतारिएकाे थिएँ कि तर कुन कहाँबाट जाने थाहै थिएन। दिदीले माथि डाँडामा ल्याएर तलतिर बाटाे देखाउँदै याे बाटाे यसरि नछाडि जानु भने पछि हुन्छ भनेर बिदा मागेपछि म थाेरै द्विबिधामा पर्दै दाया बायाँ तलमाथि बाटाे नबिराउन निकै चनाखाे बन्दै यति पत्ताताेढ दाैडेँ कि घर आइपुग्न आधा घण्टा समय पनि लागेन हाेला? धेरै समयपछिकाे घरमा फिर्ता हुँदा र सबैसँग पुनर्मिलन हुँदा मेराे खुशी छताछुल्ल पाेखिएकाे अनुभव मैले जति सायदै अरु कसैले गरेनन् हाेला…!!?

७३ओैँलकडे/ ०७७/२/२२

कहाँ चुक्याै‌ हामी ? अंकमा शक्ती हुन्छ ।

-कोइँचबु काःतिच
नेपालीमा “सुनुवार” आफ्नै भाषामा “काेइँच” भनिन्छ भन्नेहरुले खै त सुनुवारकाे पहिचानलाइ १९१० कै मनुवादी मुलुकी एेनसँग दाँजेर पटक पटक दाेहराइरहँदा कुन दुलाेमा लुक्नु हुनेरहेछ । (आफ्नाे असली पहिचान काेइँचलाइ चपरीमुनी गाडेर सरकारी कामकाजी भाषाकै अन्धभक्ता भएर सरकारी कामकाजी भाषामै दिइएकाे “सुनुवार” सरकारी जातीय नामले उपल्लाे दर्जाकाे भनेर जतिसुकै आफुलाइ व्याख्या गरे पनि युट्युवर साेनिका राेकायासम्म आइपुग्दा सुनुवार जातीय नामलाइ अरुले कसरी बुजीरहेका छन् मालुम छ कि छैन महासयहरु !) Read More

कोइँच समाजमा ढोक्ने सेवु फ्लाःचा संस्कृति

-कोइँचबु काःतिच
कोइँचमा आफुभन्दा मान्यजन, ठूलाहरुलाई ढोग्ने चलन छ । त्यसैगरी खाना वा पानी दिँदा वा पाहुनाहरुलाई खाना खुवाउँदा अनिवार्य ढोग्ने गरिन्छ । ढोग्नु कोइँच संस्कृतिमा एउटा ठूलो संस्कार पनि हो । कसैले टिका लगाएर वा शिर उठाएर सम्मान गर्दा पनि ढोगिन्छ । जसले ढोक्यो उसले आफुभन्दा ठुला सबैलाई ढोक्छ । त्यसरी ढोक थाप्नेले पनि फेरि आफुभन्दा ठुलोलाई ढोक्नुपर्दछ । यो ढोक्ने संस्कृतिको आधारमा पनि अवश्य हाम्रा सामाजशास्त्र पढ्ने भाइबहिनीहरुले कोइँचको समाज विकासको गोहो पहिल्याउन सक्नेछन् । हामी सजिलै अनुमान गर्न सक्छौं हाम्रो समाजमा संयुक्त परिवारमा बस्ने प्रचलनबाट भर्खरै मात्र सानो परिवारमा बामे सरेको हो । बिहेवारीमा त सम्धी ढोक अर्थात् कोकोर्मि अनिवार्य हुन्छ नै । यो ढोक जस्तोसुकै विवाह अपनाए पनि अनिवार्य छ । त्यसैगरी सेवुगावु फ्लातेक संस्कार नै छ कोइँचहरुको विवाहमा । बेहुलाले बेहुलीलाई आफ्नो नातागोता चिनाउदै र बेहुलीले बेहुलालाई आफ्नो नातागोता चिनाउँदै ढोग्ने वा आफुभन्दा साइनोले सानोबाट ढोक थाप्ने चलनलाई ढोकभेट फुकाउने सेवु फ्लाःचा चलन हुन्छ । यसरी ढोकभेट गरेपछि अब नातासम्बन्ध बाँधियो वा दाजुभाईहरुले आफ्नै वंशको परिवार एकै चुप्लुको सदस्य मान्ने र माइतीहरुले पनि फलना वंशालाई छोरीचेली दियौं, कसैगरी छोरीचेली अभर प¥यो भने समात्ने आधारको रुपमा गाउँले दाजुभाई साँची बसेर ढोक समेत थापेर ज्वाइँचेला मानेको दसीप्रमाण भएको मानिन्छ । यसरी ढोकभेट गर्दा साइनो अनुसारको करकोसेली, शिर उठाउनी पैसा पनि दिनु पर्ने चलन छ । यसरी ढोकभेट नगर्दा दाजुभाई वा माइतीमा तेरो श्रीमतीलाई आजसम्म चिनेको छैनौं । तेरो लोग्नेलाई आजसम्म चिनेकै छैनौं । खोइ कहिले चाहिँ ढोकभेट गरेर चिनाइस् भनेर निहु खोज्ने चलन समेत छ।
तर मरोपरोमा भने शोकाकुलको बेला ढोग्नु हुँदैन भन्ने मान्यता छ । शुद्धाइको दिनमा फेरि अरुबेला जस्तै मेलै ढोकाभेट गर्ने चलन छ ।
ढोगका प्रकार : Read More

नारी दिवस – आठ मार्च

17092179_980840188714633_1692661868_n

आज हामी २१औँ शताब्दीको युगमा आधुनिकताको जीवनशैली र विकासवादी सभ्यतासँग आफ्नो तालमेल मिलाइरहेका छौँ िहजारौँ हजार वर्षको पुरुष(गुलामीपश्चात नारी सशक्तिकरणले नारी सचेतनासँगै मुक्तितर्फ क्रमिकरुपमा परिवर्तनहरु आइरहेको पक्कै छ ितर पनि यो शताब्दीको आधुनिक युगले नवीन संस्कृतिमा जति नै अभूतपूर्व परिवर्तन देखाए पनि हाम्रो देशको सन्दर्भमा सामाजिक(सांस्कृतिक विचारधारामा लुकेको परम्परागत जडता यति बलियो छ कि राजनीतिक विचारधारा र कानूनी रुपमा देखिएको परिवर्तनले सन्तुष्टि दिन सक्ने अवस्था अझै सृजना हुन सकेको छैन िअझै पनि हाम्रो समाज पुरुषप्रधानताजस्तो संकीर्ण सोचबाट मुक्त हुन सकेको छैन िसिंगो मानव समाजको सारा सभ्यता, संस्कृति र सामाजिक बिकासमा नारी शक्तिको उतिकै योगदान छ जति पुरुषशक्तिको िनारीमा प्रेम, कोमलता, ममता, सहनशीलता, धैर्यता, करुणा, वात्सल्यता आदि अनेकौँ गुणहरु विधामान हुन्छन् िशक्तिको अभूतपूर्व स्रोत र जीवनदायिनी भनेर चिनिने मातृशक्तिको यो सारा सभ्यता, संस्कृति र सामाजिक निर्माणको क्षेत्रमा बराबरी सहभागिता हुन नसक्दा, नारीहरुको योगदान कम देखिएको छ पुरुषको दाँजोमा िआफूलाई सर्वश्रेष्ठ घोषित गर्दै हरक्षेत्रमा पुरुषले कब्जा जमाएको छ र एक्लो पुरुषशक्तिद्वारा निर्देशित समाजमा नारीहरुले आफ्नो उन्मुक्तिको निम्ति अविराम संघर्ष कोरल्नुपर्ने बिषयउपर बोध गराउँछ अन्तराष्ट्रिय नारी दिवस ( आठ मार्चले
िप्रत्येक वर्ष अङ्ग्रेजी महिनाको ८ मार्चको दिनलाई बिश्वभरिका महिलाहरुले, महिला हक हित र अधिकार सम्बन्धी मुद्दामा आधारित बिभिन्नखाले भेला, गोष्ठी नारी सशक्तिकरणर सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै नारी दिवसको रुपमा मनाउँछन् िजसरी यस वर्ष पनि संसारभरिका महिलाहरुले ू१०७औंू अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठलाई विभिन्न नारी जागरण कार्यक्रमहरुसहित धुमधामले मनाइरहेका छन् । उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकारसम्बन्धी चर्चा परिचर्चा गरिदै मानिने महिला दिवस अर्थात् ९इन्टरनेशनल वूमेन्स डे ० नै बिश्व महिला दिवस हो । Read More

कोइँचको सूचना प्रणालीको आवश्यकता किन?

-काःतिच
आधुनिक समयमा हरेक चीज, ज्ञानलाई व्यवसायिक गर्दै लैजाने प्रचलनको विकास भएको छ । पहिला हरेक धर्म, संस्कार तथा जातजातिहरुको ज्ञानहरु गोप्य राख्ने चलन थियो । आजकाल समयानुसार हरेक चीज र ज्ञानको व्यवस्थान ढाँचा फेरिएकोे छ । कुनै समय अग्लो डाँडाबाट कटुवाल बोलाउँदा जम्मा हुने चलन थियो । मान्छे पठाएर उर्दी लगाउने चलन थियो । चोक गल्लीगल्ली, चौबाटो, सार्वजनिकस्थलमा सूचना टाँसेपछि मान्छेहरु जम्मा हुने सम्बन्धित ठाउँमा पुग्ने जमना पनि थियो । तर अहिले धेरै कुराहरु परिवर्तन भएर कतिपय प्रचलनहरु समयानुसार आधुनिक सञ्चार प्रणालीसँग सम्मिलन भए भने कतिपय लोप भएर गएका छन् । कतिपय आदिवासी जनजाति सूचना सञ्चार प्रणाली राज्यको कोल्टे नीति निर्माणका कारण पनि लोप भएर गए । Read More

केही आशा केही निराशा : एउटा फुलको कथा

bikram–काःतिच
कसैलाई सन्तान भएनन् भन्ने पिरलो । कसैलाई सन्तान भएर पनि पिरलो । कसैलाई छोरा भएन भन्ने चिन्ता । कसैलाई छोरी जन्मिएन भनेर चिन्ता । यो चिन्तै चिन्ताको महासागर, अनुमान लगाउनै गाह्रो । रामेछाप रस्नालु दिकीमा जेठी छोरी जन्मेपछि विक्रम जन्मिदा छोरा जन्मयो भनेर जति खुशी भएका थिए अहिले त्यत्तिकै पिरलोमा छन् । हुन त जेठी छोरीले पनि आमाबुबाको मन नकुँढाएको भने होइन । विक्रमले यस धर्तीमा पाइला राख्दा आमाबुबालाई शायद लागेको थियोहोला, खिम्ती हर्षविभोर भएर सुसाइरहेको छ । तर हिजोआज त्यही खिम्ती उनीहरुको पीडामा अट्टहासका साथ गिज्याइरहेछ । हरेक आमाबुबाले छोराछोरीबाट गर्ने आशा भनेकै सुखद भविश्यको हो । वंश थामोस् भन्ने हो अनि पुर्खाले आर्जेको सम्पत्ति जोगाइराखोस्, त्यसमाथि थपोस् भन्ने नै हुन्छ । तर समयले कसलाई कहाँ पु¥याउँछ ? थाहा हुन्न । आमाबुबाले सोचेभन्दा फरक परिस्थिति सिर्जना हुन्छ र विचारमा विचलन आउँछ । सोचाइमा विचालन र बुझाइमा विचलन आउँछ । मेरो छोरानातिको लागि भनेर पुर्खाले जोडेको सम्पत्ति थप्ने त होइन बेचिन्छ, सकिन्छ अनि सुखी परिवार छिन्नभिन्न हुन्छ । र, एकै परिवारको सन्तान विरानो बन्न पुग्छ । Read More

अख्तिायार प्रकरणको लेख / भ्रष्टहरु खुशी नभए हुन्छ

-कुमार यात्रु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध व्यबस्थापिका–संसदमा महाभियोग प्रस्ताव दर्ता भए पछि एकथरी मानिसहरु खुशीले छमछमी नाच्न थालेका छन् । कोही सिंहदरबार भित्रै नाच्छन्, कोही सिंहदरबारको गेटमै बसेर नाच्छन् । सिंहदरबारबाट बाहिरिन लागेकाहरु, भित्रिन लागेकाहरु, बानेश्वर, बालुवाटार, थापाथलीमा केही मानिसको खुशीको पारो यति बढेको छ कि यस्तो खुशी हिजोका दिनमा शान्ति मन्त्रालयबाट चेक बुभmेर बाहिरदा पनि त्यस्तो खुशी देखिएको थिएन । बास्तबमा यस्तो खुशीयाली किन ? उनीहरुको एउटै जवाफ छ, ‘लोकमानले हामीलाई पुर्जी काट्न लागेका थिए । अब हामीलाई पुर्जी काट्न नपाउने भए ।’ यसको साझो अर्थ के हो भने– ‘अख्तियारको संभावित छानबीनबाट उन्मुक्ति भयो ।’
अख्तियार प्रमूख कार्की ठीक छन् कि छैनन्, यो कलमजिवीको त्यति चासोको बिषय होइन । चासो त अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक निकायको गरिमा र स्वायत्तताको प्रश्न हो । यो प्रश्नलाई केही अन्तराष्ट्रिय संघ संस्था र स्वतन्त्र व्यक्तित्वहरुले पनि उठाउन खोजेको पाईन्छ । ट्रान्सपेरेन्सी नेपालले पनि यो प्रश्न उठाएको छ । उस्ले भ्रष्ट्रचार बिरुद्धको अभियानमा सरकार असहयोगी भएको र विधिको शासनको पालना गराउन सहयोग नगरेको तथा स्वतन्त्र र टतस्थ अख्तियारमा हस्तक्षेपकारी भूमिका निर्बाह गरेको घुमाउरो भाषामा भनेको छ । यस्ता प्रतिक्रियाहरुले पनि लोकमान बिरुद्ध सिंगो राज्यसत्ता खनिनुको पछाडिको पृष्ठभूमि र अन्तरनिहित उदेश्यहरुका बारे बताईरहेको छ ।
लोकमान फेरि अख्तियारको कुर्सीमा फर्कन्छन् कि पाइलट बाबाको आश्रममा जान्छन्, त्यो त्यति महत्वको बिषय होइन । महाभियोग प्रकरण पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि संबैधानिक निकायको रुपमा पुनर्ताजगी प्राप्त गर्न सक्छ कि सक्दैन ? भन्ने प्रश्न चाही मूल प्रश्न हो । अहिलेको संसदले अख्तियार नै खारेज गर्न पनि सक्छ । किनभने सार्वभौमसत्ता नै उसको हातमा छ । तर, देशमा कायम रहेको भ्रष्टचार त्यसमा पनि राजनीतिक भ्रष्टचार कसरी न्युन गर्ने कुरा चाही जनस्तरमा देखिएको मूल चासो हो ।
अध्ययन प्रतिबेदनहरुका अनुसार नेपालमा भ्रष्टाचारको सघनता राजनीतिक क्षेत्रमा व्याप्त छ । ट्रान्स्परेन्सी इन्टरनेशनलद्वारा प्रकाशन हुने भ्रष्टाचार अनुभूति सूचक र विश्व बैंकद्वारा प्रकाशन हुने भ्रष्टाचार नियन्त्रण सूचकको आधारमा पनि राष्ट्रलाई भ्रष्टाचारले कसरी व्याप्त पारेको बुझन सकिन्छ । विगत एक दशकभन्दा लामो आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताले राज्यका अंगहरूको शासकीय क्षमता र प्रशासनिक क्षेत्र कमजोर भएको अनुसन्धाहरुको निचोड पाइन्छ । मूलतः राजनीतिक क्षेत्रबाट अख्तियार लगायत स्वतन्त्र निकायमा बढ्दो हस्तक्षेपले पनि यो क्रमको पारो बढाएको छ । अहिले लोकमान बिरुद्धको अभियान उसैको सिलसिला हो । सडकमा लोकमान बिरुद्ध नारा लगाउनेहरु त्यही भ्रष्टचारका मतियारबाहेक केही पनि होइनन् ।
नेपालको संविधान २०७२को प्रावधान अनुसार संवैधानिक निकायका कुनै पनि पदाधिकारी बिरुद्ध महाभियोग लगाउन पाउने संवैधानिक व्यबस्था छ । व्यबस्थापिका–संसद खास गरेर अव गठन हुने प्रतिनिधि सभाका सदस्यहरुको बिशेषाधिकारका रुपमा योे व्यबस्था गरिएको पाईन्छ । अहिले माओबादी केन्द्र र नेकपा एमालेका गरी १५७ जना प्रतिनिधिसभाको समेत काम गरिरहेको साँसदहरुले संविधानको यो व्यबस्थाको जगमा महाभियोग दर्ता गरेका छन् । यति मात्र किन नि संविधानको व्यबस्था अनुसार तीन जना सदस्यले पनि सूचना गर्न सक्ने संवैधानिक व्यबस्था छ । तर संविधानका ज्ञाताहरुका अनुसार यो व्यबस्था कसैलाई मन नपर्ने बित्तिकै वा कुनै प्रकारको इच्छा जाग्दैमा प्रयोग गर्न सकिने भने होइन । Read More