sunuwar.org
Recent Comments

‘Articles’

नेपाली मेलामा कि. सुनुवारको सहभागिता

अगष्ट २८ तारीख लण्डन स्थित रिचमण्ड एथेलेतटिक्स मैदानमा नेपालीमेला २०१० भब्यरुपमा सु. सम्पन्न भयो। सम्पूर्ण नेपालीहरुको जाती, भाषा, धर्म संस्कृतिबारे विश्वसामु पहिचान गराउने र बेलायतमा बसोबासगरी रहेका नेपालीहरु बिच मैत्री सदभावको अभिबृद्धि गराउने उद्देश्यले तमु धी. यु. के.ले आयोजना गरेको उक्त मेलामा, किरात सुनुवार सेवा समाज यु.के.ले पनि आफनो सहभागिता जनाएको थियो।

सैयो फुलका थुंगालाई एउटै मालामा समेटे जस्तै, सैयैं भाषा र संक्रतिका बहु जाति नेपालीहरुलाई एउटै भावनामा समेट्ना आयोजक तमु धी. यु. के. सफल भएको थियो। उक्त मेलामा बिभिन्न जातिहरुको आ-आफनै मौलिक संकृति झल्कने झाँकी प्रतियोगिता प्रदशन हुदा, फरक फरक रंग र फरक फरक जातिका पुष्पगुच्छाहरु एउटै धागोमा उनिएको शुदंर पुष्पहार झै देखिन्थ्यो। अयोजक तमु धी. यु.के.ले सियो धागो बनि उनेको त्यो मालारुपी मेलामा, किरात सुनुवार सेवा समाजले आफ्नो बिशुद्द नेपाली संकृति झल्किने ष्याँन्दर पिदारमा आधारित झाँकी प्रस्तुत गरेको थियो। यसै गरि नेपाली कला र संक्रति झल्किने आकार्षक लोक नृत्यलाई सुनुवारी भेषभुषामा, कलाकार सरगम सुनुवार र जेनी सुनुवारले प्रस्तुत गरेका थिए।
किँरात सुनुवार सेवा समाजले उक्त कार्यक्रम संथाका उप अध्यक्ष, श्री जंग बा. सुनुवार ज्यूको संयोजकतामा तयार पारेको थियो। झाँकीमा सुनुवार भाषा तथा संकृति बिद श्री लोकप्रीय सुनुवारज्यूको पनि उपस्थिती रहेको थियो।
सथमा कोष अध्यक्ष तथा टोली नेता पुर्ण कु. सुनुवारले सो मेलामा कि.सु.से. समाजबाट ६५ जनाको सहभागिता रहेको कुरा बताए। कि.सु.से. कार्यक्रम आयोजक तमु धी. यु.के. प्रति बधाई तथा हारदिक कृतज्ञाता ज्ञापन गर्दछ।

भावना परिष्कृत सुनुवार

  • Share/Bookmark

आदिवासी साहित्य सौन्दर्य थेःनि–२ : ( थेःनिको प्राचीनता )

अतीत मुखिया
थेःनि कोँइच भाषाको थेःचा शव्दको व्युतपन्न रुप हो । कोँइच भाषामा कुनैपनि धातुमा चा प्रत्यय लागेर कृया तथा विशेषण बन्दछ । ना धातुमा चा प्रत्यय जोडिएर नाःचा भएझै का — चा , खा—चा , गा—चा, जस्तै थ–ए–च–आ थे–चा कृया हुन्छ । थेःचाको शाव्दिक अर्थ टेक्नु हुन्छ अत थेःनिको अर्थ टेकौनी भन्ने बुझिन्छ । थेःनि आदिवासी साहित्य सौन्दर्यको एक त्यस्तो बिधा हो जुन बिधामा एउटा हागोलाई टेकेर अर्को हागो समाइन्छ र तेश्रो हागोको पूmल टिपिन्छ अर्थात मिथकको हागोलाई टेकेर विम्वको हागो समाइन्छ र तत्कालिन परिवेसको हाराहारी रहेर समयसापेक्ष अभिव्यक्ति अभिव्यक्त गरिन्छ ।
थेःनिको आदिम मुहान मुंग्दुम नै भएको पाइन्छ । हजारौं वर्ष अगाडिदेखि श्रुति स्मृतिका रुपमा कोँइच जनजिब्रोमा रहीआएका थेःनिहरुको मुग्दुमी स्वरुप यस्तो रहेको पाइन्छ । Read the rest of this entry »

  • Share/Bookmark

आजाद हिन्दका योद्ध : जसको जिन्दगी गाडी चालक बनेर बित्यो

कोइँचबु काःतिच
आजाद हिन्द तक्मा पाउने ११ जना व्यक्तिहरु मध्ये पाँच जना नेपाली पर्छन् । त्यसमा पनि एक जना कोइँच (सुनुवार) पनि थिए भन्दा धेरैलाई आश्चर्य र गर्व दुवै लाग्न सक्छ । हो, उनै आजाद हिन्द जस्ता सम्मानित भारतीय पदक पाउने व्यक्तिको पुरा जिन्दगी गाडी चालक बनेर बित्यो । पुरा भारत देश गाडी र चालक ती योद्धा कोइँच ।
२१ तारिख, फेब्रुआरी १९२५ का दिन दारजिलिंको बान्नोकबारन टि स्टेटमा रबिलाल र साबित्री सुनुवारको कोखबाट यस्तो एउटा कोइँचको जन्म भयो जसले कहिल्यै जीवनमा हार खाएनन् । किशोर अवस्थामै गाडी चलाउन सिकेका उनले विश्व युद्धाको लागि मानव संसाधनको पुरा गरिदिए ब्रिटिशको लागि गुम पहाडको डिपोबाट रिक्रुट बनेर २१ मार्च, १९४१ मा । इन्डियान आर्मी अर्डिन्यान्स कार्पोरेशन टेरेनिं सेन्टर जबालपुर, मध्ये प्रदेशमा तालिम पुरा गर्दा नगर्दै दक्षिण अफ्रिकामा युद्धा गर्न पुगे पुरै पल्टनको साथमा ।
पृथ्विको पल्लो फाँटबाट वल्लो सुर्का सिंगपुर आएर अग्रपंतिमा युद्धा गर्ने क्रममा जापानी युद्धावन्दी बन्न पुगे उनी । युद्धाबन्दीको क्रममा नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजका रिक्रुट बन्न पुगे १५ फेब्रुअरी १९४२ मा । आजाद हिन्द फौजको पक्षधार भएर उनले फेरि उनलाई भर्ती लिने ब्रिटिस विरुद्ध नै युद्ध गरे बर्मामा शख्त घाइते बन्न पुगे । यसरी घाइते भएपछि उनी आर्मी अस्पतालमा भर्ना भए । आजाद हिन्द फौजको पक्षबाट उनले जापानी फौजलाई शत्रु पक्ष ब्रिटिशलाई पेल्दै आउने क्रममा रंगुन आइपुगेपछि जापानी फौज फिर्ता भयो अमेरिकाले जापानी शहरमा एटम बम खसालेपछि । उनी पुनः व्रिटिशको युद्धावन्दी बने । पछि बर्माबाट उनलाई जेसोर जिल्ला क्याम्प बंगाल ल्याइयो र कोर्ट मार्सल पछि उनको जागिर खारेज गरियो । उनी मुक्त भए । साधारण नागरिकको जीवन जिउन दार्जिलिं फर्किए । Read the rest of this entry »

  • Share/Bookmark

इपशा बाअ्शो कोइँचपुकि

इपशा बाअ्शो कोइँचपुकि
कोइँचआन नेःमि पिशो केत हारेआन थेँपोसमि
कोइँचबु काःतिच/sunuwar.org

खुबनाच, लिकु थेमराअ्सि । मार पाचाङा ? जोअ्बातुइबा देँशो मासतार नामि । मेकोपुकिमिन माराइ सामलोपाति, दामलोतुइनामसि माकोअ्निमि । एके दा सिलकुमसो बाअ्ताङाना गापता । गेनाइ कोइँच गेतथि बोअ्ने माजाबबाया बाअ्ता । प्लेतति देलङा होबनाकेँसोच हेमराज सुनुवार आन ङेतिशाति –निरास) मोइनिमि ।
आः मेको एबोच माइताचआ नेःमि पिशो केत चिलमाइलि सेलचाकालि सुपचा मालताउ । ओतथिहाँबु नु आइचि हाँबुदे जिमुशा मागारमा यो दे दो पाइ वारचाइ ? कात देलङा नेपालि काङरेसङा तोँबलाच खेमराज सुनुवारमि आम क्यारियारि वोइतेमे । Read the rest of this entry »

  • Share/Bookmark

लिखु ४ जलविद्युत परियोजना आदिवासी कोइँच (सुनुवार) को अधिकार अध्ययन प्रतिवेदन–२०१०

Click here to read लिखु ४ जलविद्युत परियोजना आदिवासी कोइँच (सुनुवार) को अधिकार अध्ययन प्रतिवेदन–२०१०

  • Share/Bookmark

आदिवासी साहित्य सौन्दर्य कोइँच थेःनि

—अतीत मुखिया
कोइँच साहित्यको खोज अनुसन्धान गर्ने आवश्यकता महसुस गरेर सुरुमा कोइँच साहित्यमा लागिपरेका हामी केही सर्जकहरुको आपसी राय अनुसार पहिला कोइँच बस्तिहरुमा प्रचलित जनजिब्रोमा रहेभएका बिधाहरुको संकलन गर्ने निधो गरियो । संकलन गर्ने क्रममा कोइँच साहित्य सर्जक भाई उत्तम (जो आफुलाई कोइँचबु काअ्तिच भन्ने कलमी नामबाट परिचय दिन रुचाउनु हुन्छ) र मैले आआफ्नो क्षेत्रका प्रचलित ल्काइँदास थेःनि संकलन गर्न थाल्यौ । यसरी संकलित थेःनि कुनै यथास्थितिमै र कुनै केही परिमार्जन गरेर गोरखापत्र लगायत अन्य पत्रपत्रिकामा प्रकाशित ग¥यौ । लगभग दुई वर्षसम्म संकलन गरिएका थेःनिहरुको गहन अध्ययन पश्चात मैले कोइँच साहित्य थेःनिमा पाइने मौलिक स्वदका बारे आदिवासी साहित्य सौन्दर्य थेःनि शिर्सकमा जनसाहित्यिक जमर्को बर्ष १ अंक ६, (२०६६) मा एउटा खोजलेख प्रकाशित गरेको छु जुन लेख मैले २०६५ फाल्गुन मै तैयार पारेको थिए । यसपछि पनि मैले पुन थेःनि संकलन गर्ने कागताली सौभाग्य पाए र यही कागतालीको वर्णनन् गर्ने प्रयास हुनेछ यो लेखाईको । यसलाई पाठकहरुले यात्रासंस्मरण मान्नपनि सक्नुहुनेछ । Read the rest of this entry »

  • Share/Bookmark

कोइँच संस्कृतिमा खुकुरी

अतीत मुखिया कोटेश्वर

कोइँच (सुनुवार) भाषामा खुकुरीलाई चुःब भनिन्छ । चु को अर्थ काँढा र ब को अर्थ भएको भन्ने हुन्छ । चुःब शव्द चलनचल्तिको भाषा हो । मुग्दुमि भाषामा चुःबलाई दाबे वा खारे भनिएको पाइन्छ । दाबे भन्नाले फलाम बाहेकका कुनैपनि धातुहरुबाट निर्मित कर्दभन्दा केही ठूलो खुकुरी हुन्छ भने खारे भन्नाले फलामबाट निर्मित खुकुरी जस्लाई चलनचल्तिको भाषामा चुःब भनिन्छ । कोइँच मुग्दुममा हसिया र खुकुरी बिषेशत सुन, चाँदी, तामा, पित्तल र काँसबाट बनाइने कुराको उजागर गरिएको पाइन्छ । ससि मुग्दुममा उल्लेख भएका सलाकमा इँगि खुर्मि र दुमा खुर्मि को उल्लेख पाइन्छ । इँगि खुर्मि भन्नाले सर्वव्यापी परमात्मा इँगिले चलाउने हसिया हो जो सुन र चाँदिको हुन्छ । सुनको हसियालाई सुनाखुर्मि र चाँदि तथा पितलको हसियालाई रुपाखुर्मि, ह्रोँपाखुर्मि भनिएको पाइन्छ । दुमा खुर्मि भन्नाले पुर्खाहरुले चलाउने हसिया जो तामा, पितल, फलाम जस्ता धातुहरुबाट बनेका हुन्छन जस्लाई आमखुर्मि, वामखुर्मि आदि नामका हुन्छन् । यसरीनै खुकुरीको उल्लेख पनि मुग्दुममा भएको पाइन्छ । मेग्यो मुग्दुमको खलो र मुइलि मुग्दुमको पिदारहरुमा उल्लेख भएअनुसार तोष्यखारे, मामाखारे, दामाखारे, फुल्पिङखारे, दावेखारे , सुनाखारे, रुपाखार,े ह्रोँपाखारे भनेर बिभिन्न प्रकारका खुकुरीहरुको उल्लेख गरिएको पाइन्छ । कोइँच मुग्दुमि ब्यक्तिहरुले आजसम्मै पनि मुग्दुमि कार्यगर्दा पितल र तामाका हसिया एवं कर्दहरु खेलाउने गरेको पाइन्छ । यसरी खेलाइने कर्द कोइँच मुग्दुम अनुसार कुनैपनि नाअ्सो (मुग्दुम जान्ने मुग्दुमि व्यक्ति)को मृत्यु भएमा मृत नाअ्सोले खेलाउने खारे (स्यानो खुकुरी वा कर्द) नयाँ बन्ने उत्तराधिकारी नाअ्सोलाई विधिपूर्वक नबुझाएसम्म मृतकको लास सतगतका लागि उठाउन मिल्दैन । यो परम्परा आदिमकाल देखिकै प्रथाकारुपमा कोइँच समुदायमा चलिआएको पाइन्छ । Read the rest of this entry »

  • Share/Bookmark