January, 2020

now browsing by month

 

मान्छेले आफ्नो विगत भूल्यो भने मान्छे रहँदैन : किरात सम्वत् येले थोचे तथा सामिबु पिदार सम्पन्न

कोइँचबु काःतिच । ‘हामी सबैले आज प्रण गरौं कि हामीहरु ठीक समयमा जम्मा हौं र ठिक समयमा हिडौं । फेरि आज ताली बजाउने पछि विर्सीने गर्नु भएन । म हरेक वर्ष किराती नयाँ वर्ष येले थोचे तथा सामिबु पिदार मनाउन सुनुवार सेवा समाज (सुसेस) भवनमा उपस्थित हुन्छु । यो मेरो एक किसिमको वार्षिक कार्यतालिका नै भएको छ । अब यो हामीले मात्रै मनाउने होइन । नेपालको सम्वत्को रुपमा सरकारबाट मानिनु पर्छ । यसको लागि हामीहरुले यसरी नै गाउँ गाउँमा नयाँ वर्ष मनाउनु पर्दछ । मैले सधैं भन्ने गरेको छु कुनै जातिको सागर जतीसुकै गहियो किन नहोस् मुहान सुकेको दिन सागर रहँदैन । पहाड जतिसुकै अग्लो होस् उसको भूधरतल भत्केपछि पहाड रहँदैन र मान्छे जतिसुकै विद्वान र धनी किन नहोस् उसको विगत विर्सेपछि मान्छे हुँदैन । यसैले हाम्रो विगतलाई र हाम्रो पुर्खलाई सम्झीरहने वातावरण सुनुवार सेवा समाजले निरन्तर गरिरहेको छ र म पनि हरेक वर्ष तपाईँहरुको साथमा छु । यसरी नै हो हाम्रो संस्कृति उजागर गर्ने मेलोमेसो’ कार्यक्रमका प्रमुख अतिथि माननीय यज्ञराज सुनुवारले येले थोचे ५०८० र सामिबु पिदार जुवारी (दोहोरी) कार्यक्रमलाई सम्बोधन गर्दै सबैलाई आफ्नो विगतका इतिहास, संस्कृति र मातृभाषा नविर्सन आग्रह गर्नुभयो ।
हरेक वर्षमा जस्तै यस वर्ष पनि आदिवासी कोइँच सुनुवारहरुले जुवारी खेल्दै किरात सम्वत् येले थोचे ५०८० तथा सामिबु पिदार मनाए । गाउँघरमा परम्परागतरुपमा पानीको मोहन र चौतराहरुमा वातावरणको प्रतीकका रुपमा स्थापित प्रतिमूर्तिलाई चाँपको फुलले पूजा गरेर येले थोचेको उपलक्ष्यमा तामिसामि (छोरीचेली) हरुलाई टिका लगाई दानदक्षिणा दिएर मनाइने चलन छ । गाउँका छोरीचेलीले पाएको दक्षिणा र सागुन जम्मा गरेर बनभोज खाने समेत चलन रही आएको भए पनि राज्यको विभेदित नीतिका कारण बसाइसराइ गरेका कोइँचहरुले दिनदिनै आफ्नो कोइँच संस्कृति विर्सिदै गएको हुँदा संस्थागतरुपमा सुनुवार सेवा समाज भवन कोटेश्वरमा नयाँ वर्ष मनाउँने परम्परागको थालनी भएको थियो । विगत्मा सुनुवार सेवा समाजले श्री पञ्चमीलाई नयाँ वर्ष मनेर वनभोज गरेको पाइए पनि सातौं सम्मेलनपछि किरात एकता स्वरुप माघ १ गतेलाई किराती नयाँ वर्ष येले थोचे मनाउँदै आइएको हो ।
सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले नाअ्सोद्वय पदमबहादुर सुनुवार र ओमबहादुर सुनुवारलाई शीर उठाएपछि पिदार गरेर जोर कन्या साङ्मि सुनुवार र साङ्योअ्चा सुनुवारलाई प्रमुख अतिथिले टिका लगाए पछि कार्यक्रमको विधिवत् शुरुआत भएको थियो । कार्यक्रममा आयोजक आंगिक संस्थाबाट सुनुवार विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार, थरिकुति संस्थाबाट शिव सुनुवार, सिंगपुर पुलिस फोर्स छात्रवृद्धि कोषका तर्पmबाट टिकाराम सुनुवार र मेनुका सुनुवार, पूर्व अध्यक्षहरु लोकप्रिय सुनुवार र ले. मानबहादुर सुनुवार, सहयोगदाता तथा पुर्व पदाधिकारीहरुको तर्फबाट पूर्व सहसचिव लालबहादुर मुखिया सुनुवार (एलबि मुखिया), बौद्धिकव्यक्तित्वका तर्फबाट डा. लाल रापचा, संस्थापक तथा पुरस्कार कोषका तर्फबाट प्रेम हाँवाली, संस्थापक सचिव गुञ्जबहादुर सुनुवार र सल्लाहकार मा. दालकुमारी सुनुवारले येले थोचे र सामिबु पिदारले कोइँच नयाँपुस्ता र पुरानो पुस्ताहरु वीचको सम्बन्ध विस्तार तथा अनुभव साटासाट गर्ने थलो भएको बताउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा झर्को नमानी आफ्नो अमूल्य समय दिनु भएकोमा धन्यवाद ज्ञापनसहित अध्यक्ष रणवीर सुनुवारले औपचारिक कार्यक्रम समापन गरेपछि कोइँच कुम्सो खिँको कार्यक्रम संयोजनमा बालकुमार श्रेष्ठको लोक दोहोरी समुहहरुले लोकदोहोरी कार्यक्रम शुरुआत गरेको थियो ।
कोइँच कुम्सो खिँको संयोजनमा प्रत्यक्ष दोहोरी कार्यक्रमको लागि होलिस्टिक हब्र्स प्रा.लि. र होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टर नयाँ बानेश्वर (प्रो. एलबि मुखिया)ले रु. ३०,०००, देम्बा मिट मार्ट पेप्सीकोला (तिलक सुनुवार)ले रु. ९,०००, सविसिवानी सेकुवा कर्नर ताल्छीखेल (प्रो. श्याम सुनुवार)ले रु. ३०००, साकुरा चस्मा पसल कमलपोखरी (गोपाल सुनुवार)ले रु. ५०००, शेर्पा पार्टी प्यालेस जोरपाटी (टाकी शेर्पा) ले रु. २१००, प्रेम सरको कोरियन भाषाकक्षा नयाँ बानेश्वर (प्रेम हाँवाली)ले रु. २५००, एआर ह्याण्डीक्राफ्ट ठमेल (मानबहादुर सुनुवार) ले रु. १०००, प्रेम सुनुवार धापसीले रु. १०००, घरजग्गा खरिदबिक्री व्यवसायी ब्रमखेल (सुवास सुनुवार) ले रु. ५०००, शोभा सुनुवारले रु. ५०००, उत्तम सुनुवारले रु. ५०००, पास्टर दिनेश सुनुवार याअ्ता रु. २०००, अनिता सुनुवार रु. १०००, लुकमाया सुनुवार रु. २५००, किशोर सुनुवार नखिपोटबाट रु. १०००, इन्द्रकुमार सुनुवार नखिपोटबाट रु. १०००, विश्व मुखिया नाखिपोटबाट रु. १५०५, प्रेमचन्द्र सुनुवार मुलपानीबाट रु. ५००, मा. दालकुमारी सुनुवारबाट रु. १०००, ले. मानबहादुर सुनुवारबाट रु. १०००, लोकप्रिय सुनुवारबाट रु. १०००, मानबहादुर सुनुवार माकालवारी गोकर्णेश्वरबाट रु. १०००, पूर्व सचिव मनबहादुर सुनुवार लुँबुबाट रु. ५००, सिंगपुर पुलिस इन्स्पेक्टर टिकाराम जेस्पुच तथा रेणुका याअ्ताबाट रु. ५०००, कोइँच कुम्सो खिँ सदस्य रितु सुनुवार चाबहिलबाट रु. २०००, आदिवासी जनजाति समन्वय समिति रामेछापका पुर्व उपाध्यक्ष दसराम सुनुवारबाट रु. ५००, मनु सुनुवार बानेश्वरबाट रु.५००, गोकर्णेश्वर नयाँपाटी कोइँच महिला दाजुभाईदिदीबहिनीहरु रु.२३१० बाट आर्थिक सहयोग प्राप्त भएको थियो ।

Share