June, 2019

now browsing by month

 

देश कुन दिशामा गइरहेको छ ?

-कोइँचबु काःतिच (उत्तम)
युरोपमा औद्योगिक क्रान्ति हुनु अगावै चीन सन्सारको शक्तिशाली राष्ट्र थियो । र, चिनीयहरु सन्सार उत्कृष्ट उच्चा जातिका रुपमा आफूलाई ठान्छन् पनि । उसलाई बाहिरी मुलुकसँग कुनै मतलब थिएन । यसैले नेपोलियन बोनापार्टले चीनलाई बाघको सङ्ज्ञा दिँदै भनेका थिए, ‘चीन बाघ हो, यसलाई सुतरहन दिनु, चलाउनु हुँदैन ।’ तर त्यही बाघलाई व्रिटेनले अनेकन जालझेल गरेर आर्थिक उपनिवेश बनाउन सफल भयो ।
१७ औं शताब्दी १६०२ इ.मा हल्याण्ड (वर्तमान निदरल्याण्ड) का डच व्यापारीहरुले भारतमा व्यापारिक कम्पनी स्थापना गरे । पुर्तगालका राजा एमान्बेलको अनुमति लिई प्रसिद्ध नाविक भास्को डि गामा सन् १४९८ मा भारतको कालिकटका राजा जामोरिन समक्ष उपस्थित भइ अनुरोध गरेपछि पुर्तागाली व्यापारीहरुले भारतमा आएर प्रशस्त धन कमाएका थिए । यही देखेर डचहरुले इस्ट इन्डिया कम्पनी खोलेपछि इङ्ल्याण्डका व्यापारीहरु पनि महारानी एलिजावेथसँग अनुमपित लिएर इष्ट इन्डया कम्पनी नामक एक व्यापारिक संस्थाको स्थापना गरे । यो संस्थाले शुरुमा दक्षिण भारतका राजाहरुसँग व्यापारको लागि अनुमति प्राप्त गरे । पछि बमबाइ, हुगाली, हुँदै दिल्लीका मुगल बादशाह बहादुर शाहसग अनुमति लिइ बङ्गाल लगायत उत्तरी भारतभरि व्यापार विस्तार गरे । यो व्यापारिक संस्थाहरु व्यापारमा मात्रै नरही भारतको राजनीतिमै भाग लिन थाल्यो ।
पुर्तगाली तथा डच व्यापारीहरुले भारत छाडे पनि फ्रान्सेली व्यापारीको इस्ट इन्डिया कम्पनी र इङ्ल्याण्डको इस्ट इन्डिया कम्पनी वीच लामो समय व्यापारीक तथा राजनीतिक प्रतिष्पर्धा चल्यो । अन्ततः इङ्ल्याण्डको कम्पनीले फ्रान्सको कम्पनीलाई परास्त गर्दै पुरै भारतमा एकलौट व्यापारिक अधिकार मात्रै कायम गरेन भारत नै उपनिवेश बनायो । र, इस्ट इण्डिया कम्पनीको नाममा ब्रिटेन भारतमा लगभग साँडे दुई सय वर्ष राज गर्यो ।
भारतमा जस्तै चीनमा पनि पुर्तागालीहरुले नै व्यापार गरिरहेका थिए । यसैले व्रिटेनका व्यापारीको संस्था इस्ट इन्डिया कम्पनीले क्यान्टन बन्दरगाहमा १७१५ मा कारखाना खोले र चीनको अन्तरिक मामिलामा हस्ताक्षेप गरे । ब्रिटेनले व्यापारीलाई अगाडि सारेर, भारतमा अफिम खेती गरेर टनको टन चीनमा आपुर्ति गरेउ । चिनिया युवा अफिमको लतमा फसे । सँगसँगै क्रिस्चियन धर्मको व्यापक प्रचार गरेऔ । क्रिस्चियन इश्वरिय राज्यको तायपिङ विद्रोहमा लगभग २० देखि तीस हजार चिनियाहरुले ज्यान गुमाए । यस विद्रोहका नेता चिनिया इशाइ हुङ सिउ चुन थिए । चीनमा अफिम व्यापार राम्ररी नै फस्टाएको थियो । तर चिनीय व्यापारीहरु भने रुष्ट थिए । यसै समय १८५६ फरवरीमा एक फ्रान्सेली पादरी अब्बा च्यापडिलेनलाई काङसि प्रान्तको भित्री भूभागमा आफ्नो धर्म प्रचार गर्दै गर्दा गिरफ्तार गरी मृत्युदण्ड दिइयो । यसै घटनाले फ्रान्सले व्रिटेनलाई सहयोग गर्नेभयो ।
यसपछि चिन सरकारले अफिममा प्रतिबन्ध लगायो तर व्यापारीहरुले लगानी डुबेको भन्दै चिनलाई अफिम प्रतिबन्ध फुकुवा गराउन आफ्नो मुलुकको सरकार गुहारे । ब्रिटेनले पनि यही मौकामा अवसरको उपयोग गरेउ, आफ्ना व्यापारीहरुको समान छुटाउनु पर्ने, डुबेको लगानीको क्षतिपुर्ति तिर्नुपर्ने र चीनमा अफिमको प्रयोग फुकुवा गर्नुपर्ने माग अगाडि बढायो । तर चिनिया सरकारले अफिम प्रतिबन्ध फुकुवा गर्नुको सट्टा छापा मारेर बरामाद अफिम समुन्द्रमा डिस्पोज गरेपछि यही आफ्ना व्यापारीको लगानी उठाउने बहानामा बेलायत, फ्रान्स, अमेरिका मिलेर चीनमा आक्रामण गरे, जसलाई विश्व इतिहासमा चीनको अफिम युद्ध भनेर चिनिन्छ ।
तत्कालीन राजाको ग्रीष्माकालिन पेचिङ दरबार ध्वास्त बनाइयो । यो दरबार ध्वास्त पार्न कमण्ड सम्हालेका फ्रान्सका कमाण्डर मोन्तेग्युृले भनेका छन्, युरोप पुरैको हिरा जोहरत बटुल्दा पनि पेचिङ दरबार जस्तो सुन्दर र बहुमुल्य दरबार बनाउन सकिँदैन ।
आखिर चीनलाई पनि व्रिटेनले आर्थिक उपनिवेश बनायो । त्यसपछि चीनमा विदेशीहरुको ब्रम्हलुट भयो । तर मञ्चु सरकार निरीह भएर टुलुटुलु विदेशी अत्यचार हेरिरहन वाध्ये भयो । वास्तवमा चीनमा अधिकार जमाउन ब्रिटेन, जापान, अमेरिकाले चिनियाहरुलाई नै विभिन्न धन सम्पत्ति, पद, प्रतिष्ठाको लोभमा त कतै धार्मिक स्वतन्त्रको नाममा आपसमा झगडा गराउने र कमजोर बनाएर भाइ फुटे गावाँर लुटे भन्ने आक्रमणकारी
नीति लियो, इन्डियामा पनि यसै गरेको थियो।
 
नेपालको सन्दर्भ
विगतमा साम्राज्यवादी राष्ट्रहरुले भारत र चीनमा जे गरे हलिे अहिले नेपालमा यही स्थिति देखिँदै छ । विभिन्न आइएनजिओ र बहुराष्ट्रिय कम्पनीहरुले मानवअधिकार, सचेतना, गरिवीनिवारण र व्यापारको नाममा आदिवासि–आदिवासि बीच झगडा गराउने, आदिवासि–गैरआदिवासि बीच र नेपाली–नेपाली वीच झगडा गराउने गरेको देखिन्छ । एक हिसावले नेपाल, अघोषित आर्थिक, वैचारिक उपनिवेश बनेको स्थिति छ । जलविद्युत, सिमेन्ट कारखाना, र खानी निकाल्ने नाममा भारत र चिनलगायतका अन्य मुलुकहरुबाट ठुलो लगानी आइरहेको छ । तर जनताको सेवा गर्ने र अविभावकत्व दिने भुमिका निर्वाह गर्नुको सट्टा कमिसनको चक्करमा विन कुनै पुर्वाधार र अध्ययन सरकारले दिनदिनै लगानी स्विकृति दिइरहेको छ । यस्तो परिस्थितिमा देश गम्भीर सङ्कटमा नपर्ला भन्न सकिन्न । हाम्रा अगाडि सरकारले एनसेल, इटालियन ठेकेदारलाई केही गर्न नसकेको उदाहरण त छँदैछन् । त्यसैगरि काबेली, लिखु, त्रिशुली, खिम्ती, लम्जुङ, बुढी गण्डकी, कर्णाली, सेतीको हाइड्रोपावर परियोजनाको ज्यादतीलाई सरकार उल्टै स्थानीय जनतालाई विकास विरोधी संज्ञा दिएर धरपकड गरेको यथार्थ कसैबाट छिपेको छैन । उता सिरहाको चोहर्वा सञ्चालित सिमेन्ट कारखनाले कति घर तामाङ, मगर र सुनुवार विस्थापित गरेको छ भने मिर्चैयामा सञ्चालन हुन लागेको सिमेन्ट कारखानाले सिन्धुलीको फिक्कल गाउँपालिकाको सुनुवारहरुलाई चाँडै वेघरवर बनाउने बाटोतिर उन्मुख छ । ह्वाङ्सी सिमेन्टले अर्घाखाँचीका मगर गाउँ विस्थापित गरेको छ ।
 
अन्तमा,
यसैले आदिवासी जनजाति तथा आम नेपाली दाजुभाइ दिदीबहिनीहरु आजैबाट सचेत हौँ । आफ्नो स्थानीय सरकारलाई खबरदारी गरौं । संघीय ताथ प्रदेश सरकारलाई राजनैतिक तथा सामाजिक दबाब सिर्जना गरौं । कतै हामीमा पनि, देशी–विदेशी व्यापारीहरुले विकासको नाममा चीन, भारतमा जस्तै सर्वसाधारण जनताहरुलाई आपसमा लडाएर तेस्रो पक्ष (व्यापारी तथा विदेशी शक्ति) हरुले फाइदा लिन राजनीतिक रणनीति त अगाडि बढीरहेको छैन ।
Share