December, 2018

now browsing by month

 

विदा कटौती हुँदा कोइँचहरु आक्रोशित : कर्मचारी र राजनीतिकर्मी चुपचाप

-काःतिच

“कर्मचारीहरुको लागि हामीले मात्र आन्दोलन गर्नुपर्ने ? हाम्रा स्थायी सरकारमा बस्ने कोइँचहरुको बौद्धिक चिन्तन स्तर कति छ भनेर यहीँबाट थाहा हुन्छ । आजको यस शुभकामना आदनप्रदान तथा जलपान कार्यक्रममा खोइ कर्मचारीहरुको उपस्थिति ? ब्लामिच समाजका अध्यक्ष शिव सुनुवार आक्रोशित हुँदै अगाडि भन्नु भो, कि सुनुवार सेवा समाजले कर्मचारीहरुलाई वेवास्ता ग¥यो चिनेको छैन कि कोइँच बन्न नसकेका सुनुवार कर्मचारीहरुलाई सुनुवार सेवा समाज चाहिएको छैन । हामी कोइँचहरुलाई पनि राज्यले समान व्यवहार गर्नुपर्छ भनेर सडकमा आन्दोलन गर्ने सुनुवार सेवा समाज । त्यही आन्दोलनले स्थापित गरेको अवसर टेकेर जागिर खाने हाम्रा दाजुभाई दिदीबहिनीले सुनुवार सेवा समाजलाई वेवास्ता गर्नु अचम्मकै कुरो मान्नुपर्छ । म पनि जागिरे नै हुँ । ल काठमाडौं भन्दा बाहिर हुने साथीहरुले त सूचना थाहा पाउनु भएन वा आउन सक्नुभएन । काठमाडौंभित्र रहेका सुनुवार कर्मचारीले १ घण्टा समय मिलाएर अनुहार देखाउन किन गाह्रो भयो ? यो गम्भीर विषय हो । एक किसिमले भन्दा हामी बौद्धिक र सरकारी मान्छे ठानेका हाम्रा सरकारी कर्मचारी दाजुभाई दिदीबहिनीहरुले कोइँचको लागि राज्यले विदा दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्न भन्ने प्रष्ट हुन्छ ।”
सुनुवार सेवा समाजले आदिवासी जनजातिहरुको विदा कटौती गरेर हिन्दूहरुको चाडलाई मात्र देशभरि सार्वजानिक विदा दिएको विषयमा सुसेस भवन कोटेश्वरमा अन्तरक्रियात्मक शुभकामना आदनप्रदान तथा जलपान कार्यक्रम राखेको थियो । Read More

Share