May, 2018

now browsing by month

 

आर्थिक वर्ष २०७५/०७६को बजेटको पूर्ण पाठ

प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय,

१. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले यस सम्मानित सदनसमक्ष आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु। यस अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। त्यसैगरी राष्ट्रियता, स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय, समानता र समृद्धिका लागि संघर्ष गर्नुहुने महान् नेपाली नागरिक र त्यसको सबल एबंसक्षम नेतृत्व गर्नुहुने नेपाली राजनीतिका शिखर व्यक्तित्वप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।

२. लामो संघर्षपछि नेपाली जनताको चाहनाअनुरूप संघीय स्वरूपको समावेशी जनप्रतिनिधिमूलक राज्य प्रणाली स्थापना भएको छ। तीनै तहको निर्वाचनबाट लोकतान्त्रिक शासन प्रणाली संस्थागत भएको छ। यो मौलिक स्वरूपको राजनीतिक उपलब्धिसँगै जनताको भरपर्दो साथ र विश्वास पाएको वर्तमान सरकारलाई राज्यका सम्पूर्ण स्रोत र सामथ्र्यको सदुपयोग गरी विकास र समृद्धिको यात्रामा अविचलितरूपमा अघि बढ्न ठूलो प्रेरणा मिलेको छ।
३. वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दीर्घकालीन उद्देश्यअनुरूप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा अघि बढिरहेको छ। प्रतिव्यक्ति आयको वृद्धिले मात्र न्यायोचित विकास सम्भव हुँदैन, न त सीमित आयको वितरणबाट नै समृद्धिमा पुग्न सकिन्छ। त्यसैले उच्च आर्थिक वृद्धिसँगै त्यसको न्यायपूर्ण वितरणबाट मात्र सर्वांगीण विकास हासिल गर्न सकिने यस सरकारको मान्यता रहेको छ। सबै नागरिकका लागि मर्यादित काम, न्यूनतम खाद्य सुरक्षा, आधारभूत स्वास्थ्य–शिक्षाको सुविधा, स्वच्छ खानेपानी र सुरक्षित आवासजस्ता अत्यावश्यक आवश्यकताको परिपूर्ति नै हाम्रो समाजवादतर्फको यात्राको प्रस्थान बिन्दु हुनेछ। Read More

Share

यायावर कोमल मन : अविरल भोगाइका खोल्मा

–काःतिच
अविरल बगिरहेछ खोला
अविरल चलिरहेछ हावा
अविरल फूलिरहेछन् फूलहरू
अविरल घुमिरहेछ पृथ्वी ।
यी खोला, हावा, फूल र पृथ्वीको
अविरल गतिसँगै
जन्म–जन्मान्तर
बाँचिरहनुपर्छ हामीले ।
–अविरल
मन अविरल बहकीरहन्छ– कहिले पुरै समाज परिवर्तनको ठेक्का बोकेर, कहिले सबैको पीडा निदानको ओखती बन्ने सपना बोकेर, कहिले नियतीलाई निरीह स्वीकार गरेर । आखिर प्रकृतिको नियम न हो, निरन्तर चलिरहन्छ, समयको वेगमा अविरल बगिरहन्छ । मृत्यु साश्वत सत्य हो यसैले जन्म सार्थक बनाउन जन्म–जन्मान्तर बाँच्नुपर्छ । Read More

Share

शिब मुखियाको गुरुभेटि “नाअ्सो”

काःतिच
“इ नाअ्सोआ खिँमि ओदेँशो छ । खिँमि खेतिपाति पाचिखेम मुरु आ खिँ पिदार पा गाअ्ने । नेनि माइ शाँ, नाप्खे । (यी यस्तै छ नाअ्सोको घरमा । काम गर्नेबेला अरुको घरघर डुलेर खेती पाती नगर्ने अनि घरको भाँडभकारी खाली हुँदैन त ?)” नाअ्सोमि रिसाउँछिन् । “मार पाइने मिनु नाअ्सोनु ग्याँबे पाप्तिलाइ । इ ओदेँशोन मे । समय फाइँसाउ । शासन व्यवस्था फाइँसाउ । साइङा बुदि नाअ्सो भाग पाथी पुअ्चा नु खेताला गेचा प्लोइँतेमे । (के गर्छस् त ? बिहेँ गर्नेबेला नाअ्सोसँग गरिहालिस् । समय फेरियो । शासन व्यवस्था फेरियो । उहिले हाम्रै किपट मुखिया प्रथामा हुँदा जस्तो नाअ्सो पाथी भाग र खेतला दिने चलन छाडि गए ।)” नाअ्सो आफ्नो यथार्थको कारण प्रष्टाउन खोज्छ । “ख्लिनुमि खिँ प्लेश्शो यो दुई वर्ष दुम्ता । मुलसम खिँ सेल्शो माबाअ्बा । दोपा दुम्बा खिँ सेल्चा माल्ता । ओँदे मुरुआ रुमि चिँ माबाअसिवा । (अरु कुरा थाहा छैन । भुइँचालो गएको दुई वर्ष भयो । अझै घर बनाउन सकिएको छैन । जसरी पनि घर बनाउनु रहेछ । सुन्यौ नि अघि .. ।)” नाअ्सोमि आफ्नै बारीमा बनेको सुन्दर घरको सपना देखिरहेकी छिन् । “देँचा दा देँने शाँ । कोइँच नेल्लि कोइँच देलतेल प्लोइँशा गाअ्तेमे । आम मुल्केम यो प्लोइने थुम्तेमे । देँचा नु पाचा चिँ फ्लाःदाचिम्दा बा चोँ । (भन्न त भन्छस् नि । सर सापट खोज्न पनि कोइँचहरु आफ्नो पुख्र्यौली थलो छाडेर बसाइँ सर्दै छन् । संस्कृति पनि दिनानुदिन छाड्दै परिवर्तन गर्दै गए । भन्नु र गर्नुमा फरक छ ।)” नाअ्सो वर्तमान अवस्थामा गाउँमा सरसापट समेत नपाउने र संस्कार संस्कृति धानी राख्ने जिम्मेवारी नाअ्सोको मात्रै भए जस्तो यथार्थ बक्छन् । वरिष्ठ गायक तथा संगीतकार शिव मुखियाको नाअ्सो अ भेनिसिङ हेरिटेज फिलिमको तीन दिने सुटिङ आज समापन भएको छ । १२ जना क्रु मेम्बर सहित कोइँच गाउँ पुगेका मुखियाले १५ मिनेट लामो कोइँच भाषाको नाअ्सो फिलिममा आदिवासी जनजाति कोइँच सुनुवार भाषा, संस्कृति लोप हुँदै जानुको कारण के हो ? भन्ने गुदी कारणको खोजी गरेका छन् । गीत संगीत क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका शिव मुखिया भन्छन्,‘अव आवाजले मात्रै पुगेन मानिसहरु हेरेर आफ्नो दुःख सुखको अनुभूति गर्न उन्मुख छन् । मैले अरु भाषाका धेरै फिलिमहरु अध्ययनको क्रममा हेरेँ । मैले अरु भाषाको फिलिम हेरेर उनीहरुको सुख दुःखमा सहभागी हुन्छु वा संवेदनशील हुनसक्छु भने किन मेरो मातृभाषा कोइँचको फिलिम हेरेर कोइँचइतर समिक्षक, बुद्धिजिवी र प्राध्यापकहरु मेरो समुदायको सुख दुःखको भागिदार नहुने ? यसैले मैले मेरो कलेजको फाइनल प्रोजेक्ट मेरो पुर्खाले बोल्दै आएको कोइँच मातृभाषामै बनाउने निर्णय गरेँ । मैले जानेको सकेको क्षेत्रबाट नै कोइँच दाजुभाई दिदीबहिनीहरुलाई साथ सहयोग गर्ने हो । यसैले कलेजमा मेरो गुरुहरुलाई कोइँच मातृभाषा र संस्कृति सुनाउन, हेराउन, र पढाउन गुरुभेटीको रुपमा नाअ्सो बनाएको हुँ ।’

Share