March, 2018

now browsing by month

 

आदिबासी जनजाति महासंघ युके दुवारा अन्तरक्रिया

-भावना सुनुवार परिस्कृत
नेपाल आदिबासी जनजाति महासंघ बेलायतको निमन्त्रणामा नेपालबाट बेलायत आइपुगेका नेफिनका संस्थापक तथा माओबादी नेता सुरेश आलेमगर र नेफिनका पुर्व महासचिव तथा त्रिभुवन बि बि का सहप्राध्यापक बालकृष्ण माबुहाङ् संग नेफिन युकेले गत २८ मार्च २०१८ सोमबारको साँझ लन्डन स्थित गोल्डेन सिपमा एक बृहत अन्तरक्रिया गरेको थियो l अध्यक्ष जंग सुनुवारको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रियामा सुरेश आले मगरको प्रमुख आतिथ्य र बालकृष्ण माबुहाङ्गको बिशेष आतिथ्य रहेको थियो l नेफिन युकेको आयोजना तथा महिला महासंघ युके र फोनिज युकेको सह आयोजनामा सम्पन्न कार्यक्रमलाइ महिला महासंघकी महासचिव बसुन्धारा याख्खा राइले स्वागत मन्तब्य दिएकी थिइन l “नेपालमा पहिचानको आन्दोलन र प्रबासी आदिबासी जनजाति नेपालीहरुको भूमिका ” बिषयक रहेको अन्तरक्रियामा आदिबासी जनजाति महासंघ युकेका पूर्व अध्यक्ष सिरी लिम्बु ,निवर्तमान अध्यक्ष्य तुल छन्त्याल, पुर्व महासचिव नरेश काम्रंग राइ लगायत बेलायतमा अबस्थित ११ वटा जातीय संघ संस्था तामांग सोसाइटि अफ युके,तमुधि युके ,ह्याल्मो समाज युके ,शेर्पा एशोसिएसन युके,छन्त्याल समाज युके ,दुरा समाज युके ,किरात सुनुवार वेलफेर सोसाइटि युके,मगर संघ युके , किरात राइ योयाक्खा युके , किरात याक्थुम चुम्लुङ्ग युके, किरात याक्खा छुम्मा युकेका अध्यक्ष तथा प्रतिनिधिहरु ,मधेसी संघका अध्यक्ष, त्रिभुवन बि बि प्राध्यपिका सुमाया राइ ,अधिवक्ता चण्डिका राइ , गोर्खा अभियन्ता बरिष्ठ शोधकर्ता डा चन्द्र लक्सम्बा , प्रवासका राजनीतिक पार्टी नेफेसो युके , नेकपा माओवादी केन्द्र ,नेपाली जनसम्पर्क समिति ,प्रबासी नेपाली मंच लगायत बिभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु, व्यक्ति व्यक्तित्वहरुको सहभागिता रहेको थियो l कार्यक्रममा बिषय बस्तु उपर चर्चा परिचर्चा गरिनुको साथै गोर्खाज पेन्सन बिषयमा डा लक्सम्बाले बिशेष प्रस्तुति दिएका थिए l नेफिन युकेको तर्फबाट अध्यक्ष जंग सुनुवार, किरात याक्खा छुम्माका अध्यक्ष धन रोघु र तमुधि युकेका अध्यक्ष ज्ञाम गुरुङ द्वारा प्रमुख अतिथि र बिशेष अतिथिलाई सम्मान पत्र दुवारा सम्मान गरिएको थियो l सोहि क्रममा महिला महासंघ युकेकी अध्यक्ष बिमला कुमारी राइ र नेफेसो महिला बिभाग युकेकी महिला अध्यक्ष्य छेत्रकला राईबाट पाहुना द्वयमा मायाको चिनो प्रदान गरिएको थियो l अन्तरक्रिया कार्यक्रम महासचीव खुशी लिम्बुले संचालन गरेका थिए l
Share