January, 2018

now browsing by month

 

सामिबु पिदार तथा येले थोचे ५०७८ शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम ।

-काःतिच
हामीले हाम्रो चाडलाई यसरी भव्यताको साथ मान्ने मौका पाएकोमा आफुलाई गौरम्वित महशुुुस गरेको छु । म दुवइमा भएपनि नेपाल हरपल सम्झिरहन्छु । सुनुवार सेवा समाज दुवई शाखाका सबै कोइँच सुनुवार दाजुभाई दिदीबहिनीहरुको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । सुनुवार सेवजा समाज दुवाई का अध्यक्ष नरबहादुर सुनुवारले संस्थागत शुभकामना दिँदा तालीको गडगडाहटले पुरै महौला अति मनोरम बनाएको थियो । त्यसैगरी सुनुवार सेवा समाज भक्तपुरका केवलमान सुनुवारले पनि संस्थागत छोटो शुभकामना मन्तव्य राख्नुभयो । सुनुवार हुँ भन्ने तर हामी सुनुवारको साझा घर सुनुवार सेवा समाजको भवन कहाँ छ र सुनुवार सेवा समाजको अध्यक्ष को हो भनेर नचिन्ने पनि सुनुवार हुन्छ ? नागरिकतामा सुनुवार लेख्दैमा सुनुवार हुनसकिन्न । सुनुवार हुनको लागि उसको भाषा, संस्कृतिप्रति गर्व गर्ने भावना पनि हुनुपर्छ , सुनुवार को हुन् को होइनन् पर्गेल्न सक्ने विवेक पनि हुनुपर्छ, सुनुवार ब्लामिच समाजका अध्यक्ष शिव सुनुवारले शुभकामना दिँदै सान्दर्भिक भावना पनि बाँड्नुभयो । विपना सुनुवारको क्रेजी डान्स ग्रुपबाट शुरु भएको सामिबु पिदार तथा किराती नयाँ वर्ष येले थोचे ५०७८ को शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रममा सुनुवार विद्यार्थी समाजका अध्यक्ष मानबहादुर सुनुवारले शब्दगुच्छाले स्वागत गर्दै सामिबु पिदार र येले थोचेको बारेमा जानकारी गराउनुभयो । भव्य तथा सभ्य तरिकाले सञ्चालित शुभकामना आदनप्रदान कार्यक्रममा रमिला सुनुवार (इरि इरि ताँबे चुइँचिमि कोइँच कुम्सो), महेश मुखिया सुनुवार (होमाचिरि होपोमा कोइँच कुम्सो र पण्डव सुनुवारलाई समर्पित गर्दै भिज्यो तिम्रो रातो पछ्यौरी रिमेक गीत), पूजा सुनुवार, कल्पना सुनुवार, सरस्वती सुनुवार, दिपेश सुनुवार, नविन सुनुवार, दिपक सुनुवार, सर्मिmला सुनुवारले गायन कला प्रस्तुत गर्नु भएको थियो । Read More

Share