November, 2016

now browsing by month

 

चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना

यस सुनुवार सानज बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७३/०८/१२ गते बसेको संचालक समितिको बैठक बाट निर्णय भए बमोजिम निम्न मिति, स्थना र समयमा संस्थाको चौथो बार्षिक साधारण सभा बस्ने भएको हुदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

सभा हुने स्थान र समय
मिति २०७३/०८/२५ गते
स्थान : सुनुवार सेवा समाज भवन ३५, काठमाडौं
समय : दिनको १२ः ३० बजे

Share

धन भएर के गर्नु ? मन हुनुपर्छ : मानबहादुर विष्णुमाया छात्रवृत्ति स्थापना

bhaktaman–काःतिच

धन होइन मन हुनुपर्छ । धन हुने सुनुवार समाजमा गनी नसक्नु छन् । छन् यसकारण भन्दै छु कि उनीहरुको तडकभडक, रवाफ, फुर्ति र जीवनशैलीले अनुमान गर्न सकिन्छ । तर सबैको मन भक्तमानको जस्तो नहुनसक्छ । सुनुवार समाजको इतिहासमा पहिलो छात्रवृत्ति, विद्वत्तवृत्ति अनि कोइँच गाउँका विद्यालयको लागि शैक्षिक सामाग्री प्रदान गरिने कोष स्थापना भएको यही हो । रामेछाप गुप्तेश्वर १ निवासी तीन कोरी उमेरबाट भर्खरै एक खुड्कीलो उक्लेका भक्तमान सुनुवारले जन्म दिने आप्mनो बुबाआमा मानबहादुर र विष्णुमाया सुनुवारको नाममा मानबहादुर विष्णुमाया सुनुवार स्मृति छात्रवृद्धि कोष स्थापना गर्नुभएको हो । छोरा हुन त भक्तमान सुनुवार जस्ता । यो कोषबाट प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई १२०००, १२००० हजार र स्नाकोत्तर सकेर शोधमा लागेका शोधकर्तालाई २०००० हजार प्रदान गर्ने र कोइँच गाउँको विद्यालयमा चक्रीय प्रणाली अनुसार १०,००० बराबरको शैक्षिक सामाग्री प्रदान गरिने छ ।
आफुले पढ्न नपाएकोमा धेरै थक्थकी लागेको बताउनु हुने छात्रवृद्धि संस्थापक भक्तमान सुनुवारले हरेक सरकारी कार्यालयमा जाँदा कतै कोइँच सुनुवारको उपस्थिति नदेखिएको हुँदा युवायुवतिहरुको शैक्षिक स्थिति सुधार गरि सरकारी जागिरमा अभिप्रेरित गराउने लक्ष्यानुसार कोष स्थापना गरेको बताउनुभयो । Read More

Share

केही आशा केही निराशा : एउटा फुलको कथा

bikram–काःतिच
कसैलाई सन्तान भएनन् भन्ने पिरलो । कसैलाई सन्तान भएर पनि पिरलो । कसैलाई छोरा भएन भन्ने चिन्ता । कसैलाई छोरी जन्मिएन भनेर चिन्ता । यो चिन्तै चिन्ताको महासागर, अनुमान लगाउनै गाह्रो । रामेछाप रस्नालु दिकीमा जेठी छोरी जन्मेपछि विक्रम जन्मिदा छोरा जन्मयो भनेर जति खुशी भएका थिए अहिले त्यत्तिकै पिरलोमा छन् । हुन त जेठी छोरीले पनि आमाबुबाको मन नकुँढाएको भने होइन । विक्रमले यस धर्तीमा पाइला राख्दा आमाबुबालाई शायद लागेको थियोहोला, खिम्ती हर्षविभोर भएर सुसाइरहेको छ । तर हिजोआज त्यही खिम्ती उनीहरुको पीडामा अट्टहासका साथ गिज्याइरहेछ । हरेक आमाबुबाले छोराछोरीबाट गर्ने आशा भनेकै सुखद भविश्यको हो । वंश थामोस् भन्ने हो अनि पुर्खाले आर्जेको सम्पत्ति जोगाइराखोस्, त्यसमाथि थपोस् भन्ने नै हुन्छ । तर समयले कसलाई कहाँ पु¥याउँछ ? थाहा हुन्न । आमाबुबाले सोचेभन्दा फरक परिस्थिति सिर्जना हुन्छ र विचारमा विचलन आउँछ । सोचाइमा विचालन र बुझाइमा विचलन आउँछ । मेरो छोरानातिको लागि भनेर पुर्खाले जोडेको सम्पत्ति थप्ने त होइन बेचिन्छ, सकिन्छ अनि सुखी परिवार छिन्नभिन्न हुन्छ । र, एकै परिवारको सन्तान विरानो बन्न पुग्छ । Read More

Share