September, 2016

now browsing by month

 

मालिङ्गोको बोटमा मौलाएको फेन्चेम माया : इलामे कोइँचको पवित्र हरित मनसँग

img_0284–कोइँच बु काःतिच
खस्रुको बोटमुनि गाईगोरु, बाख्रा चराएर गोठाले जीवन बाँचेका कोइँचहरु, मालिङ्गो घारीमा मायालाई क्योङ्मा खिपेर हाँसेका डाकेडाले कोइँचहरु, बिटे आलुमा फेन्चेम माया चोपेर जिन्दगी धानेका एर्म कोइँचहरु । मेची राजमार्गको किनारमा दिनाहु दुध ओसार्दै उकालीओराली खेपेका कोइँचहरु । अब आफ्नो दैनान्दिनी, जीवनशैली र संस्कृति पाहुनालाई पस्किने सपना बुनीरहेका छन् ।
हुन पनि इलाम घुम्नेहरुका लागि पुवा मझुवा कोइँच गाउँ पुगिएन भने इलाम गएको कुनै सार्थकता हुँदैन ।
इलामका पर्यटनविद् तथा सञ्चारकर्मी धर्म गौतम भन्नुहुन्छ, मलाई इलाममा एउटा कुरा खट्कीरहेको थियो, इलाम पुगेर घर फर्किँदा घरमा वा आफ्नो मायालुलाई चिनो के लैजाने ? त्यस्तो सम्झना रहीरहने चिनो इलाममा केही थिएन । जो आए पनि चिया, ललीपप, छुर्पी लिएर जाने । लाग्यो खायो सकियो । खप्ने खालको चिनो के हुनसक्छ भनेर मनमा कुरा खेलीरहेको थियो । त्यो अभाव कोइँच गाउँको हेण्डिक्राफ्टले पुरा गरेको छ । हाम्रा कोइँच दाजुभाईसँग यस्ता राम्रा राम्रा हेण्डिक्राफ्ट रहेछ । यसलाई प्रोमोट गर्न सकिन्छ ।
पुख्र्यौली थलोमा निख्रीसकेको परम्परागत सीप अझै इलाममा जीवित रहेकोछ । पानी नचुहिने, भुने, डेली, सोली, थुन्से, नाङ्लो, डोको, डालो बुन्ने कोइँच इलाममा छँदैछन् । मायालुको अमर चिनो प्लेँकास, क्योङ्, लुजेबास, माचिङ्गा बास यहाँका कोइँचले बनाउन छाडेका छैनन् । वार्दे, दुवाँली थापेर सिकार गर्ने चलन जीवित छँदै छ । त्यति मात्र होइन आधुनिक कृषि प्रणालीमा पनि पोख्त छन् । नगदेबालीहरु लगाउन पौरखी हातहरु माटोसँग सल्बलाइरहेका छन् । हेर्दा हामीलाई अचम्म लाग्छ । शहरबजारको व्यूटीपार्लरमा गएर पार्टीमा चिटिक्क परेर हिड्ने कृत्रिम सुन्दरीभन्दा सयौं गुण सुन्दर देखिन्छन् इलामे कोइँच युवायुवतिहरु । कसरी आफ्नो सौन्दर्य स्याहारसंभार गरे होलान् ? पुख्र्यौली थलोका युवायुवातीहरुले शहरबजारको सुन्दरतासँगै पढ्नलेख्न, खेतीपाती, व्यापार व्यवासाय र पुख्र्यौली पेशा कसरी जीवित राख्ने भन्ने शिक्षा सिक्न इलाम, पाँचथरको सुनुवार गाउँ एक पटक पुग्नै पर्ने हुन्छ । परम्परागत पेशालाई गर्वसाथ युवा पुस्ताहरुले अँगालीरहेका छन् इलामे हरित पवित्र मनका कोइँचहरुले ।
२०७१ साल वैशाख । पुवा मझुवाको कोइँच गाउँ, चैते । शाँदार पिदारमा कम्मर मर्काई मर्काई नाचेको याद ताजै छ । म र मेरो साला राजेश सुनुवार (हाल सुनुवार सेवा समाज कतारका सचिव हुनुहुन्छ ।) टी सर्टको भरमा पाँचथर शाँदारथानको सुसेस भवन उद्घाटन गर्न फिदिम नाम्दोखोला गएका थियौं । तर कोइँच संस्कृति सम्बन्धि अन्तरक्रिया भएको हुँदा शाँदारपिदारकै दिन पुवा मझुवा चैते आइपुग्नु पर्ने भन्ने तत्कालीन अध्यक्ष मनप्रसाद सुनुवारको खबरले भवन उद्घाटन गर्ने वित्तिक्कै हामी, बुद्ध मुखिया सिवा, बुद्ध मुखिया लुम्दे, राजेश सिरहा र म हिड्दै पौवा भन्ज्यङ पुगेर ट्रक चढेर राँके पुगियो र त्यहाँ बागखोरसम्म चार सयमा ट्याक्सी रिजर्भ गरी पुवा मझुवा चैते पुग्यौं । हामी पुग्दा शाँदार पिदार सकेर मन्दिरबाट हिड्न लाग्नुभएको रहेछ । बेलुकी चैत शुशुच कोइँचको घरमा क्याम्प फायरसहित अन्तरक्रिया भयो । लेकको ठाउँ जाडोले इन्तु न चिन्तु बनायो र लुम्दे बुद्ध मुखियाको कोट मागेर ओड्दै अन्तरक्रिया गर्दाको क्षण जति अविस्मर्णीय थियो । खोइ कुन्नि किन हो ? यो मनलाई च्वस्स चिमोटीरहेको छ पुवा मझुवाको कोइँच गाउँले । झरिलो सिस्नुले झम्झमाए जस्तै मन फेन्चेम रनाह रहीरह्यो आजसम्म । यस वर्षको कोइँच इको कल्चरल टुरिजम भिलेज स्थलगत भ्रमणमा झनै धेरै कुरा पुवा मझुवाले सिकायो । मालिङ्गोको बोटमा मौलाएको फेन्चेम (चिङ्फिङ) माया अति रसिलो बनेर यो मनमा झाँगिएको छ । इलाम घुम्नुको सार्थकता पुवा मझुवाको कोइँच गाउँ घुमेपछि मात्र पुरा हुनेरहेछ, मन त्यसै त्यसै पुलकित भइरहेछ फेन्चेम मायामा ।

Share

१३ बुँदे इलाम घोषणापत्रको पूर्ण पाठ

सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनले पारित गरेको १३ बुँदे इलाम घोषणापत्रको पूर्ण पाठ ।
==============================
सुनुवार सेवा समाजको
प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनको
इलाम घोषणा–पत्र २०७३
आदिवासी किरात कोइँच सुनुवार प्राग–ऐतिहासिक राष्ट्र (जाति) का सामाजिक, धार्मिक तथा साँस्कृतिक संरक्षणका लागि स्थापना भएको सुनुवारहरुको प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाज हो । ङाकु (सुनकोसी), सुबुकु (तामाकोसी), खिम्कु (खिम्ती), लिकु (लिखु), मोल्कु
(मोलुङ÷सोलुङ), दुबुकु (दुधकोसी) ऐतिहासिक भू–भागका सुनुवारहरु पछिल्लो समय स्वदेश तथा विदेशका विभिन्न भू–भागमा समेत बसोबास गर्दै आइरहेका छन् । सुनुवार सेवा समाजको संस्थागत संगठन १५ जिल्ला समिति क्रियाशील रहेको र बाँकी जिल्लामा संगठन विस्तार हुने क्रममा रहेको छ । यसका साथसाथै विदेशका विभिन्न मुलुक दक्षिण कोरिया, हङकङ, मलेसिया, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बेलायत र अमेरिकामा शाखा रहेको र जापान, इजरायल, ओमनलगायतका मुलुकमा शाखा विस्तार क्रम रहेको छ ।
स्थापनाकालको करिव तीन दशकपछि भाषिक, सामाजिक र साँस्कृतिक संरक्षण भन्दा माथि उठेर मुलुकको बदलिँदो राजनीतिक परिस्थिति तथा राज्यका पुनःसंरचनामा आदिवासी किरात कोइँच सुनुवारको पहुँच, समावेशी सहभागिता, समानता र भूमिका सम्बन्धमा सबै राजनीतिक पार्टीमा संलग्न सुनुवार राजनीतिककर्मीहरुको सक्रिय सहभागितामा किरात कोइँच सुनुवारको पहिचानसहितको स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र भाषिक, साँस्कृतिक अधिकार, समावेशिता, प्राकृतिक स्रोतसाधनमाथि आत्मनिर्णयको अधिकारसहितको प्रयोग र नियन्त्रणको अधिकारजस्ता राजनीतिक अधिकारहरु समाधानका लागि आदिवासीको मानवाधिकार घोषणापत्र, आइएलओ महासन्धि १६९ र युएनड्रिप २००७ ले प्रत्याभूत गरेको अधिकारलाई आत्मसात गर्दै प्राग–ऐतिहासिक थाँतथलोको आधारमा वल्लो किरात स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने प्रतिबद्धतासहित प्रथमपटक इलाम जिल्लाको इलाम बजारमा ूक्भाि(ज्भउि, क्भाि(क्भचखभ, क्भाि(न्यखभचलभमू नारासहित निम्न बुँदामा सुनुवार सेवा समाजका मातहातका विभिन्न संस्था तथा राजनीतिक दलहरुको प्रतिबद्धतासहितका इलाम घोषणा–पत्र २०७३ जारी गरिएको छ ः
१. वर्तमान संविधानमा उल्लिखित राज्यको पुनःसंरचनाप्रति विमति राख्दै, प्राग–ऐतिहासिक पृष्ठभूमिका आधारमा स्वपहिचान र आत्मनिर्णयको अधिकारसहितको वल्लो किरात स्वायत्त प्रदेश साथै मुलुकको अन्य भू–भागमा निर्माण हुने प्रदेशहरुमा स्थानीय निकाय निर्माण गर्दा किराती कोइँच सुनुवारहरुको बस्ती खण्डित नहुने गरी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र घोषणा गरिनुपर्दछ ।
२. सिमान्तकृत किराती कोइँच सुनुवारहरुलाई राज्यको हरेक अंगमा पूर्ण समानुपातिक र प्रभावकारी प्रतिनिधित्व, स्वशासन, स्वपहिचान, आत्मनिर्णय सहितको अधिकार सुनिश्चितका साथै सबै राजनीतिक दलहरुले उचित स्थानमा सुनिश्चित गरिनुपर्दछ ।
३. प्राग–ऐतिहासिक किरात कोइँच सुनुवार समुदायहरुको प्रयोग र नियन्त्रणमा रहेको प्राकृतिक स्रोत साधन (जल, जमिन, जंगल र खनिज) माथिको अग्राधिकार सुनिश्चित गरिनुपर्दछ ।
४. सिमान्तकृत आदिवासी किराती कोइँच सुनुवारको आर्थिक समृद्धिका लागि व्यवसायिक उत्पादनमूक क्षेत्रमा सामुहिक लगानीको लागि बैंक सुरक्षण गरिनुपर्दछ ।
५. सीमान्तकृत आदिवासी किराँती कोइँच सुनुवारको शैक्षिक विकासका लागि एक घर एक स्नातकोत्तर÷विद्यावारिधि अभियानमा राज्यले छात्रवृद्धि तथा विद्वत्तवृत्ति व्यवस्था गर्न विशेष शैक्षिक कोषको स्थापना गरिनुपर्दछ ।
६. किराँती कोइँच सुनुवार मातृभाषालाई राज्यले सरकारी कामकाजको भाषा बनाउनुपर्दछ ।
७. किराँती कोइँच सुनुवार मातृभाषा संरक्षणका लागि चलचित्र, गीत÷संगीत, कार्टुन तथा वृत्तचित्र निर्माणका लागि राज्यले विशेष पहल गर्नुपर्दछ ।
८. आदिवासी किरात कोइँच सुनुवार बालबालिका, महिला, अशक्त, अपांग तथा वृद्धवृद्धाहरुको सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले गरिनुपर्दछ ।
९. आदिवासी किरात कोइँच सुनुवार महिला सशक्तिकरणका लागि विशेष आरक्षणको व्यवस्था गरिनुपर्दछ ।
१०. आदिवासी किरात कोइँच सुनुवार महिलाको परम्परागत सीप क्षमताको विकासका लागि राज्यबाट विशेष व्यवस्था गरिनुपर्दछ ।
११. आदिवासी किराँती कोइँच सुनुवार यूवाहरुको रोजगार तथा स्वरोजगारको लागि राज्य तथा समाजले कोइँच कल्चुरल टुरिजम भिलेजलाई प्रवद्र्धन गरिनुपर्दछ ।
१२. विश्वभरि छरिएर रहेका किराती कोइँच सुनुवारको भाषिक, साँस्कृतिक संरक्षण तथा संवद्र्धन तथा आर्थिक समृद्धिका लागि आइ.एल.ओ. महासन्धि १६९ अनिवार्य लागु गरिनुपर्दछ ।
१३. आदिवासी किराती कोइँच सुनुवारको तथ्य सङ्कलन गरी सशक्तिकारण गरिनुपर्दछ ।

आदिवासी जनजातिको मानवाधिकार लागु गर्न गराउन हामी सबै विचार, तह र तप्काका आदिवासी किराती कोइँच सुनुवारहरु प्रतिवद्धता जाहेर गर्दछौं ।

मितिः २०७३ असोज ३ गते सोमबार
प्रतिवद्धता जनाउने संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुः
१. प्रदीपकुमार सुनुवार, नेपाली काँग्रेस
२. मा. यज्ञराज सुनुवार, नेकपा एमाले
३. विनोदकुमार सुनुवार, नेकपा माओवादी केन्द्र
४. मनप्रसाद सुनुवार, वल्लो किरात संघीय राज्य परिषद्
५. नवीनकुमार सुनुवार, संघीय समाजवादी फोरम, नेपाल
६. महेश कोर्मोचा, नयाँ शक्ति पार्टी, नेपाल
७. जंग सुनुवार, संघीय लिम्बुवान पार्टी
८. सुनुवार विद्यार्थी समाज, काठमाडौं
९. सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
१०. सुनुवार सेवा समाज जिल्ला, गाउँ र नगर समिति तथा विदेश शाखा
११. नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, काठमाडौं
१२. कोइँच पत्रकार समाज, इलाम
१३. भारतीय सुनुवार मुखिया समाज, दार्जिलिङ

Share

रुखले किचेर मृत्यु

सुजाता सुनुवार, इलाम ।
इलामको देउमाई नगरपालिका ३ स्थित याक्सी भन्ने ठाउमा १ जना पुर्वशिक्षकको मृत्यु भएको छ । ६७ वर्षिय जयनिधि पराजुलीको रुखले किच्याएर मृत्यु भएको हो । विहिवार दिउसो ४ः३० मा घरनजिकैको अलैचिबारीमा रुख काट्ने क्रममा किच्याएर पराजुली घाइते हुनुभएको थियो  । पराजुलीको भारतको सिलगुडी स्थित नर्थ बङ्गाल न्युरो हस्पिटलमा मृत्यु भएको हो ।  मृतक पराजुली स्थानिय भानुदय प्रा विका पुर्व शिक्षक हुनुहुन्थ्यो  । मृतक पराजुलीका श्रीमती १ छोरा र २ छोरी छन् । मृतकको शवलाई अहिले इलाम अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई शव बुझाउने तयारी भैरहेको  छ  ।

Share

आदिबासी जनजाति चलचित्र महासंघमा पुनः अमृतबहादुर सुनुवार अध्यक्षमा निर्वाचित ।

chalchitraसुनुवार डट ओआरजी समाचारदाता।
१८ भदौ, काठमाडौं । आदिबासी जनजाती चलचित्रकर्मीहरुको हक अधिकार तथा बिकासको साथै आदिबसीको सस्कृती पहिचान एवम जगेर्नाको निमित्त स्थापित आदिबासी जनजाति चलचित्र महासंघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महादिधवेशनले पुनः अमृतबहादुर सुनुवारलाई अध्यक्षमा निर्वाचित गर्नुको साथै नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सृजना सुब्बा, युगबहादुर गुरुङ, बिकु थोकर, महासचिबमा पुर्खाजित राई, सचिबमा बिवश बुढा मगर, सिजिका माझी, र कोषाध्यक्षमा बिजेन्द्र बज्रचार्य निर्वाचित भएका छन् भने सहकोषाध्यक्ष पछि मनोनयन गरिने भएको छ ।

Share

मनमा लागेको खुल्दुली (केही साथीहरुको जिज्ञासको उत्तर)

अरुलाई होइन आफैंलाई सोधौं साच्ची म चि के गरीरहेछु समाजलाई भोलिको पुस्तालाई ।
हाम्रा कोइँच सुनुवार दाजुभाईको कुरा नि- कविता लेख्छन्, कथा लेख्छन्, गजल लेख्छन्, रुवाई लेख्छन् । हेर्छन, मस्किन्छन् फुर्किन्छन्, अहा कति राम्रो लेखेँ । अरुको भन्दा अब्बल छ मेरो कविता, कथा, गीत । वा वा वा । छोइ नसक्नुको । छाप्दैनन् । हिजोआज त झन सामाजिक सञ्जालले त्यो सुविधा दिएकै छ । हामी त्यस्ता छौं, कोइँच सुनुवारहरु । आफैं हेर्छौं, आफैं पाठक । आफैं शल्यक्रिया गर्छौं कविता, कथा, उपन्यासको, आफैं समालोचक । आफैं बजार अनुसन्धान गर्छौं, आफैं बजार व्यवास्थापक । आफैं खर्चको चाँजोपाँजो मिलाउँछौं अनि आर्फै प्रकाशक, डिजाइनर । अनि आफैं हरेस खन्छौं ।
तर खस बाहुनहरु शुरुमा लेख्न नजान्ने भएर निस्कीन्छन् । कविता लेख्छन्, गीत लेख्छन्, उपन्यास लेख्छन् । पढ्न दिन्छन् । देखाउँछन् । सच्याइदिन अनुरोध गर्छन् । समसमायिक भयो भएन भन्छन् । सर यो कस्तो छ बनाइदिनु न । बनाइदियो मेरो कविता कति राम्रो बनाइदिनुभयो सरले भन्छन् । छाप्दै जान्छन् । जान्ने बन्दै जान्छन । निरन्तरता दिन्छन् । अन्तिममा राष्ट्रिय कवि बन्छन् उपन्यासकार बन्छन् । समालोचक बन्छन् । सम्पादक बन्छन् । प्रकाशक बन्छन् । राष्ट्रिय अन्तराष्ट्यि नाम कमाउँछन्, दाम कमाउँछन् । इज्जत हुन्छ । मज्जाले घुम्छन् घुमेकै छन् । र, सहयोगी, मिलानसार बनेर विद्वन बनेर हामी माझ नै निस्किन्छन् । हामीले सिकाएका खसबाहुन भाइबहिनीहरु, हाम्रै खसबाहुन साथीहरु ।
हाम्रोहरुलाई लेख न लौ छाप्नु प¥यो भन्यो शुरु मै पैसा कति पाइन्छ पो भन्छन् । जान्ने बन्छन् । उनीहरुले लेखेको लेख, कविता, गीत, कथा त सच्याइदिनु नै हुन्न । खप्न नसक्ने गरी गाली गर्छन् । कति न राष्ट्रिय लेखक भए जस्तो अबदेखि आर्टिकल नै दिन्न भनेर धम्की दिन्छन् । उल्टै कति न जान्ने समालोचक भएर, त्यस्तो पनि कविता हो, उपान्यास हो भनेर खोक्छन् । सुनुवारमा समालोचक त परै जाओस् पुस्तक समिक्षक समेत अहिलेसम्म डा. लाल रापचा बाहेक अरुले गरेको भेटेको छुइन । उहाँ भने खसबाहुन जस्तै हुनुहुन्छ (लेखरचना लेख्ने दिनेमा मात्रै नि) । भन्ने वित्तिकै लेख रचना दिइ हाल्नुहुन्छ । मेरो “देन ए सेरेम फु” पहिलो कोइँच भाषाको कविता संग्राहको समिक्षा पनि उहाँले नै गर्नु भएको हो गरिमा साहित्यीक पत्रिकामा । गजलकार भानु सुनुवारले डा. लाल रापचाकै नाम लिएर गाली पनि गर्नु भो मलाई, भनेको भोलि पल्टै डा. लाल रापाचाले लेख पठाई दिनु भो, तपाईँलाई एक महिना अगाडिदेखि “भनेको आजसम्म पनि छैन कति ठूलो फर्केको ।” अनि मैले नतमस्तक जवाफ दिनु कर लाग्यो “मलाई पनि त स्वतन्त्र लेख माग्नुभएको भए अहिलेको अहिले नै दिने थेँ ।” हुन पनि मलाई सुनुवारको सबै कुरा आउनु प¥यो भनेर लेख मागियो । सुनुवारको सबै कुरा खोज्दा खोज्दा मेरो त बाह्र बज्यो । ढिलो भो । १० १२ दिन अगाडि मात्र सुनुवार सेवा समाज कतारबाट निस्किने पत्रिका होमाचिरिमा लेख पडाएँ । यही हो खस बाहुन र सुनुवारमा भिन्नता । यस्ता छन् हाम्रा मान्छे । Read More

Share