December, 2015

now browsing by month

 

किरातीहरुका प्रकृति र पितृको पूजा दोहामा सम्पन्न ।

quatarभानु/सामुयल सुनुवार समाचारदाता, दोहा, कतार । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व ,रापवा श्याँदर पिदार, चासोक तङनाम, साकेला उधौली– ५०७५ लाई किराती तथा गैरकिरातीहरुले कतारमा २५ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ मनाए ।
आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम÷मुक्दुममा बिभिन्न मिथकहरु रहेको पाइन्छ । खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि नयाँ अन्न पितृहरूलाई अपर्ण गररे मात्र खाने परम्परा विकास गर्दै गए ।
यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् यो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन् यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घिको कामना गर्दै उधौली चार्ड मनाइन्छ । Read More

Share

हार्दिक श्रद्धाञ्जली

baju adहार्दिक श्रद्धाञ्जली

Share

रिमाचोमा 

स्थान ( बैठक कोठा ), समयः दिउसो , पात्रहरूः तोसिल , नम्सीफु , सेवल
तोसिल सोफामा आरामले बस्दै ष्याँदर सीलको भिडियो अन गर्न थाल्छ । उनकी श्रीमती नम्सीफु रंगीचंगी धागो सुल्झाउदै फेनेरेल्फ बुन्नमा व्यस्त छिन १ ढ्याम्म ,ढ्याम्म ,ढ्याम्म ।।।झ्याकुम ,झ्याकुम झ्याकुम ।।। ढोल र झ्याम्टाको ताल र धुनले नम्सीफुको ध्यानभंग हुन्छ ।
नम्सी – जब आफ्नो जरी (चाड ) आउछ तब हामि जस्तै बिदेशमा बस्नेहरु नोस्टाल्जिक हुन् पुग्छन भन्थे ! हो बामेबात आन बाबु, उसमाथि पनि आफ्नो रिमाचोमा जतिको प्यारो अरु हुने सक्दैन १ बरु छोरा छोरीहरुसँगै बसेर हेर्दा राम्रो हुने थियोकि बुढो ?
तोसिल – हेरुम्लानी फेरि पनि के भो र ! आफ्नो गाउघर तिर श्यांदर आउदा मैनाभर ढोल सिल गर्दै गाउ घुमिन्थ्यो रे उइले ! अब ऐले हामि अडियो सुन्दै भिडियो हेर्दै मैना बिताम्ला ! तिमि बरु त्यो झल्लरि मल्लारी छाडी देउ । ढोल र झ्याम्टाको ताल धुन खुबै मिलेको छ । आऊ बरु नाचौँ बुढी बुढा१ यो घ्याप्पे पेट पनि हलुङ्गो होलाकी कतै !(नाम्सिको हात तान्दै) ।
नम्सी – होइना अब श्यादर आउदै छ फेनेरेल्फा लगाउनु पर्दैन तिमि बुढालाई रु फुर्का सबै चुट्टेको रछ र यसो बल्ल तल्ल मौका मिलाई गास्दैछु कहा नाची बस्न पाउछु म १ एकछिन पछि सबैलाई भोक लाग्छ भन्सेरी बन्ने पर्यो ! आफु भरखर थाकेर आकोछु कामबाट कुन जागरले नाचौ अब ! उ सेवाल आयो, अब बाबु छोरा नाच ! मलाइ आफ्नो काम गर्न देउ (बैठक कोठामा सेवलको प्रबेस)
सेवाल –आज बाबा हजुरको काम छैन (सिधै बाउतिर प्रश्न गर्छ)
तोसिल- किन हौ, मेरो खाली कामै मात्र भइरहोस् भन्छौ जस्तो छ नि तिमरले रु म बुढो गोरु हु तर हलो तान्नुमा अझै तिमरलाई पछि राख्छु ल रु किरातीको छोरो पो हु बाबै ! अनि खै त् तेरो लोबम (सोफामा बस्दै)
सेवाल – त्यसो भनेको हैन बाबा ! प्राय हजुरको कामै हुन्छ । आज यसरी घरमा रमाइलो गर्दै बस्नु भएको देख्दा खुसी लाग्यो ,मेरो इन्टेन्सन गलत थिएन ! हजुर आफूले नेगेटिभ लिनुहुन्छ भने हामीले के नै भन्न सक्छौ र रु मिम्सिमा त काममा गाकिछे आज उनको लेट सिफ्ट हो राति अबेर मात्र घर फर्किन्छे !अनि चण्डी हेर्नु भएको रछ्नी त्यै भएर बाबालाई जोस चलेको जस्तो छ डान्स गर्नलाई ! चण्डी डान्स क्या फनि लाग्छ !(हास्दै)
तोसिल- सेवाल ,आजदेखि चण्डी भन्न बन्द गर श्यादर भन्न सिक श्यादर ! ल योश्यादर भिडियो पछी हेरम्ला ऐलेलाइ भने बसेर बात नै मार्नु जरुरि लाग्यो ! कुराको प्रसंगमा उठेको बिषय बस्तुलाई ठिक समयमा क्लियर कट गर्नु बेस्ट हुन्छ ! ममी ल तिमि पनि साथ् देउ है मलाइ ! ल आइजा बस छोरा बाउको छेउमा ! अब छोरीलाइ भने उनको हाम्रो फुर्सद मिल्दा बताम्ला ! ( छेउमा छोरालाई सबाउदै)
तोसिल- आज छुट्टि हो मेरो कति मात्र ओभर टाइम गर्नु । शरीरलाई पनि आराम दिनुप¥यो नि ।खासमा त् नाइट डिउटी थियो मैले अफ लिए ! आज साँझ ढोल सिलको प्राक्टिस गर्ने सल्ला भाकोछ ! अनि तँ आज दिनैभरि घरैमा छस् रु सुतेर बसिस् ?
सेवाल- रातभरि काम गरेर बिहान ६ बजे त आएर सुतेको हो नि म पनि । आज अलि छिट्टै उठेको युनिको एसाइनमेन्ट गर्न । त्यही गर्दै बसेको थिएँ । तपाइले चण्डीको भिडियो लगाउनु भएछ । ढोल झ्याम्टाको धुनले मलाई पनि बसेको ठाउबाट उठाएरै छाड्यो ।
तोसिल – ल हेरन चण्डी भन्यो फेरि ! हामी किराँतीहरुको विशेष पर्व उधौली र उभौलीलाई ,हाम्रो कोइंच सुनुवार भाषामा श्यांदर जरी भन्छौ ! राइहरुले साकेला ,लिम्बुहरुले सिसेक्पा र अन्य किरातीहरुले आ आफ्नो जातीय भाषामा बिभिन्न नामले आफ्नो रिमाचोमा झल्काउने नामबाट उभौली उधौली मान्छन ! चण्डी शब्द हिन्दु संस्कृति बाट आएको हो खास गरि हाम्रो जिजु किकि पिकिहरुको पालोमा ! यहि चण्डी शब्दले हाम्रो रिमाचोमा झल्काउने जरीको श्यांदर नाम ओझेलमा परेको हो १ यो थाहा भएदेखि गाउ देखि ठाउ सम्म आफ्नो मौलिक रिमाचोमा झल्काउने चाड पर्वलाई आफ्नै जातीय बोलीमा पुकार गर्ने अभियान चलेको छ १ पिता पुर्खाहरुले आदिम काल देखि मानि आएको र भनि आएको संस्कृतिलाइ रिति थितिलाई संरक्षण र सम्बर्धन गर्नु हाम्रो ठुलो दायित्व हो छोरा बुझी राख्नु तिमीले
नाम्सिफू – अब यसले बुज्ला र यस्तो कुरा रु अलि अंग्रेजी भाषामा भान्दिदा प्रष्ट हुन्छ होला १
तोसिल – गलत १ एकदम गलत ११ आफ्नो बारेमा बुझाउनु पर्दा आफ्नै भाषामा बुझाउनु राम्रो कुरा हो नाकी अरुको भाषामा १ त्यै भएर तिमि हामीले आफ्नो छोरा छोरीलाई घर भित्र आफ्नै नेपाली भाषा नै सिकाएको हैन र रु अझ हामीले त् आफ्नो मातृ भाषा कोइच लो सुनुवार भाषा पनि बोल्न सिकाउनु पर्छ र आफुले पनि बोल्नु पर्छ १ भाषा र संस्कृति रहे सम्म हरेक मानिसको आफ्नो जातीय र राष्ट्रिय पहिचान रहन्छ १ जब भाषा र संस्कृतिको अवसान हुन्छ तब मान्छेको पहिचान र अस्तित्व समाप्त हुन्छ १ हामि जुनसुकै देशमा जुन उद्देश्यले बसोबास गर्न पुगे पनि नेपाली नै भएर बाँच्ने छौ ,कोइंच सुनुवार नै रहने छौ ! बुजिस छोरा तैले  ( सेवाल तिर हेर्दै )
सेवल – बाबा ,ममि म राम्रो संग बुझ्न सक्छु आफ्नो राज्यको भाषा तर आफ्नो सुनुवार भाषा कोइंच लो भने सिक्ने तरखरमा छु ! अनलाइनबाट कोइंच लो र सुनुवार भाषा सिक्ने चाँजो मिलाउदैछु कातिच सरसंग ! घर भित्र हजुरहरु प्राय नेपालीमा बोल्नु हुन्छ ! हामीलाई सिक्ने मौका मिलेको छैन १ अनि ममि ,मेरो समकालीन साथीहरु सबलाई यो युकेको हावाले छोको छैन १जसको बाबु आमा हजुरहरु जस्तै बिचार धाराका छन् उहाहरुको छोरा छोरीले आफ्नो देश र आफ्नो बारेमा सरोकार राख्ने कुराहरु आफ्नै भाषामा सुन्न र भन्न रुचाउछन १ अनि ममि एउटा कुरा थप्छु म , मानिसलाई उसले बुझ्ने भाषामा भन्दा उसको दिमाखमा छुन्छ र उसको आफ्नै भाषामा भन्दा सिधै उसको मुटुमा छुन्छ १आमा तिर हेर्दै भावुक बन्दै०म अंग्रेजी भाषा राम्रो संग बुझ्छु तर यसले मेरो दिमाग सम्म मात्र छुन्छ भने नेपाली र कोइंच लोमा ,मेरो आफ्नो भाषामा भनेको कुराले मुटुमा सिधै मुटुमा छुन्छ १
तोसिल – स्याब्बास छोरा १ बल्ल अब चाइ केटो सप्रेछ १ यति भए पछि त् बाउ बाजेको नाक थाम्ने छ बुढी हाम्रो हिरोले १ अनि अघि तैले श्यादर सिल्लाई किन फनि लाग्छ भनेको हा रु
सेवल – बाबा ,त्यो चाइ मैले सत्य भनेको हो है १ अब गाउ घरमा यस्तो हुन्छ उस्तो हुन्छ भन्नु हुन्छ तर हामीले देख्न पाएका छैनौ १ शहरतिर जन्मी हुर्कियो १ स्कुलमा खालि दशैँ, तिहार,तीज आदि हिन्दु पर्वको बारेमा पढियो र नेपाल देखि विदेश जहा बसे पनि नेपालीहरुको मुख्य चाड पर्वमा दशैँ ,तिहार र तिजको मात्र चर्चा भएको देखिन्छ १ अनि मिडियाबाट पनि दशैँ तिज जसरि श्यादर ,साकेला ,लोसार ,जितिया तपाइहरुले भन्नु भए जस्तै बिभिन्न जात जातिहारुको चाड पर्वको बारेमा चर्चा नै हुदैन त् जति हुनु पर्नेहो १ अब यस्तोमा यदाकदा कलरफुल लुगा गहनामा ड्रम बजाउदै बुरुक बुरुक उफ्रेर नाचेको देख्दा फनि लाग्दैन त् १(हास्दै )
नम्सी – सिसि पाउ १ आफ्नो रिति परम्परालाई त्यसरी हाँसोमा उदाउनु हुन्छ रु अब त्यै दशैँ र तिज जस्तो एकल भाषा धर्म संस्कृतिको पहिचान दिने पर्वको मात्र चर्चा मिडियाले गरे पछी, समाजमा लादे पछी अन्य धर्म संस्कृतिका पर्वहरु ओझेलमा परेका हुन् र पारिएका हुन् भनेर त अघि नै तिम्रो बाबाले भनि सक्नु भयोनी १ यी सब राजनीतिक चलखेलका कुरा हुन् र राज्य सत्ता एकात्मक्बादीहरुको पन्जामा फसेको हुनाले हामि जस्तो आदिबासीहरुको पहिचानहरु ,अधिकारहरु धमिलियेका हुन् र खोसिएका हुन् १ तिम्रो बाबा ,बाजे ,बराजुहारु लाहुरे भर्तिहुनु ,बाजेहरूले किताव छुन नपाउनु ,हामि आफ्नो धर्म संस्कृति खुलेर मान्न नपाउनु ,भाषा बोल्दा जंगली भनि माग्नु र बोल्नबाट बन्चित हुन् ,जबर्जस्ति हिन्दुकरण गरेर हाम्रो अस्तित्वलाई मास्न खोज्नु आदि जस्ता प्रसस्तै कारणहरु छन् आफ्नै देश भित्र हामि जस्तो मुल्बासिहरुले भोगेका पीडाहरु १ अन्याय र विभेदका दलदलमा छन् हाम्रै आफ्नाहरू अझै आफ्नो देशमा आफ्नो अपनत्व महसुस गर्न नपाएर १
तोसिल – आजको समयमा हामीले राजनीतिक बिषय माथि अपडेट हुन् त् अत्यन्त जरुरि छ १ जसको कारणले हामि धेरै पछि परेका छौ र आफ्नै राज्यमा ,आदिम कालदेखि रजगज गरि आएका हामि ,फिरन्तेहरुबाट शोसित दमित हुदै हुदै आज दोस्रो दर्जाको नागरिक बनेका छौ १ हाम्रो भाषा ,धर्म , संस्कार ,भूगोल खोसिएर नाङ्गो अवस्थामा छौ र यो हाड र छाला मात्र दिन बाकि रहेको अवस्थामा चेत जगाउन नसके अगाडी अन्धकार मात्र रहने छ १ भै गो अब यो बिषयलाई मोडौ अर्को दिन बिस्तारै छलफल गर्दै गरम्ला १ एलेलाई हाम्री आउना लागेको श्यांदर पिदारको बारेमा छलफल गरम १
सेवाल – कुरा अब प्रष्ट भयो अलिकति भए पनि १ जे होस् म यसलाई गहिराइमा बुझ्न चाहान्छु १ आखिर किन यस्तो पक्षपात एकाइ देशको नागरिक हरु माथि भनेर सोच्ने त् गर्थे म १कुरा त् पोल्टिकल के भन्छ राजनीतिले पो ठुलो भूमिका खेलेको रहेछ १ म यसलाई आजको दिनबाट अध्यन गर्न थाल्नेछु १ ल बताउनुस बाबा ममी श्यादर लाइ उधौली अनि उभौली किन भनेको हो ?
नाम्सिफू – ल बाउ छोरा मजाले श्यादरको गनथन गर म चाइ खाजा बनाउन जान्छु बरु के खाने रु
तोसिल – युकेको चिसोमा फाल्गी खाना पाए मज्जा आउने थियो आफ्नै गाउको याद गर्दै नत्र नया पाकेको अन्नको जाइतुइ बनाउन शयादर जरिमा खाना मिल्ने १(हास्दै जिस्केको भावमा ) Read More
Share

कालीमायालाई सहयोग रकम हस्तान्तरण

kali_2समीर मुखिया सुनुवार
ओखलढुंगा, २६ मंसिर । लामो समयदेखि ओढारमा बस्दै आएकी कालमिाया सुनुवारलाई सुनुवार सेवा समाजले नगद सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारमा रहेका सुनुवारहरुबाट प्राप्त ३२ हजार ८ सय ८० रुपैयाँ सुनुवार सेवा समाज केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा सुनुवार सेवा समाज ओखलढुंगा जिल्ला समितिका सचिव देवीध्वज सुनुवारमार्फत सुनुवार सेवा समाज पात्ले गाउँ समितिका सचिव खड्गबहादुर सुनुवारद्वारा ‘कालीमाया संरक्षण सरोकार समिति’का अध्यक्ष शारदा सुनुवारलाई हस्तारण गरियो ।
‘नासम’ मासिक वर्ष २, अंक ७, २०६८ भाद्र महिनाको अंकमा पहिलोपटक कालीमायाको अवस्थाबारे प्रकाशन भएको थियो । त्यसपछि सुनुवार सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवार र केन्द्रीय सदस्य उत्तमकुमार सुनुवार पुगी निरीक्षण गरेका थिए । २०७१ चैत ६ गते कान्तिपुर दैनिकमा कुम्भराज राईले पुनः समाचार प्रकाशन गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुको चासोको विषय बन्न थालेपछि सहयोग जुट्न थालेको हो । कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपश्चात् जिल्लाका राजनीतिक नेता, स्थानीय बुद्धिजिवीको सहयोगलगायत गाउँ विकास समितिबाट पनि आर्थिक सहयोग प्राप्त हुनका साथै स्थानीय संघसंस्था तथा जनश्रमदानबाट आवास निर्माण गरिएको छ । कालीमाया सुनुवार आफैं नगद व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय संघसंस्था तथा बुद्धिजिविहरु मिलेर कालीमाया संरक्षण समिति गठन गरि सो समितिबाट खर्च व्यवस्थापन गर्ने कुरा समितिका कोषाध्यक्ष काजी तामाङले बताए ।
ओखलढुंगा जिल्लाको पात्ले गाविस लप्सेडाँडामा वि.सं. २००५ मा वर्जमान सुनुवारसँग विवाह गरेपछि ८ जना सन्तान भए पनि हाल जिवित रहेका दुई जनाले पनि नहेरेको स्थानीयबासीको भनाइ छ । पति बर्जमानको क्षयरोगले मृत्यु भएपछि आफूसँग भएको थोरै जग्गा जमिन पनि कान्छो छोराले बेचेर सिध्याइ आमाको पैसा चोरेर हिँडेपछि हालसम्म नफर्केको स्थानीयले बताए । आफूले जन्म दिएको छोराले विष ख्वाएर मार्ने प्रयास गरेपछि कालीमायाको मानसिक सन्तुलन गुमाएकी छिन् ।

Share

कुलदीप सुनुवारको आठौं स्मृति दिवस सम्पन्न

Kuldeepसमीर मुखिया सुनुवार
ललितपुर, २६ मंसिर । स्व. कुलदीप सुनुवारको सम्झनामा आठौं स्मृति दिवस सम्पन्न भएको छ । कुलदीप सुनुवार स्मृति कोष समितिको कार्यालय धापाखेलस्थित कोषका अध्यक्ष टीकाराम मुलिचाले दीप प्रज्ज्वलन तथा स्व. सुनुवारको तस्विरमा माल्र्यापण गर्नुका साथै सुनुवार परम्परानुसार कुलपुरोहित नाःसोले जोर सगुन राखी पिदार गरी आरम्भ गरियो । ‘शुरुका केही वर्ष विभिन्न साहित्यिक प्रतियोगिता गर्दै आए पनि विगत वर्षदेखि गतिविधि शून्यजस्तै भएको बताउँदै स्थानीय जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएकोमा सो कार्यलाई निरन्तरता दिन नसकिएको’ कुरा कोष अध्यक्ष मुलिचाले बताए ।
आठौं स्मृति दिवसको अवसरमा कोषले खिजीकातीस्थित प्रस्तावित कुलदीप स्मृति भवन निर्माण गर्ने निर्णय गर्दै उक्त भवन निर्माणका लागि समिति बनाएर प्रारम्भिक कार्य अगाडि बढाउने कुरा बताउँदै विगत केही वर्षदेखि स्थगित रहेको छात्रवृत्ति वितरणलाई यो वर्षदेखि निरन्तरता दिने कुरा कोषका उपाध्यक्ष राजन सुनुवारले बताए । सो स्मृति भवन निर्माणपश्चात् स्थानीयस्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज होस भन्ने उद्देश्य रहेको कुरा पनि प्रष्टयाए ।
विगतमा राम्रो कार्यक्रम गरिए पनि कोषको उद्देश्य परिपूर्तिका लागि केही वर्षदेखि कार्यगति अगाडि बढाउन नसकिएको कुरा कोषका सल्लाहकार तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताए । साथसाथै कार्यक्रमलाई निरन्तरता दिन सम्पूर्ण मुलिच दाजुभाइको सहयोग तथा गुठीको आवश्यक रहेको र समन्वय गरेर अगाडि बढ्नुपर्ने कुरा कोषका सल्लाहकार ओमबहादुर सुनुवारले बताए ।
ओखलढुंगा जिल्ला खिजीकाती गाविस फोतीमा जन्मिएका सुनुवार सामाजिक तथा साहित्यिक क्षेत्रमा विशेष रुचि राख्ने स्व. सुनुवारको २०६४ मंसिर २६ गते असामयिक निधन भएको थियो ।

Share

आजिबन सदस्यता र खुरिन दाखिन कतार सुनुवार कोईचहरुको हातमा ।

quatar1सामुयल सुनुवार/ समचारदाता, दोहा, कतार । जैद्द टावर, दोहा कतार स्थित सुनुवार सेवा समाज शाखा दोहा कतारको नियमिती भेलामा सुनुवार सेवा समाज काठमाण्डौका कोषध्यक्ष तथा सुनुवार कोईच तमि कवियात्रीको शोभा सुनुवार (जुलियट) को कोईच लो: कबिता सङग्रह “खुरिन दाखिन” सुनुवार सेवा समाज शाखा, दोहा कतारमा आबद्ध सम्पुर्ण सुनुवार सद्स्यहरु लगायत भेलामा पाल्नु हुने पहुनाहरुको हात-हातमा पर्‍यो । उक्त कबिता सग्रह भित्र कवियात्री शोभा सुनुवारको पोखिएका मनका भाबहरु पढेर प्रतिकियाहरु अबश्य दिनुहुनेछ्न र  सुनुवार सेवा समाज शाखा दोहा, कतारमा आबद्ध सुनुवारहरुलाई आजिवन सदस्यता प्रदान गरिएको छ ।

Share

राजन मुकारुङलाई सम्मान ।

भावना परिष्कृत बेलायत । सिर्जनसील अराजकताका अभियन्ता, पहिचानवादी लेखक मदन पुरस्कार विजेता आख्यानकार कवि राजन मुकारुङ युकेमा सम्मानित हुनु भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा डिसम्बर ४ का दिन आयोजना गरिएको कार्यक्रमममा मुकारुङलाई सम्मान गरिएको हो ।

Share