May, 2015

now browsing by month

 

यथासम्भव चाँडो राहत दिलाउनुपर्छ

shree prasad limbu-अध्यक्ष
श्रीप्रसाद लिम्बू
नेपाल आदिबासी जनजाति महासंघ बेलायत

गोर्खाआर्मीका डब्लु ओं टु बाबा धनबहादुर लिम्बू र आमा बिष्णुकुमारी लिम्बूकोकोखबाट मलेसियामा ५० बर्ष अगाडि जन्मेका श्रीप्रसाद लिम्बूको पुर्खौली घरताप्लेजुङ्ग खेवानमा हो । २५ बर्ष ब्रिटिश आर्मीमा सेवा गरेपछि सन् २००४ मालेफ्टिनन्ट पदमा अवकास लिएका उनी सगरमाथा गोर्खा नेपाली समाज फोक्सटनयुकेका संस्थापक अध्यक्ष हुन् । किराँत याक्थुंग चुमलुंग बेलायतको अध्यक्षपदमा ४ बर्ष जम्मा दुई कार्यकाल नेत्तृत्व प्रदान गरिसकेका लिम्बू सन्२०१२ देखि नेपाल आदिबासी जनजाति महासंघ बेलायतको अध्यक्ष पदमा नेतृत्व हाँकिरहेका छन् । यसै गरी एन आर एन बेलायत,संघीय समाजबाद बेलायत आदि जस्ताअन्य सामाजिक तथा राजनीतिक संघ संस्थाहरुमा सल्लाहकार समेत रहेका छन् ।नयाँ बर्ष२०७२ बैशाख १२ गते मंगलबार मातृ भूमिमा गएको महाविनाशकारी भुकम्पपीडितहरुलाई राहत वितरण गरेर लिम्बू हाल बेलायत फर्केका छन् । प्रस्तुत छनेपाल आदिबासी जनजाति माहासंघका अध्यक्ष श्रीप्रसाद लिम्बूसँग राहत वितरणसम्बन्धी गरेको छोटो कुराकानी ।

प्रश्न – भुकम्प पीडितहरुलाई राहत कहिले वितरण गर्नुभयो ?
उत्तर – बैशाख १२ गते महा प्रलयकारी भुकम्प आउनु अगाडि म आफ्जोमातृभुमिमा पारिवार तथा आफन्तहरुसँग भेटघाट गर्ने क्रममा पुगेको थिएँ।भुकम्प आउने दिन म भेडेटारमा थिएँ । सिङ्गो देश रोदनमा थियो । मर्महात हुँदैम राजधानी हानिएँ। मे दुई तारीखको दिन साँखुमा मैले रु।पाँच लाख राहत रकमआदिबासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरकोनेतृत्वलाई हस्तान्तरण गरे । Read More

Share

हार्दिक अनुरोध !!!

SWS-Letter-Bhukampa

Share

त्रासैत्रास आडेर काठमाडौं यात्रा – मनभरि त्रास : बसमा बास

विहानै हिड्नेबेला फोन आयो । उठाएँ । मंगलवार हिड्न लागेको ? – उताबाट जानकारी आयो । अँ – उतरा दिएँ । विहानै खाना पाक्यो । दिदी, दाजु र भाउजुले राम्ररी जानु, भीरको बाटो छ – सुझाउनु भो । म लुखुर लुखुर आफ्नो बाटो लागेँ नौ बजेतिर । स्वर विज्ञानमा विश्वास गर्छु । त्यसैले कुनै साइत हेर्ने चलन छैन हिड्दा । त्यसैले नाकका प्वाल छामेर कुन नाकबाट सास चलेको छ याद गरेँ । दाहिने सास चलेको रहेछ तर देब्रे खुट्टा ढोकाबाट अगाडि सारीसकेको रहेछु । त्यस्तैमा बाटो लागेँ ।
उत्तर दिशा भएर घरबाट निस्केको म घर आगाँनबाट दक्षिणतिर लागेँ । मनिषाले काठमाडौंमा सामान लैजान भनेको हुँदा फोन लगाएँ । लागेना । उत्तमलाई फोन लगाएँ । त्यता पनि फोन स्वीच अफ रहेछ । सेल्पु हुँदै क्लुपा, तोषिपा भीर हुँदै गोठ डाँडाबाट चोकति पुल तरेर सेनी उकालो चढ्दै थिएँ । एक्लै उकालै उकालो । भीरको बाटो कटेर जंगलै जंगल । सुनसान, अनकण्टर । सेनी पाउरहाउस हुँदै माथि पुरानो घर कटेर जंगलमा हिड्दै थिएँ । अचानक पछाडि उता माप्रा भीरतिर ट्याक्टरले ढुंगा बोकेर आए जस्तो आवाज आयो । के करायो ? अचम्मले पछाडि फर्केर हेरेँ । अलि घोरिएर हेरेँ । आवाज नजिकीँदै आयो । यस्तो जंगलमा पनि के करायो यसरी भन्ने लाग्यो । त्यो आवाज झन् झन चर्किँदै मतिर आयो । हेर्दा हेर्दै परबाट भुइँ नै थर्काएर मतिर आएको प्रष्ट देखेँ । ल, के पो आयो, यो जंगल वीचमा मन झस्केर त्रसित बने । भूत हो कि न त कुनै अकल्पनीय जनवार के हो के हो अनेक तर्कना मनमा एकैचोटी उम्रिन पाउँदा नपाउँदै म उभिएको भूइँ नै हल्लिन थाल्यो । त्यसपछि मात्र मलाई यो भुइँचालो हो भन्ने याद भयो । रुख सबै हल्लियो । माथिबाट गोली बर्षे जस्तै ढुंगा बर्षिना थाले । त्यतिबेला मलाई कतै भाग्ने आँट आएन । अब ढुंगाले किचेर मर्ने भएँ भन्ने मात्र मनमा उब्ज्यो । म उभिएको ठाउँ सहित पहिरो गयो भन्ने लाग्यो । म ट्वाँ परेर उँभो मात्र हेरिरहेँ । मुखबाट राम राम भन्ने शब्द अप्रत्यासित फुस्के छ । ढुंगा मेरो सिधा आयो भने छलिन्छु भन्ने होस चाहिँ रह्यो । तर यताउता सर्ने आँट आएन । हेर्दाहेर्दै घरै जत्रो ढुंगा मेरो दाहिने बज्रेर उँधो चोकतितिर गयो । विस्तारै भूइँको कम्पन कम भयो । ढुंगा माथिबाट झर्न रोकियो । अनि हस्याङ फस्याङ अगाडि उकालो तर पचेङ दौडिने कोशिस गरेँ । के सक्नु ? स्याँस्याँ र फ्याँ फ्याँ भएँ । आत्तासले मनमा जरोको नसा तीब्ररुपमा फैलियो । ख्लिनु फर्केर आउँछ भन्छन् गाउँमा । अवश्य पनि अर्को झड्काको भुइँचालो जान्छ भन्ने लागीरहेको थियो । बल्ला बल्ला सेनि पुच्छार, बेँबेर जाने दोबाटोको सल्ला डाँडा निस्केँ । अब भने बाँचे जस्तो लाग्यो । Read More

Share

त्रासैत्रास आडेर काठमाडौं यात्रा : भुइँचालोको राहत वितरण तथा वर्गीकरणको मुचुल्का उठानदेखि शाँदार पिदार ग्योर निर्माण समितिका कोषाध्यक्षको गद्दारीसम्म हर्ेदा देख्दै पनि चुपचाप मुकादर्शक

१२ गते वैशाखको धङ्धङी नमेटिँदै १३ गते फेरि भुइँचालोले नराम्ररी तर्सर्ााे । तर मलाई १२ गते जस्तो डर लागेना । भतिजो धनबहादुर सुनुवार -मिने सन्तेआ आप-फो) को असामयिक निधानको कारण जुठा बारी रहेको थियौं हामी गाउरोच काःतिच दाजुभाई । मस्टार सन्ते -सुनुवार सेवा समाज जिल्ला समिति ओखलढुंगाका सहसचिव) ले रेवतकुमार सुनुवारसँग फोन गर्दा हिजै थर्काएको सुनेको थिएँ । यसैले उनको घरमा हामी तिसुपका सबै दाजुभाई पुगेका थियौं । कुरीवालले विहानी खाना खाएका थिए । हामीले त्यही भात खाएका थियौं । आगाँनमा बसेर गफ गरीरहेको थियौं । अचानक भूइँ हल्लिना थाल्यो । सबै भागे । कोही भात खाँदा खाँदैको थाल बोकेर भागे । म भने घरभित्र भएका कुरिवाल र अरु मान्छेलाई बाहिर निस्क भन्दै आगाँनमा उभिरहेँ । घरको धुरी मकैको झुत्ता हल्लिरहेकै थियो । एक क्षण आएको भुइँ कम्पाले मानिसलाई होसहावस नै गुम बनायो । सबैको मनमा त्यही भुइँकम्पाले त्रसित हुने गरी डेरा जमायो । जताततै त्यही हल्ला । १२ गते अलिअलि चर्केका कतिपय घर भत्कियो ।
भुइँकम्प आए पनि हामी घेवामै व्यस्त थियौं । कोइँच मुक्दुमानुसार भएको घेवा भएको हुँदा मलाई सबैले केरकार गरिरहेका थिए । अनि म भने हिन्दू धर्ममा गरुड पुराण सुनाए जस्तै कोइँच मुक्दुमबाट घेवा गर्दा मृत व्यक्तिको आत्मले कसरी मोक्षा, निर्वाण अर्थात् बुइश-शि लाँ प्राप्त गर्दछ सुनाइरहेको थिएँ । सानोतिनो भुइँचलोको झड्का आइरहेकै थियो । घेवा सक्यौं । सँगसँगै किरात चाड शाँदार पिदार पनि आइरहेको थियो । Read More

Share

त्रासैत्रास ओडेर काठमाडौं यात्रा

डर के हो ? यसपाली (२०७२ वैशाख १२ र २९) अनुभव भो । काठमाडौं छाडेको एक महिना नाघेको छ । अहिले काठमाडौंमा छु । भुइँचालो जाँदाको क्षण सम्झिँदा मृत्युको रापलाई नजिकबाट अनुभाव गरे जस्तै लाग्यो ।
होसमै बेहोसीपन
हामी (म, रेडियोकर्मी मोहन सुनुवार र ओखलढुंगा खिजी फलाटेका रेडियो प्रतिनिधि बुद्धि मुलिचा) रेडियोको विहानी सेवाको प्रसारण सकेर गुप्तेश्वर नुनथलामा खाना खाँदै थियौं । रेडियोकर्मी कविताले पस्केर दिएको खाना मैले खाइसकेको थिएँ । बुद्धि मुलिचाले खाँदै हुनुहुन्थ्यो । पहिलो पटकको झड्का मैले महसूश गर्दा मलाई के भयो ? भनेर छामे र अन्य साथीहरुलाई हेरेँ कसैले प्रतिक्रिया दिएनन् । त्यसैले चुपचाप रहेँ । दोश्रो पटकको झड्कामा सबैलाई हेरेँ । यो भुकम्प आएको हो भन्ने थाहा भो तर केही बोलिना । अरुलाई हेरेँ सबै सजग भएको देखेँ । तेस्रो पटकको झड्कामा भने मुख खोलेँ भुकम्प आयो क्या हो ? बुद्धि मुलिचाले खाना खाँदा खाँदै आँ भन्नु भो । हाइट् भित्र बस्नु हुँदैन, बाहिर निस्किनु पर्छ भनेर उठेँ । उठ्दा उठ्दै भुइचलोको चाल बढ्दै गयो । ढोकामा पुगेर एउटा खुट्टा बाहिरा (देब्रे) र एउटा ढोका भित्रै राखेर जुत्ता लगाउँदै थेँ । मलाई हुत्ताइरहेको महसूश भएको थियो । को को बाहिर निस्के कुनै वास्ता भएन । जुत्ता लगाउने धुनमा मात्र थिएँ । अचानाक गडेम्मा आवाज आयो । ढोका म माथि नै बज्रे जस्तो अनुभूति गरेँ । तत्पस्चात कुनै कुरा यादै भएन । एकैचोटि घरको आँगान कटेर मथिल्लो कान्ला चढ्न लाग्दा मात्र मेरो अगाडि रेडियोकर्मी कविता उक्लिँदै गरेको याद भयो र म त्यो कान्ला चढ्न खोज्दा कविताले छेके पछि मात्र फर्केर घर हेर्न होस आए छ । घर ठिङ्गा ठडिएको ठडियाइ थियो । तर छानाका सबै ढुंगा सरेका थिए । मेरा दुवै हातमा जुत्ता थिए । त्यस पछि मात्र मेरो होस खुल्यो । थुइय्या, आपत भनेको यही रहेछ । होसमै बेहोसीपन सवार भएको अनुभूति भयो । ल्यापटाप, रेकर्डर र अन्य सरसामानसहितको झोला भने घरभित्रै थियो । यसो अरुलाई हेर्छु । बुद्धि मुलिचा झोला बोकेर निस्किनु भए छ । नानीहरु सानु नानी बोकेर रोड, गराहरुमा उभिएका रहेछन् । मकैबारीभरि मानिसहरु कोदालो छाडेर दौडेका रहेछन् । कसैले सुसेली पारेर चिच्याइरहेका थिए भने घरको छानो ह्वाङ्ह्वाङ्ती थिए । घरको धुरी प्रायः ढलेका थिए । हावा हुरी अचम्मले चलेको थियो । रुखहरु हल्लीरहेकै थिए । पारी भिर (भुस्र्वा, झिँगामाली) गोरोरोङ आवाजसहित भत्कीरहेको थियो । उता रगनीको पोलथलीमा घर भत्केको हुनुपर्छ माटोको धुलो बुसुसु उडिरहेको थियो ।
त्यसपछि मात्र फोन गर्ने होस् आयो । र, मनमा त्रास् उमारेर घर (खिजी काती, ओखलढुंगा) दिदीलाई फोन गरेँ । फोन लाग्यो । तर उठेन । गंगा (जो नियामित स्वास्थ्य चेक अपको लागि सिरहाबाट काठमाडौंमा शुक्रवार विहान मात्र आएकी थिइन) लाई फोन गरेँ फोन उठेन । काठमाडौं, दिदीलाई फोन गरेँ गुह्यश्वरी चौरमा रहेको जानकारी पाएँ । उता पुनमलाई फोन गरेँ । फोन उठ्यो, खोइ यो के भएको हो यो … चिच्च्याएको आवाज आउँदा आउँदै सम्पर्क विच्छेद भयो । माइली (चुनचुन आम) लाई फोन लाग्यो । उठेन । अरु सबै घरका परिवारलाई फोन गरेँ । कसैको फोन लागेन । फोनले काम गर्न छाड्यो । भुइँचालोको झड्का आइ नै रहेको थियो । मनमा एक तमासले डरले डेरा जमायो ।
बुद्धि मुलिचा मात्र होइन भएभरका सबै मोबाइल समातेर आफन्तहरुलाई फोन लगाउन व्यस्त देखिन्थे । मेरो चाहिँ घर पक्का भत्क्यो, बुद्धि अनुमान लाउँदै थिए । कसैलाई फोन नलागे पछि म थकित भएर फोन गर्न छाडिसकेको थेँ । बुद्धिले मेरो सिडिएमए फोन मागेर गाउँमा फोन लगाए गंगारामलाई । उनले यहाँ त सबै सखाप भो । मान्छे चाहिँ बाँचियो । घर त केही पनि छैन भन्ने उतरा हामीले पनि सुन्यौ ।
फोनले काम गर्न छाड्यो । हामी (म र बुद्धि) पारी ओखलढुंगा हुइँकियौं बुज हुँदै । बुजमा घर भत्केरा मान्छे पुरिएर मरेको खबर पायौं । तर आफ्नै घरको खबर नपाएर छट्पटिएका हामी घरतिरको बाटो मात्र नापीरह्यौं । अरुको घर भत्केको देखेर आफ्नो घर कस्तो अवस्थामा छ भन्ने कुनै अनुमान लगाउन सकिरहेका थिएनौं । बुजको पुच्छारमा पुगेपछि हामी छुट्टियौं । जंगलै जंगल । एक्ला एक्लै । बुद्धि बेँबेर हुँदै सेनिबाट फलाटे लाग्यो । म भने बिल्ला हुँदै तोश्पाबाट खिजीकाति लागेँ । बाटो सबै फुटेका थिए । भिरबाट ढुंगा खसीरहेको थियो । त्रासैत्रासले घर लम्कीँदै जाँदा क्लुअपामा घरबाट दाजु साइलाको फोन आयो, कहाँ छस् ? म त क्लुअपामा छु घरमा कस्तो छ ? एकै सासमा प्रतिप्रश्न गरेँ । सबै परिवार ठिकै भएकोमा त ढुक्क भएँ तर गंगा अभैm सम्पर्क विहीन रहेकोमा चिन्तीत हुँदै एकहोरो हिडीरहेँ । बल्ल क्लुअपा बरुडाँडा कटेपछि माइलिलाई फोन लाग्यो । कहाँ हो ? के कस्तो छ ? सोधेँ । हामी सबै ठिक छौं रोडमा जम्मा भएर बसेका छौं दिदी पनि सँगै हुनुहुन्छ भन्ने जानकारी पाए पछि ढुक्का भएँ ।
डर, त्रासले गाँजेपछि होसमै बहोसीपनको भूत सवार हुनेरहेछ । भुइँचालोले भुइँ हल्लाएर ढुंगामाटो थिल्थिलो बनाउदा बनाउँदै पनि भीरको यात्रा बेहोसीमै कटिएछ । घर पुगेपछि मात्र होसको सास फेरियो । रेडियोमा बुद्ध पूर्णिमा, शाँदार पिदारको नौ दशवटा विज्ञापन थियो त्यो पनि बनाउने आँट आएन ।
== क्रमस:—

Share

बेलायतमा श्यादर पिदार सम्पन्न !

uk1—–भावना परिष्कृत सुनुवार

किरातहरुको महान साझा राष्ट्रिय पर्व उभौली बैशाखे पूर्णिमा बुद्द जयन्तिको दिनमा पर्ने गर्दछ ! प्रतेक बर्ष धुमधामले हर्ष उल्लास सहित घरदेश देखि परदेश सम्म ,सुनुवार ,राई ,याक्खा,लिम्बु,जिरेल ,सुरेल ,हायू ,थामी आदि किरातीहरुले उक्त पर्वलाई परापुर्वकालदेखि मनाउदै आइ रहेका छन् ! पितृ र प्रकृति पूजक किरातहरु उभौली पर्वलाई ,सुनुवारहरुले श्यादर पिदार,सालिवा ,राइहरुले साकेला,,चसुवा ,तोसी ,लिम्बुहरुले चासोकताङ्गनाम आदि नामले मनाउने गर्दछन ! नया बाली लगाउने बेला र नया अन्न भित्राउने बेलामा पितृ ,इष्ट देवहरुको आरधना संग संगै प्रकृति शक्तिको पूजा गर्दै , नया बालीहरु सप्रियोस ,बिश्व भरि साकाल रहोस ,शान्ति छावस ,दैविक प्रकोप ,प्राकृतिक प्रकोप नहोस , ,बन पाखामा सदा हरियाली कायम रहोस, रोग भेद नहोस ,अकाल मृत्यु नहोस ,सबै कुरामा सुब्य फाब्य रहोस आदि जस्तो सामाजिक कल्यानार्थ कामना गर्दै ,नया अन्नबाट बनेको खान्कीको परिकार पितृ र देवलाई अर्पण गरेर नौगी खादै मानिने उभौली पर्वको सार सबै किरातहरुको एकै पाइन्छ ! Read More

Share