October, 2014

now browsing by month

 

निषेध (छेकाबार)

-काःतिच

म कलाकार होइन

म लेखक होइन

म पत्रकार होइन

न त म चित्रकार

न म अधिकारकर्मी हुँ

न त समाजसेवी

न काम नलाग्ने डुलुवा ।

तर, म

कलाकारहरुको सल्लाहकार !

लेखकहरुको समालोचक !

पत्रकारहरुको सहकर्मी !

चित्रकारहरुको सहयात्री !

अकिकारकर्मीहरुको टेको !

समाजसेवीहरुको कार्यकर्ता !

घरको लागि काम नलाग्ने डुकुलट्ठक भाँड !

उफ !

मेरो पहिचानमा धर्मसंकट !

रिङ-ने दा !

मेरो पहिचान ढाकेर पलाएका ऐजेरुहरु –

खराने !

उदीम !

माने !

रिट्ठे (तिसुप रिस्से) !

उत्तम !

सेके !

सुनुवार भाई !

कोइँचबु काःतिच !

काले बन्ठा !

डुकुलटठाक भाँड !

अखिरी म के हुँ ?

सोच्छु को हुँ ?

गम्छु कहाँको हुँ पटक-पटक

र, सच्याउन सुझाउँ भन्छु –

“ए हजुर ! मेरो पहिचानमा

पहिरो गएको छ

भल बढी आएको छ

ठूलो अँधीवेहरी चलेको छ

म जे होइन त्यही बनाइएको छु

म जे हुँ, जे छु, जहाँ छु

मलाई राम्ररी था’छ

मेरो खुबी

मेरो हैसियत

मेरो रङ्गरोगन

मेरो चालचलन

मेरो जीवनशैली

मेरो खानपान लवाइखवाई

मेरो पुखाको कथा व्यथा

मेरो पुखाको थाँतथलो …

मैले मेरो बारेमा केही बोलेकै छैन

मैले मेरो बारेमा कसैलाई भनेकै छैन

मैले मेरो बारेमा अरुलाई सुनाउन पाएकै छैन”

खोइ, मलाई बोल्ने, भन्ने, सुनाउने मौका दिएको ?

……………

तिसुप, काःत, चुप्लु -ओखलढुगा)

 

Share

भुक्तपुरको सम्झनामा (पहाडी लोकलय र शब्दमा)

-केवलमान सुनुवार

जन्म दिने आमाबाबु शिक्षा दिने गुरु
भक्तपुरको सम्झनामा लेख्न गरे शुरु ।
हातैमा चाइनीज घडी सिसा फुटी जानु
भेट होला वर्षदनमा माया मारी जानु ।
केरा पाके लामालामा आपपाके पहेँला
भक्तपुरको प्यारो माया के भनी बाडौंला ।
दूधको मसी सुनको कलम लेखी लेखिदैन
भक्तपुरको प्यारो माया कहिल्यै विर्सर्ीीनर ।
जनता बसे उच्चतिर पल्टन बसे काख
माया छ झट्का कुन सम्झना छ लाख ।
नेपाल बत्तीस धारा, पानीको तुरुक्क
भक्तपुर सम्झेको बेला रुन आउँछ धुरुक्क ।
काग बासे नमिठो लाग्ने कोइली बोले मिठो
घर जाउँला हाँसीखेली आइज दशैं छिटो ।
आगो लागे रामचन्द्र पछि लागे सीता
हाँसी रहे एक भक्तपुर अहिले हुन्छु विदा ।

 

सभ्य बनौं सभ्यताको परिचय दिऔं ।
आफ्नो मातृभाषालाई लोप हुनबाट बचाऔं

नेल कोइँच पिकनिक लाइँसिबा
पोःके शेः वाल-शा जाइँ-सिबा
नेल-लिकालि ग्लुम-ना ताइँसिबा
बर माला रेल-चा ताइँसिबा ।

……………………..
प्राप्चा, ओखलढुंगा
हाल
नयाँ मनहरा, दुवाकोट ९
भक्तपुर

Share

सिंहदरबार भत्काएर नयाँ बनाउनुपर्छ : कुमार लिङदेन

swsaaaसंघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सिंहदरबार र नेपाल प्रज्ञा प्रतिष्ठान भत्काउनुपर्ने बताएका छन् । प्रज्ञा प्रतिष्ठानलाई भत्काउनुपर्छ’ शुक्रबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित २२ दलको विरोधसभामा लिङदेनले भने-‘ताप्लेजुङका जनताको समस्या नसुन्ने र अलैंचीको करमात्रै उठाउने सिंहदरबार भत्काएर नयाँ सिंहदरबार बनाउनुपर्छ ।’ अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले बताए । लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, ‘लिम्बुवान सदा सदा नेपालमा रहन्छौं । हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।’ सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफूहरुले पनि सिंहदरवारलाई नमान्ने उनले बताए ।

कांग्रेस र एमालेले समानुपातिक निर्वाचन प्रणालीलाई अस्वीकार गरेकोमा लिङदेनले आपत्ति जनाए । ‘कांग्रेस र एमालेले समानुपातिक काटेर जान्छ भने यो देशमा विद्रोह हुनेछ,’उनले भने, ‘त्यो विद्रोह लिम्बुवानबाटै द्वन्द्व सुरु हुन्छ ।’  एमाओवादी, मधेसवादी र जनजाति पार्टीहरुको सहभागितामा आयोजित विरोधसभामा लिङदेनभन्दा पहिले बोलेका परशुराम तामाङले संविधानसभाभित्र मात्रै होइन, बाहिरका शक्तिको पनि सहमति लिनुपर्ने बताए । तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे । Read More

Share

 सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा सम्पन्न

 

swsqभानु सुनुवार
दोहा, कतार । सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा १७ अक्टोवर शुक्रबारका दिन इस्लामिक संग्राहल कर्निस दोहामा सम्पन्न भएको छ । “सम्पूर्ण कोइँच सुनुवारहरुको चाहना, जाति धर्म भाषा र संस्कृतिको संरचना” भन्ने मूल नाराका साथ कतारमा स्थापित सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभाले नर बहादुर सुनुवारको अध्यक्षताका ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । जस अन्र्तगत प्रथम उपाध्यक्ष सायमुल सुनुवार, द्धितीय उपाध्यक्ष हेम सुनुवार, महासचिव निर बहादुर सुनुवार, सचिव अर्जुन सुनुवार, कोषाध्यक्ष राजु मुखिया, सह–कोषाध्यक्ष बिर बहादुर सुनुवार, सदस्यहरुमा पदम बहादुर सुनुवार, लालमाया सुनुवार, अनिता सुनुवार र तोरण सुनुवार निर्विरोध निर्वाचित भएकाछन् ।

 

नर बहादुर सुनुवारको सभापत्विमा आयोजित कार्यक्रयमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका द्धितीय उपाध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, सुसेस कतारका प्रमुख सल्लाहाकार पुरुषोक्तम सुनुवार, सुसेस पूर्व अध्यक्ष किशोर सुनुवार, किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक र किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत राईको विशेष आतित्थ्य, महिला समाज कतारका अध्यक्ष रेखा राई,  किरात राई यायोक्खाका प्रमुख सल्लाहाकार धीरज चाम्लिङ्ग, संघिय लिम्बुवान समाज कतारका उप–महासचिव डम्वर लिवाङ्ग र पत्रकार तिल बिक्रम थेवेको आतित्थ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिभिन्न समयमा समाजलाई योदान दिनुहुने कोइँच सुनुवारहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो । उपस्थित अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरुले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति नर बहादुर सुनुवारले कार्यक्रम सफल बनाउन अहोरात्र परिश्रम गर्ने समाजका सदस्य लगाएत उपस्थित सबैमा आभार सहित धन्यवाद ज्ञापन गरे । कार्यक्रम समाजको महासचिव निर बहादुर सुनुवारले संचालन गरेका थिए ।

Share