January, 2014

now browsing by month

 

सुनुवारी बाजा च्योङ् (विनायो) का हस्ति पान्थरे डम्बरबहादुर लस्पाच

सोम सुनुवार/का:तिच
इलाम, माघ ९/पांचथर, फिदीम–९ को नाम्दु/मझुवास्थित कर्णमाया सुनुवारको परिवारमा बैबाहिक कार्जे सिद्धिंदै थियो । स्थानीय लगनशिल युवा समूहका सदस्यहरु सफलतापूर्बक कार्जे सम्पन्न गरी सामाजिक सरसामानको थान्को र जिम्माको सिल्शिलामा थिए । बिचैमा चारखोला (इलाम) का एक निम्तारुले तीमध्येका एक सदस्य डम्बरबहादुर लस्पाच (सुनुवार) लाई मुसार्दै अङ्गालो हाली अलि पर लगे । अनि अनुरोध गरे–‘ल माल्दाइ, रन्काउनुस् विनायो ।’
सामाजिक कार्यको व्यस्तताका बाबजुद उनी उता गएर साथीहरुलाई के के कुरा गर्छन् । सायद, साथीहरुले पनि स्वीकृति दिए । त्यसैले उनले हाास्दै खल्तिबाट निकाले एक जोर नयाा विनायो । अनि वजाउन थाले बिभिन्न भाका हालीहाली । काम छोडेर युवा र किशोरहरु झुम्मिए डम्बर लस्पाचकै वरिपरी । यतिकैमा उनीसित अर्को विनायो मागेर साथ दिन थाल्छन् मजुवा, धुपीडााडाका अविरमान भुजिचा (सुनुवार) पनि । डम्बरबहादुर पछिका युवाहरुमा भुजिचा पनि बिनायोप्रति चासो राख्ने व्यक्तित्वका रुपमा आउदा रहेछन् । त्यस्तै सो जम्घटमा डम्बर पत्नि कमला लस्पाच, सरस्वति लस्पाच, लिलामाया सुनुवारलगायत महिलाले पनि बिनायो वजाएर आआफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए ।
तत्कालीन पौवासार्ताप–९, हालको फिदिम–९ रमाइलो चोक नजिकै आमा शुकमाया र वाबु सहबिर सुनुवारका माइला छोराको रुपमा जन्मिएर हुर्किएका डम्बरबहादुर लस्पाच (५५) आफ्नो बिगत सम्झिंदै भन्छन्, ‘मैले स्कूल पढ्न त पाइन । तर बस्तु भाउ र खेतीपाति गर्दै निकै सानो उमेरबाटै विनायो वनाउन, वजाउन र बिक्री गर्न थालेको हुं ।’ स्थानीय सांप्राली काइंलो र छेलेटार कान्छोसित गोठालो गर्दै विनायो वनाउने कला सिकेको वताउदै उनी स्मरण गर्छन्, ‘शुरुमा एक सातामा ४५ देखि ५० वटासम्म विनायो वनाएर बेच्ने गर्थें । त्यो बेला एउटा विनायोको दाम मात्र २५ पैसा थियो । एक सातामा वनाएको ४८ वटा विनायो बेचेर गज्जवको छालाको जुत्ता किनेर लगाउने मान्छे मै हुं ।’ उनले विगतको आफ्नो कामप्रति गर्व गर्दै अरु मसला हाले । ‘तर अहिले भने आाखा कम्जोर भयो दिनमा एउटा विनायो मात्रै वनाउन सक्छु । दाम भने डेढसयदेखि लिएर दुईसय रुपैंयासम्म लिने गरेको छु ।’ विनायो मात्रै होइन, डम्बरबहादुर लस्पाच मुर्चुङ्गाको खोल, वाासुरीजस्ता अन्य वाजा त वनाउछन् नै डोका, डालाजस्स्ता घरायसी सामान वनाउन पनि खप्पिस छन् उनी ।
सिलौटी र अप्ठ्यारे पाखामा वस्तु चराउदै विनायो, वाासुरी वनाएको र रन्काएको सम्झना उनमा आज पनि आलै रहेछ । घमाइलो पाखाको मालिङ्गोबाट मात्रै विनायो वनाउन उपयुक्त हुने वताउछन् उनी ।
लस्पाचले बिनायो सुनुवारहरुको परम्परागत बाजा भएकाले आफूले सानैदेखि यसप्रति चासो राखेको बताए । उनले अहिलेसम्म बिशौं हजार विनायो बनाएको सुनाए । कुरैकुरामा उनले पहिले तरुनी–तन्नेरीहरुले अनिवार्य रुपमा विनायो वजाउने तर अहिले चाहीं कतै कतैका वूढापाकाले मात्रै वजाउने गरेको तुलनात्मक अनुभव पोखे । ‘पहिले उमेरदारी महिलाको साथमा खोलसहितका दुई मचिङ्गा र दुई विनायो हुन्थ्यो । पहिलेका तन्नेरी सुनुवारले आफ्नी मायालुलाई आफ्नै हातले विनायो खोपेर उपहार दिने चलन थियो । अहिले लोप हुन लागेको छ । यसमा मलाई चिन्ता छ ।’
त्यसो त हाल बिनायो र मचिङ्गाको खोलको माग निकै बढेको उनको भनाइ छ । अहिले ठिकै काम गर्दा पनि महिनाको तीन हजार अतिरिक्त कमाई हुने गरेको छ ।’ उनले यसैबाट चामल खान रकमको हर्जा नभएको बताउदै बार्षिक ३०/४० हजार रुपैंया बराबर कमाई हुने पनि सुनाए । उनका अनुसार मचिङ्गाको खोलको तीनसय र विनायोको दुई सय रुपैंया मोल पर्छ । उनको कलाका पारखीहरु पााचथर र खारखोलामा धेरै रहेका बताइन्छ ।
अन्त्यमा उनले फेरि दोहोऱ्याए–च्योंगो/च्योङ् (सुनुवार भाषामा विनायोलाई यसो भनिन्छ) हामी कोइंच/सुनुवारहरुको बाजा हो । यसको संरक्षण र प्रचारप्रसार गरिनु पर्छ ।’

Share

सुनुवारी संस्कारलाई समयानुकूल गर्न बृहत ना:सो सम्मेलन गरिने

सोम सुनुवार (का:तिच)
इलाम प्रतिनिधी/किरात मूलका बिभिन्न समुहमध्येको एक घटक सुनुवार (कोइंच) हरुको धार्मिक, सांस्कृतिक पक्षलाई समय सापेक्ष बनाउन ना:सो, पोइंब्/ग्यामी (जन्म, विवाह र मृत्यु जस्ता धार्मिक, सामाजिक कार्य तथा प्राकतिक पूजालगायतमा अगुवाई गर्ने व्यक्ति) हरुको बृहत सम्मेलनको खांचो औंल्याइएको छ ।
सुनुुवार सेवा समाज (सुसेस) स्थापनाको रजत (२५ औं बर्ष) बर्षको अवसरमा इलामको लुम्देस्थित सुसेस गाउं कमिटी र स्यांदर पिदार व्यवस्थापन समितिद्धारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रमका सहभागिले राष्ट्रिय स्तरको पोइंब्/ग्यामी सम्मेलन गर्नुपर्ने निश्कर्ष निकालेका हुन् ।
कोइंचहरुको सामाजिक अगुवाई तथा धर्म, संस्कार र संस्कृतिको अस्थित्वसमेत परम्परादेखि बर्तमानसम्म पोइाब्, ग्यामी तथा ना:सोहरुसितै जोडिएर आएकाले संस्कार तथा संस्कृतिलाई समयानुकूल गर्न उनीहरुलाई पहिलो पटक एकै थलोमा उभ्याउने योजना रहेको सुसेस केन्द्रीय कमिटीका अध्यक्ष मनप्रसाद सुनुवारले बताए ।
६५ भन्दा बढी थरकुटी (उपथर) भएका सुनुवारहरुको धार्मिक संस्कारमा बिबिधता भएपनि बिबिधताभित्र एकता कायम गर्न पनि भेलाले अहम भूमीका निर्बाह गर्नेमा सुसेस केन्द्रीय कमिटीका कोषध्यक्ष तथा कार्यबाहक सचिव उत्तम का:तिचा विस्वस्त देखिन्थे । सांस्कतिक बिबिधता यस जातिको सम्पत्ति रहेको उल्लेख गर्दै समाजका सास्कतिक बिभाग प्रमुख अमृत सुनुवारले एकरुप रहेको भाषालाई जिउंदो राख्न स्थानीय चफोनिपो (सर्बसामान्य) देखि लिएर ना:सो, पोइब्हरु लागीपर्नु पर्ने बताएका छन् ।
‘केन्द्रले ना:सोहरुको भेला आउादो फागुन/चैतमा गर्ने भनेको छ ।’–इलाम जिल्लास्थित ना:सो संघका अध्यक्ष पृथसिंह सुनुवार भन्छन्–‘यसले हाम्रो समुदायको जन्म, विबाह, मृत्युलगायतमा गरिने संस्कारलाई सरल र समय अनुकूल गर्न मद्धत पुऱ्याउनेछ ।’

Share

पूर्बमा भाषिक, सास्कृतिक जागरणको शुरुवात

सोम सुनुवार (का:तिच)
पुष २३, इलाम/पछिल्लो समयमा आएर पूर्बका कोइंच–सुनुवारहरु आफ्नो मातृ भाषा तथा भेषभुषाप्रति सचेत वन्न थालेका छन् । यस समुदायका मानिसहरुको मौलिक धार्मिक, भाषिक, साास्कृतिक पक्ष पछाडि पर्न थालेको भन्दै युवाहरु सोको जगेर्ना गर्न लागिपरेका हुन् ।
मेचीको इलाम–पााचथरका बिभिन्न भागका युवाहरु अहिले आफ्नो मातृ भाषालाई बोलचिालीमा ल्याउन भरपर्दो माध्यमको खााचो रहेको बताउन थालेका छन् । पााचथर नाम्दु/मजुवाका सन्देश सुनुवार अहिले रेडियोबाट आफ्नो भाषा सिक्न पाए हुन्थ्यो भन्छन् । यता इलाम पुवामझुवा–३ की देवकुमारी सुनुवार पनि भाषिक प्यास मेटाउन एफएम एक भर पर्दो माध्यम हुने बताउछिन् । इलाम, लुम्देका मधुराज सुनुवार त यस्तो काममा ढिलाई गर्ने नहुने सुझाव दिन्छन् ।
त्यस्तै एकरुपताकासाथ भेषभुषाको संरक्षण गर्नुपर्नेमा पसनि उनीहरु एक मत देखिएका छन् । पुवामझुवा ३ की गोमा सुनुवार समय सापेक्ष र एकरुप भेषभुषा वनाउने तालिमको खााचो भएको बताउछिन् । उता घरेलु कार्यालयले जातीय संस्थाले साझेदारीमा पोशाक वनाउने तालिम सञ्चालन गर्न सक्ने जनाउदै आएको छ ।

Share

किरातीहरुले कतारमा किराती नयाँ साल मनाउँने तयारीमा ।

भानु सुनुवार
०५ जनवरी २०१४ दोहा, कतार
तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतारद्धारा यहि १० जनवरी शुक्रवारका दिन कतारको सनैया–१० न्यू माउटेन रेष्टुरेन्टमा किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे–५०७४ तथा कोक्फेवा तङ्नाम शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाउँने तयारीमा छन् ।
एकिकरण पछिको नेपालमा राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा ओझेल पारिएका किरात समुदायको भाषा, मौलिक पहिचान र संस्कृतीलाई लोप हुन नदिन देश बिदेशमा रहेका सबै किरातीहरुका कर्तव्य र आवश्यकता रहेकाले कतारमा पनि तीन भाई किराती संस्थाहरु मिलेर यो बर्षबाट किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे पर्व मनाउँने भएका छन् ।
पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा आजपनि किरातीहरु काँचो बनतरुलको टिका लगाएर पहिला काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल (तरुल, पीडालु, फर्सी, सखर खण्ड) भोजनका रुपमा खाने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् ।
यहि आउँदो बिदाका दिन शुक्रबार पारेर कतारमा पनि किरातीहरु मिलेर किराती नयाँ साल येले तङबे/दोङ्ग र नक थोच मनाउने परम्पराको थालनी गर्ने भएकाछन् । यस कार्यक्रमा कतारमा आप्रवास जीवन बिताई रहेका सम्पूर्ण किरात तथा गैरकिरात बिच शुभकामना आदानप्रदान गर्दै सो पर्वमा किरातीहरुले ग्रहण गर्ने गरेको किराती परिकार बितरण गरिका साथै यो पर्वको महत्वका बारे प्रकाश पारिने कुराको

Share