July, 2013

now browsing by month

 

सूचना सूचना सूचना

सुनुवार सेवा समाज, ललितपुर जिल्ला समितिको मुखपत्र शाक-कार-पो र क्युइँतबु कल्याण कोषको मुखपत्र जत्नामुइलि प्रकाशन हुना गइरहेको हुँदा तु. आफ्नो लेख रचना र कोइँच मातृभाषामा कथा, कविता र गजल निम्न ठेगनामा पठाइदिन हार्दिक अनुरोध छ ।
address: kaatich@gmail.com, info@sunuwar.org, samusu@gmail.com

Share

दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो।

चरिकोट, दोलखा जीवन सुनुवार किरात ।
दोलखाबासी सुनुवारहरुले आफ्नो जातीय संस्थाको महत्त्वो बुझी ढिलै भए पनि दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो। सुनुवार सेवा समाज किन्द्रिय समितिको बिधान अनुरुप सुनुवार बस्ति रहेको नेपालका विभिन्न जिल्लाहरुमा जिल्ला समिति गठन भएता पनि सुनुवारहरुको प्रमुख किपटिया बस्ति रहेको दोलखा जिल्लामा सुनुवारहरु सामाजिक, आर्थिक, राजनैतिक, बौधिक, भाषिक, धार्मिक, कला-सस्कृति आदि क्षेत्रहरुमा राम्रो दखल भएता पनि २०७० साल सम्म आइपुग्दा केन्द्रिय सस्थाले रजत महोत्सब बर्ष मनाई रहदा दोलखा जिल्लामा भने केन्द्रको बिधान अनुरुप विधिवत रुपमा समिति गठन हुन सकेको थिएन । चरिकोट निवासी श्री भुवानी बहादुर सुनुवारको घरमा मिति २०७० श्रावन ४ गतेका दिन उहाकै संयोजकोत्वमा विभिन्न गाबिसका सुनुवारहरुको भेला बोलाई सो भेलाले तदर्थ समिति गठन गरियो । समितिमा सर्बसम्मत् रुपमा अध्यक्ष : श्री भुवानी बहादुर सुनुवार उपाध्यक्ष : श्री भुपेन्द्र राज सुनुवार, सचिब : श्री टंक बहादुर सुनुवार, सह: सचिब : श्री उमा सुनुवार, कोषाध्क्ष : श्री गोपाल बहादुर सुनुवार, सदस्यहरु :श्री खुस बहादुर सुनुवार श्री सबिना सुनुवार श्री केदार सुनुवार श्री गीता सुनुवार श्री भिम बहादुर सुनुवार श्री कमल माया सुनुवार पदाधिकारीहरु चयन हुनु भएको छ । धेरै लामो समयको प्रयास पश्चात विधिवत रुपमा समिति गठन हुनसक्नु सकारात्मक र खुशीको कुरा भएको भेलामा उपस्थितहरुले बताउनु भयो ।अब चाडै नै भब्य रुपमा जिल्ला सम्मेलनद्वारा जिल्ला समिति गठन गरि सस्थालाई सक्रिय दिने उपस्थित सबैको प्रतिबद्धता सहित सो दिनको कार्यक्रमको समापन भएको थियो ।

Share

सञ्चारकर्मी अमृत सुनुवारलाई थप उपचार गर्न काठमाडौं लगिने

चुप्लु दाम्लोच
मन्थली, साउन । चुप्लु समाजद्वारा उत्पादित कोइँच (सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम किङ-लो चुप-लुका प्रस्तोता अमृत सुनुवार अस्पातालबाट डिस्चार्ज भए पनि निको हुन अझै समय लाग्ने भएको छ । अँध्यरो रातको समयमा मोटरसाइकलले ठक्कर दिएर भागेपछि शुभचिन्तक, साथीभाइ र आफन्तले मन्थली सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार भए पनि आँखाको नसा चुँडिएको अशंका डक्टरले गरेका छन् । त्रि्रा र पाखुरामा पनि गम्भिर चोट लागेको छ ।
अझै पनि प्रहरीले ठक्कर दिने मोटरसाइकल पक्रिन सकेको छैन । भोली काठमाडौं लगेर अमृत जीको थप उपचार गरिने भएको छ । हामीले अभिलम्ब मोटरसाइकलको खोजी गरी कारवाही गराउन प्रहरीलाई भनेको छौं र हामी आफैं पनि खोजी कार्य जारी राखेका छौं ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष रमेशकुमार सुनुवारले जानकारी गराएका छन् ।
अहिले बोल्न सक्ने भए पनि पूर्ण स्वास्थ भने छैनन् सञ्चारकर्मी सुनुवार । प्रारम्भिक उपचार मन्थलीमा भए पनि अब काठमाडौं लगेर थप उपचार गर्नु पर्ने भएको छ ।

Share

सञ्चारकर्मी सुनुवारको स्वास्थमा क्रमशः सुधार

चुप्लु दाम्लोच
मन्थली, साउन । हिजो साँझ मन्थली बसपर्कबाट मन्थली माथिल्लो बजार आफ्नो कोठामा जानेक्रममा माथिबाट हुइँकिएर आएको मोटरसाइकलले ठक्कर दिएर गम्भिर घाइँते बनेका अमृत सुनुवारको स्वास्थमा क्रमशः सुधार आएको छ । साथीभाइ र शुभचिन्तकहरुले रामेछाप सामुदायिक अस्पताल पुराइएका सुनुवारलाइ पुनः टाउको र पाखुराको एक्स-रे गरेर स्वास्थ स्थिति बुझेपछि राम्रो भएको अवस्थामा घरमै आराम गर्न सकिने उपचारमा संलग्न डक्टरले जानकारी दिएका छन् । अहिलेसम्म ठक्कर दिएर भागेको मोटरसाइकाल कहाँ, कस्को हो पत्ता लागेको छैन ।

Share

उपस्थितिको लागि हार्दिक निमन्त्रणा

मति २०७० श्रावण ३ गते
श्री अध्यक्ष र महासचिव ज्यू ५६ जातीय संस्था
श्री संघीय परिषद सदस्य ज्यूहरु
श्री अध्यक्ष र महासचिव ज्यू ७ संम्बन्धन संस्था,
श्री अध्यक्ष ज्यू ७१ जिल्ला समन्वय परिषद

बिषय ः उपस्थितिको लागि हार्दिक निमन्त्रणा
नेपाल आदिवासी जनजाति महासंघले निम्न मिति, समय र स्थानमा “१९औं विश्व आदिवासी दिवस २०७० श्रावण २५ (अगष्ट ९ सन् २०१३) को तयारी बैठकमा यहाँको गरिमामय उपस्थितिको लागि  हार्दिक निमन्त्रणा गर्दछु ।
मिति ः २०७० श्रावण ६ गते आईतवार
स्थान ः ने. आ. ज. महासंघको सभा कक्ष
समय ः विहान ठीक ११ बजे

नगेन्द« कुमार कुमाल
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ

 

Share

सञ्चारकर्मी अमृत सुनुवार गम्भीर घाइते

चुप-लु दाम-लोच

मन्थली, साउन । अरुलाई समाचार पस्किँदै हिड्ने समाचारकर्मी आफैं समाचार बन्न पुगेका छन् । भर्खरै कामको सिलसिलामा मन्थली बसपर्कबाट भञ्ज्याङ उकालो चढ्नेक्रममा चुप-लु समाजबाट उत्पादित कोइँच भाषाको पहिलो रेडियो कार्यक्रमका प्रस्तोता अमृत सुनुवार मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइँते बनेका छन् । टाउको र पाखुरामा गम्भीर चोट लागेको सुनुवारको उपचार रामेछाप सामुदायिक अस्पताल, मन्थलीमा उपचार भइरहेको छ । सुनुवार सेवा समाजका केन्द्रीय सदस्य, संस्कृति तथा अनुसन्धान विभाग प्रमुख रहेका अतृत, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका अध्यक्ष हुन् । शाँदार पिदार, शेतथि खेमोर जस्ता वृत्तचित्र बनाइ राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कोइँचको पहिचान गराउन सक्रिय सुनुवार ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस) का सम्बाददाता समेत हुन् ।

Share

सुदूर पूर्वका कोइँचहरु पुनः जागरुक बने

चुप-लु दाम-लोच
साउन, इलाम । लगभग आधा दशक बढी पछि इलाम जिल्लाका कोइँचहरु एकै थलोमा भेला हुने भएका छन् । सुनुवार सेवा समाज जिल्ला समिति इलामको जिल्ला सम्मेलन यहि साउन १२ गते इलाम बजारमा हुने भएको छ । लगभग चार हजार जनसंख्या रहेको इलाम जिल्लाका कोइँचहरु भाषिक, साँस्कृतिकरुपमा विचलित छन् । इलामको जिल्ला लुम्दे, रवि गाउँका कोइँचहरुमा भने केही मात्रमा भाषा र संस्कृति जीवित रहेको छ । स्थानीय तहमा राजनीतिक पहुँच अहिलेसम्म नपुगे पनि पञ्चायतकालमा यसै जिल्लाका तर पछि झापा बसाइ सरेका प्रकाशचन्द्र मुखिया सहायक शिक्षा मन्त्री बनेका थिए । ‘अब हामी इलामका कोइँचहरु साँस्कृतिक र भाषिक रुपमा भइ सकेका छौं । अब राज्यले व्यवस्थितरुपमा लगानी गरीदिनु पर्छ । हामीले चाहेर हाम्रो भाषा, संस्कृतिबाट विमुख भएको होइनौं । राज्यले खस भाषा, संस्कृति लादेको हुँदा हाम्रो धर्म संस्कृति र मातृभाषाबाट बञ्चित हुनु परेको हुँदा यस सम्मेलनबाट पहिचानसहितको संघीयता र आदिवासी जनजाति कोइँचको मानव अधिकारको विशेष किसिमको प्रस्ताव परित गर्ने छौं ।’ सुनुवार सेवा समाज जिल्ला समिति इलामको अध्यक्ष किरण मुखियाले बताउनु भयो ।

Share